बसाइसराइ र सामुहिक बसोबासको थालनी
पृथ्वीको रुप कसरी पत्ता लाग्यो ?– २
मानिसहरू किन बसोबास गरिरहेका थातथलो छोडेर हिँडे?
अध्येताहरुले दिएका जानकारी अनुसार प्रारम्भिक मानिसहरू अफ्रिका, एशिया र युरोपका केही भागहरूमा बस्थे। यसो भन्नुका आधारमा त्यहाँ प्रारम्भिक मानवका अवशेषहरू भेटिएका थिए। हाडहरू र अपरिस्कृत औजारहरू। अमेरिकामा वा अस्ट्रेलियामा यस प्रकारका अवशेषहरू फेला परेका छैनन्। के यसको अर्थ त्यहाँ मानिसहरू पछि मात्र बसाइ सरेर गए? यदि हो भने, किन? उनीहरू किन बसाइ सरे? अनि उनीहरुले समुद्र कसरी पार गरे?
यसका धेरै कारणहरू थिए। तीमध्ये मुख्य चाहिँ खानाको खोजी नै थियो ।
आदिम शिकारीहरूले जनावरहरूको समूहलाई पछ्याउँथे: जनावरहरू जता जता जान्थे, मानिसहरू पनि उनीहरुलाई पछ्याएर त्यतै जान्थे। केही परिवारहरू आक्रामक छिमेकीहरूबाट बच्नका लागि बसाइ सरे। कहिलेकाहीँ पृथ्वी आफैंले नै पनि मानिसहरू र जनावरहरूलाई आफ्नो घर छोड्न बाध्य तुल्यायो।
वैज्ञानिकहरूले पत्ता लगाएअनुसार हाम्रो ग्रहको इतिहासमा त्यस्ता थुप्रै समयहरू आए, जब मौसम पटक पटक तातो र चिसो हुने क्रमहरु चलिरहे । यस्तो किन भयो भनेर हामीलाई ठ्याक्कै थाहा छैन। सम्भवतः यसको मुख्य कारण पृथ्वी भित्र शक्तिशाली शक्तिहरू जागृत भए। भयानक भूकम्पहरूले पृथ्वीलाई हल्लायो र यसको सतहहरु बटारिए । नयाँ पहाडहरू माथि उठेर आए, र धुँवाधुलो भएका ज्वालामुखीहरू फुटे। पृथ्वीमा गहिरा खाडलहरू र नयाँ खोँचहरूले निर्माण भए। ज्वालामुखीहरूबाट निस्कएका बाक्लो खरानीले वायुमण्डललाई ढाक्दा हावाले आफ्नो पारदर्शिता गुमायो। भारी कालो बादलहरूले लामो समयसम्म सूर्यलाई छोपे, र मौसम बिस्तारै चिस्सिने क्रम बढ्दै गयो ।
आदिम शिकारीहरूले जनावरहरूको समूहलाई पछ्याउँथे: जनावरहरू जता जता जान्थे, मानिसहरू पनि उनीहरुलाई पछ्याएर त्यतै जान्थे। केही परिवारहरू आक्रामक छिमेकीहरूबाट बच्नका लागि बसाइ सरे।
तर, केही वैज्ञानिकहरूको मतमा विभिन्न कालखण्डमा सूर्यको चमक आफै कम हुँदै जाँदा यसले कम ताप दियो। तर कारण जे भए पनि, उच्च पहाडी क्षेत्रमा हिउँका पहाडहरू बने। महासागरहरूबाट वाष्पीकरण भएको पानी हिउँमा परिणत भयो र हरिया उपत्यकाहरूलाई गहिरो हिउँले ढाक्यो। पहाडमा रहेका हिउँका पहाडहरू बाक्लो र भारी भए, जसका कारण महासागरमा पानीको मात्रा कम हुँदै गयो। तल्ला समथर भागहरूमा, महासागरको भुइँ सुक्खा जमिनमा परिणत भयो, जसले गर्दा महादेशहरू बीच जमिनहरु परस्परमा जोडिन पुगे ।
यी चिसो अवधिहरूमध्ये सबैभन्दा लामो र कठोर काल अवधि पृथ्वीमा मानिसहरू अस्तित्वमा आउनु भन्दा धेरै पहिला भएको थियो। तर यो एक मात्र थिएन। गुरुत्वाकर्षणको शक्तिले हिउँका पहाडहरूलाई बिस्तारै उपत्यकातिर झार्दै लगे। चिसोले घाँस खाने जनावरहरूको समूहलाई पछ्यायो, र तिनलाई खाइरहने जनावरहरूले पनि पछ्याए, त्यही प्रक्रिया मानिसहरुले पनि गरे ।
जनावरहरूको समूह र शिकारीहरू दुवै एशियाबाट अमेरिकासम्म जमिनमार्फत पार गर्न सक्षम भए। मानिसहरू सम्भवतः दक्षिण चीन सागरको सुख्खा समुद्री तल र टापुहरू हुँदै अष्ट्रेलियासम्म पनि सरेका हुन सक्छन्।
हिम युगहरू हजारौँ वर्षसम्म कायम रहे। तर त्यो पनि अनन्तकालसम्म रहँदैन। विस्तारै, भारी बादलहरू फाटे र सूर्यको किरण छिचोलिएर पृथ्वीसम्म आइपुग्यो । यसको न्यानो किरणहरूले बरफ पगाल्यो र हिउँका पहाडहरू पन्छिए। फेरि जमिन हरियो घाँसले भरियो, र नयाँ जंगलहरू खडा भए। ठूल्ठूला जनावरहरू फेरि उर्वर मैदानतिर फर्कन थाले: म्यामथहरू, गैँडा, ठूलो सिङ भएका हरिणहरू, घोडाहरू, र मस्क-गोरुहरू। फेरि शिकारीहरूले पनि आफ्ना शिविरहरू सार्न थाले।
सूर्यका किरणहरू अझ न्यानो भए। गहिरा र तीब्र वेग भएका नदीहरू महासागरतिर बग्न थाले। पानीको मात्रा बढ्यो, र दुई अलग भूभागहरुलाई जोड्ने जमिन बाढीले डुबायो, जसले सधैंका लागि हिँडेका मानिसहरू र पहिलेकै ठाउँमा बसेकाहरूलाई अलगथलग गरिदियो।
हिम युगहरू आउने र पछि फेरि तातो युग शुरु हुने क्रम एकभन्दा बढी पटक भएका थिए। प्रत्येक पटक जनावरहरू र मानिसहरू चिसो र भोकबाट बच्न उत्तर वा दक्षिणतिर सर्दै गए। सबै चीज चलायमान थियो: जनावरहरू, चराहरू, मानिसहरू। सबैजना नयाँ ठाउँमा सर्ने क्रम जारी थिए। यात्रा गर्दा धेरैले ज्यान गुमाए, तर धेरैले बाँचे। प्रत्येक पलायनले मानिसको जीवनमा नयाँ कुरा ल्यायो।
मानिसहरूले कसरी सँगै बस्न सिके ?
शिकार राम्रो पेसा हो, तर यो धेरै भरपर्दो हुँदैन। एक दिन तपाईंलाई शिकार फेला पर्छ, अर्को दिन नपर्न पनि सक्छ । तर तपाईंले त दिनहुँ खानुपर्ने हुन्छ । शिकारलाई सजिलो बनाउन तपाईं के गर्न सक्नुहुन्छ?
खैर, कुनै समयमा, कसैले कुकुरलाई घरपालुवा बनाउन सफल भयो। अवश्य पनि, कुकुरले शिकारलाई सजिलो बनाउँछ। किनभने कुकुरले जनावरको खोजी गर्न सक्छ। त्यसपछि मानिसले त्यसको पछि लाग्छ। ऊ मासु र छाला आफ्नो लागि राख्छ, र हाड तथा भित्री अंगहरू आफ्नो चार खुट्टे सहायकलाई दिन्छ।
पछि मानिसहरूले अन्य जनावरहरूलाई पाल्न सफल भए। पक्कै पनि यो सजिलो थिएन। तर अन्ततः, उनीहरूले त्यसमा सफल भए ।
पशुपालन र कृषिले तिनीहरूको जीवनलाई समृद्ध बनाउन मद्दत गर्यो। तर, यसले जीवनलाई थप जटिल पनि बनायो। अब पहिलेभन्दा धेरै विभिन्न काम गर्नुपर्ने भयो– शिकार, गाइबस्तुहरूको हेरचाह, जमिनमा खेती । त्यसका साथसाथै र भाँडाहरू, औजारहरू, र हतियारहरू बनाउने काम पनि गर्नुपर्ने भयो। एक सानो परिवारले यी सबै कामहरू गर्न सक्दैन। त्यसैले मानिसहरूले छिमेकी परिवारहरूसँग मिलेर काम गर्ने उपाय खोजे ।
कन्दमूल तथा अन्य खानेकुराहरु सङ्कलन गर्दा सधैं सन्तोष मान्न नसकिने अवस्था थियो, किनभने मानिसहरूले सधैं आसपासमा पर्याप्त सङ्कलन गर्न सक्दैनथे। तर, महिलाहरूले के अवलोकन गरे भने तिनीहरूले नदीको किनाराका नरम हिले बगरमा रापेका बीउहरू रोप्थे भने, त्यसबाट पैदा भएका बिरुवाहरू अन्य स्थानहरूमा भन्दा ठूलो र बलियो हुन्थे। त्यसमा बालाहरु पनि ठूला लाग्थे र अन्न पनि असल फल्थ्यो । तिनीहरूलाई टिप्न पनि सजिलो थियो, किनभने ती रोपिएको स्थानमा नै बढ्न थाल्थे। त्यसपछि मानिसहरूले हिलोमा बीउहरू रोप्न सिके। बिरुवाहरू राम्रोसँग बढ्ने गर्थे र चराहरूले बीउहरू पनि खाइदिँदैनथिए । यसरी, कृषिको जन्म भयो । पशुपालन र कृषिले तिनीहरूको जीवनलाई समृद्ध बनाउन मद्दत गर्यो। तर, यसले जीवनलाई थप जटिल पनि बनायो। अब पहिलेभन्दा धेरै विभिन्न काम गर्नुपर्ने भयो– शिकार, गाइबस्तुहरूको हेरचाह, जमिनमा खेती । त्यसका साथसाथै र भाँडाहरू, औजारहरू, र हतियारहरू बनाउने काम पनि गर्नुपर्ने भयो। एक सानो परिवारले यी सबै कामहरू गर्न सक्दैन। त्यसैले मानिसहरूले छिमेकी परिवारहरूसँग मिलेर काम गर्ने उपाय खोजे ।
परिवारहरू समुदाय (tribes) मा परिणत भए। ठूल समूहहरूमा रहेर बस्नु अत्यधिक सुरक्षित हुन्थ्यो तर साथसाथै केही अवस्थामा जीवन जटिल पनि हुन्थ्यो। यस्तो अवस्थामा घरको कामलाई कसरी बाँडफाँड गर्ने ? कसले कुन काम गर्ने ? खासगरी शिकार र उत्पादनलाई कसरी विभाजित गर्ने ?
त्यस अवस्थामा मानिसहरूले सबैभन्दा ज्ञानी र समझदार व्यक्तिलाई समुदायको पञ्चायत (tribal council) चयन गर्ने निर्णय गरे।त्यसमा प्रत्येक परिवारका एक व्यक्तिलाई प्रतिनिधि राखिएको थियो ताकि कोही पनि नछुट्न् । कहिलेकाहीँ, ठूलो शिकार वा युद्धको लागि थुप्रै समुदायका मानिसहरु एकै साथ भेला हुन्थे। त्यसमा पनि कृषिको लागि सहकार्य बढी नियमित हुनु आवश्यक थियो। नयाँ खेतको लागि दलदल सुकाउन, नहर वा बाँध निर्माण गर्नलाई संयुक्त प्रयासको खाँचो पर्थ्यो । नदीहरू र तालहरूलाइ मानिसले निर्माण गरेका ती सीमाहरुको कुनै मतलब हुँदैनथियो । नदीको माथिल्लो भागमा रहेका मानिसहरूले खडेरीको पीडा भोग्न सक्छन्, र तलको भागमा रहेकाहरुले बाढीको।
सहकार्यले मात्रै दुवैको जीवनलाई सुधार्न सक्छ। यो कुरा बुझ्न मानिसहरूलाई धेरै लामो समय लाग्यो। तर, उनीहरूले सिके। विस्तारै, मानिस पहिलो पटक पृथ्वीमा आएको लामो समयपछि, पहिलो राज्यहरूको जन्म भयो। पक्कै पनि यो सम्पूर्ण प्रक्रिया धेरै जटिल थियो।
संक्षेपमा, आवश्यकता नै मार्गनिर्देशन गर्ने तत्व थियो।
रादुगा प्रकाशन मास्कोद्वारा प्रकाशित ‘How People Discovered the Shape of the Earth’ पुस्तकबाट अनुदित ।
प्रतिक्रिया