ओली  नेतृत्वको सरकार २२ सदस्यीय

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मुलुकको प्रधानमन्त्री नियुक्त भएका छन् । नवनियुक्त प्रधानमन्त्री ओलीले असार ३१ गते प्रधानमन्त्रीको सपथ खाएका छन् । त्यसका साथै उनले गठन गरेका उनी समेतका २२ सदस्यीय मन्त्रीमण्डलका अन्य सदस्यहरुले पनि सपथ खाएका छन् ।

उनी संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री बनेका हुन् ।

यसअघिका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि ओली प्रधानमन्त्री बन्ने बाटो खुलेको हो ।

उनको मन्त्रीमण्डलको कार्यविभाजन निम्नानुसार रहेको छ:  

केपी शर्मा ओली- प्रधानमन्त्री

प्रकाशमान सिंह- उपप्रधान तथा सहरी विकास

विष्णु पौडेल- उपप्रधान तथा अर्थ

रमेश लेखक- गृह

आरजु राणा- परराष्ट्र

पृथ्वीसुब्बा गुरुङ- सञ्चार तथा सूचना प्रविधि 

प्रदीप पौडेल- स्वास्थ्य तथा जनसंख्या

विद्या भट्टराई- शिक्षा 

दीपक खड्का- ऊर्जा जलस्रोत तथा सिंचाइ

दामोदर भण्डारी- उद्योग, वाणिज्य तथा आपूर्ति

शरतसिंह भण्डारी- श्रम, रोजगार तथा सामाजिक सुरक्षा

प्रदीप यादव- खानेपानी

बलराम अधिकारी- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

नवलकिशोर साह सुडी- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

देवेन्द्र दाहाल- भौतिक पूर्वाधार तथा यातायात

तेजुलाल चौधरी- युवा तथा खेलकुद

अजय चौरसिया- कानुन, न्याय तथा संसदीय मामिला

बद्री पाण्डे- संस्कृति पर्यटन तथा नागरिक उड्डययन

रामनाथ अधिकारी- कृषि तथा पशुपंक्षी

मानवीर राई- रक्षा 

राजकुमार गुप्ता- संघीय मामिला तथा सामान्य प्रशासन

ऐनबहादुर शाही- वन तथा वातावरण 

स्मरण रहोस्, संवैधानिक व्यवस्थाअनुसार मन्त्रीपरिषद्को संख्या २५ सम्म मात्र हुनुपर्छ । ओली नेतृत्वको सरकारमा महिलाको न्यून प्रतिनिधित्व (२) जना तथा दलित समूहको प्रतिनिधित्व नै नभएको भनी आलोचना शुरु भएको छ ।

Photo: https://www.cpnuml.org