ट्रम्पको हत्या प्रयास !

तस्विर एपी । फोटोग्राफर: Evan Vucci

अमेरिकाको पेंसिल्वेनियामा  पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि हत्याको प्रयास भएको छ। अमेरिकी गुप्तचर निकाय एफबीआइले पनि उनको हत्या गर्ने उद्देश्यले गोली प्रहार भएको जनाएको छ ।

आगामी राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीको तर्फबाट उम्मेदवार रहेका  डोनाल्ड ट्रम्पमाथि चुनावी र्‍यालीको क्रममा बन्दुकधारीले नजिकै रहेको घरको छतबाट गोली प्रहार गरेका थिए। सो गोलीले ट्रम्पको दाहिने कानमा लागेको थियो। ट्रम्प यस अर्थमा भाग्यशाली थिए कि त्यो गोली केहि इन्च यताउता लागेको भए उनको मृत्यु हुन सक्थ्यो। ट्रम्पमाथि आधा दर्जन गोली प्रहार गरिएको थियो। जसमध्ये उनको सभामा सहभागी एकजना व्यक्तिको मृत्यु भएको छ भने दुई जना गम्भीर रुपमा घाइते भएका छन्।

ट्रम्पमाथि गोली प्रहार हुनेबित्तिकै अमेरिकी सुरक्षाकर्मिहरुले आक्रमणकारीलाई गोली प्रहार गरी हत्या गरेका थिए। शुरुमा सो आक्रमणकारीको पहिचान अमेरिकी प्रहरीले खुलाएको थिएन। अमेरिकी प्रहरीका अनुसार आक्रमणकारी पुरुष रहेको मात्र भनेको थियो। अहिले ट्रम्पमाथि गोली प्रहार गर्ने व्यक्तिको नाम थोमस म्याथ्यु क्रुक्स रहेकाे तथा उनी २० वर्षीय रहेको बताइएकाे छ ।

घटना लगत्तै पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन् कि उनी माथि गोली प्रहार भएको छ र त्यसले दाहिने कानको माथिलो भागलाई छेडदै बाहिर निस्केको छ। उनले भनेका छन्– ‘मलाई तत्काल महसुस भयो कि केही गडबड भइरहेको छ। मैले गोली चलेको आवाज सुनें र मलाई तत्काल महसुस भयो कि त्यसले मेरो छालालाई चिरिरहेको छ। धेरै रगत बगिरहेको थियो’

गोली लागे पछि ट्रम्पलाई सुरक्षाकर्मीहरुले उद्धार गरेका थिए। त्यहि क्रममा कान बाट रगत बगिरहेको र दृढतापूर्वक आफ्नो मुट्ठी कसेर जनतालाई अभिवादन गर्दै ट्रम्प स्टेजबाट बाहिरिएका थिए। यो अविस्मरणिय क्षणलाई प्रेस फोटोग्राफरहरुले क्यामेरामा कैद गरेका थिए। यो तस्बिरलाई समकालीन अमेरिकी राजनीतिको सबैभन्दा महत्वपूर्ण तस्बिरको रुपमा हेरिँदैछ। आजको यो घटनापछि आगामी राष्ट्रपति निर्वाचनमा  डोनाल्ड ट्रम्प निर्वाचित हुने सम्भावना प्रवल बनेको छ।

ट्रम्पको हत्या प्रयासको विश्व जगतले निन्दा गरेको छ । अमेरिकी राष्ट्रपति वाइडेनले पनि घटनाको निन्दा गर्दै ट्रम्पको ज्यान बचेकोमा सन्तोष व्यक्त गरेका छन् ।

गाजाका युद्ध अपराध: अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा नेतन्याहु र ग्यालन्टविरुद्ध पक्राउ आदेश

गाजाका युद्ध अपराध: अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा नेतन्याहु र ग्यालन्टविरुद्…

रूसविरुद्ध पश्चिमी मिसाइल आक्रमण आक्रमणको अनुमति: तेस्रो विश्वयुद्धको संकेत?

रूसविरुद्ध पश्चिमी मिसाइल आक्रमण आक्रमणको अनुमति: तेस्रो विश्वयुद्धको संकेत?

श्रीलङ्कामा नेशनल पिपल्स पावरको ठूलो जीत: वामपन्थी गठबन्धनले ल्यायो नयाँ जनादेश

श्रीलङ्कामा नेशनल पिपल्स पावरको ठूलो जीत: वामपन्थी गठबन्धनले ल्यायो नयाँ जनादेश

कोरियाली प्रायद्वीपको भविष्यमा नयाँ मोड: उत्तर कोरियाको एकीकरण नीति परिवर्तन

कोरियाली प्रायद्वीपको भविष्यमा नयाँ मोड: उत्तर कोरियाको एकीकरण नीति परिवर्तन

पुटिनको 'नयाँ विश्व व्यवस्था' को दृष्टिकोण: अमेरिकी प्रभुत्वको विकल्प र गैर-पश्चिमी शक्तिसँगको गठबन्धनको खोजी

पुटिनको 'नयाँ विश्व व्यवस्था' को दृष्टिकोण: अमेरिकी प्रभुत्वको विकल्प र गैर-पश्च…

इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीद्वारा  ‘बङ्गरा फुस्काइदिने’ जवाफी कारबाहीको चेतावनी !

इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीद्वारा  ‘बङ्गरा फुस्काइदिने’ जवाफी का…

इरानमाथि इजरायलद्वारा तीन चरणको आक्रमण

इरानमाथि इजरायलद्वारा तीन चरणको आक्रमण

ब्रिक्स शिखर सम्मेलनको कजान घोषणा-पत्र

ब्रिक्स शिखर सम्मेलनको कजान घोषणा-पत्र