सरकार ढल्ने परिस्थिति किन बन्यो ?

प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठसहित

प्रधानमन्त्री प्रचण्डले जनता जागेन भने देश माफियाको अधिनमा जाने खतरा पैदा भएको बताएका छन् ।

उनले असार २८ गते प्रतिनिधि सभामा विश्वासको मत लिनका लागि सम्बोधन गर्ने क्रममा सो कुरा बताएका हुन् ।

उनले नेताहरुले आफूलाई मालिक ठानेको, देशका सम्पत्तिहरुको दोहन गरेको उल्लेख गर्दै आफ्नो सरकारले भुटानी शरणार्थी प्रकरण, बाँसवारी जग्गा, गिरीबन्धु लगायतको छानविन गर्दा सरकार ढल्ने परिस्थिति पैदा भएको पनि बताए ।

साना दलहरुले कुरा नबुझेर नयाँ गठबन्धनको पक्षमा देखिएकाे बताउँदै प्रधानमन्त्री प्रचण्डले दुइ ठूला दलहरुले केही पश्चिमी देशहरुको नक्कल गरेर दुइदलीय प्रणाली ल्याउन खोेजेको तथा मुलुकलाई फेरि ४७ सालतिर फर्काउन खोजेको पनि आरोप लगाए ।

प्रम प्रचण्डको आरोप थियो– इतिहासलाई पछाडि फर्काउने कोशिश भइरहेको छ ।

हामी पुरुषहरुले के नै लछारेका छाै‌ं र भन्दै प्रम प्रचण्डले स‌ंविधानमा महिलाको आधा प्रतिशत सुनिश्चित गर्ने गरी संविधान संशाेधन गर्न, प्रत्यक्ष कार्यकारी निर्वाचन प्रणालीमा जान समेत चुनौती दिए ।

अभिजातहरुले स्थिरताकाे कुरा गर्दै महिला, दलित, आदिवासी जनजातिहरुको आत्मस्वाभिमान खोस्न खोजेको पनि उनले  आरोप लगाए ।