हामी किन रुन्छौं ?
![](https://snowberry.prixacdn.net/media/gallery_folder/crying_HOXiRKQU0O_g0hpy7i4mhk3zysbctjbp5zjignfxowtwjdn97rjd84pg52thqqczj0pf52l_YPHfRkD5Oo_vyj2gmbcw52asvbfsdn4vpg1dcskwytjeft3ibq2iiifw9imfpfre6djrxst.jpg)
यो प्रश्न गर्दा सबैबाट एउटै उत्तर आँउछ होला । त्यो हो– हामी दुःखी भएको बेला । तर के तपाईलाई थाहा छ हामी जीवनभरमा करिब २५०,०००,००० पटक रुने गर्छौ । यो सुन्दा अचम्म लाग्न सक्छ तर वास्तवमा यो साँचो तथ्य हो ।
हाम्रो आँखालाई छालाको दुई पत्रले छेकेको हुन्छ । यसले आँखाको पर्दा जस्तो काम गर्छ । यो बेलाबेला खुल्ने र बन्द गर्ने हुन्छ । यो प्रक्रिया यति छिटो हुन्छ, यसले हाम्रो हेराइमा कुनै पनि असर पार्देन । हाम्रो आँखाको छाला हामीले थाहा नपाइकनै प्रत्येक ६ सेकेन्डमा खुल्ने र बन्द हुने गर्छ ।
यसै गरी हाम्रो दुवै आँखामा आँसुको ग्रन्थी रहेको हुन्छ । यो हाम्रो आँखाको बाहिरी कुनामा रहेको हुन्छ । त्यहाँ आँसुलाई एक ठाँउबाट अर्को ठाँउमा लैजानका लागि पाइप जस्ता नसाहरु हुन्छन् । जब हामी आँखा झिम्क्याउँछौ, आँसुको ग्रन्थीबाट केही मात्रामा आँसु आँखामा आउने गर्छ । यसले आँखालाई सुख्खा हुनबाट बच्न मदत गर्छ । यही प्रक्रिया हामी रुँदा पनि हुने गर्छ ।
के तपाईंले याद गर्नु भएको छ ? हामी धेरै हाँस्यौं भने पनि आँखाबाट आँसु झर्ने गर्छ । हामी धेरै हाँस्दा पनि आँसुको ग्रन्थी थिचिने गर्छ । यसले गर्दा त्यहाँ जम्मा भएको आँसु झर्ने गर्छ ।
वास्तवमै हामी रुन्छौैं चाहिँ किन ?
हामी किन रुन्छौं भन्ने कुराको कारण थुप्रै हुने गर्छन् । तर हामी रुन्छौं चाहिँ कसरी भन्नेबारे थाहा पाउन वैज्ञानिकहरुले अझै अध्ययन अनुसन्धान गरिरहेका छन् । वास्तवमै हामी किन रुन्छौं वा आँखाबाट किन आँसु आउँछ भन्नेबारे अहिलेसम्म राम्ररी बुझिएका कारणहरु यस प्रकार रहेका छन् :
हामी रुनुको सबैभन्दा राम्ररी बुझिएको वा व्याख्या गर्न सकिने कारण भनेको भावना वा संवेदना हो । कुनै पनि सकारात्मक वा नकारात्मक भावना/संवेदनाले हाम्रो आँखामा आँसु ल्याइदिन सक्छ । क्रोध, उदासीपन, शोक, खुसी, नसोचेको खुसी वा अत्यधिक नैराश्यताले हामीलाई रुवाइदिने गर्छ ।
त्यसरी रोएपछि हामीलाई हलुङ्गो भएको वा उदासीपन, शोक, क्रोध वा नैराश्यताको अवस्थाबाट केही राहत मिलेको अनुभूति हुन्छ ।
शारीरिक पीडाले पनि हाम्रो आँखामा आँसु आउन सक्छ । सम्भवतः पीडाको बेलामा आउने आँसुले हाम्रो आँखालाई सुख्खा हुनबाट बचाउने तथा त्यसलाई रक्षा गर्ने काम गर्छ भनेर वैज्ञानिकहरु ठान्दछन् ।
बाह्य बस्तुले पैदा गर्ने उत्तेजनाः जब धुलो, धुँवा, रासायनिक पदार्थ लगायतका बाह्य वस्तुहरु हाम्रो आँखामा पस्छ वा आँखाको बाह्य पत्र कोर्नियालाई उत्तेजित तुल्याइदिन्छ, त्यस्तो बेलामा हाम्रो शरीरले त्यसको असरलाई कम गर्न वा त्यस्ता वस्तुलाई आँखाबाट हटाउनका लागि आँसु पैदा गरिदिन्छ ।
हाम्रो आँखाबाट नियमित रुपमा पनि आँसु पैदा भइरहेको हुन्छ । थोरै परिणाममा तर लगातार पैदा भइरहने त्यसतता आँसुले हाम्रो आँखालाई नरम, चिल्लो र ओसिलो बनाउने काम गरिरहेका हुन्छ । त्यस्ता आँसुको काम आँखालाई सुख्खा हुन नदिने तथा बाह्य वस्तुहरुबाट सुरक्षा गर्ने हुन्छ । हाम्रो आँखाको लगातार झिम्काइले त्यस्ता आँसुलाई आँखाको सबैभागमा वितरित हुन सहयोग पुर्याइरहेको हुन्छ ।
आँसु हामीलाई हलुङ्गो महसूस गराउने मात्रै हैन, सामाजिक भावनालाई आदानप्रदान गरेर सामाजिक बन्धनलाई बलियो बनाउने काम पनि गरिरहेको हुन्छ । वास्तवमा, आँसुले नबोलिकनै हाम्रो सामाजिक भावनालाई अभिव्यक्त गर्ने काम पनि गरिरहेको हुन्छ । आसुले हाम्रो वेचैनी, उदासीपन, पीडाको भावनालाई अभिव्यक्त गरेर हामीलाई मद्दतको आवश्यकता परिरहेको कुरालाई उजागर गर्ने काम समेत गर्छ । त्यसबाहेक, शोकमा परेका मानिसको शोकमा आफू पनि दुःखित रहेको र उसको साथमा रहेको कुरालाई समेत आँसुले नबोलिकनै अभिव्यक्त गरिरहेको हुन्छ । उदाहरणको लागि, कुनै मानिसको मृत्युमा हाम्रो आँखामा आउने आँसु वा रुवाइले मृतकप्रतिको लगाव र उसको जीवित परिवारजनप्रतिको ऐक्यबद्धतालाई प्रकट गरिरहेको हुन्छ ।
कतिपय अध्येयताहरुको भनाइमा त आँसुको जैविक काम पनि हुने गर्छ । विशेष गरेर पीडाको बेलामा निस्कने आँसुमा हुने रसायनले हामीलाई बोझमुक्त बनाउने काम गर्ने गर्छ ।
सारांशमा भन्दा, रुवाइ वा आँसु त्यस्तो जटील मानवीय प्रतिक्रिया हो, जुन भावनात्मक वा भौतिक कारणले गर्दा पैदा हुने गर्छ । रुनु कुनै गलत वा अस्वभाविक कुरा होइन, यो त नितान्त जरुरी र स्वस्थ कुरा हो । यसले हामीलाई शोक, तनाव, दुःख र पीडाबाट बाहिरिन सहयोग गर्ने गर्छ ।
![ग्रहका आकारसम्बन्धी केही रमाइला तथ्यहरु](https://snowberry.prixacdn.net/media/gallery_folder/Planet%2520size%2520comparision_q1PjHpOiRJ_r1606svicsx1mtru40vz8twsvjt9ka0qls0xdm7d9iwad0xegbbjpdoxapeo_AIXx9fziC9_bmcvhlzt9jt8iegeg9imjih41vcntwdwrqki8pi0n8jmbdhzkqcleioecj3a.jpg)
ग्रहका आकारसम्बन्धी केही रमाइला तथ्यहरु
![भूउपग्रहका विरुद्ध लेजर हतियारयुक्त पनडुब्बीको प्रयोग गर्न सकिने](https://snowberry.prixacdn.net/media/gallery_folder/starlink%2520satalite_XUJNkGeLpx_eqftj5mivkzhppfn1goaziqayqkr6gbfiudahw1g0beadntwzmqfhypzwtet_s9QSP43DbP_othgwtus55j42xxcandulinfrovh1fwyag9bt5dy52urn7rs4li5h00gvd16.webp)
भूउपग्रहका विरुद्ध लेजर हतियारयुक्त पनडुब्बीको प्रयोग गर्न सकिने
![ब्लाक होल: ब्रम्हाण्डको विचित्र क्षेत्र](https://snowberry.prixacdn.net/media/gallery_folder/Black%2520hole%2520imagine_iGHl02yOOj_dpmtgcaprnmtach5trarbxqybkbmrvi3xrl1pajmlz7elzroylrgrevxzwgi_Zr8u06xe8K_lnq7rkjnnvx5ccqsgwmbgeexyeop17tqxb1jvw2phau8egjzjwgpc2rocigm.jpg)
ब्लाक होल: ब्रम्हाण्डको विचित्र क्षेत्र
![विरुवालाई हरियो बनाउने क्लोरोफिल](https://snowberry.prixacdn.net/media/gallery_folder/chlorophlly_XxftgfuMkq_03qqgqbvymopkcnkppjwozw8lupav9w1ixrsxxiundpxvsi0eqienlzpwfus_kRmRR8KPJb_u0mwxqifb6isjxc8hmhoi0joyqxhpzqzn0nnqwi1lwjbzwdsxiapeaoc0qnu.jpg)
विरुवालाई हरियो बनाउने क्लोरोफिल
![कसले गर्यो प्लास्टिकको आविष्कार ?](https://snowberry.prixacdn.net/media/gallery_folder/Leo%2520Baekeland_rh9r5z5JQ7_5nwloxxgzfn9ryjntltpuavi8vwvn2toda7xm2xejyiplcw5kex0kko2t9d7_BoBewDxK2A_em4gbn3aoucreztayspilo4beauvovkvohbcbf68wxrurenikmwcwsnleibi.jpg)
कसले गर्यो प्लास्टिकको आविष्कार ?
![समलिङ्गीको आरोपमा नपुंसक बनाइएका महान वैज्ञानिक, जसले आत्महत्या गरे !](https://snowberry.prixacdn.net/media/gallery_folder/Alan%2520Turing_DbRw0SBQjs_epus53dhetlrp0xvwgboi5bhwxl3f4dqns8ilvgpcwmfdqxhfu7w65qaa0kq_r4zdScC9gR_h7xsmaelsjiiurazkldbratpp9nhaqdei1ietpljdqk7oc9jsgkguigphuhp.jpeg)
समलिङ्गीको आरोपमा नपुंसक बनाइएका महान वैज्ञानिक, जसले आत्महत्या गरे !
![आणविक हतियार हैन, सबैभन्दा ठूलो आम विनासको साधन त मान्छे !](https://snowberry.prixacdn.net/media/gallery_folder/save%2520earth_aWSigzox92_uxcz8wfvev3szfpwnsgnekkhl6j0xhvb172riodtl9bpflipvela7nfluedu_LS8CiNzz54_0lqpmdffegqujyljmv6jxdmcxsilsqbjgeafahxfeupsfseujxg4cox1fuy3.jpg)
आणविक हतियार हैन, सबैभन्दा ठूलो आम विनासको साधन त मान्छे !
![के ब्रम्हाण्डको पनि आयु सकिनेछ ?](https://snowberry.prixacdn.net/media/gallery_folder/universe_SyLXucRCTS_i1tjppqdziazewy2vv3zl2ocdrntiak80qtclldfqszofyeszwwwq1j3zoec_ORVUkkDhNi_k76bja2znmcdfep9fdg12bw1ioqcylmwazenc4iawangvpmtaewjnudyjuuo.jpg)
प्रतिक्रिया