कूपमण्डूक

घाममा सुतिरहेका एउटा मानिसको नाकमा तीनवटा कमिलाको भेट भयो । आफ्नो रिवाजअनुसार उनीहरुलाई एक अर्कालाई अभिवादन गरे र उभिएरै कुराकानी गर्न थाले ।

पहिलो कमिलाले भन्यो, “यो घर्ती र पहाड एकदमै उजाड छ । खोज्दाखोज्दै पूरै दिन बित्यो तर एउटा दाना पनि खानेकुरा फेला परेन ।”

अर्को कमिलाले भन्यो, “मैले पनि यहाँको कुनाकाप्चा सबैतिर खोजे, तर केही फेला परेन । मलाई लाग्छ, यो मानिसहरुले कुराकानी गर्ने गरेको त्यही मुलायम, अस्थिर र बञ्जर भूमि हो ।”

तेस्रो कमिलाले टाउको उठाएर भन्यो, साथीहरु, हामी कुनै ठूलो जीवको नाकमा बसेका छौं, यसको शरीर यति विशाल छ कि हामीले यसलाई देख्न सक्दैनौं, यसको छायाँ यति विस्तृत छ कि हामी अनुमान पनि लगाउन सक्दैनौं, यसको आवाज यति तीखो छ कि हामी सुन्न सक्दैनौं र यो सबैतिर छ ।”

त्यसको कुरा सुनेर अरु दुईवटा कमिलाहरु एकापसलाई हेरेर हाँस्न थाले ।

त्यही समय सुतिरहेको मानिसले निद्रामै आफ्नो नाक चिलाए, तीनवटै कमिलाहरु कच्याककुचुक भएर पिसिए ।

खलिल जिब्रान

खलिल जिब्रान (१८८३–१९३१), लेबाननका महान साहित्यकार