बिजुलीको चम्काइ

तूफान चलिरहेको एक दिन ईसाई विशप (धर्मगुरु) आफ्नो गिर्जाघरमा थिए । एकजना गैर–ईसाई महिला आएर उनीसामु उभिए । । ती महिलाले भनिन्– "म ईसाई होइन, के मलाई नरकको आगोबाट छुटकारा मिल्ला ?"

विशपले ती महिलालाई हेरे र यो भनेर जवाफ दिए– "अहँ ! छुटकारा तिनीहरुलाई मात्र मिल्छ, जसले पानी र आत्माले बपतिस्मा लिएका छन् ।"

उनले यसो भनिरहेको बेला गिर्जाघरमा आकाशबाट गर्जिएर चट्याङ पर्यो र त्यसमा आगो लाग्यो । शहरका मानिसहरु दौडिएर आए, उनीहरुले ती महिलालाई त बचाए । तर विशपलाई आगोले आफ्नो गाँस बनायो र उनी भस्म बने ।

'खलील जिब्रान की लोकप्रिय कहानियाँ'बाट

खलिल जिब्रान

खलिल जिब्रान (१८८३–१९३१), लेबाननका महान साहित्यकार