चीनलाई साधुवाद ! टार्यो अर्को संकट
इरान-पाकिस्तान द्वन्द्वमा चीनले देखाएको कुटनीतिक जिम्मेवारीको कथा

‘इरान र पाकिस्तानबीच सहमति: जनवरी २६ सम्ममा राजदूतहरू काममा फर्कने’, एसियाका दुई छिमेकी मुलुकबीच युद्धको तहमा बढेको विवाद साम्य बनेको खबर दिने यस्ता समाचार शीर्षकले विश्व राजनीतिका खेलाडीहरू मध्ये केहीमा उत्साह थपेको छ भने केही निराश बनेका छन् । सामान्य रुपमा के भन्न सकिन्छ भने भारत र इजरायल बाहेक एसियाका सबैजसो मुलुक यसबाट खुसी छन् । उता अमेरिकासहितका हतियार व्यापारी र विश्वमा शान्ति कायम रहँदा बेचैनी बढ्ने देशहरू भने निराश बनेका छन् ।
दुई इस्लामिक मुलुकहरू इरान र पाकिस्तानबट्चको असमझदारी एकाएक सीमापार हवाई आक्रमणको तहसम्म पुग्दा सबैभन्दा बढी चिन्ता इस्लामिक विश्वमा देखिएको थियो । एकातिर इजरायलले प्यालेस्टाइनमा गरिरहेको नरसंहार र उता यमनमा अमेरिकी-बेलायती गठबन्धनले गरिरहेको आक्रमण–प्रत्याक्रमण विश्वलाई आर्थिक रुपमा पारिरहेको संकटमा यी दुई मुलुकबीचको भिडन्तले थप्ने रापको पूर्वानुमान नै पनि विश्वशान्तिको कामना गर्नेहरूका लागि अत्यासलाग्दो बनिरहेको थियो ।
यस्तोमा एकाएक इरान–पाकिस्तान दुवै देशका राजदूतहरू आ-आफ्नो काममा यसै साता फिर्ता भइसक्ने समझदारी कसरी सम्भव भयो ? त्यसको बेग्लै कथा छ ।
एकसाता अघि, अघिल्लो मंगलबार, राति इरानले गरेको मिसाइल आक्रमणमा परी पाकिस्तानमा दुइजना बालकको मृत्यु र तीन जना घाइते भएपछि दुई मुलुकबीचको सम्बन्धमा एकाएक तनाव पैदा भएको थियो । त्यसपछि नौ सय किलोमिटर सीमा जोडिएका यी दुई देशहरू बीच बढेको आक्रमण र प्रत्याक्रमण सोमबार भएको समझदारी पछि रोकिएको छ । यसरी यी दुई छिमेकीलाई आपसी मिलापको तहसम्म ल्याउन एकसाता भित्रै सफल बनेको मुलुक हो, चीन ।
इरान र पाकिस्तान आपसमा भिड्दा सबैभन्दा बढी पीडा भने चीनलाई नै भएको थियो । यसो किन भयो भने चीन सामरिक र रणनीतिक धेरै ढंगले यी दुई वटै देशसँग नजिक छ । पाकिस्तानमा चीनको निकै ठूलो लगानी छ भने इरानसँगको व्यापार उस्तै राम्रो छ । इरानमा पनि निकै खुलेर लगानी गरिरहेको चीन यी दुवै मुलुकको बीचमा रहेको अर्को देश अफगानिस्तानमा समेत नयाँ ढंगले काम गरिरहेको छ ।
त्यसैले चीन त्यो शान्तीवार्ताको केन्द्रमा कुनै पनि विलम्ब नगरिकन प्रवेश गर्यो र त्यसलाई सफल समेत बनायो । हुन त चीन तेल उत्पादक छिमेकी अरू देशहरूसँग पनि निकै जिम्मेवार भएर काम गरिरहेको छ । अमेरिकाले आफ्नो कब्जामा राखेर सधैँ इरान विरुद्ध प्रयोग गर्दै आएको साउदी अरबलाई इरानसँगको कट्टर सफलतालाई मित्रतामा परिणत गर्न चीनको कुटनीतिक सफलताले यसअघि नै विश्वलाई तरङ्गित तुल्याइसकेको हो । यो अवस्थामा इरान–पाकिस्तानबीच कुटनीतिक पहलका आधारमा मिलापत्र गराउन चीनका लागि त्यति गाह्रो काम पनि थिएन । यो यस अर्थमा कि द्वन्द्वमा उत्रिएका इरान र पाकिस्तान दुवै मुलुकसँग चीनको राम्रो सम्बन्ध कायम छ । तर के कुरा पनि सत्य हो भने सोझै आक्रमण–प्रत्याक्रमणमा उत्रिएका यी दुई देशहरुलाई शान्तिका लागि सहमत गराउन चीन बाहेक अरूलाई भने त्यति सहज हुँदैनथ्यो ।
सोमबारको सहमतिपछि यसबारे जानकारी गराउँदै चीनले दुई देशबीच तनाव बढ्न थालेपछि नै आफूहरु शान्ति स्थापना गराउने काममा लागिपरेको जनाएको छ । चीनको परराष्ट्रमन्त्री सुन वेईडंग मध्यस्थताको लागि पाकिस्तान गएका थिए । पाकिस्तानले आतंककारीको निशानामा भन्दै इरानमा गरेको आक्रमणमा परी ९ जनाको मृत्यु भएपछि चीनले थप सक्रियता बढाएको थियो ।
आफ्नो सर्वकालीन मित्र पाकिस्तान र पश्चिम एसियामा आफ्नो उपस्थिति बलियो बनाउन अत्यावश्यक साझेदारका रुपमा सम्बन्ध प्रगाढ बनाउँदै लागेको इरानबीचको यो द्वन्द्व चीनलाई मात्र नभएर अरू धेरैलाई सकस पार्नेवाला थियो । त्यही भएर पाकिस्तान, भारत लगायतका मुलुकमा राजदूत भएर काम गरिसकेका सुनले स्वयम् सक्रियता बढाएका थिए भने सहायक विदेशमन्त्री मा झाओछुले समेत इरानका समकक्षीसँग कुरा गरेका थिए ।
जे होस्, क्षेत्रीय शान्ति र स्थिरताको लागि चीनले देखाएको यो पछिल्लो सक्रियता निकै प्रशंसायोग्य छ । शान्ति स्थापनाका लागि चीनले देखाएको सक्रियता र हासिल गर्दै गइरहेको सफलताले एकै पटक कुनै एक छिमेकीलाई उक्साहटमा पारेर अर्कोलाई दुख दिने साम्राज्यवादी र विस्तारवादी मुलुकहरूलाई अब उनीहरूको पुरानो शैली बेकम्मा भईसकेको सन्देश पनि प्रवाह गरेको छ । यो जिम्मेवारीपूर्ण कर्मको लागि शान्तिका कामना गर्नेहरुले चीनप्रति आभार व्यक्त गर्नु अन्यथाको कुरा हुन सक्दैन ! त्यसै गरी मित्र नयाँ बन्न सक्छ तर छिमेकी फेर्न सकिँदैन भन्ने तथ्यलाई मनन् गरी शान्तिको मागर्लाई अवलम्बन गरेकोमा पाकिस्तान र इरान दुबै पनि धन्यवादका बनेका छन् !!

पीकेकेको बिघटन

छत्तीसगढ–तेलंगाना सीमामा माओवादी बिद्रोही बिरुद्धको अभियान स्थगित

भारतको 'अपरेशन सिन्दूर' पछि पाकिस्तानी प्रतिक्रिया, ट्रम्पद्वारा आलोचना

दक्षिणपूर्वी एसियामा आर्थिक सम्बन्ध सुदृढ गर्न सी जिनपिङको कूटनीतिक यात्रा

क्युबाको चिकित्सकीय अन्तर्राष्ट्रियता

ट्रम्प युक्रेन युद्धबाट बाहिरिँदै : यस्तो छ ट्रम्पको 'प्लान बी' !

स्थापना भएको ५६ वर्षपछि पनि लडिरहेको छ फिलिपिन्सको न्यू पीपल्स आर्मी

प्रतिक्रिया