ब्वाँसो र पाठो

एक दिन बिहान जंगलको खोला किनारमा एउटा सानो पाठो पानी पिइरहेको थियो। त्यही बिहान, खोलाको माथिल्लो भागतिर भोकाएको एउटा ब्वाँसो केही खानेकुरा खोज्दै आइपुग्यो। केही बेरमै उसको नजर पाठोमाथि पर्‍यो।

व्वाँसोलाई पाठो खाने लोभ जाग्यो । उसले  पाठोको ज्यान लिन निहुँ खोज्न थाल्यो ।  

“ए पाठो ! तैले मैले पानी खाइरहेको खोलाको पानी किन धमिलो बनाएको?” ब्वाँसो करायो।
काँप्दै गरेको पाठोले भन्यो, “हजुर, कृपया रिसाउनुहोस् न। म तपाईंले पिइरहनुभएको पानी कसरी धमिलो बनाउन सक्छु र? तपाईं त खोलाको माथि हुनुहुन्छ, म तल छु।”

“तँले पानी धमिलो बनाएकै हो!” ब्वाँसो रिसाउँदै भन्यो। निहुँ खोज्नको लागि उसले थप भन्यो,  “अनि मैले सुनेको छु, गत वर्ष तैंले मेरो बारेमा झुटो कुरा गरेको थिइस्!”

“म कसरी गर्न सक्छु र?” पाठोले बिन्ती गर्‍यो। “म त यही वर्ष मात्रै जन्मिएको हुँ।”

“यदि तैँले होइन भने, तेरो दाजुले गरेको होला!”

“मसँग त दाजु नै छैन,” पाठोले भन्यो।

“त्यसो भए पनि,” ब्वाँसो गुर्रायो, “तेरो परिवारकै कसैले गरेको हो। जे भए पनि, म मेरो बिहानको खाना छोड्ने वाला छैन।”

यति भन्दै ब्वाँसोले त्यो निर्दोष पाठोलाई मार्‍यो र जंगलतिर लिएर गयो।

कथाको सार: अत्याचारीले आफ्नो अत्याचार गर्न सधैं कुनै न कुनै बहाना भेट्टाउँछ। अन्यायीले निर्दोषको तर्क कहिल्यै सुन्दैन।