कविता जस्ता देवकोटा
सन्दर्भ: देवकोटा जयन्ती

हरेक वर्ष तिहारको लक्ष्मीपूजाका दिन नेपालीहरूले लक्ष्मीको पूजामात्र गर्दैनन्, आफ्ना प्रिय महाकवि लक्ष्मीप्रसाद देवकोटालाई पनि सम्झन्छन् र उनीप्रति श्रद्धा व्यक्त गर्दछन् । वि.सं. १९६६ कार्तिक २७ गते काठमाण्डौमा उनको जन्म भएको थियो । पिता तिलमाधव देवकोटा र माता अमर राज्यलक्ष्मी देवीका उनी साहिंला छोरा थिए । उनी जन्मेका दिन लक्ष्मीपूजा परेकाले हरेक वर्ष यसै दिन उनको जन्मजयन्ती मनाइन्छ ।
देवकोटा जम्माजम्मी पचास वर्ष बाँचे तर उनले पचास वर्षको उमेरभरि निरन्तर लेखिरहे । त्यो असाधारण र आश्चर्यलाग्दो छ । त्यसैले देवकोटा जीवित छँदै किम्बदन्ती बनेर मृत्युपछि पनि यो सिलसिला जारी रह्यो । उनको आशुकवित्व, मिहिनेत, लगनशीलता, विद्वता, व्यवहार, स्वभाव, प्रवृत्ति बाँच्दासम्म पनि चर्चाका विषय बने र मृत्युपछि पनि । साँच्चि नै देवकोटा अद्भूत प्रतिभा थिए । कस्ता थिए त देवकोटा, उनले के गरे र के दिए हामीलाई, यसैबारेमा संक्षेपमा चर्चा गर्न खोजिएको छ, यस लेखमा ।
सानैदेखि प्रतिभाशाली
देवकोटा सानैदेखि प्रतिभाशाली र मिहिनेती थिए । उनमा रहेको प्रतिभालाई निखार्न उनको मिहिनेती र लगनशील बानीले धेरै ठूलो भूमिका खेलेको थियो । देवकोटाको अक्षरारम्भ पांच वर्षको उमेरमा भएको थियो भने आठ वर्षको उमेरमा व्रतबन्ध । व्रतबन्धपछि देवकोटालाई संस्कृत परिचय पढाइयो र श्लोकहरू लय हालेर गाउन सिकाइयो । पढाएको कुरा देवकोटा चाँडै सम्झन्थे । उनको धारणाशक्ति असाधारण थियो । पिताले लेखेर दिएका श्लोकहरू एकपटक माथिबाट तलसम्म हेरेपछि उनी नहेरिकनै दोहोऱ्याउन सक्थे । छोराको यस्तो स्मरणशक्ति देखेर बाबु औधी खुशी हुन्थे र 'सरस्वतीको प्रसाद' भनेर प्रशंसा गर्दथे ।
“घनघोर दुःख सागर संसार जान भाई
नगरे घमण्ड कहिले मर्नु छ हामीलाई । "
माथिको कविताका पक्तिहरू देवकोटाले दश वर्षको उमेरमा लेखेका थिए । संसारको सम्बन्धमा गम्भीर अर्थ बोकेको कविता दश वर्षको बालकले लेख्नु सानो कुरा होइन । वि.सं. १९७७ मा उनी दरवार हाईस्कूलमा एकैपटक पाँचौं कक्षामा भर्ना भए । त्यहाँ उनले कविता लेखेर सुनाउन थाले । पाँच कक्षामा पढ्ने बालकको सुन्दर कविता देख्दा विद्यालयका छात्रहरूले यी उनले नै लेखेका कविताहरू हुन् भनेर विश्वास गरेनन् । यसै विषयलाई लिएर कसैले उनलाई मागेको लुगामा राम्रो देखिने 'सुकुलगुण्डो' भने, कसैले 'नक्कली मयूर'को विभूषण दिए । तर देवकोटालाई यसको केही असर परेन । बरू यसको जवाफ उनले १५ मिनेटमै विद्यालयमा विद्यालयबारे कविता लेखेर दिए । यो कविता माझिएको कविले लेखेको जस्तो थियो । शिक्षकले सरसर्ती कविता हेरेर 'फक्रन लागेको कवि' भनेर भने ।
“चाँडै पास गर्नाका धूनमा मैले खेल्न छोडें । म भातको स्वाद पाउँदिनथें । मेरो मगज हरहमेसा गाँजा खाएझैँ बाबुराम मास्टरका भूगोलका पाठहरूमा घुमिरहेको हुन्थ्यो । म अंग्रेजी किताबका पत्रहरूमा सपना देख्थे । किताबका तकियामा सुत्थें ।”
अत्यन्त मिहिनेती र लगनशील देवकोटाले आफ्नो पढाइको सम्बन्धमा 'हाइ हाइ अंग्रेजी' नामक निबन्धमा लेखेका छन्- "चाँडै पास गर्नाका धूनमा मैले खेल्न छोडें । म भातको स्वाद पाउँदिनथें । मेरो मगज हरहमेसा गाँजा खाएझैँ बाबुराम मास्टरका भूगोलका पाठहरूमा घुमिरहेको हुन्थ्यो । म अंग्रेजी किताबका पत्रहरूमा सपना देख्थे । किताबका तकियामा सुत्थें । खेलबाडमा कहिले कहिले चार र छ बजेको बीचमा भाइको साथ दिए पनि ज्यादाजसो आग्लो ठोकेर कोठामै बस्थे र मिर्मिरसम्म आँखा फट्फटाइरहेकै हुन्थे । राति बाह्र बजेसम्म र विहान पाँच बजेदेखिन् मेरो पढाइ चलिरहेकै हुन्थ्यो र यही किसिमसँग मैले पाँच वर्ष पहिला पासको निमित्त बिताएँ ।”
बाल साहित्यमा देवकोटा “सुनको दिन एक उदाउँछ रे यस देश खुलींकन आउँछ रे”
" नटिप्नु हेर कोपिला नचुँड्नु पाप लाग्दछ । नच्यात्नु फूल नानी हो दया र धर्म भाग्दछ ॥" माथिका कविताका पंक्तिहरू महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेखेका बाल कविताका पंक्तिहरू हुन् । सुनको विहान भन्ने किताबमा ती कविताहरू संग्रहित छन् । केटाकेटीहरूलाई माया गर्ने देवकोटाले उनीहरूका लागि असाध्यै राम्रा कविताहरू लेखेका छन् । सुनको विहान भन्ने बाल कवितालाई त गीतको रूपमा ढालेर रामेश श्रेष्ठको सांगीतिक टोलीले गाएको पनि छ । बाल कविता भने पनि हुर्केका तन्नेरी र पाका मान्छेहरूलाई समेत मनपर्ने राम्रा कविताहरू थुप्रै लेखेर बाल साहित्यको क्षेत्रमा देवकोटाले गरेको योगदानको पनि सबैले प्रशंसा गर्नुपर्दछ । |
कविताजस्तै असल मानिस
धेरै लेखक, साहित्यकारहरूमा लेखन र कर्मका बीचमा ठूलो विरोधाभास पाइन्छ, तर देवकोटा त्यस्ता थिएनन् । उनी जस्तो कविता लेख्थे, व्यवहार पनि त्यस्तै गर्दथे । उनी सहृदयी उदार, भावुक, सहयोगी, इमान्दार र मानवतावादी थिए । षडयन्त्र, बेइमानी र फट्याइँ उनले जीवनभर गरेनन् । सरल, सोझो र इमान्दार भएकै कारण उनले जीवनमा धेरै दुःख पनि पाए, तर यस प्रवृत्तिले नै उनलाई अन्ततः एक महान कवि बनायो । चाहेको भए उनले जीवनमा मनग्य पैसा कमाउन सक्थे । तर उनले पैसालाई कहिल्यै महत्व दिएनन् । मन्त्रीसम्म भएर पनि गरीव नै रहे । बरू भोकै बसे लोभी, स्वार्थी र बेइमान बनेनन् ।
देवकोटाले कुटिलता ज्ञानेन, कृत्रिमता जानेनन् । आफ्ना कविता र निबन्धमा झैं निश्छल, नम्र र मिलनसार हुनाले सबै क्षेत्रका, सर्व वर्गका र सबै उमेरका मानिसले उनलाई माया गर्थे ।
महाकवि देवकोटासम्बन्धी अनुसन्धानकर्ता तथा वरिष्ठ साहित्यकार डा. चूडामणि बन्धुले यसै प्रसंगमा लेखेका छन्- "उनले सबैसंग समान व्यवहार गरे । सबैसंग प्रेम गर्ने पाठ सिकाए । उनी दानी पनि थिए । उनी धन सञ्चय गर्नतिर कहिल्यै लागेनन् । धन भएका समय उनी उदार भएर दिन्थे । देवकोटा कहिलेकाहीं दिन नपाएर दुःखित् बन्थे । तर भएका बेला कुनै याचकले उनको घरबाट त्यसै फर्कनु परेन । देवकोटाले कुटिलता ज्ञानेन, कृत्रिमता जानेनन् । आफ्ना कविता र निबन्धमा झैं निश्छल, नम्र र मिलनसार हुनाले सबै क्षेत्रका, सर्व वर्गका र सबै उमेरका मानिसले उनलाई माया गर्थे । उनी विद्यार्थीका बीच साह्रै लोकप्रिय भए।"
मानिस ठूलो दिलले हुन्छ
देवकोटा मानिस दिलले ठूलो हुन्छ भन्थे । उनले नेपाली समाजमा रहेको जातपात र छुवाछुत प्रथाको खुलेर विरोध गरेका थिए । आज समय धेरै बदलिएको छ र मानिसका पुराना धारणाहरूमा छिटो छिटो परिवर्तन आउँदैछ तर देवकोटाले मुनामदन जातपातको विरोध गर्न चानचुने कुरा थिएन । मध्यमवर्गीय ब्राम्हण परिवारमा जन्मिएका देवकोटाले त्यो वेलामा 'मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन' भनेर ठूलो साहस देखाएका हुन् । मानिस सबैलाई बरावर ठान्ने देवकोटा समाजलाई यथास्थितिमा होइन, अगाडि बढेको देख्न चाहन्थे । उनी मानिसले मानिसमाथि गर्ने सबै प्रकारका शोषणहरुको अन्त्य हुनुपर्छ भन्ने ठान्थे । उनले जातपातको मात्र होइन, धार्मिक रुढी र अन्धविश्वासहरूको पनि खुलेर विरोध गरेका छन् । 'गाउँछ ईश्वर मानिसहरूको पीडा दुःखको गानामा' र 'फर्क फर्क है जाऊ समाऊ मानिसहरूको पाउ' भनेर उनले मानिसको सेवा गर्नु नै सच्चा धर्म हो भन्ने सिकाएका छन् ।
मानिस सबैलाई बरावर ठान्ने देवकोटा समाजलाई यथास्थितिमा होइन, अगाडि बढेको देख्न चाहन्थे । उनी मानिसले मानिसमाथि गर्ने सबै प्रकारका शोषणहरुको अन्त्य हुनुपर्छ भन्ने ठान्थे । उनले जातपातको मात्र होइन, धार्मिक रुढी र अन्धविश्वासहरूको पनि खुलेर विरोध गरेका छन् ।
पसिना र विवेक नै ठूलो
"के हो ठूलो जगतमा ? पसिना विवेक ।"
देवकोटा पसिना र विवेकलाई नै सबैभन्दा ठूलो कुरा ठान्थे । उनको पचास वर्षको जीवन माथिको कविता पंक्तिअनुरूप नै डोरिएको थियो । पसिनालाई महत्व दिने देवकोटाले अठार घण्टा ट्यूसन पढाएर पनि साहित्यमा अतुलनीय योगदान गर्न भ्याए । परिश्रममा विश्वास गर्ने देवकोटाजस्ता महान स्रष्टाबाट मात्र पचास वर्षको छोटो आयुमा पनि उच्च प्रकारका त्यति धेरै कृतिहरू लेखिन सम्भव थियो । देवकोटाले आफ्ना कृतिहरूमा श्रमलाई पूजा गर्नुपर्छ भनेर ठाउँ ठाउँमा भनेका छन् । कर्मयोगी देवकोटाले त्यसै यो कुरा भनेका होइनन् । विज्ञानको क्षेत्रमा धेरै आविष्कारहरू गरेर ठूलो योगदान पुऱ्याउने महान वैज्ञानिक थोमस एल्वा एडिसनले जस्तै देवकोटाले पनि सफलताको रहस्य श्रमलाई नै ठान्थे र अरूलाई पनि त्यसै गर्न सल्लाह दिन्थे । श्रम र विवेकका आधारमा चल्ने हो भने असफल हुनु पर्दैन भन्ने देवकोटाले नेपाली साहित्यमा उच्च सफलता प्राप्त गर्नुको प्रमुख कारण पनि यही थियो ।
आशुकवि देवकोटा जनकलाल शर्मा लक्ष्मीप्रसाद देवकोटाको सम्पर्कमा आएपछि उनको जीवनसम्बन्धी केही कुरा जान्न उत्सुकता हुनु स्वाभाविक नै हो । उनी आशुकवि हुन् भन्ने कुरा त बेलाबेलामा तत्काल बनाएर सुनाएका कविताले नै प्रमाणित गर्थ्यो । तैपनि मैले बनारसमा छँदा जतिबेला पैसा चाहियो, उतिबेलै कविता बनाएर दिने गरेको कुरामा ध्यान दिलाएँ । उनले उत्तर दिए- 'हो, पैसा चाहिएको बेला म त्यसो गर्थे । त्यस समय मलाई पैसाको निक्कै कष्ट थियो । मलाई एउटा यस्तो प्रकाशक चाहिएको थियो, जसले मेरा कविता किनेर छपाओस् । मैले त्यस्तो व्यक्ति 'नेपाली सौभाग्य पुस्तकालय' दूधविनायकका मालिक टीकादत्त धिताललाई पाएँ । उनी मेरो कविता दुई दुई रुपियाँमा लिन राजी भए । केही दिनसम्म दिनको पाँच पाँच कविता दिएँ । मेरो खर्च बढ्यो, दश कविता दिन थालें । उनले मेरो कविताको भाउ आधा घटाए । कविता २५ दिएँ । केही दिनमा अझै आधा दाम गरे मेरा कविताको । यसै क्रमले मेरा कविताको मूल्य घट्दै चार आनामा आयो । तैपनि रोजको खर्च पुग्ने कविता दिन थालें । अन्त्यमा मेरो दिवालिया तपाईंकै कविताबाट हुने भयो, म कविता किन्न सक्तिनँ भने उनले । म निराश भएँ ।' म कुरा कोट्याउँदै गएँ, उनी भन्दै गए- 'एक समय सम्भवतः सम्वत् २००५ सालको अन्त्यतिर अर्थात् १९४८ ईसवीको अप्रिल महिनामा कालिम्पोङ्ग पुगेँ । त्यहाँ नेपालीहरुले राम्रो स्वागत गरे मलाई । मैले त्यहाँ कविता सुनाएको बेला अंग्रेजी भाषामा पनि कविता सुनाउन आग्रह आयो मलाई । मैले विषय दिन भनें । उनीहरुले मलाई 'टिस्टा' (नदी) भन्ने विषय दिए । मैले तत्कालै ४० स्ट्याञ्जा अंग्रेजी कविता सुनाइदिएँ र सबै प्रसन्न भए ।' हो, त्यस समय उनले 'अन टिस्टा' शीर्षकमा कविता सुनाएका थिए, त्यसको पुष्टि 'हिमालयन टाइम्स'ले गर्छ । तर ती कविताका नौ स्ट्याञ्जा मात्रा उपलब्ध छन् । हुनसक्तछ, स्थानाभावले त्यतिमात्र छापिएका होऊन् । अतः यसको निरुपण हुनु आवश्यक छ । टिकादत्त धिताललाई दिएका कविताहरुको त आज अत्तोपत्तो छैन । (स्रोत : महाकवि देवकोटा एक व्यक्तित्व-दुई रचना, जनकलाल शर्मा, साझा प्रकाशन, २०३२) |
उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक
देवकोटा जीवनमा ठूलो उद्देश्य लिनुपर्छ भनी ठान्थे र अरूलाई पनि त्यसैअनुरूप प्रेरणा दिन्थे । देवकोटामा सानै उमेरदेखि केही गर्नुपर्छ भन्ने भावना थियो । कवितातिर उनको झुकाव यसैअनुरूप बढेको थियो । पढाइमा निक्कै मिहिनेती र लगनशील हुनुको कारण पनि यही थियो । कुनै पनि काम लगनशील र परिश्रमी भएर गरेपछिमात्र अघि बढ्न सकिन्छ भन्ने उनको विश्वास थियो । उनको सम्पूर्ण जीवन यही मान्यताअनुसार चल्यो । आखिर देवकोटा आफ्नो जीवनको उद्देश्यमा सफल पनि भए । जीवन केही गर्नका निम्ति हो र केही गर्न सकेमात्र जीवन सार्थक हुनसक्दछ भन्ने देवकोटाले मानिसलाई विशाल उद्देश्य लिएर अघि बढ्नुपर्दछ भन्ने पाठ पढाएका छन् । जीवनमा सुख- दुःख, आँसु-हाँसो घाम-छायाँ, उकाली-ओराली सबै खप्नुपर्छ भन्दै देवकोटाले यी सबैका बीचबाट निरन्तर आशावादी हुँदै जीवनको उद्देश्यका निम्ति अगाडि बढ्नुपर्छ भन्ने सिकाएका छन् । जीवनमा पाउनुसम्म दुःख पाएका देवकोटा विभिन्न घात-प्रतिघातका बीचबाटै अघिबढेका थिए र सफलताको शिखर चुम्न सफल भएका थिए ।
जीवन केही गर्नका निम्ति हो र केही गर्न सकेमात्र जीवन सार्थक हुनसक्दछ भन्ने देवकोटाले मानिसलाई विशाल उद्देश्य लिएर अघि बढ्नुपर्दछ भन्ने पाठ पढाएका छन् । जीवनमा सुख- दुःख, आँसु-हाँसो घाम-छायाँ, उकाली-ओराली सबै खप्नुपर्छ भन्दै देवकोटाले यी सबैका बीचबाट निरन्तर आशावादी हुँदै जीवनको उद्देश्यका निम्ति अगाडि बढ्नुपर्छ भन्ने सिकाएका छन् ।
देवकोटाको अंग्रेजी ज्ञान अंग्रेजी भाषामा देवकोटाको राम्रो दख्खल थियो । उनले अंग्रेजीमा पनि थुप्रै राम्रा कविताहरु लेखेका छन् । शाकुन्तल महाकाव्यलाई महाकवि देवकोटा स्वयंले अंग्रेजीमा अनुवाद पनि गरेका थिए । तर त्यो पूरा हुन इन्द्रेणी नामक एउटा साहित्यिक पत्रिका लक्ष्मीप्रसाद देवकोटाको सम्पादनमा वि.सं. २०१३ सालमा प्रकाशित हुन थाल्यो । त्यसमा नेपाली र अंग्रेजी दुई भाषामा कविताहरु छापिन्थे । मूल नेपालीको अंग्रेजी अनुवाद धेरैजसो महाकवि देवकोटा र अर्का अंग्रेजी जान्ने साहित्यकार भीमदर्शन रोक्का मिलेर गर्दथे । भीमदर्शन रोक्काले महाकवि देवकोटालाई गुरुसरह मान्थे भने महाकवि देवकोटाले भीमदर्शनलाई अंग्रेजीका राम्रा शिक्षक मान्दथे । एउटा कविताको अनुवाद देवकोटाले गरिरहेको बेला अंग्रेजीको कुनै एउटा शब्द भीमदर्शनलाई उपयुक्त लागेनछ । अनि उनले अर्को शब्द सुझाएछन् । त्यसपछि देवकोटाले भनेछन् : “मैले शुरुमा राखेको शब्दभन्दा तपाईंले सुझाएकै शब्द राम्रो हुनसक्छ । तर... " “तर के कविज्यू ?" भीमदर्शनले सोधे । "तर त्यस्तै अर्थ बोक्ने यो अनि यो शब्द पनि हुनसक्छ, हुनसक्छ, अनि ....... भन्दै भन्दै देवकोटाले अंग्रेजीका समानार्थी शब्दहरु अरु दशवटा लेखेर देखाइदिएछन् । त्यसपछि देवकोटाको अंग्रेजी भाषा ज्ञानको अगाडि भीमदर्शन रोक्का नतमस्तक भए । |
साग र सिस्नो खाएको बेस
देवकोटा महान राष्ट्रवादी कवि थिए । उनले आफ्ना कृतिहरूमा राष्ट्रलाई मुटुभरिको माया खन्याएर प्रेम गरेका छन् । उनी आफ्नो इतिहास, सभ्यता र संस्कृतिलाई लिएर गर्व गर्थे । मुनामदनलगायत उनका धेरैजसो कृतिहरूमा चोखो राष्ट्रवादी भावना पाइन्छ । उनले नेपालको चिनारी दिँदै लेखका छन्- "नेपाल सुन्दर, शान्त विशाल ।" यसै सन्दर्भमा चुडामणि बन्धुले लेखेका छन्- " महान देशभक्तका रूपमा
मानिसहरू देवकोटालाई सम्झन्छन् । उनले लेखेका कुरा व्यवहारमा पनि देखाएका छन् । उनले देशका निम्ति लेखे, देश र जनताका पक्षमा लेखे । उनले प्रजातन्त्रका निम्ति लेखे, प्रजातन्त्रका निम्ति उनी आफैँ प्रवासिए । उनले देशभक्ति, नैतिकता र सुविचारपूर्ण बालकविता र काव्य लेखेर नेपाली समाजलाई सुसंस्कार बनाउन टेवा दिए । उनले देशको प्राकृतिक सौन्दर्यको वास्तविक स्थितिको र आशापूर्ण भविष्यको वर्णनमात्र गरेनन्, नेपालीहरूमा नैतिकता, सच्चरित्रता र मानवतावादी दृष्टि र मर्मको भावना भरेर उनीहरूलाई नेपालतिर फर्काए ।"
मानिसको हक लिऊँ
"मर्न त एक दिन अवश्य पर्छ
पशुझैँ नजिऊँ
मानिस हौं भने मानिस जिऊँ
मानिसको हक लिऊँ !"
माथिका कविताका पक्तिहरूमा देवकोटा आफैँले भनेझैं उनी सधैं अन्याय, उत्पीडन र थिचोमिचोको विरोध तथा समानता अनि न्यायको पक्षमा उभिए । देवकोटा सबै मानिस बराबर हुन्, कसैले कसैलाई होची अर्घेली गर्नु हुँदैन भन्ने धारणा राख्दथे । उत्पीडनको जाँतोमा पिसिएका जनता आफ्नो अधिकारका निम्ति आफै उठ्नुपर्छ भन्ने उनको दृष्टिकोण थियो । नेपालमा चलेको प्रजातान्त्रिक आन्दोलनमा यसैकारण देवकोटा सहभागी भएका थिए । प्रजातन्त्रकै निम्ति उनी बनारस प्रवासिएका थिए र युगवाणीको सम्पादन गरेर राणाशाहीको विरोध र प्रजातन्त्र, न्याय र समानताका पक्षमा आफ्ना आवाजहरू पोखेका थिए । वस्तुतः देवकोटा न्याय, समानता र मानवताका कवि थिए । पुस्तकालय खोल्दा दण्डित भएका देवकोटा नेपाली समाजको समुन्नति तथा परिवर्तन चाहन्थे । २००५ सालपछि देवकोटाले मानवतावादी एवं क्रान्तिकारी भावनालाई अझ सशक्त ढंगले अभिव्यक्ति दिए । प्रजातन्त्रको स्थापनापछि पनि नेपाल र नेपाली जनताको स्थितिमा परिवर्तन नआएको देख्दा र बेइमानी र सत्तास्वार्थ जताततै बढेको पाउँदा देवकोटा खिन्न भए र त्यसको विरोधमा आफ्ना आवाजहरूलाई अझ प्रखर बनाए ।
नेपालमा चलेको प्रजातान्त्रिक आन्दोलनमा यसैकारण देवकोटा सहभागी भएका थिए । प्रजातन्त्रकै निम्ति उनी बनारस प्रवासिएका थिए र युगवाणीको सम्पादन गरेर राणाशाहीको विरोध र प्रजातन्त्र, न्याय र समानताका पक्षमा आफ्ना आवाजहरू पोखेका थिए ।
देवकोटाको क्रोधले जन्मायो कविता 'पागल' कविताको रोचक इतिहास मैले नवाबको मदिरालाई खून भनेको छु, रण्डीलाई लास भनेको छु. राजालाई गरीब, सिकन्दरलाई मैले गाली गरेको छु, महात्मालाई निन्दा गरेको छु, नगन्य व्यक्तिलाई सातौ आश्मानसम्म तारिफको पुलमा चढाएको छु तिम्रा महापण्डित, मेरा मूर्ख, तिम्रो स्वर्ग, मेरो नरक, तिम्रो सुन, मेरा फलाम, साथी, तिम्रो धर्म, मेरो पाप । लक्ष्मीप्रसाद देवकोटा, पागल कविताबाट कुनै कुनै कविताको पनि रोचक कथा हुन्छ, प्रेरक इतिहास हुन्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित कविता 'पागल' को पनि आफ्नै मर्मस्पर्शी कहानी छ । सातसालमा निरंकुश राणा शासनको अन्त्यपछि महाकवि देवकोटा जीवित छँदै महापण्डित राहुल सांकृत्यायन नेपालमा पटक पटक आएका थिए । भ्रमणको क्रममा उनको सम्मानमा यहाँ कहिले प्रीतिभोज र गोष्ठीहरु आयोजना लेखले ल्याएको भुइँचालो अनेक साहित्यिक हलचल मच्चाएर राहुल भारत फर्केका थिए, धेरैजसोको हृदयमा अमिट छाप छाडेर । त्यहाँ फर्केपछि भारतबाट निस्कने एउटा पत्रिकामा उनले महाकविको बारेमा लेखेको लेखले भुईचालो मच्चाएको महाकवि देवकोटा मैतीदेवीस्थित कविकुञ्ज फर्कदा धेरैजसो डिल्लीबजारमा रहेको लप्टनको होटलमा पस्दथे । त्यहाँ चिया र खाजा खाने, पत्रपत्रिका पढ्ने र बौद्धिक लेखमा राहुलले नेपाल यात्राको क्रममा देवकोटाको प्राप्ति आफ्नो लागि देवकोटालाई करुण रसका महाकविका रुपमा मूल्यांकन गर्दै राहुलले उनको जीवनका अन्तरंग पाटाहरु पनि उजागर गर्ने प्रयत्न गरेका थिए । आफ्नो साहित्य र जीवनका बारेमा राहुलद्वारा लेखिएका यस्तै पंक्तिहरु पढ्दै थिए देवकोटा । तर एकठाउँमा गएर उनी एकाएक रोकिए । त्यहाँ यस्तो लेखिएको थियो- 'देवकोटा नेपाली के पन्त–प्रसाद–निराला तीनों है, इसमें अतिशयोक्ति नहीं हैं । निराला के कुछ दूसरे गुण भी मौजूद है, यद्यपि उतनी मात्रा में नहीं । निराला को रांची से जाने की बात ही भर कितनी ही बार उठी, किन्तु जब देवकोटा को घरवालों ने विक्षिप्त समझ राँची से चलने के लिए कहा, तो उन्हों ने जरा भी आपत्ति नहीं की और रांची के पागलखाने में कुछ दिन रह भी आये ।' क्रोध, करुणा र कविता यो पंक्ति पढिसकेपछि देवकोटा रिसले दुर्वासा भएको दृश्यको चित्रण 'उनका गाला फुलेर राता राता भए । आँखा रगत चुहुन लागेझैं देखिए । देवकोटालाई रिस उठेपछि काम्न थाल्थे, त्यो मैले एक दुईपल्ट देखेको थिएँ । उनी मतिर फर्केर मलाई औंलो ठड्याउँदै भन्न थाले, 'यस मूर्खलाई गलत सूचना दिने तँ होस्, अर्को मूर्ख ।' मैले कति अनुनय-विनय गरे, मेरो केही लागेन । उनी होटलबाट बाहिर आए । साइकिलको साँचो मैसित थियो, साँचो खोलें । मलाई एक धक्का दिएर साइकिल लिए। उनी साइकिल चढेर अघि लागे, १० पाइला पर गएपछि म पनि पछि पछि दगुरे, 'मामा मामा' भन्दै उनी म दगुरेको देखेर पुनः साइकिलबाट ओर्लिए । हामी मैतीदेवीको पीपलको रुखमा पुग्यौ । सधैँ यहाँ पुगेपछि आफ्नू घर जान आग्रह गर्ने मसित, तर आज त्यसो नगरी लुरुलुरु घरतिर लागे । साइकिलको साँचो झिकेर उनको खल्तीमा हालिदिएँ तैपनि केही भनेनन् र म आफ्न डेरातिर लागें । बिहान उठेर हातमुख धुनमात्र के लागेको थिएँ, एउटा मानिस मकहाँ आयो र भन्यो, 'साहिला मामाले बोलाउनुभएको छ तपाईलाई अहिले नै उतै खानेगरी जानु अरे ।' यो खबर पठाउने उनै महाकवि देवकोटा थिए । मनमनमा हाँसो उठ्यो, 'त्यसरी रिसाए कुरै नबुझी । उनको बारेमा के गलत सूचना दिएको थिए र मैले । उनी राँची गएको कुरा उनैले भनेका हुन्, पूरै फाइल पनि हेरेको छु मैले ।' मनमा लाग्यो- मेरो डेराबाट उनको घर पुग्न १० मिनेटको बाटो थियो, पुगे हस्याङफस्याङ गर्दै । म त्यहाँ पुग्दा उनी कागजका अनेक पत्र तह लगाउँदै थिए । मैले नमस्ते गरेपछि बडो आदरसाथ आफ्नु छेउमा बसाए । हिजोका दुर्वासा आज करुणाका मूर्ति थिए । मैले हिजोको घटनामा माफी मागें । उनले उत्तरमा भने, 'होइन भान्जा, माफी त मैले पो माग्नुपर्ने, कहाँ तपाईं अघि सर्नुभो । त्यसैकारण त तपाईलाई दुःख दिएको एकाबिहानै एउटा कविता सुनाऊँ भनेर ।' कविताको नामले म अरु उत्सुक भएँ र भने, 'सुनौ न मामा म अझै उत्सुक भएँ कविता सुन्न । कविताको शीर्षक थियो 'पागल' पूरै कविता सुनेपछि म अवाक् भएँ । हैं, त्यसमा एकठाउँ उनले, 'तिम्रा महापण्डित राहुल, मेरा मूर्ख' भनेका थिए त्यसमा । कुनै व्यक्तिको नाम किन लिने ? महापण्डित भनेपछि पुगिहाल्छ नि मामा' भन्दा उनी 'राहुल' तीन अक्षर कविताबाट भिक्न राजी भए । यसपछि म उनका सामने अझै नतमस्तक भएँ र आज पनि छँदैछु । यो कविता पढ्दा आज पनि ती दिन याद आउँछन् झलझल्ती । देवकोटाले यस लोकबाट भाद्र २९ गते २०१६ तद्नुसार १४ सेप्टेम्बर १९५९ मा प्रस्तुति: राजेन्द्र महर्जन (स्रोत : महाकवि देवकोटा : एक व्यक्तित्व- दुई रचना, जनकलाल शर्मा, साझा प्रकाशन, २०३२) |
जीवन संघर्षका बीच
देवकोटाले जीवनमा अकथनीय संघर्ष गर्नुपन्यो । पटनाबाट बी. ए., बी. एल. गरेर फर्केपछि उनले अठार घण्टासम्म ट्यूसन पढाउनु पयो । पिताको देहान्तपछि परिवारको आर्थिक समस्या समाधान गर्ने दायित्व उनके काँधमाथि आयो । प्रजातन्त्रका पक्षमा बोलेवापत प्रवासिनु पयो र कविता बेचेर पेट पाल्नुपर्यो । आर्थिक अवस्था कमजोर भएका कारण उनका दुई छोराहरूको असामयिक निधन भयो । कहिलेकाहीं खाने अन्न नभएर देवकोटा र देवकोटाको परिवार भोकै पनि बस्नुपयो । कागजको अभावमा चुरोटको बट्टामा समेत कविता
लेखे देवकोटाले ।
देवकोटा त्यसै विक्षिप्त भएका थिएनन् । उनी आर्थिक संकटले गर्दा पागलजस्तै बनेका थिए ।
गोपालप्रसाद रिमालले यसै सन्दर्भमा भनेका छन्- "देवकोटा साहित्यिक पागल हुन्, जबकि म राजनीतिक पागल हुँ ।" रिमालले ठीकै भनेका छन् । देवकोटा महान साहित्यिक प्रतिभा थिए तर गरीबी र पारिवारिक गर्जो टार्न उनले गर्नु परेको अत्यधिक श्रमका कारण उनलाई साहित्य सृजना गर्ने पर्याप्त समय भएन ।
देवकोटा अत्यधिक चुरोट पिउँथे । आर्थिक अभाव, अत्यधिक परिश्रम र चुरोटले देवकोटाको स्वास्थ्य बिग्रियो । उनलाई पेटको क्यान्सर भयो । कलकत्ताबाट उपचार गरेर फर्किएका देवकोटाको रोग फेरि बल्झियो ।
चूडामणि बन्धु भन्छन्- "देवकोटाका निम्ति चौविस घण्टाको समय पर्याप्त थिएन ।
उनले आराम गर्नुपर्ने आठ घण्टासमेतको प्रयोग गरेर कहिलेकाहीं अठार घण्टासम्म पनि ट्यूसन गरे । देवकोटालाई नेपालीहरूले सबैतिर दुहे । उनीसंग पढेर उनीबाट कविता र आफूले चाहेका कुरा लेखाएर, उनीलाई बहकाएर अनि कार्टुन बनाएर । देवकोटा सेवा गर्न आएका थिए गरिदिन्थे, तर उनको मन दुखेको थियो सेवा गर्ने पर्याप्त समय नभएकोमा ।"
देवकोटा अत्यधिक चुरोट पिउँथे । आर्थिक अभाव, अत्यधिक परिश्रम र चुरोटले देवकोटाको स्वास्थ्य बिग्रियो । उनलाई पेटको क्यान्सर भयो । कलकत्ताबाट उपचार गरेर फर्किएका देवकोटाको रोग फेरि बल्झियो । २०१५ सालमा तासकन्दमा भएको अफ्रोएसियाली लेखक सम्मेलनमा भाग लिन गएका देवकोटाले रूसमा पेटको उपचार गराएर फर्किए तर यता अनुमति नलिएर सम्मेलनमा गएको र कम्युनिष्ट भएको आरोप लगाएर एकेडेमीले दिनुपर्ने तलब रोकिदियो । राम्रो आहारविहारको आवश्यकता भएको बेला तलव रोकिनाले देवकोटालाई निक्कै अप्ठेरो पयो ।
यी केही दृष्टान्तमात्र हुन् देवकोटाले जीवनमा भोग्नुपरेका कठिनाइका । तर यी सबै कठिनाइका बीच पनि देवकोटाले निरन्तर साहित्य लेखे र अतुलनीय योगदान दिए ।
देवकोटाको जन्म “जोग्राफिकल मिस्टेक” थियो ? जनकलाल शर्मा महाकवि देवकोटासँग यस्तो पारिवारिक सम्बन्ध भएपछि उनको जीवनमा घटेका अनेक कुरा कोट्याउन मन लाग्थ्यो मलाई । पद्म शमशेरलाई राँची पठाएर मोहन शमशेर गद्दीमा बसेको धेरै समय बितेको थिएन त्यसवेला । त्यस कारण पनि राँचीको झझल्को मनमा आइनै रहन्थ्यो । देवकोटा पनि राँची पुगेर आएका थिए झण्डै दश वर्षअघि । कुराको छेउ भेट्टाएपछि धागों ताने तान्न सजिलो हुन्छ । उनले कुरैकरैमा अनेका थिए- 'हो, भान्जा म रानी लगिएको थिएँ पन्चानब्बे सालमा । तपाईलाई थाहा छ, म आर्थिक संकटमा थिएँ त्यस समय । मलाई लघुताभासको पहाडजस्तो बोध हुन्थ्यो जताततै । संसारमा सबभन्दा सानो प्राणी ठान्दथें म आफूलाई । अरुलाई म पहाडजस्तो देख्तथें । मेरो इच्छा कतै पनि पूरा हुन्नथ्यो, आर्थिक कारणले गर्दा । मेरो मनको बह कसैले बुझेन त्यस समय । म यस्तो चिन्तामा रुमलिएर वस्थें चौबीसै घण्टा । त्यसै कारण त कुरै नबुझी उल्लूहरुले खिल्ली भनेर डोर्याएर हिँडे राँचीतिर मलाई । मलाई त आर्थिक रोग लागेको थियो । डाक्टरले के गर्न सक्थ्यो र ? तैपनि बसिदिएँ डा. बर्कले हिलको रखेदेखमा केही महिना अरुको चित्त बुझाउन । उसले मेरो रोगका पत्ता लगायो र भन्यो- 'जोग्राफकिल मिस्टेक । पश्चिममा जन्मिनुपर्ने पूर्वमा जन्मेछ ।' शायद उसको भनाइ थियो होला पश्चिममा भए उसलाई आर्थिक संकट हुने थिएन, पूर्वमा आर्थिक बोझले किचियो । तैपनि उसले प्रयत्न गयो, मेरो जन्मजात रोग निको भएन भान्जा ।' महाकवि राँची गएको फाइल त मैले पनि हेरेको थिएँ काहिला मामा मधुसुदनसित लिएर । त्यहाँ जोग्राफिकल मिस्टेकवाला कुरा कतै लेखिएको छैन । शायद डा. बर्कले मुखैले भनेको थियो होला । यदि यो कुरा हो भने महाकविको र मेरो अर्थमा फरक आउँछ । उसले आर्थिक कारणले पूर्व- पश्चिमको तुलना गरेको होइन । यदि तुलना गरेको हो भने बौद्धिक क्षेत्रमा तुलना गरेको हो । देवकोटाजस्तो प्रतिभाशाली साहित्यिक व्यक्तित्वको कदर गर्न जान्ने र बुझ्ने यूरोपियनमात्र हुन् सक्तछन् । अंग्रेजी साम्राज्य चरमचुलीमा पुगेको बेला एउटा अंग्रेज जातिको व्यक्तिले भन्ने र सोच्ने करा पनि त्यही हो । |
महान प्रतिभा तर साधारण मानिस
देवकोटा महान प्रतिभा भए पनि साधारण मानिसजस्तै थिए । उनको बोलीचाली, व्यवहार सबै सामान्य मानिसको जस्तै थियो । खानेकुरामा फुल, माछामासु मन पराउँथे र पैसा भएका बेला टन्न खान्थे र खुवाउँथे । तलब बुझेका
दिन कहिलेकाहीं खाएर खुवाएर, माग्नेलाई दिएर उनको खल्ती रितिन्थ्यो । लगाउने कुरामा उनको विशेष सौख केही थिएन । भएको बेला उनी ठाँटिएर हिंड्ने र नभएका बेला साधारण लुगा लगाएर हिंड्ने गर्थे । लेख्ने कुरामा पनि उनको विशेष बानी केही थिएन । उनी सामान्य कलम र कागजको प्रयोग गर्थे । लेख्नका निम्ति विशेष कलम, कागज र मसी छुट्याएर राख्ने उनको बानी थिएन । उनी कालो वा नीलो मसीको प्रयोग गर्थे । उनी साधारण वा विशेष कुरा लेख्नका निम्ति 'मुड पर्खदैनथे । सृजनाका निम्ति आफैं वातावरण बनाउँथे । उनी बालबालिकाहरूसंग रमाउँथे । विद्यार्थीहरूसंग ठट्टा मजाक गर्थे, दौंतरीहरूसँग गफिन्थे । असाधारण देवकोटा विल्कूल साधारण मानिसजस्तै थिए ।
उनको बोलीचाली, व्यवहार सबै सामान्य मानिसको जस्तै थियो । खानेकुरामा फुल, माछामासु मन पराउँथे र पैसा भएका बेला टन्न खान्थे र खुवाउँथे । तलब बुझेका दिन कहिलेकाहीं खाएर खुवाएर, माग्नेलाई दिएर उनको खल्ती रितिन्थ्यो । लगाउने कुरामा उनको विशेष सौख केही थिएन ।
नदी कवितामा
देवकोटा आशुकवि थिए । उनी कवितामा नदीझैं अविराम बग्न सक्थे । उनी आफैँले म कवितामा कुरा गर्नसक्छु भनेका छन् । उनले तीन महिनामा शाकुन्तल, दश दिनमा सुलोचनाजस्ता महाकाव्य लेखेका थिए । देवकोटाको आशुकवित्व उनको मिहिनेत र लगनशीलता संगसंगै विकसित भएको थियो । आशुकवित्वकै कारण छोटो अवधिमा देवकोटाले धेरै लेखे । आफूमा रहेको प्रतिभालाई निरन्तरको साधनाले माभन सकिन्छ र समाज, राष्ट्र र मानवजातिका निम्ति गहकिलो योगदान पुयाउन सकिन्छ भन्ने कुरा बिर्सनै नसकिने उदाहरण हुन् देवकोटा । दुःख-सुख सबै बेला उनले साहित्य लेखे । जीवनलाई भन्दा पनि बढी माया गरे उनले साहित्यलाई ।
अन्त्यमा
देवकोटा महान प्रतिभा थिए । देवकोटाको प्रतिभा र योगदानको सबैले उच्च प्रशंसा गरेका छन् । विख्यात भारतीय विद्वान राहुल सांस्कृत्यायनले देवकोटामा भारतका तीनजना महान कविहरू पन्त, प्रसाद, निरालाको संयुक्त शक्ति देखे डा. शिवमंगल सिंह सुमनले नेपाली साहित्यमा देवकोटाको जन्मलाई एक घटना ठाने भने राँचीमा देवकोटाको उपचार गर्ने प्रसिद्ध चिकित्सक डा. वर्कले हिलले 'जोग्राफिकल मिस्टेक' भन्दै उनको असाधारण प्रतिभाको प्रशंसा गरे । विद्यार्थी, शिक्षक, बुद्धिजीवी, साधारण जनता र अन्तर्राष्ट्रिय व्यक्तित्वहरूले देवकोटालाई चिने, तर राज्यले उनलाई चिनेन । उनीजस्ता महान प्रतिभाका निम्ति राज्यले निर्वाह गर्नुपर्ने दायित्व नै निभाएन । राज्य जतिसुकै अनुत्तरदायी रहे पनि देवकोटाले साहित्य र देशको सेवा गरिनैरहे। अन्तर्राष्ट्रिय नेपाललाई चिनाए। उनले जहाँ जहाँको साहित्यिक सम्मेलनमा भाग लिए, त्यहाँ त्यहाँ नेपालको नाम राखे ।
देवकोटा महान् विभूति भए पनि उनमा पनि कमिकमजोरीहरू थिए। साधारण व्यवहारदेखि लेखनी र दृष्टिकोणमा पनि उनमा कमजोरीहरू पाइन्छन् । मूलतः वैज्ञानिक, समाजपरक र मानवतावादी दृष्टिकोण राख्दाराख्दै पनि उनका कतिपय रचनाहरूमा अयथार्थवादी र अवैज्ञानिक विचारहरू पनि पाइन्छन् । तर महान साहित्यकार गोर्कीले विश्वविख्यात रूसी साहित्यकार चेखबका सन्दर्भमा
भनेका छन्- चेखब मानवताका भोका थिए, त्यसैले भोको मानिसले काँचो भात पनि खाएजस्तै चेखबमा पनि कमजोरीहरू पाइन्छन् । यही कुरा महान देवकोटाका बारेमा पनि भन्न सकिन्छ ।
भूतलाई झटारो: महाकविको नेपाली भाषाप्रेम यो वि.सं. २०१२ सालको घटना हो । असार हिनाको ठूलो एकादशीको दिन । लक्ष्मीप्रसाद देवकोटाको अगुवाइमा केही साहित्यकारहरू पशुपति पुगे । यस दिन काठमाण्डौका ठूलाबडा सबैजसो पशुपति पुग्ने भएकाले ती ठूलाबडाहरू र साहित्यमा रुचि लिने अन्य व्यक्तिहरूलाई एउटा साहित्यिक पत्रिकाको ग्राहक बनाउने अभियानमा देवकोटासहितको साहित्यकारको एउटा टोली त्यहाँ पुगेको थियो । त्यसबेलाको सबभन्दा राम्रो मानिएको साहित्यिक पत्रिका प्रगतिको ग्राहक बनाउने अभियान शुरु भएको थियो । त्यस अभियानको निन्ति यस दिन महाकवि देवकोटाले अगुवाइ गरेका थिए । पशुपतिनाथको मन्दिरको मूलढोकामा साहित्यकारहरू बसे । परिचित आगन्तुकहरूलाई उनीहरूले प्रगतिको ग्राहक बनिदिन अनुरोध गरे । कसैले तत्काल ग्राहक बनेर लाग्ने शुल्क दिए भने कसैले पछि पैसा दिने बचन दिए । देवकोटाको अनुरोधलाई त्यहाँ कसैले तिरस्कार गरेन । अभियानमा जुटेका साहित्यकारहरू प्रसन्न नए । त्यसैबीच एकजना नाउँ चलेका घरानिया व्यक्ति पशुपतिको ढोकाबाट बाहिर आउँदै गरेका देखिए । ती व्यक्ति नाउँ चलेका मात्र नभएर विद्वान व्यक्ति पनि मानिन्थे । चन्द्र शमशेरको पालामै बडा हाकिम भइसकेका ती व्यक्ति प्रजातन्त्रपछि पनि ठूलै ओहोदामा थिए । २०१२ सालमा उनी अमेरिकन एडमिसनको कार्यालयमा काम गर्दथे । उनले व्याकरणसम्बन्धी पुस्तक पनि लेखेका थिए । यस्ता प्रसिद्ध र विद्वान व्यक्तिलाई देख्ने वित्तिकै अग्रसर भएर देवकोटाले ग्राहक बन्ने कुरा प्रस्ताव गरे । 'के को ग्राहक बन्ने ? उनले सोधे । प्रगति नामक साहित्यिक पत्रिकाको -देवकोटाले जवाफ दिए । "कुन भाषामा निस्कने पत्रिका ?" ती व्यक्तिले फेरि सोधे । 'नेपाली भाषामा ।” देवकोटाले शान्त भएर उत्तर दिए । “नेपाली बाँच्दैन कहिल्यै हिन्दीले राज गर्दछ ।” ती व्यक्तिले प्वाक्क यस्तो टिप्पणी गरे । टेवकोटाजस्तो नेपाली भाषाको ठूला साहित्यकार, भाषासेवीका सामुन्ने ती व्यक्तिले 'हिन्दीले राज गर्दछ' भनेपछि त्यहाँ निक्कै नराम्रो अवस्था आयो । ती व्यक्ति 'हिन्दी राष्ट्रभाषा हुनुपर्छ' भन्ने भूतपूर्व प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका पक्षधर भएर बोलिरहेका थिए । नेपाली भाषाका महाकविलाई खपिनसक्नु भयो । देवकोटाले ती व्यक्तिलाई रिसले थर्थर काँप्दै गाली गरे । झगडा चर्कियो । नजिकै डण्डा लिएर बसेको पुलिस पनि थियो । देवकोटाले ती व्यक्तिलाई पहिला कठालै समात्न खोजे । अरूले सम्झाएपछि कठालो समाती हाल्न भ्याएनन् । देवकोटाको रिस मरेको थिएन । चर्को विवाद भएपछि नजिकको प्रहरी झगडा मिलाउने वा झगडियालाई तह लगाउने सुरले अगाडि आयो । देवकोटाले त्यही प्रहरीको डण्डा खोसेर हिन्दी भाषाको पक्षमा बोल्ने ती 'ठूला' व्यक्तिलाई हिर्काउन तम्सिए । तर प्रहरी र अरू साहित्यकारहरूले त्यसो हुन दिएनन् । त्यसपछि देवकोटाको रिसको झोकमा परेका हिन्दीप्रेमी त्यहाँबाट उम्किए । यता ग्राहक अभियानमा हिडेका साहित्यकारहरूको टोली पनि अन्तिममा भएको त्यस्तो घटनाले गर्दा नरमाइलो मान्दै फर्किए । महाकवि लक्ष्मीप्रसाद देवकोटाजस्तो नेपाली भाषाप्रेमीको अगिल्तिर हिन्दीको पक्ष लिने त्यस दिन खलनायक बनेका विद्वान र नाउँ चलेका व्यक्तिको नाउँ हो - विश्वमणि आचार्य दीक्षित । दीक्षितजीको त्यस दिनको व्यवहारले रन्थनिएका देवकोटाले उनलाई झण्डै कुटेनन् । त्यस घटनाबाट नेपाली भाषाको अस्तित्व, सम्मान र स्वाभिमानको पक्षमा महाकवि देवकोटामा रहेको गहिरो निष्ठा व्यक्त भएको छ । देवकोटाले नेपाली भाषाविरुद्ध हिन्दी भाषाको पक्षमा बोल्ने ती दीक्षित महोदयको झाँको झार्न त्यसपछि एउटा कविता नै लेखे । त्यस कविताको शीर्षक हो- भुतलाई झटारो । यो कविता महाकवि देवकोटाको सबभन्दा चर्चित व्यङ्ग्य कविता हो । जनकलाल शर्माांको लेखमा आधारित |
सबै सामग्रीहरु नवयुवा मासिक २०६० कात्तिकमा प्रकाशित
भुतलाई झटारो महाकवि लक्ष्मीप्रसाद देवकोटा क. प्रकृतिले जब व्यङ्ग्य रेखिन् चेहरा तिनका बने, नेपालीको भान लेखिन्, बान् भो हाम्रो भने । ख. सब गधाले खुशले ऐंके, भ्यागुताले गाए कें कें, भो भुजङ्गजाति प्रसन्न, मातृ–भूका पुष्प रोए ! धन्य तिनको जन्म धन्य ! ग. (हुन त केवल शुक्र–कीरा ! ) ज्योतिषीले नाम राख्यो कोहेनूर ! वाह ! विश्वहीरा ! नामजस्तो व्यङ्ग्य के छ ? मणिधर भन्छन् सर्प जो छ नेपाली रे देश–धमिरा, अङ्ग नै मानिन्छ राम ! राम ! सब खटिरा ! घ. (व्याकरण मिल्दैन, सड्छ) माफ गर्नोस् ! हँस्सी मात्रै लेखिरैछु, आँसु झार्नोस् ! पातालपुरीको गद्य भो ! अङ्ग्रेजीको उल्था जस्तो ! हिन्दी वा नेपाली यो ! तैपनि के दालरोटी– निम्ति कलम नरेटूँ यो ? ङ. गधाका बच्चा हुन्छन् पाजी भ्यागुताका के हुन् काजी ? खूब पढाउँथे ती गुरु ! (गुणशील गुरुका पुच्छर थिए लौरो सीङ ?) भो है कथाको होस् न छिटै पो शुरु ! च. “ए गधा हो ! ‘फ्रग’ को माने ? भ्यागुतो ।” “फ्रगको माने भ्यागुतो । फ्रगको माने भ्यागुतो ।” “के रे ? के रे ? के रे ? के रे ?” “भ्यागुतो भ्या ! भ्या–गु–तो ।” छ. एकादशीको दिन थियो पशुपति ल्याएछ कालले एक दिन निज धम्र्ममा, मरन्च्याँसे, अक्षता–आशे ! मालिक सम्शेर कोही सम्झे वेकुण्ठ सुख–टर्ममा चाकरीका निम्ति आए– शिवको, अनि शेरको औ खीरको ज. धम्र्मराही धर्मराई भस्मेश्वरका पासमा चिता सँुघेछन् आफ्नो है, ढल्को तनको भासमा । “हे ठिटा हो ! ”बोल्न थाले, “भातृभाषा मर्दछिन्, नेपाली बाँच्दैन कहिल्यै हिन्दीले राज गर्दछिन् ।” झ. मानिस मर्ला भन्ने डर पो ! आत्मा भरी छारो चल्यो, वेद तत्पर डग्मगाए गीता जल्यो, गाीता जल्यो । ञ. बोल्न एउटा लाज हो जब मानिस भैकन साँप स्याँक ! स्याँक ! भ्यागुतो क्याँक ! क्याँक लगुड हाम्रो भै सजीव बोल्छ हातमा– ‘टाउको टयाक ! टयाक !’ (माफ गर्नोस् तीतो लागे ! ) सग्लै छन् ती मन्त्र बोलूँ ‘फर्सी फ्याक ! फ्याक ! ’ ट. बाँसमाथि राख नरिवल काक झुत्रो एक बनाऊ तीतेपातीले सजाऊ स्मारक एउटा महापुरुषको मलको ढिस्कोमा बनाऊ ! ठ. मुर्दा बोल्थ्यो नेपालीमा छक पयौं । क्या गह्नायो मुखको गन्ध । थुक गयौं । ड. सिलटिम्मुर बरफसाथ ल्याऊ पहेंला चाँवल, श्याम भाग्छन् रात भरभर यस्ता मीठा पागल ! ढ. हीहीहह ! हीहीहह ! बोल्यो गधा ! छेपाराले मुत्दछन् रे यस्ता बुज्रुगका चिहानमा सर्वदा ! ण. खूब झरीमा एक कुकुर स्याउँ स्याउँ कीरा सड्थ्यो लाचार ! नाम सोधेँ, रै हीरा । झन्डै झन्डै मै मरेथें त्यो गह्नाई बान्ता आई ! तिम्रो बुद्धि ! गिद्धलोचन ! यस्तै लाग्यो है मलाई ! |

जब समाज बिरामी हुन्छ, राज्यहरूको पतन शुरु हुन्छ !

ला हिगुएराको अन्तिम बिहान: क्रान्तिनायक चे ग्वेभाराको विभत्स हत्या

प्रत्यक्ष कार्यकारी: माओवादीहरु भ्रम मुक्त हौ

परिबन्द

शत्रु

रातभरि हुरी चल्यो

दुनियाभरमा विरोध र विद्रोह किन उठिरहेछ ?

प्रतिक्रिया