कुंग इ – चि
एक ‘असफल विद्वान’को कथा

लुचेनका रक्सी पसलहरू चीनका अरू ठाउँका जस्ता हैनन् । यहाँका सबै पसलका काउण्टर (टाठ) सडक मोहडा पारेर राखेका हुन्छन् र काउण्टरमै रक्सी तताउन तातोपानी राखेको हुन्छ । दिउँसो र साँझ कामबाट छुटिसकेपछि मानिसहरू यहाँ आएर एक बटुको रक्सी किन्छन् । बीस वर्षअघि त्यति रक्सीको लागि तामाको चार ढ्याक पर्थ्यो, अहिले भने दश ढ्याक । काउण्टरनेरै उभिएर उनीहरू तातो रक्सी पिउँछन् र सुसाउँछन् । अर्को एक ढ्याक खर्च गरेर उनीहरू रक्सीसित खान नून हालेको तामा वा सुप हालेको केराउ एक रिकाबी किन्छन् । बाह्र ढ्याकको एक रिकाबी मासु पनि तपाईं लिन सक्नुहुन्छ । तर धेरैजसो गाहकीहरू छोटा कोट लाउने वर्गका छन् र तीमध्ये धेरै थोरैले मात्र यसरी खर्च गर्न सक्छन् । लामोकोट- लाउनेहरू मात्र रक्सी र मासु खान भित्रपट्टिको पल्लो कोठामा जान्छन् र त्यहाँ बसेर मनमोजी ढाँचाबाट तम्काइरहन्छन् ।
भट्टिवालले लामो कोट लाउने ठूला-बडा गाहकीहरूका लागि रिझाउन मजस्तो उल्लु र गोल्ज्याङ्ग्र देखिने मानिस सुहाउँदो हुँदैन भन्ठानी मलाई बाहिरको कोठामा काम गर्ने जिम्मा दिइएको थियो ।
बाह्र वर्खको उमेरमा, शहरको ढोकानेरको समृद्धि भट्टीमा मैले टहलुवाको काम थालें । भट्टिवालले लामो कोट लाउने ठूला-बडा गाहकीहरूका लागि रिझाउन मजस्तो उल्लु र गोल्ज्याङ्ग्रे देखिने मानिस सुहाउँदो हुँदैन भन्ठानी मलाई बाहिरको कोठामा काम गर्ने जिम्मा दिइएको थियो । छोटा कोट लाएका गाहकीहरू मध्ये धेरैजसो निक्कै सजिलोगरी संतोख मान्ने भए तापनि उनीहरूमध्ये केही त कपाल दुखाउने खालका पनि थिए । उनीहरू पहेंलो रक्सी भाँडोबाट खन्याउँदा आफ्नै आँखाले भाँडोमा पानी छ कि भनी हेरिराख्न बल गर्थे । त्यसरी नै तातो पानीमा डुबाएर झिक्ता पनि जाँची राख्थे । यसरी आँखा नझिम्क्याइ हेरिरहेको बेलामा रक्सीमा पानी मिसाउनु गाह्रो पर्थ्यो । त्यसउसले केही दिनपछि मेरो साहूले मलाई त्यस काममा पनि नालायक ठहर्यायो । तर खुशीको कुरा, कुनै प्रभावशाली व्यक्तिद्वारा मेरो सिफारिस गरिदिएकोले उसले मलाई त्यहाँबाट झिकिदिन सकेन र मलाई रक्सी तताउने झर्को लाग्दो काममा लगायो ।
मेरो साहू डरलाग्दो खालको मान्छे थियो र गाहकीहरू पनि निक्कै रूखा थिए त्यसो हुनाले आफूलाई खुसी लाग्नु असम्भवै थियो । खालि कुङ्ग इ-चि भट्टीमा आउँदा म अलि हाँस्न पाउँथें ।
त्यसपछि म दिनभरि टाठको पछाडि आफ्नो काममा व्यस्त भई उभिरहन्थें । हुनत मैले यो काममा साहूलाई चित्त बुझाएँ तर मलाई भने त्यो काम झर्कोलाग्दो र व्यर्थको जस्तो लाग्यो । मेरो साहू डरलाग्दो खालको मान्छे थियो र गाहकीहरू पनि निक्कै रूखा थिए । त्यसो हुनाले आफूलाई खुसी लाग्नु असम्भवै थियो । खालि कुङ्ग इ-चि भट्टीमा आउँदा म अलि हाँस्न पाउँथें । त्यसैले म आज पनि उसलाई सम्झन्छु ।
लामो कोट लाउने गाहकीहरूमा उभिएर रक्सी पिउने चाहिँ एक जना कुङ्ग मात्र थियो । ऊ भद्दा, अनौठो किसिमको नीलो कालो थियो र उसको मुखका चाउरीहरूमा घाउका खतहरू देखिन्थे । उसको ताउ नलाएको, केही फुलिसकेको बाक्लो दाह्री थियो । उसको कोट लामो भए तापनि फोहर र च्यातिएको थियो र के बुझिन्थ्यो भने यता दश वर्षदेखि त्यो कोट धोएको पनि छैन र टालटुल गरेको पनि छैन । ऊ आफ्नो बोलीमा कतिसम्म पुराना शब्दहरू मिसाउने गर्थ्यो भने उसले भनेको कुरामा आधासम्म बुझ्न पनि असम्भव हुन्थ्यो । उसको पुख्यौंली नाउँ कुङ्ग भएकोले उसलाई केटाकेटीहरूको लागि लेखिने पाठ्य-पुस्तकका पहिला तीन अक्षर 'कुङ्ग इ-चि' भनी बोलाइन्थ्यो । उ जहिले पसलमा आउँथ्यो हरेक मान्छे उसलाई हेरेर मुसुमुसु हाँस्थ्यो र कसैकसैले भनि पनि हाल्थ्यो:
'कुङ्ग इ-चि ! तिम्रो अनुहारमा नौला खतहरू देखिन्छन् नि ??
ऊ आफ्नो बोलीमा कतिसम्म पुराना शब्दहरू मिसाउने गर्थ्यो भने उसले भनेको कुरामा आधासम्म बुझ्न पनि असम्भव हुन्थ्यो ।
यस्तो भनाइलाई वास्तै नगरी कुङ्ग इ-चि काउन्टरनेर आएर दुई बटुको तताएको रक्सी र एक रिकाबी सूप हाली पकाएको केराउ माग्थ्यो र त्यसको लागि नौ ढ्याक तामाका सिक्काहरू तिर्थ्यो । त्यसपछि त कसैले जानाजानी ठूलो स्वरले भनिहाल्थ्यो- 'तिमीले फेरि चोर्ने गरिरहेको हुनैपर्छ ।'
'बिना आधारमा कसैको हुर्मत किन लिन्छौ ? आँखा तरेर उसले सोध्थ्यो ।
'धिक्कार, हुर्मत रे ! अस्ति 'हो' परिवार कहाँबाट किताप चोरेकोमा तिमीलाई पाता कसेर पिटिरहेको मेरै यी आँखाले देखेको......।'
त्यसपछि कुङ्गले निधारका नसाहरू फुल्ने गरी मुख रातो पार्थ्यो र झोंकिएर भन्थ्यो- 'किताप लिनु भन्ने कुरो कहिल्यै चोरी सम्झिइदैन ... किताप लिनु त विद्वानहरूको काम हो, यसलाई चोरी भन्न सकिदैन ।' त्यसपछि 'भलाद्मीले गरिवीमा समेत आफ्नो इज्जत राख्छ' (कन्फ्यूसियसका भनाइबाट) जस्ता शास्त्रीय उखानहरू सुनाइन्थे र भट्टीमा रहेकाहरू सबै गललल नहाँसेसम्म पुराना आहानहरूको ओइरो लागिरहन्थ्यो ।
गफ चुट्दा, कुङ्ग इ-चिले शास्त्रहरूको चाहिँ अध्ययन गरेको तर सरकारी जाँच भने कहिल्यै पास नगरेको कुरा मैले सुनें । जीवन धान्ने अर्को कुनै बाटो नरहँदा, ऊ झन झन गरीब हुँदै गयो र आखिरमा ऊ मगन्ते नै हुन पुग्यो । खुशीको कुरा के भने, ऊ राम्ररी कितान सार्न सक्ने मान्छे थियो र आफू जीविका चलाउन सार्ने काम प्रशस्त पाउन पनि सक्थ्यो । तर दुक्खको कुरो, उसमा कमजोरीहरू थिए; उसलाई घाँटी तन्काउनु पर्थ्यो र ऊ अल्छी पनि थियो । यसरी केही दिनपछि ऊ कितापहरू, कागत, कलम र मसी लिएर अल्पिन्थ्यो । र यस्तो घटनाहरू धेरै पटक भएपछि कसैले उसलाई सार्न लाउन चाहेन । त्यसपछि त उसका लागि कहिलेकाहीँ अलिअलि गरी चोर्ने काम बाहेक अर्को बाटै रहेन । हाम्रो भट्टीमा उसको व्यवहार दृष्टान्तयोग्य थियो । ऊ कहिल्यै बक्यौता राख्तैनथ्यो, तर कहिलेकाहीँ उसंग नगद नहुँदा हामीहरूले आसामीहरूको नाउँ राखी झुण्ड्याउने पाटीमा उसको नाउँ राखे तापनि ऊ एक महिनाभित्रै हिसाब चुकाउन आउँथ्यो, उसको नाउँ फेरि पाटीबाट पुछिन्थ्यो ।
गफ चुट्दा, कुङ्ग इ-चिले शास्त्रहरूको चाहिँ अध्ययन गरेको तर सरकारी जाँच भने कहिल्यै पास नगरेको कुरा मैले सुनें ।
आधा बटुको रक्सी पिइसकेपछि ऊ ढक्क फुल्थ्यो तर त्यसैबेला कसैले उसंग सोधिहाल्थ्योः “कुङ्ग इ-चि, साँच्चै नै तिमीलाई पढ्न आउँछ ?"
कुङ्गले यस्तो प्रश्नलाई कुनै प्रश्ननै होइन भनी सम्झ्यो भने उनीहरू भन्दै जान्थे, 'यसो कसरी हुन सक्छ र तिमीले त सबभन्दा तल्लो सर्कारी जाँच पनि पास गरेका छैनौ ?'
यो सुनेर कुङ्ग अधैर्य र बिग्रेको हुन्थ्यो । उसको मुख कालो नीलो हुन्थ्यो र उसका ओठहरू चल्थे तर उसको मुखबाट नबुझिने शास्त्रीय कुराहरू मात्र निस्कन्थे । त्यसपछि हरेक व्यक्ति पेट मिचीमिची हाँस्थ्यो र सिंगो भट्टीनै खुसीले गद्गद् हुन्थ्यो । त्यस्तो बेलामा म पनि मेरो साहूले गाली नगरेकोले हाँसोमा सरिक हुन्थें । साँच्चि कुरा के भने ऊ आफैँले समेत हाँसो गर्न कुङ्गसित यस्ता सवालहरू बरोबर अघिसार्थ्यो । तिनीहरूसित कुरा गर्नुमा केही फाइदा छैन भन्ने थाहा पाएर कुङ्ग हामीहरूजस्ता केटाकेटीहरूसित कुरा गर्थ्यो । एक चोटि उसले मसंग सोध्योः
'तिमीले कहिल्यै स्कूलमा पढेका थियौ ?
'मैले 'थिएँ' भनी टाउको हल्लाउँदा उसले भन्यो, 'त्यसो भए म तिमीलाई जाँच्छु, तिमी कसरी 'हुई - सियाङ' (सूप) केराउहरूको 'हुई' अक्षर कसरी लेख्छौ त ?'
मैले गमें, 'म मगन्तेद्वारा जाँच्न लाग्दै त छैन ?' त्यसैले मैले उसलाई वास्ता गरिनँ र त्यहाँबाट म अन्त लागें । केही समयसम्म कुरिसकेपछि उसले भित्रैदेखि भन्योः 'तिमीले लेख्न सकेनौं त ? म तिमीलाई कसरी लेख्ने सिकाइदिन्छु । खूब सम्झिराख्नू । यस्ता अक्षरहरू तिमीले सम्झी राख्नुपर्छ, किनभने पछि आफूले पनि यस्तो पसल थाप्दा हिसाब गर्न चाहिन्छ ।'
मलाई के लाग्थ्यो भने मैले पसल थाप्ने भन्ने कुरा टाढाको कुरा हो; त्यसमा पनि मेरो साहूले हिसाबका कितापमा 'हुई- शियाङ' केराउ कहिल्यै राखेको छैन । खुसी भएर र अझै अलि जङ्गिएर मैले सोझै गरी भनें "तिमीलाई को गुरू थापना गर्न चाहन्छ ? 'हुई' अक्षर घाँस मूल शब्दको होइन र ?"
कुङ्गः इ-चिले काउन्टरमाथिनै अक्षर लेख्न खोजेर रक्सीमा औंला चोपेको थियो तर मैले वास्ता नगरेको देखेर उसले सुस्केरा हाल्यो र ऊ निराशिएको जस्तो देखियो ।
कुङ्ग खुसी भयो र उसले काउण्टरमाथि आफ्ना दुईटा लामा नङहरूले ठोकेर भन्यो, "हो, ठीक ठीक ! "हुई' अक्षर लेख्ने खालि चार किसिमका तरिका त छन् नि । तिमीलाई थाहा छ ?" मेरो धैर्य टुट्यो र आँखीभौं तानेर म अन्त लागें । कुङ्गः इ-चिले काउन्टरमाथिनै अक्षर लेख्न खोजेर रक्सीमा औंला चोपेको थियो तर मैले वास्ता नगरेको देखेर उसले सुस्केरा हाल्यो र ऊ निराशिएको जस्तो देखियो ।
कहिलेकाहि हाँसेको सुनेर त्यस टोलका केटाकेटीहरू हाँसोमा सरिक हुन त्यहाँ आएर कुङ्ग इ चिलाई घेर्थे । त्यसपछि उसले ती केटाकेटीहरूलाई एक एक गेडा सूप हालेर तारेको केराउ दिन्थ्यो । केराउ खाइसकेर पनि केटाकेटीहरू भने उसका वरिपरि रिकापीमा आँखा तानेर झ्यामिरहन्थे । हडबडाएर हातले रिकाबी छोप्दै र कुप्रिदै ऊ भन्थ्यो, "धेरै छैन, हेरन, मसंग यति न हो ! धेरै छैन ।" त्यसपछि फेरि रिकाबीमा रहेका केराउतिर हेर्न आङ्ग तागेर ऊ आफ्नो मुन्टो हल्लाउँय्यो: "धेरै छैन, साँच्च धेरै...।" त्यसपछि केटाकेटीहरू गललल हाँसेर त्यहाँबाट दगुर्थे ।
कुङ्ग इ-चि निक्कै जाती मान्छे थियो तर उ नहुँदा पनि हामीहरूले राम्ररी नै समय काट्यौं ।
एक दिन मध्य शरद चाडको केही दिनअघि भट्टिवाल लेनदेनको हिसाब मिलाउने काममा पसिना चुहाउँदै लागिरहेको थियो । भित्तामा भुण्डयाइएको पाटी तल झिक्दा उसले एक्कासी भन्यो: 'कुङ्ग इ-चि निक्कै दिन भयो देखा नपरेको । ऊसंग अझै उन्नाइस ढ्याक बाँकी छ ।' यो कुरा सुन्दा मैले के कुरा सम्झें भनें ऊसंग भेट नभएको निक्कै दिन भैसकेको रहेछ ।
एक जाना गाहकीले भन्योः 'त्यो कसरी आउन सक्छ र ? अस्तिको पिटाइले उसको खुट्टै भाँचियो ।'
'के रे !'
'उसले फेरि चोर्यो । यसपालि प्रान्तीय विद्वान् तिङको घरमा चोनु चाहिँ उसको सबभन्दा ठूलो मुर्ख्याइ थियो । त्यो मान्छेको पन्जाबाट कसैलाई पनि फुत्कन सजिलो छैन भन्ने कुरा उसले बिर्सेछ क्यारे !’
'त्यसपछि के भयो नि ?'
'त्यसपछि ? पहिलो कुरा त उसले साविति बयान दिनु पर्यो, त्यसपछि ऊ पिटियो, रातभरि पिटिंदा उसको खुट्टा भाँचियो ।'
'अनि ?'
'अनि उसको खुट्टा भाँचियो !’
'हो, त्यसपछि के भयो नि त ?"
'त्यसपछि ?... कसलाई के थाहा ? सके ऊ मर्यो होला ।'
भट्टिवालले केही प्रश्न सोधेन, ऊ बिस्तारै हिसाब गर्नतिर लाग्दै थियो ।
मध्य शरद चाडपछि हिउद आएको हुनाले प्रत्येक दिन हावा चिसिँदै गयो । म चुलोनेरै बसेर दिन काट्ने भए तापनि मैले बाक्लो तकुवा लुगा लाउनुपर्थ्यो । एक साँझ, पसलमा कोही थिएन र म आँखा चिम्लेर बसिरहेको थिएँ । त्यसबेला मैले सुनें, 'एक बटुको रक्सी तताऊ ।'
स्वर निक्कै मसिनो थियो तर मैले चिनेको जस्तो । मैले आँखा चहारें तर कोही देखिनं । उठेर मैले ढोकातिर हेरें । त्यसबेला काउण्टरमुनिको ढोका अघिल्तिर कुङ्ग इ - चि बसिरहेको देखें । उसको मुख दुब्लो पातलो थियो र ऊ डरलाग्दो अवस्थामा पुगेको देखिन्थ्यो । उसले झुत्रो धर्सो गन्जी लाएको थियो र पराले डोरी काँधमा बेरेर अड्याएको सुकुलमा खुट्टा तेर्स्याउँदै बसिरहेको थियो । मलाई देखेपछि उसले दोहोर्यायो, " एक बटुको रक्सी तताऊ !"
यो सुनेर मेरो साहूले काउण्टरमा अडेस लाएर भन्योः 'त्यो को, कुङ्ग इ-चि हो ? तिमीसंग अझै उन्नाइस ढ्याक बाँकी नै छ ।'
‘भट्टीवालले पहिले पहिले झैं खितखित हाँस्दै सोध्यो : 'कुङ्ग इ-चि, तिमीले फेरि चोर्ने गर्यौ कि !'
'त्यो हिसाब मैले अर्कोपल्ट चुकाउँला', कुङ्गले निन्याउरो मुख लाएर भन्यो, 'अहिले त नगदै छ, तर रक्सी भने राम्रो हुनुपर्छ ।"
‘भट्टीवालले पहिले पहिले झैं खितखित हाँस्दै सोध्यो : 'कुङ्ग इ-चि, तिमीले फेरि चोर्ने गर्यौ कि !'
उसले होइन भनी विरोध गर्नुको साटो सुटुक्क भन्यो: 'तिमी मसंग ठट्टा गर्न चाहान्छौ !!"
''ठट्टा भनेको ? तिमीले नचोरेको भए उनीहरूले तिम्रा खुट्टा किन भांचे त ? "
मैले उसका दुवै हात हिलोमा मुछिएका देखें । ऊ हिलोमा घस्रिदै आएको हुनुपर्छ । ऊ तुरून्तै रक्सी तन्काएर अरूहरूको हाँसो र टीकाटिप्पणी सुन्दै हातले टेकेर बिस्तारै त्यहाँबाट घस्रदै गयो ।
कुङ्गले मसिनो स्वरमा भन्यो: 'म लडें र लड्दा मेरा खुट्टा भाँच्चिए ।' उसका आँखाले भट्टिवाललाई त्यस विषयमा कुरा नउप्काउन भनिरहेका थिए । त्यति बेलासम्ममा त्यहाँ धेरै मानिसहरू जम्मा भइसकेका थिए र तिनीहरू सबै हाँसे । मैले रक्सी तताएर ढोकामा लगेर उसको अघिल्तिर राखिदिँ । उसले आफ्नो झुत्रो कोटको खल्तीबाट चारवटा ढ्याक झिकेर मेरो हातमा राखिदियो । उसले त्यसरी पैसा दिँदा मैले उसका दुवै हात हिलोमा मुछिएका देखें । ऊ हिलोमा घस्रिदै आएको हुनुपर्छ । ऊ तुरून्तै रक्सी तन्काएर अरूहरूको हाँसो र टीकाटिप्पणी सुन्दै हातले टेकेर बिस्तारै त्यहाँबाट घस्रदै गयो ।
त्यसबेलादेखि कुंङ्ग इ-चिलाई नदेखेको निक्कै समय भइसक्यो । वर्षको अन्ततिर भट्टीवालले पाटी तल झिक्ता भन्थ्यो: 'कुङ्ग इ-चि- संग अझै उन्नाइस ढ्याक बाँकी छ ।' अर्को वर्षको ड्रागन - डुङ्गा- चाडमा उसले त्यही कुरो दोहर्यायो तर मध्य शरद चाँड आउँदा भने उसले यो कुरालाई फेरि झिकेन । र अर्को नयाँ वर्ष आयो र त्यस वर्षभरि नै मैले उसलाई देखिनँ ।
त्यस बेलादेखि मैले उसको नाक मुख देखिनँ - हुनसक्छ, कुङ्ग इ-चि साँच्चै मरिसकेको छ ।
मार्च १९१९
शान्तदासद्वारा अनुदित तथा नेपाल-चीन मैत्री संघद्वारा सन् १९७४ मा प्रकाशित ‘एक बौलाहाको डायरी र अरु कथाहरु’ बाट साभार

क्रान्तिकारी आन्दोलनमाथिको भयानक दमन र क्षति: के भविष्य सकिएको हो ?

प्याट्रिस लुमुम्बाको कथा र कङ्गोको व्यथा

जब विज्ञानका प्रोफेसर प्रयोगशालाबाट बाहिर निस्किएपछि सफलताको लागि स्वस्ति-शान्…

जसले इजरायललाई हल्लायो: बम बनाउने सपना र इरानको मिसाइल क्रान्ति !

नेतृत्व हस्तान्तरण मै समस्या, छैन पुस्तान्तरणको सम्भावना !

सोफीको संसार: मानव जिज्ञासाको जडमा पुग्ने एक दर्शनिक यात्रा

साम्राज्यको विक्षिप्त सिद्धान्त: नेतान्याहू, युद्ध र पश्चिमी साँठगाँठ

प्रतिक्रिया