कसको निर्देशनमा चलेको हो यो बेथिति ?
हाम्रा सरकारी निकायहरूले खाद्य सप्लिमेन्ट विदेशीलाई नेपालमा बेच्न दिन्छन्, नेपालमा उत्पादन गर्न विभिन्न बहाना बनाएर अनुमति समेत दिँदैनन्

नेपालमा पाइने लप्सी (Choerospondias axillaris) को गुदी (pulp) मा पानी (moisture) मुख्य घटक हो, जुन करिब ८०% हुन्छ। यसमा कार्बोहाइड्रेट (carbohydrate) १७.६८ ग्राम, प्रोटिन (protein) ०.५ ग्राम, फाइबर (fiber) १.४ ग्राम, भिटामिन सी (vitamin C) ४८ मिलिग्राम, र खनिज तत्वहरू (minerals) जस्तै क्याल्सियम (calcium) २१८ मिलिग्राम, फस्फोरस (phosphorus) २०.६ मिलिग्राम, फलाम (iron) २.७ मिलिग्राम प्रति १०० ग्राम पाइन्छ। साथै, अर्जिनिन (arginine), ग्लुटामिक एसिड (glutamic acid), ग्लुटामिन (glutamine), ग्लाइसिन (glycine), र लाइसिन (lysine) जस्ता एमिनो एसिडहरू (amino acids) पनि प्रशस्त छन्। यी पोषक तत्वहरूले लप्सीलाई पोषिलो र स्वास्थ्यवर्धक बनाउँछ।
शिलाजितको मुख्य घटक फुल्भिक एसिड (fulvic acid) हो, जुन ६०–८०% ह्युमिक पदार्थहरू (humic substances) मा पाइन्छ। यसमा क्याल्सियम (calcium), म्याग्नेसियम (magnesium), आइरन (iron), जिंक (zinc) जस्ता खनिज तत्वहरू (minerals), एमिनो एसिड (amino acids), फ्याटी एसिड (fatty acids), प्रोटिन (protein), र कार्बोहाइड्रेट (carbohydrate) पनि हुन्छन्।
फुल्भिक र ह्युमिक एसिडले शिलाजितलाई औषधीय गुणयुक्त बनाउँछ। लप्सी, अमला, वा अन्य फलको गुदीमा पाइने एमिनो एसिडहरू (arginine, glutamic acid, glutamine, glycine, lysine) र खनिज तत्वहरू (calcium, magnesium, iron, zinc) र प्राकृतिक चिनी (natural sugar) को संयोजनले क्यान्डी (candy) वा खाद्य उत्पादनलाई पोषक र स्वादिलो बनाउँछ।
रासायनिक दृष्टिकोणबाट, लप्सी (Choerospondias axillaris) को गुदीको एमिनो एसिड र शिलाजितको खनिज तत्वहरू एकअर्कासँग अनुकूल (compatible) छन्, जसले शरीरमा सजिलै अवशोषण हुन्छ।
अर्जिनिनले रक्त प्रवाह र रोग प्रतिरोध क्षमता बढाउँछ, ग्लुटामिक एसिडले स्नायु स्वास्थ्य सुधार गर्छ, ग्लुटामिनले पाचन र मांसपेशी मर्मतमा सहयोग गर्छ, ग्लाइसिनले छाला र स्नायु स्वास्थ्यमा फाइदा पुर्याउँछ, र लाइसिनले क्याल्सियम अवशोषण र रोग प्रतिरोध क्षमता वृद्धि गर्छ। खनिज तत्वहरूले हड्डी, रगत, स्नायु, र एन्जाइम कार्यलाई सन्तुलित राख्छन्।
प्राकृतिक चिनीले तत्काल ऊर्जा (energy) प्रदान गर्छ र क्यान्डीको स्वाद बढाउँछ।
यी प्राकृतिक तत्वहरूको संयोजनले क्यान्डी वा कोला (cola) जस्ता पेय पदार्थलाई पोषक, स्वादिलो, र स्वास्थ्यवर्धक बनाउँछ। शिलाजितको प्रयोगले ब्ल्याक वाटर (black water) वा टनिक (tonic) जस्ता उत्पादनहरूमा पनि पोषण र स्वाद थप्छ, जसले नेपालमा रैथाने उत्पादनको बजार सम्भावना देखाउँछ।
यस्तो प्राकृतिक संयोजन शरीरका लागि सुरक्षित र दीर्घकालीन रूपमा लाभदायक हुन्छ। यसरी नेपालमा पाइने लप्सी वा अन्य फलको गुदीमा पाइने अर्जिनिन, ग्लुटामिक एसिड, ग्लुटामिन, ग्लाइसिन, लाइसिन जस्ता एमिनो एसिड, खनिज तत्वहरू र चिनीको संयोजन क्यान्डी बनाउनका लागि वैज्ञानिक दृष्टिकोणले अत्यन्त उपयुक्त छ।
कोला जस्ता पेय पदार्थको रूपमा समेत शिलाजितको संयोजनहरू पोषण, स्वाद र शरीरको स्वास्थ्यका लागि प्राकृतिक रूपमा सन्तुलित र उत्कृष्ट मानिन्छन्। ब्ल्याक वाटर अर्थात् कालो पानी र शिलाजितका टनिकबाट समेत नेपालमा करोडौँ रकम भित्र्याउने रैथाने अवसर छ।
मुलुकको दुर्भाग्य भनौँ, हाम्रा सरकारी निकायहरूले संसारभर चलेका यस्ता खाद्य सप्लिमेन्ट विदेशीलाई नेपालमा बेच्न दिन्छन्। नेपालमा उत्पादन गर्न विभिन्न बहाना बनाएर अनुमति समेत दिँदैनन्, दिइरहेका छैनन्।
आफ्नै मुलुकको सरकारी तलब खाएर घुस नमिल्दासम्म आफ्नै रैथाने उत्पादनलाई बजारमा जान नदिने, आफ्नै नेपाल आमाको छातीमा लात हान्ने यस्ता नर-पशु रूपका राष्ट्रका सेवक भनिएकालाई के भन्ने?
पहिला यार्सा कफी (YARSA COFFEE) बनाउन उद्यम नेपालमा स्थापित गर्न एक कलिलो युवाले यस्तै सकस पाए। त्यसपछि नेपाली हनीलाई प्योर (PURE HONEY MADE IN NEPAL) भनी लेख्न नहुने भनी एक जनाले बखेडा निकालेकोमा तत्कालीन मन्त्री श्रद्धेय रवीन्द्र अधिकारी (C/O Bidya Bhattarai) को कानमा पुगेपछि समाधान भएर ती दुई युवाले नेपालमै सानो काम गर्न सकेका थिए।
हरेक कुरामा नेपाली कलिला युवालाई काम गर्न रोक्ने रोक्ने, छेक्ने यो सरकारी रोग आजसम्म नियमित रहेछ। देखियो, भोगियो।
हे गगन थापाजी, तपाईं के गर्दै हुनुहुन्छ? मित्र ASCOL प्रदीप पौडेल भाइ, के यो तपाईं नै मन्त्री रहेको मुलुक हो? दाजु रामनाथ अधिकारीजी, पन्चायतको कस्टडिमा हामी केही समय सँगै रहेर कुटाई खाएकै हौँ।
आज के यो कृषि मन्त्रालयअन्तर्गत तपाईं नै मन्त्री भएर तपाईंको निर्देशनमा यो बेथिति चलेको हो दाजु ?
एक भगौडा नेपालीको रूपमा आफ्नै साथी-भाइलाई यो प्रश्न गर्छु, त्यो पनि सार्वजनिक रूपमा। रिसानी माफ होस्।
स्रोत: घिमिरेको फेसबुक

विश्वका किसानहरूले बीउको नियन्त्रणमाथि बढ्दो कर्पोरेटरूको आक्रमणको विरुद्धमा एक…

उत्तर कोरिया - पर्दा पछाडिको दृश्य

३२ वर्ष नपाएको शिक्षा, केही घण्टामा पाएँ

कृत्रिम गर्भाशयको युगमा धार्मिक जन्म अवधारणाको पुनर्विचार

बन्धक विवेक र अन्धभक्तिको उत्सव

हृदयमा मायाको प्रतिबिम्ब, मुहारमा सूर्यको प्रकाश

सिन्डिकेटको पुनरागमन कि प्रविधिको प्रतिरोध?

प्रतिक्रिया