क्रान्तिकारी आन्दोलनदेखि प्रहरी ‘इन्काउन्टर’ सम्म गुमुडावेल्ली रेणुकाको संघर्ष

 

दक्षिणी छत्तीसगढको बीजापुर जिल्लामा प्रहरीको फाइरिङमा परि ३१ मार्चका दिन गुमुडावेल्ली रेणुकाको मृत्यु भएको छ । दन्तेवाडा प्रहरीका अनुसार उनी ‘दोहोरो फारिङ’ मा मारिएकी हुन्, तर यस क्षेत्रमा प्रहरीले गर्ने दाबि नै संदिग्ध हुने गरेको छ ।

(गुमुडावेल्ली रेणुकाको हत्या र उनको जीवन संघर्षले आजको तत्कालिन भारतीय सत्ताको चरित्र र ओडिसा, छत्तीसगढ, आन्ध्र प्रदेश, तेलंगाना र कर्नाटकामा व्याप्त सामाजिक, आर्थिक एवंम जातिय विभेदको जकडिएको जालोको कथा बयान गर्छ । उनको हत्यामा भारतीय सत्ता मात्रै जोडिदैन, ती प्रान्तहरुमा रहेका खनिज संशाधनको दोहनमा कर्पोरेट निगमहरु राज्यसँग मिलेर कसरी त्यहाँका आमनागरिकहरुको विस्थापनमा, शोषणमा र अन्ततः हत्यामा संलग्न छन् भन्ने पनि उजागर गर्छ ।

गुमुडावेल्ली रेणुकाको कथा त्यस क्षेत्रमा जन्मिएका अधिकांश भारतीय दलित महिलाको संघर्ष कथा हो । तर, त्यस क्षेत्रका सबै महिलाले रेणुकाको मृत्यु हासिल गर्न सक्दैनन् । विश्वकै चौथो ठूलो अर्थतन्त्र तथा महत्वपूर्ण शक्तिका रुपमा प्रचारित भइरहेको भारतमा दन्तेकथाका जस्ता विभेद र हत्याश्रृंखला राज्यबाटै कसरी प्रायोजित हुने गर्छन् भनेर बुझ्न यो कथा महत्वपूर्ण हुन सक्छ ।– सम्पादक)

मुम्बईः सन् १९८० को दशकमा आन्ध्र प्रदेशको वरङ्गल जिल्लामा युवाहरु विद्यालय र विश्वविद्यालयको अध्ययन बिचैमा छाडेर सशस्त्र संघर्षमा होमिन्थे र यस परिघटनालाई सामान्य रुपमा लिइन्थ्यो, विशेषतः कोडावेन्डी गाउँमा । प्रत्येक घरमा तपाईंले यस्तै कथा पाउनु हुन्छ ।

८० कै दशकको आरम्भमा तेलंगाना संघर्षको दोस्रो चरण आफ्नो चरममा थियो । र, कोडावेन्डी, तेलंगाना र माओवादी आन्दोलन दुबैको केन्द्रका रुपमा चिनिन थालिसकेको थियो । तर, गुमुडावेल्ली रेणुकाले यो दुबै आन्दोलनको बाटो चुनिनन् । ती आन्दोलन आफू जस्तै दलित, भूमिहिनका लागि हो भनेर पनि कहिल्यै सोचेकी थिइनन् ।

रेणुका पढ्न चाहन्थिन् । उनी भर्ना भएर कलेज मात्रै के पुगेकी थिइन, आमाबुबाले उनको विवाह गराई दिने निर्णय लिए । छिट्टै विवाह नगरिदिने हो भने भाई जीवीके प्रसादझै आन्दोलनमा पो होमिने हो कि भन्ने आमाबुबालाई त्रास थियो ।

तर, त्यो विवाह धेरै अघिसम्म जान सकेन । उनका पति लगातार उनीमाथी हिंसा गरिरहन्थे । आजित भएर रेणुकाले सम्बन्धविच्छेद गर्ने निर्णय गरिन् । ‘सधैं हामी मात्रै कुटिनु पर्ने ?’ भन्दै रेणुकाले पहिलो पटक पितृसत्तामाथि प्रश्न उठाइन् । झण्डै १० वर्ष पहिले सशस्त्र संघर्षको बाटो त्यागिसकेका प्रसादले राज्यसामु आत्मसमर्पण गरिसकेका छन् । आजका दिन उनी तेलगु भाषामा प्रशारण हुने च्यानलमा पत्रकारका रुपमा काम गर्छन् ।

दक्षिणी छत्तीसगढको बीजापुर जिल्लामा प्रहरीको फाइरिङमा परी ३१ मार्चका दिन गुमुडावेल्ली रेणुकाको मृत्यु भयो । दन्तेवाडा प्रहरीका अनुसार उनी ‘दोहोरो फारिङ’ मा मारिएकी हुन् । तर यस क्षेत्रमा प्रहरीले गर्ने दावी सधै संदिग्ध हुने गरेको छ ।

प्रसादका अनुसार ५४ वर्षीया रेणुका नक्सल आन्दोलनको सार्वजनिक मोर्चामा रहेर काम गर्ने कार्यकर्ता तथा भूमिगत गुरिल्ला दुबै रुपमा उनले झण्डै तीन दशक बिताइन् । उनी लघुकथा तथा निबन्ध लेखी रहन्थिन् र धेरै मसिनोगरी काम गर्ने राम्रो पत्रकार थिइन् ।

जतिबेला उनको हत्या भयो, त्यति बेला रेणुका दण्डकारण्य विशेष जोनल कमिटीकी सदस्य थिइन् । र, उनीमाथि राज्यले ४५ लाख इनाम तोकेको थियो । २५ लाख छत्तीसगढ सरकारद्वारा र २० लाख तेलंगाना सरकारद्वारा ।

गुमुडावेल्ली समुदायका मानिस पद्मशाली वा बुनकर समुदायका हुन् । यो समुदाय तेलंगाना र आन्ध्र प्रदेशमा पिछडिएका समुदायमा वर्गीकृत छ । कडावेन्डी गाउँमा मिश्रित बसोबास छ । धेरैजसो परिवार भूमिहीन छन्, कसैसँग जमिन छ भने पनि निकै न्यून छ । प्रसाद भन्छन्, ‘कतिसम्म भने गाउँमा रेड्डी (सामान्यतया जमिन्दार समुदाय) हरु पनि भूमिहिन छन् । ’

एक पटक उहाँले मलाई चिठ्ठी लेख्नुभयो, जसमा पितृसत्तालाई मार्क्सवादले कसरी हेर्ने गर्छ र पितृसत्तात्मक प्रणाली भित्र महिलाले गर्ने दैनन्दिनको संघर्षलाई मार्क्सवादले कसरी बुझ्ने गर्छ भनेर सोधिएको थियो ।

प्रसाद सन् १९८० को दशकको मध्यमा नक्सल आन्दोलनमा जोडिएका थिए । उनी आन्दोलनमा होमिदै गर्दा उनी विद्यालयमा पढ्ने गर्थे । उनी भन्दा दुई वर्षले कान्छी रेणुकाको राजनीति र आन्दोलनप्रति कुनै झुकाव थिएन । द वायरसँग कुराकानी गर्दै प्रसादले भने, ‘पारपाचुकेपछि उहाँले पारिवारिक संरचनाहरुमाथि सवाल उठाउन थाल्नुभयो ।’

एक पटक उहाँले मलाई चिठ्ठी लेख्नुभयो, जसमा पितृसत्तालाई मार्क्सवादले कसरी हेर्ने गर्छ र पितृसत्तात्मक प्रणाली भित्र महिलाले गर्ने दैनन्दिनको संघर्षलाई मार्क्सवादले कसरी बुझ्ने गर्छ भनेर सोधिएको थियो । जे होस, उहाँभित्र मन्थन सुरु भइसकेको थियो । भत्किएको विवाह सम्बन्धले उहाँलाई पूर्ण रुपमा स्वतन्त्र बनाई दिएको थियो ।

त्यसपछि छिट्टै उहाँ कानुनको अध्ययन गर्न दुर्गम जिल्ला मानिएको चितूर गइन् । कानुनको अध्ययन गर्दै गर्दा रेणुका एउटा महिला समूह–महिला शक्तिको हिस्सा बनिन् । त्यो समूहले महिलामाथि हुने हिंसा, दाइजो, तथा अत्याचारबाट पीडित महिलाहरुलाई सहयोग गर्ने गर्थ्यो । हेर्दा–हेर्दै त्यसपछि रेणुले क्रान्तिकारी मासिक पत्रिका ‘महिला मार्गम्’ मा लेख्न शुरु गरिन् ।

सन् १९९६ सम्म आइपुग्दा त्यस भेगमा हुने शोषण र अत्याचारको अनियन्त्रित शासनले रेणुकालाई भूमिगत रुपमा नक्सल आन्दोलनमा जोडिएर काम गर्नैपर्ने बनाइदियो । उनी लघुकथाहरु लेख्थिन् र बैठकहरु बोलाएर भूमिगत माओवादीहरुको परिवारलाई कानुनी सहायता उपलब्ध गराउँथिन् ।

कानुनको अध्ययन पूरा गरेपछि उनी विशाखापत्तनम गइन् । त्यहाँ उनले अधिवक्ताको काम गरिन् । सन् १९९६ सम्म आइपुग्दा त्यस भेगमा हुने शोषण र अत्याचारको अनियन्त्रित शासनले रेणुकालाई भूमिगत रुपमा नक्सल आन्दोलनमा जोडिएर काम गर्नैपर्ने बनाइदियो । उनी लघुकथाहरु लेख्थिन् र बैठकहरु बोलाएर भूमिगत माओवादीहरुको परिवारलाई कानुनी सहायता उपलब्ध गराउँथिन् ।

रेणुका धेरै नामले कथा, लेख, रिपोर्ताज लेखिरहन्थिन् । कुरा सन् २००३ को आरम्भिक दिनहरुको हो, जब उनका कान्छा भाइ आफ्ना आमाबुबासँग प्रसादलाई भेट्न जंगल जाँदै थिए । त्यतिबेला राज्यले प्रसादलाई भगौडा घोषणा गरेर उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसबेला प्रहरीले सबैलाई पक्राउ गर्‍यो । र, रेणुकाका भाइलाई प्रहरीले विशेष यातना दियो ।

त्यसबेला रेणुकाले आफ्नो कानुनी शिक्षा प्रयोग गरी भाइलाई गैरकानुनी हिरासतबाट मुक्त गराइन् । त्यो घटनामा दमयन्ती नाम गरेकी एक युवतीलाई प्रहरीले मुठभेडमा मारिएको भनेर हत्या गरिदियो । त्यसपछि रेणुकाले बी.डी. दमयन्ती नामबाट पनि लेख्न थालिन् ।

प्रसाद भन्छन्, ‘उहाँको पत्रकारिता सम्बन्धी धेरैजसो लेखन (पार्टीको मुखपत्रमा प्रकाशित हुने) यही नामबाट हुन्थ्यो ।’

प्रसादका अनुसार रेणुकाका केही उत्कृष्ट लेखहरूमा– ‘सरकार–प्रायोजित मिलिसिया समूह सलवा जुडुमले बस्तरका आदिवासीहरूमा गरेको हिंसाको स्थलगत रिपोर्ट, आदिवासी समुदायले भोग्नु परेको विस्थापन, स्रोतहरुको समस्या आदिबारे पर्छन् । पछि उनले ‘मिडको’ नामबाट लघुकथाहरू लेखिन् । गोन्डी भाषामा यसको अर्थ ‘जुनकिरी’ हुन्छ । पछि पार्टीभित्र उनी ‘भानु’ र ‘चैते’ नामले प्रख्यात थिइन् ।

सन् २००३ को अन्त्यतिर आन्ध्र प्रदेशका तत्कालीन मुख्यमन्त्री एन. चन्द्रबाबु नायडुमाथि गरिएको ‘हत्या प्रयास’ पछि राज्यभर अत्याधिक गिरफ्तारीहरु भए । त्यसै समय उनका कान्छा भाइलाई प्रहरीले फेरी समायो । उनलाई हिरासतमा यातना दिइयो, तर अन्ततः सबै आरोपबाट मुक्त गरियो । त्यसपछि उनी वकिल बनेर मानवअधिकारको क्षेत्रमा काम गर्न थाले । उता रेणुकाले भूमिगत हुने निर्णय गरिन् ।

सन् २००४ मा उनी गुरिल्ला आन्दोलनमा सामेल भइन् । दुब्लो–पातलो देखिने रेणुकाले चाँडै हतियारको तालिम लिइन् । प्रसादका अनुसार, जब उनीहरू दुबै भूमिगत थिए, उनीहरुबिच निकै अप्ठेरोगरी भेट हुन्थ्यो । ‘हामी फरक इकाइ र फरक भूगोलमा पार्टीको काम गर्थ्यौं,’ उनी सम्झिन्छन् ।

भारतको सशस्त्र कम्युनिस्ट आन्दोलनमा सामेल भएपनि रेणुका भित्र प्रेमको खोज सकिएको थिएन । सन् १९९७ तिर, जब उनी शहरी आन्दोलनमै थिइन्, पार्टीका एक वरिष्ठ नेताले उनलाई सन्तोष रेड्डी (महेश) सँग विवाह गर्न सुझाव दिए । सन्तोष त्यतिबेला पार्टीको आन्ध्र प्रदेश राज्य समिति सचिव र केन्द्रीय समिति सदस्य थिए । रेणुकालाई पुर्‍याइएको कुरा महेशलाई पनि पुयाइएको थियो ।

उनीहरुले पार्टीको अनुमतिमै विवाह गरे । तर, त्यो विवाह उनीहरुले गोप्य राख्नु पर्ने बाध्यता थियो ।

सन्तोष पनि कडावेन्डी गाउँकै भएपनि दुबैबिच पहिले कहिल्यै भेट भएको थिएन । उनी सानै उमेरमा आन्दोलनमा होमिएका थिए र गाउँ छाडिसकेका थिए । सन् १९९७ मै रेणुका आन्ध्र प्रदेशको नल्लमाला जंगलमा सन्तोषलाई भेट्न गइन् । उनी पार्टीको तिरुपति इकाइमा आइरहेका समस्याहरू समाधानका लागि सुझाव लिन त्यस क्षेत्रमा गएकी थिइन् । त्यहीँबाट दुबैबिच प्रेमको अंकुरण भयो ।

सन्तोष पार्टीका वरिष्ठ तथा पूर्ण भूमिगत नेता थिए र रेणुका शहरमा काम गर्ने अर्धभूमिगत कार्यकर्ता । उनीहरुले पार्टीको अनुमतिमै विवाह गरे । तर, त्यो विवाह उनीहरुले गोप्य राख्नु पर्ने बाध्यता थियो । अन्ततः सबैबाट विवाह भएको कुरा लुकाएर राखियो ।

तर, समय सधै एकनासको कहाँ हुन्छ र ? २ डिसेम्बर १९९९ मा सन्तोष प्रहरीको कथित ‘मुठभेड़’ मा मारिए । प्रसाद भन्छन्, ‘रेणुका सबैका अगाडि आफ्नो विवाहको कुरा न खोलेर भन्न सकिन, न त खुलेर रुन सकिन् । उनको प्रेम कथाको दुःखद अन्त्य हाम्रै आँखा अघिल्तिर भयो । उनले सन्तोषलाई साँचो मनले माया गरेकी थिइन् ।’

सन् २००५ मा रेणुकाले अर्का एक पार्टी नेतासँग विवाह गरिन् । सन् २०१० मा प्रहरीद्वारा उनको पनि हत्या गरियो । रेणुकालाई सम्झँदै प्रसाद भन्छन्, ‘सबैलाई लाग्छ रेणुका मेरै कारणले सशस्त्र आन्दोलनमा लागेकी हुन्, तर त्यो सत्य होइन । उहाँ भित्र विस्तार हुँदै गरेको चेतना र प्रश्न उठाउन सक्ने क्षमताकै कारण उहाँ आन्दोलनमा लाग्नु भयो ।’

‘भारतीय समाजमा हुने गरेका विभेद र अत्याचारका फेहरिस्त धेरै लामा छन् । त्यसैले जो कोही आफ्नो अस्तित्वका लागि आन्दोलनमा लाग्नु पर्ने बाध्यता छ ।’

उनी भन्छन्, ‘उहाँ स्वतन्त्र सोच राख्ने मान्छे हुनुहुन्थ्यो, यस्ता मानिसलाई जहिल्यै आफ्नो वर–पर भइरहेका घटनाले प्रभावित पार्ने गर्छन् । भारतीय समाजमा हुने गरेका विभेद र अत्याचारका फेहरिस्त धेरै लामा छन् । त्यसैले जो कोही आफ्नो अस्तित्वका लागि आन्दोलनमा लाग्नु पर्ने बाध्यता छ ।’

यस महिनाको सुरुमा जब रेणुकाको मृत्युबारे तेलंगानाका एक प्रहरी अधिकृतले प्रसादलाई फोन गरे, उनी आफ्नो कार्यालयमा काम गरिरहेका थिए । उनी भन्छन्, ‘यो खबरले मलाई झस्कायो । तर, उहाँको अन्त्य यो आन्दोलनमा लाग्नेको नियति हो । हामीले पहिल्यै यसको पूर्वानुमान गरेकै थियौँ ।’

प्रसाद भन्छन्, ‘बस्तर क्षेत्रमा कुनै पनि भिडन्तको समाचार आउन साथ प्रत्येक बिहान मेरी श्रीमती सबै पत्र–पत्रिका र टेलिभिजन चाहरिरहन्थिन् । हैदराबादमा बस्ने मेरी आमा पनि त्यही गर्नु हुन्थ्यो । बितेको एक वर्षमा मात्रै सरकारले माओवादी आन्दोलनमा जोडिएको नाममा सयौं मानिसको निर्मम हत्या गरिदिएको छ । न कुनै संवाद, न त कुनै सुनवाई ! सोझै हत्या ।’

‘रेणुका कहिल्यै कानमा बाली, कुण्डल लगाउँदिनथिन्, न त निधारमा टिका । तर, उनको शवमा त्यो सबै पहिरिएकै अवस्था छ । यसको अर्थ उनी गाउँमा बसिरहेकी थिइन् र प्रहरीले उनलाई त्यहीँबाट पक्राउ गरेर हत्या गर्‍यो । किन ?’

प्रसाद रेणुकाको शव लिन दन्तेवाडा गएका थिए । प्रहरीले उनको शवलाई पोलिथिनको झोलामा प्याक गरेर प्रदर्शनीका लागि राखेको थियो । प्रसाद भन्छन्, ‘उहाँको शव हेर्नु अघिसम्म उहाँ आफ्ना साथीहरुसँगै मारिनु भएको हो भन्ने लागेको थियो । किनभने एक दिनअघि मात्रै छेवैको सुकमा जिल्लामा १७ जना नक्सली मारिएको खबर आइरहेको थियो । तर, पछि होइन रहेछ भन्नेमा म ढुक्क भएँ ।’

उनी थप्छन्, ‘रेणुका कहिल्यै कानमा बाली, कुण्डल लगाउँदिनथिन्, न त निधारमा टिका । तर, उनको शवमा त्यो सबै पहिरिएकै अवस्था छ । यसको अर्थ उनी गाउँमा बसिरहेकी थिइन् र प्रहरीले उनलाई त्यहीँबाट पक्राउ गरेर हत्या गर्‍यो । किन ?’

प्रहरी दावी अनुसार रेणुकाको हत्या इन्द्रावती नदीको किनारमा दन्तेवाडा–बीजापुर सीमामा भएको ‘दोहोरो भिडन्त’ मा भएको हो । तर, परिवारको भनाइ अनुसार, उनका हातहरू क्षतविक्षत थिए । अर्थात प्रहरीले उनलाई बाँधेर यातना दियो, पछि प्रमाण नष्ट गर्न हातलाई क्षतविक्षत पार्‍यो ।

प्रहरीले उनीसँग हतियार भेटिएको दावी पनि गरेको छ । प्रहरीले पोष्टमार्टमको अनुमति दिए पनि परिवारलाई त्यो रिपोर्ट दिइएको छैन् । रेणुका मारिएको सन्दर्भमा २ अप्रिलका दिन प्रतिबन्धित सीपीआई (माओवादी) को दण्डकारण्य स्पेशल जोनल कमिटीले एक प्रेस विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिका अनुसार रेणुका बीजापुर जिल्लाको भैरमगढ़ ब्लकको बेलनार गाउँको सानो घरबाट समातिएकी हुन् ।

विज्ञप्तिमा भनिएको छ– ‘लामो समयदेखि स्वास्थ्यमा समस्या देखिएपछि उनी त्यहाँ बस्दै आएकी थिइन । ३१ मार्चको बिहान झण्डै ४ बजे प्रहरीहरूले उनी बसेको घरलाई घेराबन्दी गर्‍यो । बिहान ९–१० बजेतिर प्रहरीले चैते (पार्टीमा उनलाई यही नामले चिनिन्थ्यो) लाई इन्द्रावती नदी किनारमा लगेर हत्या गगरियो ।’

प्रेस विज्ञप्तिमा माओवादीले यस क्षेत्रमा चार सय भन्दा धेरै गैरन्यायिक हत्या भइसकेको जनाएको छ । हत्या गरिनेमा सशस्त्र आन्दोलनमा लागेका नेता/कार्यकर्ता तथा सर्वसाधारणको संख्या धेरै छ । अब उनीहरू सरकारसँग संवाद गर्न चाहन्छन् ।

प्रसाद र उनकी श्रीमतीले रेणुकाको शव लिएर जब उनीहरुको जन्मथलो कडावेन्डी पुगे, त्यहाँ हजारौँ मानिस भेला भइसकेका थिए । प्रसादले भने, ‘गाउँलेले उनलाई एउटा शहीदलाई झै बिदा गरे ।’

सामग्री स्रोत: https://thewire.in