मूर्ख बादशाह
रूसी बालकथा

अबु
धेरै समय पहिलेको कुरा हो। एउटा गरीब किसानको पुरानो घर लड्यो। र उसले बल्ल तल्ल एउटा नयाँ घर त बनायो तर छाना लगाउन सकेको थिएन। उसित पैसा थिएन। बर्सात नजिक थियो। कसै गरी घर बनाउने नियतले उसले अत्यन्त झीना डाँडावालाहरू राखेर चाहिदो मात्रामा माटा समेत नराखीकन पातलो गरी स्याउलाले घर छायो । वर्सात पछि राम्ररी बनाउनु पर्ला भन्ने विचारले त्यो गरीव किसान त्यो आधा बनेको घरमा रहन थाल्यो ।
छिमेकमा एउटा चोर थियो। उसले सोच्यो, यसले यति ठूलो नयाँ घर बनायो, यो पक्कै पनि धनी बनेको हुन सक्छ । यसकहाँ पस्न पाए केही सामान अवश्य हात लाग्ला !
राती त्यो गरीबको घर भित्र पस्ने नियतले चोर छानामा चढेको मात्र थियो, उसले टेकेको झिनो बलो भाँचियो । सुतिरहेको गरीब किसान माथि सोझै खसेर उभिन पुग्यो त्यो चोर । गरीबको निन्द्रा खुल्यो एकाएक आतिएर करायो । अँध्यारो थियो। समाउन भ्याएन । चोर भाग्यो ।
चोरलाई गरीब किसान माथि रिस उठ्यो। उज्यालो हुने वितिकै बादशाह कहाँ उजुर गर्न पुग्यो । तिमीको हो ? किन आयौ ? बादशाहको प्रश्न सुनेर चोरले बिन्ती गयो, 'सरकार म केही चोरू भन्ने इच्छाले एउटा किसानको छानामा उक्लेको थिएँ । छानोमा दरो डाँडाभाटा नहाली कन स्याउलाले छोपेको रहेछ । म गर्थ्याम गुर्लुम तलखसें । मेरो खुट्टा झुण्डैको भाँचिएको ! त्यस्तो कच्ची छाना बनाएर मलाई दुःख दिने गरीब किसानलाई सजाय गरि दिन पर्यो सरकार ।"
उजुर सुनेर बादशाहले त्यो गरीब किसानलाई पक्राउ पठायो । किसान आइ पुगेपछि बादशाहले सोध्यो, "राती यो मान्छे तिम्रो छानाबाट तल खस्यो
भन्ने कुरा साँचो हो?" "साँचो हो।" म माथि टेकिन आइपुग्यो र मात्र यसका खुट्टाहरू भाँचिनः पाएनन्। किसानले जस्ताको तस्तै जवाफ दियो ।
"यो कुरा साँचो हो भने यो 'कच्ची घरको मालिकलाई फाँसी दिनुपर्छ । लैजाओ यसलाई फाँसी दिन ।" जल्लादहरू तिर हेरेर बादशाहले हुकुम दियो ।
विचरा गरीव बिलखबन्द परेर विलीन गर्न थाल्यो । हजुर मलाई फाँसी किन दिने ? सजाय त यो चोरलाइ पो दिनु पर्थ्यो ।"
यो सुनेर बादशाह झोक्कियो र भन्यो, "चुपलाग, तैले मलाई कुरा सिकाउनु पर्छ ! कहाँबाट आयो तेरो यो फूर्ति हँ ?’’
गरीबले मनमनै विचार गर्यो। यस्ताबाट न्यायको आशा गर्नु व्यर्थ यससित कुरा गर्ने तरीका यो हैन । सोचेर उसले फेरि भन्यो, "सरकार, यसमा मेरो कुनै गल्ती छैन । त्यस्तो कच्चा छानो त घर छाउने मान्छेले बनाएको हो सजाय उसलाई पो हुनु पर्छ ।
यो सुनेर बादशाहले फेरि हुकुम गर्यो "ए जल्लाद हो, यसलाई छोडि देओ र त्यो घर छाउनेलाई ल्याएर फांसी देओ ? बदमास त त्यो घर छाउने पो रहेछ !"
त्यसपछि घर छाउने ब्यक्तिलाई पक्रेर ल्याइयो र फाँसी दिन उभ्याइयो । आफूलाई फाँसी दिन लागेको चाल पाएर त्यसले बादशाह सित "एउदा जरूरी बिन्ती गर्न पाउँछु कि ! भनेर सोध्यो ।
भन तेरो के इच्छा छ !" बादशाहले सोध्यो ।
यो गल्ती मेरो हैन सरकार, सिकर्मिले डाँडा बला मिलाएर ठिक पारे ठाँउमा मैले स्याउला छाएको मात्र हूँ। डाँडा माटा बलियो मिलाएर बनाई दिएको भए एक जना मानिस चढ्दा भाँचिएर त्यो हविगत हुने थिएन् ।"
यो कुरा सुनेर बादशाहले त्यसलाई छोडी दिने र अकों सिकर्मीलाई ल्याएर फाँसी दिने हुकुम दियो ।
सिकर्मी गिरफ्तार भो। बादशाहले झोक्किएर भन्यो त्यस किसानको छानो डंड्याउने भट्याने काम यसैले गरेको रैछ हैन? यसलाई फाँसीमा झुण्डाओ !' सिकर्मीले नम्र भएर भन्यो "सरकार मेरो एउटा विन्ति छ। बास्तवमा यो अपराध मेरो हैन। म बलियो बनाएर छाना तैयार गर्ने विचारमा थिएँ । हाम्रै छिमेकमा एक जना परेवा पाल्ने मान्छे छ त्यसले धेरै परेवा जम्मा गरेर त्यस दिन आकाश भरी उडाएथ्यो । आकाश सेता नीला र काला परेवाले ढाक्यो । म ती परेवाहरूलाई हेर्न लागे । यसै कारण मेरो काम विग्रयो । मैले कमजोर छाना बनाएँ । यसमा बास्तविक कसुर वाल त त्यो परेवा पाल्ने मान्छे पो हो त !
बादशाहले सिकर्मीलाई छाडिदियो र त्यो परेवा पल्ने मान्छेलाई पक्रेर फाँसी दिने हुकुम दियो ।
आफूलाई पक्रेर फाँसी दिन लागेको देखेर त्यो परेवा पालकले भन्यो, सरकार, परेवा उडाएर हेर्ने मेरो बानी छ यो कुनै ठूलो अपराध हैन । मलाई फाँसी दिएर कस्को के उपकार हुन्छ र ? एउटा निर्दोष गरीबलाई मार्नु भन्दा त चोरलाई मार्नु नै ज्यादा बेस होला । चोरलाई सजाय दिएपछि मानिसहरू निर्धक्कसित सुत्न पाउँछन् ।
कुरा बादशाहलाई चित्त बुझ्यो । उसले भन्यो, "विलकुल ठीक हो, सारा कसुर चोरको हो, त्यही चोरलाई समातेर फांसी दिनु पर्छ !"
चोरलाई पक्रेर फाँसी दिने हुकुम भयो ।
जल्लादहरूले चोरलाई समातेर फाँसी दिने ठाउँमा ल्याए । फाँसीको फन्दा होचो थियो चोर अग्लो थियो। जल्लादहरूले चोरलाई फाँसी दिने भरमजदुर प्रयास गरे तर चोरको खुट्टाले जसो गरे पनि भुई भेट्थ्यो र टेक्थ्यो । जल्लादहरूले बादशाह कहाँ पुगेर विन्ती बिसाए । "सरकार, चोर अत्यन्तै अग्लो रहेछ उसका खुट्टाहरू जसो गरेपनि भुई छुन्छन् हामीले कसैगरी फाँसी दिन सकेनौ हामी के गरौं ?
यो कुरा सुनेर बादशाह बेस्सरी रिसायो। 'यती जाबो कुरा पनि मसित सोधन आउने हो ? यदी चोर त्यस्तो अग्लो छ भने तिमीहरू चौबाटो तिर गएर कुनै होचो मान्छे खोज्न सक्दैनौ ? यति मामूली कुरा पनि तिमी- हरूको दिमागमा चढ्दैन ?"
जल्लादहरूले सडकमा निस्कने वितिकै एउटा होचो मान्छे हिंडी रहेको देखे । त्यो मान्छे पिठ्यूँमा पिठोको धोक्रो बोकेर घर फर्कदै थियो ।
"यो त भने जस्तै मान्छे रहेछ ! जल्लादहरूले शोचे अब यसैलाई फाँसी दिएर हुकुम पूरा गर्नु पर्ला ।
त्यो होचो मान्छेलाई जल्लादहरुले एक्कासि। पक्रेर फाँसीको फन्दानिर ल्याए विचरो अलाय विलाप गर्न थाल्यो । मेरो विराम के छ र मलाई फांसी दिन लागेको ?" उ बर्बराउँद थियो । त्यतिखेर फाँसीमा मान्छे झुलेको हेर्न बादशाह पनि त्यहाँ आइपुग्यो । "सरकार, मेरो एउटा बिन्ती छ !" पुड्के विचरो करायो
।
"भन् तेरो के इच्छा छ ?" बादशाहले शान्तसित सोध्यो । 'सरकार, म एउटा गरीब मान्छे हु । म पहाडबाट दाउरा खोजेर शहरमा बेच्न लान्छु । अरुहरूको भारी बोक्ने, मेला जाने काम गर्छु । ज्याला मजुरी गरेर आफ्नो र परिवारको पेट पाल्छु ! मेरो के त्यस्तो कसुर छ र मलाई सरकारले फाँसीमा झुण्डयाउने हुकुम दिनु भयो ?"
बादशाह झोकियो र भन्न लाग्यो । "मूर्ख स्वाँठ मलाई तँ कसूरदार होस् कि नहोस् मलाई के थाहा ? एउटा पुड्केलाई फाँसीमा झुण्डयाउनु थियो । त फेला परिस् । मैले एउटा चोरलाई फाँसो दिन चाहेको उ अग्लो रहेछ, उसको खुट्टाले भुई टेक्यो फाँसी दिन मिलेन ! तँ फाँसी दिन ठीवकको पुड्के छस् ! अनि के गर्ने त ?"
पुड्केले फेरि बिन्ती बिस्यायो, कसूर गर्ने चोर अग्लो भयो भनेर वेकसूरको पुड्केलाई फाँसी दिनु न्याय इन्साफ हो त सरकार चोर अग्लो छ भने फाँसीको फन्दामुनि भुई खनेर खाडल बनाउने हुकुम दिए भैहाल्थ्यो नि ?
बादशाह निकैबेरसम्म घोत्ल्यो र अन्तमा भन्यो- "ठीक हो, यसले भनेको ठीक हो, यसलाई छोडी देओ र चोरलाई नै ल्याएर फाँसीमा झुण्डयाओ ! उसको खुट्टा टेकिने ठाउँमा खाडल खन !
जल्लादहरूले फेरि चोरलाई पक्रेर फाँसी दिन ल्याए ! उसको घाँटीमा फांसीको फन्दा हालेर उसले टेकेको जमीनमा खाडल खन्न थाले । छिटो-छिटो गर, नत्र ढिला हुन्छ, मलाई तुरुन्त फाँसी देओ" चोरले सारै नै चटारो गर्यो ।
तंलाई मर्न यति चटारो किन ?" आश्चर्यचकित हुँदै वादशाहले सोध्यो ।
"हजूर, अहिले भर्खरै स्वर्गका वादशाह मरेका छन् । जो मरेर पृथ्वी- बाट सबभन्दा पहिले स्वर्गमा आईपुग्छ त्यसलाई वादशाह बनाउनु । "भनेर स्वर्गका वादशाहले आफू मर्नु अघि हुकुम दिएका छन् । यसै कारण म चटारोमा छु । अहिलेसम्म उसको सिहासनमा कोही बसेको छैन । मलाई छिटो फांसीमा झुण्डाई दिनोस् ।" चोरले फेरि चटारो जनायो।
बादशाहलाई ईर्ष्या लाग्यो। "स्वर्गको बादशाह बन्नु मामूली कुरो हो र ? म आफै यी पद किन नसंम्हाल्ने ?" यो सोचेर बादशाहले जल्लादहरूलाई हुकुम दियो, "चोरलाई छोडी दिएर मलाई फाँसीमा झुण्डाओ !"
"बादशाहको हुकुम शिरोधर !" जल्लादहरूले चोरलाई छोडि दिए र त्यस ठाउँमा त्यस मूर्ख बादशाहलाई फाँसी दिए ।
यसरी मूर्ख बादशाहबाट प्रजाले छुटकारा पाए ।
होंचाह बहोंराह, रूसी लोककथा संग्रहबाट । अनु० वि. पी. श्रेष्ठ
नेपाली साहित्यिक त्रैमासिक पुर्णाङ्क ८, पौष २०४१ बाट
प्रतिक्रिया