त्यो फेरि फर्कला ?

‘क्रमशः अग्लो हुँदै गएको कष्टप्रद, कठोर, दुर्गम पहाडको क्षीण पथलाई, आँखाले भेटेसम्म हेर्दा मान्छे पो हो कि भन्ने भ्रम पार्न– एउटा धब्बा जस्तो– पनि केही देखिएन ।’

भगवान् सूर्यले पश्चिमतर्फको पर्वतपछाडि आफ्नो मुख लुकाए तापनि तिनको लाज काला पहाडका शृङ्खलाहरूमा फैलिन गएको थियो । खोलाहरूले आफ्नो अविराम गीत गाएका गाएकै थिए । उनीहरूलाई जगत्को चिन्तामा केही रस, अनुरक्ति थिएन । धमिलोपना अन्धकारतिर डुब्दै गइरहेको थियो ।
मधेसबाट आउन लागेको एउटा यात्रीले यौवनको सिँढीमा खुट्टा अड्याई घरको द्वारमा उभिएकी सानीसँग सोध्यो, “यहाँ बास पाइन्छ ?”

“कुन्नी आमासँग सोध्नुपर्छ ।”

“आमा ! तिम्री आमा कता छन्, मैले त चिनेको छैन । कोसँग सोध्ने ?”

अनि– “आमा ! आमा !!” पुष्ट कण्ठबाट निस्केको त्यो मीठो र तीव्र स्वर पर्वतको कुना–कुनामा पस्न गयो । तर कोही पनि आएन । एकैछिन प्रतीक्षा गरेपछि “पख्नोस् है, म अहिल्यै आमालाई डाकी ल्याउँछु” भन्दै सानी एकातिर गई र अलि बेरमै बूढीसँगै लागि यात्रीको सन्मुख आइपुगी ।

आज चित्लाङ पुग्ने विचार गरेको थिएँ । त्यहीँ चिनाजानी भएका पसलेहरू पनि छन् । बास पनि राम्रै ठाउँमा पाइन्थ्यो । तर खोइ ! यो त भट्टीपसल पो हो क्यारे ?”

“लौ, आमा यिनै हुन् । तपार्इंका भरियाहरु कता छन् ?”

“भरिया एउटै छ । त्यो पनि बूढो, हिँड्नै नसक्ने ! यसैले गर्दा त यहाँ बस्नुपर्‍यो । नत्र आज चित्लाङ पुग्ने विचार गरेको थिएँ । त्यहीँ चिनाजानी भएका पसलेहरू पनि छन् । बास पनि राम्रै ठाउँमा पाइन्थ्यो । तर खोइ ! यो त भट्टीपसल पो हो क्यारे ?”

“हो...”, स्वरलाई अलि तान्दै, आश्चर्य र उपेक्षामिश्रित स्वरमा बूढीले उत्तर दिई ।

“भट्टीपसल भएर के हुन्छ ? चित्लाङमा पनि त त्यही हो नि । छेउको कोठा त सफै छ,” सानीले तुरुन्तै भनी ।

“होइन”, बूढीले सोधी, “केही खानपिन गर्नुहोला कि ?”

“पिउन त होइन, खान मात्रै । भाडा–बर्तन सँगै छन् ।”

सानीले आफ्नी आमाको मुखनेर मुख लाएर भनी, “किन आमा ! चामल, दाल, घ्यू, दाउरा त किन्ने नै छन्; नून, तेल, मसला, तरकारी । पल्लो कोठामा भान्छा र छेउको कोठामा सुते त भइहाल्यो नि ।”

“एकपल्ट कोठा हेरूँ । सफा छ कि, सफा नभए त...”

“किन हुँदैनथ्यो ! हेर्नोस्, कोठामा के छ र ? भर्खर लिपिराखेको कोठा, चाहिए एउटा सुकुल पनि ओछ्याइदिउँला । लौ, भरिया पनि आइपुग्यो । बस्नुहुन्छ कि ?”

“ए सानी, आइज” भन्दै बूढी माथि उक्ली । सानी द्वारमा उभिएकै थिई । आइपुगेको भरियाले मुखबाट एउटा सुस्केरा हाली भारी बिसाउँदै भन्यो, “यति गहु्रुँगो भारी, यस्तो उकालो, नौ सुका ज्याला, उसैमा भरिया नाइके पनि, बाटो खर्च पनि, इसोर !”

चुपचाप उभिएकी सानीको मुखमा छचल्किरहेको जिज्ञासामा अलि आशा, विश्वास र सन्तोषको पनि आभा देखियो ।

कोठासोठा हेरिसकेपछि यात्रीले त्यहीँ बास गर्ने निश्चित गर्‍यो र सानी पनि अलि स्वस्थ झैं भई । भरियाको सहायताले एउटा कोठामा सुकुल हाली, भुइँमै आफ्नो ओछ्यान ओछ्याएर त्यसले अलि–अलि निश्चिन्तताको सास फेर्न लागेको के थियो, भरियाले भन्यो, “लौ त म अब जाउँ हजूर...थाकिराखेको छु, केही खानपिन पनि गर्नुपर्ला, खाजा खानलाई दुई–चार आना दिनुपर्ने हो...।”

“ला...”, भनेर यात्रीले चार पैसा फ्याँकिदियो । यसमा एउटा सन्तोषको दृष्टिले बूढो भरिया भुइँबाट पैसा टिपी जान लागेको थियो, फेरि सानीले सोधी, “भान्सालाई के कुरा ल्याउनुपर्ला, भन्नोस् न । रात पर्न आँट्यो, तपाईंसित लालटिन त छँदै छ, मट्टीतेल पनि चाहिन्छ कि ?”

यस प्रश्नको उत्तर नदिएर त्यसले जान लागेको भरियालाई भन्यो, “ए बूढा, डोकाबाट भाँडाहरू झिकेर खोलामा पखाली ल्याऊ ।” अनि सानीतिर फर्केर भन्यो, “पानी ल्याउनलाई एउटा गाग्रो त दिनुपर्ला, पानी पनि ल्याइहालोस्, अब यो पनि आफ्नो खानपिन गर्नमा लाग्नेछ ।”

“हुन्छ, म अहिल्यै माथिबाट ल्याइदिन्छु ।”

त्यसले जान लागेको भरियालाई भन्यो, “ए बूढा, डोकाबाट भाँडाहरू झिकेर खोलामा पखाली ल्याऊ ।” अनि सानीतिर फर्केर भन्यो, “पानी ल्याउनलाई एउटा गाग्रो त दिनुपर्ला, पानी पनि ल्याइहालोस्, अब यो पनि आफ्नो खानपिन गर्नमा लाग्नेछ ।”

“तर गाग्री सफा छ ?”

“लौ ! गाग्रीमा के लागेको  छ र ? चित्त बुझ्दैन भने खोलामा माझेर पानी ल्याउनु भनेपछि त भइहाल्यो नि,” बालिकाको अनुहारमा अलि सङ्कोच छर्लङ्ग हुन गएको थियो ।

भरियाले डोकोबाट भाँडाहरू झिकिसकेको थियो । सानीले माथिबाट तुरुन्तै एउटा सानो पित्तले गाग्रो ल्याइदिई । त्योसमेत लिएर भरिया खोलातिर गयो ।
त्यसपछि युवक यात्रीले सन्ध्याको धमिलो प्रकाशमा हेर्‍यो– त्यो भट्टीपसलेकी छोरीको परिच्छेद बाह्य आवरण मैलो र दरिद्रताको विज्ञापन भए पनि त्यसको अनुहार नराम्रो थिएन । गालामा पर्वतीय वायु र परिश्रमको सुन्दर उपहार, स्वाभाविक लाली र यौवनको सिँढीमा उक्लिरहेको अवस्था छ । आँखा गोल, उज्ज्वल र भित्रका नानी निक्कै काला र चञ्चल छन् । उनीहरूमा अपार जिज्ञासा औ उत्सुकता क्रिडा गरिरहेका थिए ।

“भान्छाका निम्ति के के ल्याऊँ ?” प्रश्न एकान्तजन्य सङ्कोचको मध्यम स्वरमा थियो । यात्रीले भन्यो, “असल पुरानो मसिनो चामल एक मानो, एक चौथाई दाल, दुई पैसाको यहाँ पाइने तरकारी र दुई आनाको घ्यू, बस् । यति मात्रै भए पुग्छ ।”

युवक यात्रीले सन्ध्याको धमिलो प्रकाशमा हेर्‍यो– त्यो भट्टीपसलेकी छोरीको परिच्छेद बाह्य आवरण मैलो र दरिद्रताको विज्ञापन भए पनि त्यसको अनुहार नराम्रो थिएन । गालामा पर्वतीय वायु र परिश्रमको सुन्दर उपहार, स्वाभाविक लाली र यौवनको सिँढीमा उक्लिरहेको अवस्था छ ।

कुरा सुनेर त्यो माथि उक्ली र अलिबेरमै भनेजति जम्मै थोक ल्याइदिई । भरिया पनि भाँडो र पानी पल्लो कोठामा राखी गइसकेको थियो । त्यस कोठामा लिपि–पोतिएको चूल्हो र ठाउँ, दुवै सफा थिए ।

चामल हेर्दै यात्रीले भन्यो, “खोई, यो त राम्रो चामल भएन ।”

“तर यसभन्दा राम्रो चामल त यहाँ कतै पनि पाइन्न । भएदेखि त म आफैं ल्याइहाल्ने थिएँ । तरकारी पनि आलुबाहेक अरू केही पाइँदै पाइन्न ।”

अलि हाँसेर यात्रीले भन्यो– “ए, त्यसो हो भने के लाग्छ ? पाए जत्तिकैमा सन्तोष गर्नुपर्ला ।”

‘‘अब म जाऊँ त ?’’ सानीले सेधी ।

“हुन्छ” भन्दाभन्दै युवकलाई कुन्नि किन फेरि एकपल्ट सानीको अनुहारमा दृष्टि फेर्ने आवश्यकता अनुभव भयो । दुवैका आँखा जुधे । बालिका लज्जावनत भएर माथि उक्लन लागी । तर तुरुन्तै फर्केर त्यसले अलि साहसको स्वरमा स्वाभाविकता ल्याएर सोधी, “तरकारी पकाउनलाई भुटुन र दाउरा चाहिन्छ । नून, मसला र लालटिनमा मट्टीतेल पनि ल्याउनुपर्छ कि ... ?”

“ए ! यो त बिर्सेको रहेछु । तरकारी त घ्यूमै भुटिहालुँला । मसला चाहिँदैन, एक पैसाको अलिकता बेसार र नून दुवै ल्याऊ र चार पैसाको दाउरा, तथा लालटिनमा छ पैसाको तेल भए पुग्छ ।” 

एकै छिनपछि सबै थोक ल्याई सानी माथि उक्ली । आफ्नी आमासँगै केही खानपिन गरेर पन्ध्र–बीस मिनेटभित्रै आफ्नो सुत्ने कोठामा पसी र भित्रबाट ढोका थुनिहाली ।

अहिले साँझको साढे–सात मात्र बजेको थियो, तैपनि निकै अँध्यारो भएको थियो । सघन र विशाल पर्वतहरूको अङ्कमा भएका ती पुतली झैं दुई–चारओटा घर यस्तरी स्तब्ध उभिइराखेका थिए, मानौं शरीरभित्रबाट प्राणै निस्किसकेको छ । खोलाको शृङ्खलाबद्ध गर्जन एकनाससित ध्वनित थियो, तैपनि त्यसबाट पनि त्यो शून्यपनाको भयानकता बढिरहेकै थियो ।

यो त मधेसमा कतै जागिरे पो होला जस्तो छ । आफू नोकरी गर्नेले बाहुन कहाँ राख्न सक्छ र ?’

ओछ्यानमा पल्टेकी, कुन्नि के के सोचिरहेकी सानीले हठात् यात्रीको कोठाभित्रबाट आइरहेको खटपट ध्वनि सुनी । त्यो त्यही कुरा सोच्नमा मग्न भई– ‘अहिलसम्म त्यसले खानपिन गरिसकेको रहेनछ क्यारे ! भात पकाउन जान्दो हो कि होइन; पकाइसकेको तिहुन–तरकारी चुल्होबाट उतार्दा खसाल्दो पो होला कि ! लोग्नेमान्छे, भात पकाउन कहाँ जान्दो हो र ! तर त्यो सधैं मधेसैमा बसिराखेको मान्छे हो । त्यहाँ कसले भात पकाई ख्वाउँदो हो नि । अथवा, कोही भान्छे बाहुन राखेको होला । तर कैले हुन्थ्यो, मधेसमा खर्च निकै पो लाग्छ । यसो हेर्दादेखि यो कुनै साहू–महाजन जस्तो पनि छैन । त्यसो भए, यतातिर धमाधम आउनेहरूको जस्तो ठूल्ठूला टिनका भरिभराउ भएका गहु्रुँगा बाकसहरू हुनुपर्दथ्यो, छालाका तीन–चारओटा साना ठूला ब्याग, भाँच्ने खाट, नोकर, धेरैजना भरिया, आफू तामदानमा बसेर आउनुपर्ने; खोइ, त्यो त केही पनि छैन । यो त मधेसमा कतै जागिरे पो होला जस्तो छ । आफू नोकरी गर्नेले बाहुन कहाँ राख्न सक्छ र ?’

‘यात्री भातसात खाई सुत्यो कि !’ तलबाट केही आवाज सुनिएन । त्यसो भए त्यो सुत्यो । ‘तर फेरि त्यही खटपट, मूसाहरू होलान्; होइन, त्यही हो, बिचरा अब...’ तर अघि नै तर्सिसकेका ती मूक सहानुभूतिहरूलाई विचारहरूले समात्न साहस गरेनन् । 

विचारधारा अर्कैतिर बग्यो, ‘त्यसो भए त्यसकी स्वास्नी होली’– अनि मुटुमा थपक्क एउटा थपडी जस्तो लाग्यो । च्याप्प गरेझैं त्यो आफ्नो अन्तरैमा निस्तब्ध भई । बाहिर त्यहाँ अविराम स्वरले गर्जिराखेको थियो खोलाको हर्र ध्वनि । जम्मा भइरहेका विचारहरू अलि विशृङ्खल जस्ता भए । त्यसले एउटा लामो सास फेरी, तर त्यो अवस्था एकछिन पख्दा नपख्दा लोभ्याइराखेका ती मधुर कल्पनाहरूले फेरि छोप्न थाले । सासपर्यन्त अलि थामेर त्यसले सुत्ने प्रयत्न गरी । ‘यात्री भातसात खाई सुत्यो कि !’ तलबाट केही आवाज सुनिएन । त्यसो भए त्यो सुत्यो । ‘तर फेरि त्यही खटपट, मूसाहरू होलान्; होइन, त्यही हो, बिचरा अब...’ तर अघि नै तर्सिसकेका ती मूक सहानुभूतिहरूलाई विचारहरूले समात्न साहस गरेनन् । 

एकछिन पछि ओछ्यानबाट जुरुक्क उठेर सलाई कोरी र सिरानतिरको खोपामा राखेको टुकी बाली । धूम्रयुक्त क्षीण प्रकाशले अन्धकारमा छाम्न थाल्यो । टुकी लिएर बिस्तारै त्यो तल ओर्ली । त्यसको छाती हान्न लागेको थियो– ‘बूढी सुतिरहेकी छ कि ?’ एउटा अव्यक्त र क्षीण डरले अन्तरको धेरै टाढाबाट चियाउने जस्तो प्रयत्न पनि गर्‍यो । त्यो तल पुगी । ‘तर...किन ओर्लेकी हुँली ! केही काम छैन ।’ यात्रीको कोठामा लालटिनको नीरव र मन्द प्रकाश थियो । त्यसतर्फ यसो झट्ट एकपल्ट हेरी आँखा फर्के । त्यो आफ्नो सेतो ओछ्यानमा सुतिरहेको थियो– निश्चिन्त निरुद्विग्न, निर्विकार ! प्राणपर्यन्तलाई तीव्रताको साथ तानिलिने एउटा भयानक लोभ, त्यसको भित्र मुटुको हनाइको साथै हान्न लाग्यो र कुनै अव्यक्त उल्लास, साहस, डर र पीडाको भन्न नसकिने मिश्रण त्यसका नसा– नसामा दगुर्न थाल्यो– प्रवाहित भयो । त्यही हलचल, त्यही प्रवाह लिएर त्यो माथि पुगी र आफ्नो शून्य ओछ्यानमा लडी ।

कुन्नि केले हो, त्यसको मन भारी हुँदै आयो, हृदयमा आद्र भावनाहरुको गहू्रँगो प्रवाह बग्न थाल्यो । त्यसको भित्र मनमा लगातार एउटा प्रश्न उम्लन थाल्यो– ‘त्यो फेरि फर्कला ?’

यात्री चाहिँ बिहान उठेर गइहाल्यो । सानीका आँखामा आइबसेको र छचल्किरहेको मूक मोह र कुन्नि कस्ता अव्यक्त आकांक्षाहरु त्यसलाई निकै टाढासम्म पहाडका टुप्पामा पुर्‍याई फर्के । कुन्नि केले हो, त्यसको मन भारी हुँदै आयो, हृदयमा आद्र भावनाहरुको गहू्रँगो प्रवाह बग्न थाल्यो । त्यसको भित्र मनमा लगातार एउटा प्रश्न उम्लन थाल्यो– ‘त्यो फेरि फर्कला ?’

तर सानीको त्यस प्रश्नको समाधान भएन । त्यो यात्री फर्केन । केही दिनपछि सानीको बिहा पनि भयो; त्यो आफ्नो घरमा गई । घर गृहस्थीको कर्तव्य र लोग्नेको प्रेम, माया, ममता इत्यादि पनि साधारण नियम जस्तै समातिन थाले । उनीहरूको कानमा सानीबाट केही अस्वाभाविकता पनि परेन । तर सानीको गाउँले संस्कृति भएको सुदूर अन्तरको एउटा मनले भगवानको बरदान जस्तो समातेको त्यो प्रश्न ‘त्यो फेरि फर्कला ?’– ले दिनमा दुई–चार पटक अवश्य चियाउने प्रयत्न गरिहाल्थ्यो !

लोग्नेको घरमा रहेको बखत कहिले काहीँ एउटा शङ्काले भयानक अन्तर–सङ्ग्राम मच्चाइदिन्थ्यो, ‘म यहाँ छु, यात्री फर्केर गइहालेको भए ?’ तर यस प्रश्नको विश्लेषण गर्ने साहस त्यस बखतसम्म त्यसमा रहनै जान्नथ्यो ।  कस्तो गह्रुङ्गो, कस्तो भयानक, कस्तो पीडाप्रद शङ्का हो ! बरु यात्री कहिले पनि नफर्कोस्, त्यसको पथ हेर्दाहेर्दै यस जीवनको अन्त पनि भइजाओस्, तर सानीलाई नभेटी, त्यो त्यसै गइहाल्ला भन्ने विधिविधानको स्वागत गर्ने शक्ति त्यसमा थिएन ! त्यो तृष्णा, त्यो अनन्तकालीन प्रतीक्षा, त्यो दिनहूँको अभ्यस्त निराशाको धक्का त्यसको साथमा मिलिसकेको थियो । त्यही त्यसको जीवन थियो, त्यही त्यसको जीवनक्रम । त्यसैलाई समातेर त्यो आफ्नो गृहस्थीको गृहिणी थिई, आफ्नी सासूकी बुहारी, पोइकी जोई । तर कदाचित् कुनै हठात् अभिशापले त्यही छिन्नभिन्न गरिदिएको अवस्थामा पनि त्यो बिचरी सानीचाहिँ गृहिणी, बुहारी र लोग्नेकी स्वास्नी भइरहन सक्ली ? कुन हृदयबाट यस्तो आशा गर्ने ?

जाने बखतमा यात्रीले पन्ध्र दिनमा फेरि फर्कनुपर्ला भन्ने कुरा गरेको थियो । त्यो पन्ध्र दिनको प्रतीक्षा सानीलाई अझसम्म पनि याद छ । छ– सात दिन एउटा भयानक उदासीनता, महान् शून्यतामा समाप्त भएको थियो ।

यति भए पनि सानीबाट लोग्नेप्रति पत्नित्वमा केही बाधा–व्यवधान परेको थिएन र त्यस पत्नित्वमा कुनै छल थियो, कतैबाट त्यसमा छिद्र थियो– यो कुरा भन्नेलाई भयानक श्राप दने शक्ति पनि त्यस सानीमा अवश्य थियो । नारीको विशाल हृदयमा बालकप्रति, आमा–बाबुप्रति, माइतीका साथी–भाइप्रति, पतिगृहमा सासू, ससुरा, जेठाज्यू, देवर, भतिजा इत्यादि सबप्रति ममता रहन सक्छ भने सानीको हृदयमा त्यस यात्रीप्रति कुनै प्रतिध्वनि थियो । नारी चाहिने पतिकी स्वास्नी हो– दिदी हो, बुहारी हो, भाउज्यू हो, आमा हो र यी सबैभन्दा पर नारी मूर्तिमान् ममता । समस्त जगतमा नारीकै महान् ममता छरिन नगएको भए त्यो विशाल विश्व शुष्क रुखझैं निर्जीव काठ मात्र रहन जान्थ्यो ।

जाने बखतमा यात्रीले पन्ध्र दिनमा फेरि फर्कनुपर्ला भन्ने कुरा गरेको थियो । त्यो पन्ध्र दिनको प्रतीक्षा सानीलाई अझसम्म पनि याद छ । छ– सात दिन एउटा भयानक उदासीनता, महान् शून्यतामा समाप्त भएको थियो । आठौं दिनदेखि आजको दिनमा त्यो फेरि फर्कला भन्ने आशाले अलि–अलि चियाउन प्रयत्न गर्‍यो । सानीलाई सम्झना छ, त्यस दिन गाईलाई ख्वाउने घाँस काट्न जाँदा कुन्नि कुन भावना, कुन आशा, कुन उत्साहले त्यो पहाडको टुप्पासम्म पुगिछ । घाँसको भारी भुइँमा राखी, एउटा ढुँगामा बसी, आफ्नो अन्तरको सुखद कल्पनामा मग्न भइछ । आँखा एकाग्र भएर नेपालबाट आउने बाटो हेरिरहेका थिए । त्यतातिरबाट आउनेहरूलाई देख्दा त्यसको भित्री कल्पनामा एउटा उत्साह भरिन जान्थ्यो– अत्यन्त सुखद र प्राणप्रद ! 

‘यस्तै आजैका दिन त्यो पनि संसारैको प्रसन्नता अलि–अलि हाँसोमा छरिदेला, र फेरि एक दिन त्यहीँ बास गर्ला । तर बास नबसेदेखि त...!  छिः दुष्कल्पना ! त्यसलाई कत्ति पनि त असुविधा र दुःख मकहाँ परेको थिएन । मैले जम्मै काम गरिदिएकी थिएँ । राम्ररी पकाई, खाई सुतेको थियो । किन नबस्नु ! किन नबस्नु !!’ 

सानीलाई सम्झना छ, त्यस दिन बिहान हुनुभन्दा तीन घण्टा अगाडि राति नै त्यसको निद्रा खुलिहाल्यो । ढोका खोलेर एकपल्ट बाहिरतिर हेर्दा रात धेरै बाँकी थियो ।

यस्तै प्रकारले नित्य नयाँ–नयाँ कल्पनाहरू त्यसका आशालाई प्रदीप्त तुल्याउँदै,  दिवसहरूलाई बिताउँदै गई । अन्ततः त्यो चिर अभीप्सित पन्ध्रौं दिन पनि आयो । सानीलाई सम्झना छ, त्यस दिन बिहान हुनुभन्दा तीन घण्टा अगाडि राति नै त्यसको निद्रा खुलिहाल्यो । ढोका खोलेर एकपल्ट बाहिरतिर हेर्दा रात धेरै बाँकी थियो । जुन टहटह लागिरहेको र आकाश स्वच्छ थियो । खोलाको हरर ध्वनि उत्फुल्लताको स्वागतगान झैं लाग्यो । भगवनाको बास गर्ने आकाश आफ्नो निर्मल जूनमा हाँसिराखेको जस्तो प्रतीत भयो । दुई–तीन घण्टामै प्रदीप्त सूर्य निस्कनेछन् पहाडको टुप्पोमा, त्यसका सुनौला किरणहरु फैलिन जान्छन् । यही दिन त्यसको आउने शुभोत्सव हुन्छ । 

त्यो आउला, भोलि नै त्यो आउला, बिहान हुनेबित्तिकै त्यो हिँड्छ र सुखको भण्डार झैं भएर सानीलाई भेट्टाउला ! धेरै बेरसम्म त्यो त्यसै विचारमग्न सुख कल्पनाविभोर भएर बसिरही । अनि एउटा आत्तिएजस्तो लामो सास फेरी आफ्नो कोठामा गएर ओछ्यानमा ओल्टे कोल्टे गर्न थाली । त्यसपछि बिहान पनि भयो, सूर्य पनि उदाए, सानीले उद्विग्न प्रतीक्षा पनि गरी । साँझ भयो, रात पनि पर्‍यो । तर...तर...पन्ध्र  दिनको अत्यन्त उद्विग्न प्रतीक्षाको परिणामस्वरुप सानीले पाई– ‘त्यो आएन ।’ 

आँखामा आँसु, हृदयमा वेदना, प्राणमा अन्धकार, कण्ठमा भक्कानो र रोमरोम पर्यन्तमा आद्र्र रुदन भरेर त्यस यात्रीको सट्टामा सानीले यही चार अक्षरको स्वागत गरी आफ्नो मुटुमा बसाली– ‘त्यो आएन ।’

यस्ता कयौं पन्ध्र दिन बिते । जीवनमा र जीवनक्रममा आद्यन्तझैं भिन्नता आइलाग्यो र ‘फेरि त्यो आएन’– को साथै ‘त्यो फेरि फर्कला कि...?’

कठैबरि ! नारीको निर्बल हृदय ! तँमा उत्सर्गको परिमाण कति छ ? उत्सर्ग गर्नलाई तैंले कति रस, कति माया, कति बन्धन र कुन्नि कति के के सञ्चित गरिराखेकी छस् ।

यस्ता कयौं पन्ध्र दिन बिते । जीवनमा र जीवनक्रममा आद्यन्तझैं भिन्नता आइलाग्यो र ‘फेरि त्यो आएन’– को साथै ‘त्यो फेरि फर्कला कि...?’ भन्ने पनि सम्बद्ध भई अभ्यन्तर यात्रा गर्न थाल्यो । यस यात्राको विराम कहाँ छ, लक्ष्य कहाँ छ र अन्त कहाँ छ, जीवनको शेषमा कि न त्योभन्दा पनि पारि– कुन्नि ?

क्रमशः अग्लो हुँदै गएको कष्टप्रद, कठोर, पहाडको क्षीण पथलाई आँखाले भेटेसम्म हेर्दा मान्छे पो हो कि भन्ने भ्रम पार्न एउटा धब्बा जस्तो पनि केही देखिएन ।

हुँदा हुँदा युगैको परिवर्तन भयो । सानीकी आमा पनि अनन्तसँग भेट्न गइहाली, जहाँ गएर कोही पनि फर्कन्न । सानीले आफ्नो माइतकै घरमा त्यही पुरानो व्यवसाय थामी बसी । त्यो लोग्नेकै घरमा भएकी बखत यात्री गइहालेछ कि भन्ने सानीको साह्रै सम्भवनीय शङ्काको टुुङ्गो लाग्यो । त्यसपछि नेपालबाट लाखौं यात्रीहरू त्यही मार्खुको बाटो भई तल मधेसतिर ओर्ले तर ‘त्यो यात्री...!’

‘कहिल्यै त फर्कला ।’ त्यसका निराश आशालाई डोर्‍याउँदै एउटा क्षीण मसिनो धागोको छेउ प्राप्त हुन गयो र त्यसलाई त्यसले लम्ब्याउँदै गई । तर...?  कति सुकुमार, कस्तो सुन्दर, कस्तो लोभ्याउने र कति लामो हुन्छ यो निराश, आशाको मसिनो धागो । त्यस धागोको बदला कसैले त्यसको जीवन, यौवन दुवैको धागो चाँडचाँडै तान्दै गइरहेको थियो; तर सानीलाई यसको पत्तो थियो ? ‘त्यो त आफ्नो अतीतको मनोरम स्मृति, केवल एकदिन मात्रको क्षणिक स्वप्नमा व्याप्त थिई । त्यो स्वप्निल सुकुमारता, त्यो मधुरिमा, प्रथम यौवनको पहिलो उपहारमा कृतज्ञता स्वरुप त्यसले गरेको उत्सर्गको साथ कतै कहिले फेरि पनि आउला ?’ यही विधिलाई नित्य निरनतर नयाँ तुल्याउँदै तह लाइराख्नामा नै त्यो व्यस्त थिई । त्यसलाई जीवनसूत्र तानेको थाहै कसरी हुन्थ्यो र ? प्रेम जीवनको बाटो हो र उत्सर्ग त्यसको अन्तिम लक्ष्य; त्यस लक्ष्यसम्म पुगेपछि पाइन्छ आफ्नो अस्तित्वको विलुप्ति ।

आज मात्रै होइन कि जीवनका अनेकौं भग्न आकाङ्क्षा, सुस्याइरहेको आशा, मुटुको उदासीन पीडा लिई यसले कति कतिपल्ट त्यसै द्वारमा उभिई आशाहीन व्यर्थ प्रतीक्षा गरी, तर त्यो नआएको नआएकै भयो ।

एकदिन साँझको बखत सानी आफ्नो पसल उठाइसकेपछि द्वारमा अन्यमनस्क भई उभिराखेकी थिई । यस्तै अवस्थामा, यस्तै शान्त–क्लान्त सन्ध्याको धमिलोपनामा अनुरागको प्रतीकझैं आएको थियो ‘त्यो यात्री ।’ तर आज मात्रै होइन कि जीवनका अनेकौं भग्न आकाङ्क्षा, सुस्याइरहेको आशा, मुटुको उदासीन पीडा लिई यसले कति कतिपल्ट त्यसै द्वारमा उभिई आशाहीन व्यर्थ प्रतीक्षा गरी, तर त्यो नआएको नआएकै भयो । यस्तो जम्मै मिथ्यास्वागतको उत्तर त्यसले पाएकी थिई– प्राणको तलबाट उम्लने नीरव आर्द्रता र गहभरि आँसु । 

आज पनि त्यो त्यसै उभिइराखी । यात्रीको होइन कि त्यसको चिरपरिचित त्यही आद्रता, त्यही आर्त मूक रुदन र त्यही आँशुको प्रतीक्षा गरिरहेकी थिई र एउटा यौवनपारि पुगिसकेको मानव देहले त्यसको सामुन्ने आइपुगी सोध्यो, “यहाँ बास पाइन्छ ?”

हृदयमा बगिरहेको रक्त थामिन गएजस्तो हुन लाग्यो । एउटा बज्रप्रहार झैं अतीतको मुड्की हानिन गयो ‘ढुक्क’ । आउनेको मुख हेरेको हेरेकै भइछ ‘त्यो सानी ।’

“यहाँ बास पाइन्छ कि पाइँदैन ?” फेरि प्रश्न भयो । सानीको मुख एकपल्ट झन् प्रदीप्त भएर तत्क्षणै कालो निर्जीवझैं भइहाल्यो । त्यसले अन्तरिक्षतिर हेर्दै अत्यन्त कष्टसाथ भनी, “पाइन्छ, भरियाहरू कता छन् ?”

“आउन लागेका छन् ।” यात्रीले एउटा ढुङ्गामा बसेर भन्यो, “धेरै दिन भइसक्यो मधेसबाट नेपाल गएको, फर्कनै सकिनँ । आज बल्ल फर्कन लागेको छु, देख्छु बाटो, पहाड जम्मै नयाँ जस्ता भइसकेका रहेछन् । नेपाल जान लागेको बखत पनि यसै घरमा बास बसेको थिएँ । आज पनि त्यो घर भएदेखि त्यसैमा बसुँला भन्ने विचार गरी घरबाट हिँडेको, बल्ल आइपुगेँ । खोइ त्यो बूढी ? सानीचाहिँ त तिमी नै हौ कि...?”

बज्रादीप कठोर र प्रलय गर्जनभन्दा पनि तीव्र कोलाहलमय त्यस आउनेको उपर्युक्त कुरा सानीको अन्तरमा उत्रिन गयो । त्यो त्रस्त भइहाली । यतिका दिनको दीर्घ प्रतीक्षा, यस्तो रौं–रौंलाई कल्पाइराख्ने नैराश्यको रुदनको अन्तरलाई यस्तरी सजिलोपनामा स्वागत गर्न त्यो तयार थिइन । 

हा मानव ! सानीको यस्तो जीवनव्यापी समस्त आकाङ्क्षा, पीडा, रुदन, नैराश्य, तृष्णा, कल्पना, सुख–दु:ख र समस्त आह्वानको प्रतीक जम्मै तिमी नै हौ, यो तिमीलाई थाहापर्यन्त पनि छैन । तिम्रो यो सजिलो प्रश्नमा, तिम्रो यो अप्रत्याशित आगमनमा, यो जीवनव्यापी कथा समष्टिमा एउटा नारीहृदय के के कति चूर्ण– विचूर्ण भइसकेको छ, तिमी किन, कसरी अनुमान गर्न सक्तछौ ?

सुदूर क्षितिजबाट आएको ध्वनिझैं सानीको मुखबाट निस्क्यो । “अँ, सानी मै हुँ ।”

“हो, मैले चिनिसकेकै थिएँ । तर तिमी...तिमी त...बूढी नै भइसकिछौ ?” आउनेले मुसुमुसु हाँस्तै भन्यो ।

अझसम्म आफ्नो अन्तरमा समाती, आफ्नो आशामा झुण्ड्याइराखेको उमङ्ग, उत्साह र यौवनपर्यन्तलाई यात्रीको त्यही एउटै वाक्यले खाइदियो, “तर तिमी त बूढी भइसकिछौ ।” त्यसपछि त्यो नारी त्यो जीवनपर्यन्तको मूक आशा, त्यो आफैँमा निहित भइरहने गह्रुँगो वेदना त्यो सानी आफ्नो दीर्घ प्रतीक्षामा आफैमा समाप्त भइहाली । 

बल्ल सानीका आँखा उघ्रे । त्यसलाई आफ्नो अङ्ग–प्रत्यङ्गको खुम्चिन लागेको छाला देखेर बितेको दीर्घ समयको सम्झना भयो र झन् प्रत्यक्षमा त्यसले देखी, यात्राको तीन चौथाई पूरा भएर त्यसले पाइछ– आशा समाप्तिको साथसाथै जीवन सन्ध्या पनि आइपुगेको रहेछ । एकै छिनमा त्यसले थाहा पाइ, त्यसको संसारै पुरानो भइसकेको रहेछ । दुनियाँ अर्कै भएको रहेछ । यस वर्तमानसँग त्यस सानीमा कुनै प्रकारको सामञ्जस्य रहेनछ ! सानी शिथिल, क्लान्तझैं हुन गई । उभिइरहनामा शरीर सारै नै गलेको जस्तो भान हुन लाग्यो र त्यसै त्यहीँ द्वारमा थचक्क बसी ।

बिहान हुने बित्तिकै त्यही अतीतकै जस्तो यात्री फेरि हिँडिहाल्यो । त्यसै दिनदेखि त्यसको जीवनको उद्देश्यै हरायो । त्यसले अझसम्म आफ्नो अन्तरमा समाती, आफ्नो आशामा झुण्ड्याइराखेको उमङ्ग, उत्साह र यौवनपर्यन्तलाई यात्रीको त्यही एउटै वाक्यले खाइदियो, “तर तिमी त बूढी भइसकिछौ ।” त्यसपछि त्यो नारी त्यो जीवनपर्यन्तको मूक आशा, त्यो आफैँमा निहित भइरहने गह्रुँगो वेदना त्यो सानी आफ्नो दीर्घ प्रतीक्षामा आफैमा समाप्त भइहाली । तर त्यति मात्रै होइन, आह ! प्राणभन्दा पनि बढ्ता माया गरी तह लाउँदै राखेको त्यसको जीवनव्यापी परिचित, प्रिय त्यो प्रश्न पनि एउटा भयानक विपदको अन्धकारमा विलुप्त हुन गयो– ‘त्यो फेरि फर्कला ?’

रचनाकाल: मार्ग, १९९७