मुलुक डरलाग्दो दुर्घटनामा जान सक्नेः राजनीतिशास्त्री प्रा. कृष्ण खनाल
नेपालका पार्टी मठाधीशहरुको कब्जामा छ ! (भिडियोसहित)

राजनीतिशास्त्री प्राध्यापक कृष्ण खनालले ‘देशको अवस्था खासै नबिग्रिएको तर राजनीति भने सबैभन्दा बिग्रिएको’ बताएका छन् ।
बृहत् नागरिक आन्दोलनले ‘नेताराजको अन्त्य, राजनीतिक दललाई जनउत्तरदायी, पारदर्शी र भ्रष्टाचारविमुख बनाउन तथा गणतन्त्रलाई जनमुखी बनाउन’ माग गर्दै आगामी चैतदेखि थाल्ने सडक आन्दोलनको बारेमा जानकारी दिन आयोजित प्रेस सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
‘‘ड्राइभिङ सिटमा बस्नेहरु नै बिग्रिएपछि गाडी कहाँ कतिखेर दुर्घटनाग्रस्त हुन्छ भन्नै नसकिने बताउँदै प्राध्यापक खनालले मुलुक डरलाग्दो दुर्घटनामा जान सक्ने अवस्था रहेको’ बताए ।
‘अहिलेको अत्यधिक दलीयकरण समस्याको रुपमा रहेको’ प्राध्यापक खनालको भनाइ थियो । ‘दलतन्त्र भनरिहँदा आफूहरुले दलीय शासनको अन्त्य खोजको नभई गतिलो दलतन्त्र खोजेको’ बताउँदै उनले ‘लोकतन्त्रको अभ्यास गर्ने माध्यम दलहरु नै रहेको र दलबिना लोकतन्त्र चल्न नसक्ने’ बताए ।
‘‘अहिले मुलुकमा विभिन्न खालको समस्याहरु विद्यमान रहेको र त्यसको जड अहिले दलभित्र निर्माण भएको नेतृत्व र संरचना नै रहेको’ खनालको भनाइ थियो । उनको भनाइ थियो– ‘त्यसलाई भत्काउनु पर्छ, त्यसलाई नफ्याँकिकन हुँदैन ।’ ‘चुनावमा पार्टी नभई नेता हार्ने’ बनाउँदै खनालले ‘नेपालमा चाहिँ नेता कहिल्यै नहार्ने, पार्टी हार्ने अवस्था रहेको’ उल्लेख गरे । चुनावमा हार्नुको अर्थ नेताले आफ्नो एजेण्डा मतदाताहरुको बीचमा बिक्री गर्न नसकेको हो– उनको भनाइ थियो ।
‘नेताराज शब्द प्रयोग गर्नुको अर्थ पार्टीमा नेता नै चाहिँदैन भन्ने होइन’ भन्दै प्राध्यापक खनालले ‘त्यसको अन्तर्य पार्टीभित्र हामीले अपेक्षागरेअनुसारको नेतृत्व आउनुपर्यो भन्ने हो’ भनी उल्लेख गरे । ‘अहिले नेताहरुले पक्रेर राखेको पार्टीभित्रको अनुत्तरदायी संरचनालाई नागरिकहरुले तोड्नुपर्छ’ भन्दै उनले आफूहरु मुकदर्शक भएर बस्न नसक्ने बताए । ‘पार्टी नभईकन हुँदैन, पार्टी साध्य होइन, साधन हो’– उनको भनाइ थियो । ‘नेपालका पार्टीहरु मठाधीशहरुको कब्जामा छ, त्यसलाई भत्काउनु जरुरी छ’ भन्दै प्राध्यापक खनालले पार्टीको संरचना जनताप्रति उत्तरदायी हुनुपर्ने पनि बताए ।
प्राध्यापक खनालले त्यस अवसरमा व्यक्त गरेका विचारहरुको पूर्ण विवरण तलको भिडियोमाः

दलतन्त्रको ढलिमलीबीच बौरिन खोजिरहेको राजतन्त्रको काँचोवायु !

एक भद्र अवज्ञा जसले अमेरिकाको इतिहास बदल्यो !

अधिनायकवादका समस्याहरु

हिराको हार

अनावश्यक तनाव लिने बानी छ ? यस्तो हुन सक्छ खतरनाक असरहरु !

त्यो फेरि फर्कला ?

मानव सभ्यताको इतिहासलाई आकार दिने नुनको कथा

प्रतिक्रिया