टाढा यात्राका लागि नक्सा
पृथ्वीको रुप कसरी पत्ता लाग्यो ?– १०

जब व्यापारीहरू भित्री समुद्रहरूमा यात्रा गर्थे वा तटीय पानीहरूमा सीमित रहन्थे, अधिकांश कप्तानहरूलाई पृथ्वीको आकार कस्तो छ भन्ने चिन्ता थिएन। तर उनीहरु आफ्नै तटबाट टाढा यात्रा गर्न थालेपछि सतहको आकारलाई विचार नगरी कोरिएका नक्साहरूमा रहेका धेरै गल्तीहरू सुधार गर्न आवश्यक भयो ।
पन्ध्रौं शताब्दी महान् भौगोलिक खोजहरूको समय थियो। जलयात्री जहाजहरू अब समुद्री किनारमै सीमित रहेनन्। तिनीहरू महासागरहरू पार गर्न लागे। यस्ता यात्राहरू अद्भुत साहसका साथ गरिन्थ्यो। किन भन्ने कुरा तपाईं चाँडै नै बुझ्नुहुनेछ।
आजभोलि प्रत्येक देशका विद्यालयका विद्यार्थीहरूले पृथ्वीमा कुनै पनि स्थानको स्थिति दुई निर्देशाङ्क—अक्षांश र देशान्तरद्वारा निर्धारण गर्न सकिने कुरा जान्दछन्। अक्षांश, अर्थात् भूमध्यरेखाबाटको दूरी, डिग्रीमा मापन गरिन्छ, जुन भूमध्यरेखाबाट उत्तर वा दक्षिण ० देखि ९० डिग्रीसम्म हुन्छ।
अक्षांश राति ध्रुव तारा (Polar Star) को उचाइ वा दिउँसो घामको उचाइ नापेर जाँच गर्न सकिन्छ। नाविकहरूले यसको लागि विशेष उपकरणहरू धेरै पहिलेदेखि प्रयोग गर्दै आएका छन्। यी उपकरणहरूलाई षट्कोणमापक (Sextant), उच्चतामापक (Astrolabe) र समकोणमापक (Quadrant) भनिन्छ। तिनले समुद्रमा जहाजको डेकबाट नै आकाशीय पिण्डहरूको उचाइ मापन गर्न सम्भव तुल्याएका थिए।
अक्षांश राति ध्रुव तारा (Polar Star) को उचाइ वा दिउँसो घामको उचाइ नापेर जाँच गर्न सकिन्छ। नाविकहरूले यसको लागि विशेष उपकरणहरू धेरै पहिलेदेखि प्रयोग गर्दै आएका छन्।
तर देशान्तर (Longitude) निर्धारण गर्न भने केही जटिल थियो। देशान्तर भनेको हामी रहेको मध्यान्तर रेखा (meridian) को समतल र प्रमुख मध्यान्तर रेखा (Prime Meridian) को समतलबीचको कोण हो। प्रमुख मध्यान्तर रेखा भनेको ग्रेट ब्रिटेनको ग्रीनविच वेधशाला (Greenwich Observatory) भएर जाने र शून्य (०) रूपमा परिभाषित गरिएको मध्यान्तर रेखा हो।यसलाई शून्य देशान्तर रेखा मानिएको छ ।
शून्य देशान्तर रेखाले संसारलाई पश्चिमी र पूर्वी गोलार्ध (Western and Eastern Hemispheres) मा विभाजन गर्छ, जबकि भूमध्य रेखाले पृथ्वीलाई दुई भागमा बाँड्छ, प्रत्येक १८०° डिग्रीको। (स्मरण रहोस् कि पूरै घेरा ३६०° डिग्री हुन्छ)। यसरी मेरिडियनहरू, जुन पूर्व वा पश्चिम १° देखि १८०° डिग्रीसम्म क्रमाङ्कन गरिएका छन्, प्राइम मेरिडियनको पूर्व र पश्चिम दिशामा देशान्तर निर्धारण गर्छन्।
तर खुला समुद्रमा कसरी देशान्तर पत्ता लगाउने त? यसको उत्तर फेला पार्न धेरै शताब्दी लाग्यो। प्रारम्भिक समुद्री यात्रीहरू केवल अक्षांश निर्धारण गर्न सक्थे।
नाविकहरूले आफ्नो मार्ग कसरी तय गर्थे भन्ने कुरा रोचक छ। कल्पना गर्नुहोस्, यदि पोर्चुगलबाट समुद्र पार गरेर कुनै निश्चित टापुमा पुग्न दक्षिण-पश्चिम दिशा पक्रनुपर्ने भयो भने, कप्तानले गन्तव्य बन्दरगाहको अक्षांशमा दिउँसो घामको उचाइ पहिचान गर्थे। उनी कम्पासको सहायताले सीधा दक्षिणतर्फ यात्रा गर्थे, जबसम्म पहिचान गरिएको दिउँसोको घाम उचाइ देखिन्नथियो। त्यसपछि कप्तानले जहाजलाई ९०° डिग्री पश्चिम मोड्ने आदेश दिन्थे र दिउँसो घामको उचाइ जाँच गर्दै सही अक्षांशमा रहेर टापु पुग्ने गर्थे ।
पोर्चुगलबाट समुद्र पार गरेर कुनै निश्चित टापुमा पुग्न दक्षिण-पश्चिम दिशा पक्रनुपर्ने भयो भने, कप्तानले गन्तव्य बन्दरगाहको अक्षांशमा दिउँसो घामको उचाइ पहिचान गर्थे।
यदि तपाईंले चेस खेल्नुहुन्छ भने, यो प्रक्रिया घोडा (knight) को चालजस्तै देखिन्छ। तर स्पष्ट रूपमा, यो कुनै जहाजका लागि सबैभन्दा छोटो मार्ग होइन। धेरै देशका सरकारले विशेष आयोगहरू गठन गरे र समुद्रमा देशान्तर निर्धारण गर्ने व्यावहारिक विधिका लागि ठूलो पुरस्कारको घोषणा गरे।तर कसैले पनि सही उत्तर फेला पार्न सकेनन्। सुझाइएका सबै विधिहरू या त सही परिणाम दिने खालका थिएनन् वा अत्यधिक जटिल थिए ।
यो समस्या तबसम्म समाधान भएन, जबसम्म जहाजी घडी (Chronometer) को आविष्कार भएन। क्रोनोमिटर एक अत्यन्तै शुद्ध जहाजको घडी हो, जसले पूरै यात्राभर शून्य देशान्तररेखाको समय (Greenwich Mean Time) ठ्याक्कै कायम राख्न सक्छ। त्यस घडीको सहायताले ग्रीनविच मध्य समय (GMT) र स्थानीय समयको भिन्नता गणना गर्न सकिन्थ्यो। त्यस आधारमा कप्तानहरुले देशान्तर पत्ता लगाउन थाले । किनभने मानिसहरूले कुनै पनि स्थानमा दिउँसो ठीक १२ बजेको समय (स्थानीय समय) पहिचान गर्ने तरिका प्राचीन कालदेखि नै जान्दथे।
तर अर्को समस्या थियो—गोलो पृथ्वीको निर्देशाङ्कलाई समतल सतह, अर्थात् नक्सामा कसरी सार्ने? समतल कागजमा सही नक्सा कसरी कोर्ने त?
फुटबल वा बेलुनको छाला फैलाएर टेबलमा राख्न प्रयास गर्नुहोस्। तपाईं चाँडै नै बुझ्नुहुनेछ कि यसलाई पूर्ण रूपमा समतल पार्ने एक मात्र उपाय यसलाई टुक्राटुक्रा काट्नु हो। र जतिजति पट्टीहरू साँघुरा हुन्छन्, त्यति नै राम्ररी उनीहरू मिल्छन्।
अर्को समस्या थियो—गोलो पृथ्वीको निर्देशाङ्कलाई समतल सतह, अर्थात् नक्सामा कसरी सार्ने? समतल कागजमा सही नक्सा कसरी कोर्ने त?
तर कसले नक्सालाई चाउचाउ जस्तो काटेर प्रयोग गर्न चाहन्छ र? त्यसो गर्दा नक्सा उपयोग गर्न निकै गाह्रो हुन्थ्यो। यद्यपि, कुनै समय यस्तो नक्सा पनि प्रयोग गरिएको थियो। ती नक्साहरू साँघुरा टुक्राहरूमा कोरिएका थिए, मानौँ तिनलाई कुनै ग्लोबबाट च्यातेर झिकिएको हो। मानिसहरूले वक्र सतहलाई चित्रण गर्ने अनेक उपाय अपनाए। अन्ततः नक्सा निर्माण—कार्टोग्राफी—आफैंमा एक विज्ञान बन्यो।
कुनै वक्र सतहलाई पूर्ण रूपमा समतल बनाउन सकिँदैन। त्यसैले नक्साविद्हरू (cartographers) ले यो चुनौती समाधान गर्ने प्रयास गरे। तिनले धेरै प्रकारका प्रक्षेपण (projections) का विधिहरू विकास गरे। कसैले भूमध्य रेखाको लम्बाइ जस्ताको तस्तै राखे तर टाढा जाँदा त्यसलाई परिवर्तन गरे। कसैले देशान्तर रेखाहरू (meridians) अपरिवर्तित राखे तर महाद्वीपहरूको आकार र क्षेत्रफल विकृत गरिदिए। केहीले महाद्वीपहरूको वास्तविक अनुपात जोगाउने प्रयास गरे, तर…।
तपाईंले विभिन्न प्रक्षेपणहरू चित्रमा देख्न सक्नुहुन्छ। ध्यान दिएर ती हेरौँ।
सायद तपाईंमध्ये कोही भविष्यमा जहाजका कप्तान बन्न सक्नुहुन्छ। त्यस्तो भएमा, यी प्रक्षेपणहरूमध्ये केही सम्झनु आवश्यक पर्नेछ...
यस श्रृङ्खलाका लेखहरु
भाग १ |
|
भाग २ |
|
भाग ३ |
जब चीन नै सम्पूर्ण पृथ्वी हो भन्ने भाष्य स्थापित गर्न खोजियो ! |
भाग ४ |
|
भाग ५ |
|
भाग ६ |
|
भाग ७ |
|
भाग ८ |
|
भाग ९ |
संसार परिक्रमा गर्ने पहिलो समुद्री यात्रा, जसले पृथ्वी गोलो छ भन्ने प्रमाणित भयो ! |

'प्राकृतिक छनौटद्वारा जातिहरूको उत्पत्ति' - संक्षिप्त अध्ययन

के छाला जिउँदो हुन्छ?

पेन्सिलिन: संयोगवश भएको एउटा महान आविष्कार !

चिनियाँ एआई डीपसिकको झट्का

क्वान्टम सिद्धान्त र द्वन्द्वात्मक भौतिकवाद

३३ अर्ब सूर्य बराबरको ब्लाकहोल पत्ता लाग्यो !

ला नीना र त्यसले पार्ने सम्भाव्य नकारात्मक असरहरु

प्रतिक्रिया