उखालिएका खम्बाहरु

वाक्कदिक्क भएर एक दिन राजाले घोषणा गरे– नाफाखोरहरूलाई बिजुलीको खम्बामा झुण्ड्याइनेछ।

बिहान हुनेबित्तिकै मानिसहरू बिजुलीका खम्बाहरू नजिक भेला भए। उनीहरूले खम्बाहरूको पूजा गरे, आरती उतारे र टीका लगाए।

साँझसम्म उनीहरू प्रतीक्षा गरिरहे कि अब नाफाखोरहरूलाई झुण्ड्याइनेछ, अब झुण्ड्याइनेछ। तर कसैलाई पनि झुण्ड्याइएन।

मानिसहरू जुलुस लिएर राजाकहाँ गए र भने, “महाराज, तपाईंले त भन्नुभएको थियो कि नाफाखोरहरूलाई बिजुलीका खम्बामा झुण्ड्याइनेछ, तर खम्बाहरू त उस्तै ठडिएका छन्, अनि नाफाखोरहरू त मगनमस्त छन्।”

राजाले भने, “मैले बोलेपछि अवश्यै झुण्ड्याइनेछ। अलिकति समय लाग्छ। झुण्ड्याउनका लागि फन्दाहरू चाहिन्छ। मैले फन्दा बनाउन आदेश दिइसकेको छु। त्यो बन्नेबित्तिकै सबै नाफाखोरहरूलाई बिजुलीका खम्बामा झुण्ड्याइनेछ।”

“महाराज, तपाईंले त भन्नुभएको थियो कि नाफाखोरहरूलाई बिजुलीका खम्बामा झुण्ड्याइनेछ, तर खम्बाहरू त उस्तै ठडिएका छन्, अनि नाफाखोरहरू त मगनमस्त छन्।”

भीडबाट एक जनाले भन्यो, “तर फन्दा बनाउने ठेक्का पनि त नाफाखोरले नै लिएको छ !”

राजाले भने, “त्यसले के फरक पर्छ? उसलाई उसकै फन्दाले झुण्ड्याइनेछ।”

त्यसैबेला अर्को व्यक्तिले भन्यो, “तर ऊ त भन्दै थियो कि फाँसी दिने ठेक्का पनि म नै लिन्छु।”

राजाले जवाफ दिए, “त्यस्तो हुँदैन। फाँसी दिने कुरा अझै निजी उद्योग बनेको छैन।”

मानिसहरूले सोधे, “त्यसो भने कति दिनपछि उनीहरू झुण्ड्याइनेछ?”

राजाले भने, “आजबाट ठीक सोह्रौँ दिनमा तिमीहरूले नाफाखोरहरूलाई बिजुलीका खम्बामा झुण्डिएको देख्नेछौ।”

मानिसहरूले दिन गन्न थाले।

सोह्रौँ दिन बिहान उठेर मानिसहरूले हेर्दा सबै बिजुलीका खम्बाहरू उखेलिएका थिए। उनीहरू आश्चर्यचकित भए— न कुनै आँधी आयो, न कुनै भूकम्प गयो, तैपनि खम्बाहरू कसरी उखेलिए?

उनीहरूले खम्बा नजिकै एक मजदुर उभिएको फेला पारे। ती व्यक्तिले रातारात मजदुरहरू लगाएर खम्बाहरू उखेलिएको कुरा बताए।

मानिसहरूले उसलाई समातेर राजाकहाँ लगे।

उनीहरूले गुनासो गरे, “महाराज, तपाईंले त नाफाखोरहरूलाई बिजुलीका खम्बामा झुण्ड्याउनेवाला हुनुहुन्थ्यो, तर रातभरमा सबै खम्बाहरू उखेलिए। हामीले यो मजदुरलाई समातेका छौँ। ऊ भन्छ कि राति खम्बाहरू उखेलिएको हो।”

राजाले मजदुरलाई सोधे, “के हो, कसको आदेशले तिमीहरूले खम्बा उखेल्यौ?”

सोह्रौँ दिन बिहान उठेर मानिसहरूले हेर्दा सबै बिजुलीका खम्बाहरू उखेलिएका थिए। उनीहरू आश्चर्यचकित भए— न कुनै आँधी आयो, न कुनै भूकम्प गयो, तैपनि खम्बाहरू कसरी उखेलिए?

उसले भन्यो, “सरकार, ओभरसियर साहबले आदेश दिनुभएको थियो।”

त्यसपछि ओभरसियरलाई बोलाइयो।

राजाले सोधे, “के हो, तिमीलाई थाहा थिएन, मैले आज नाफाखोरहरूलाई बिजुलीका खम्बामा झुण्ड्याउने घोषणा गरेको थिएँ?”

ओभरसियरले भन्यो, “थाहा थियो सरकार!”

"अनि किन तिमीले रातारात खम्बाहरू उखाल्न लगायौ? ”

"सरकार, इन्जिनियर साहबले हिजो साँझ आदेश दिनुभएको थियो कि रातभरमै सबै खम्बाहरू उखेल्नुपर्छ।”

अब इन्जिनियरलाई बोलाइयो। उनले भने– ‘‘बिजुली इन्जिनियरले उनलाई आदेश दिएका थिए कि राति सबै खम्बाहरू उखालिनुपर्छ।”

जब बिजुली इन्जिनियरलाई झिकाएर सोधपुछ गरियो, उनले हात जोड्दै भने, ‘‘सचिव साहेबको आदेश थियो।”

राजाले विभागीय सचिवलाई सोधे, ‘‘खम्बा उखाल्ने आदेश तिमीले दिएका थियौ? ”

सचिवले स्वीकार गरे, ‘‘हो सरकार!’’

सचिवले भने, ‘‘सरकार, पूरै शहरको सुरक्षाको प्रश्न थियो। यदि राति खम्बाहरू हटाइएन भने आज पूरै शहर नष्ट हुनेवाला थियो!”

राजाले भने, ‘‘म आज यी खम्बाहरू नाफाखोरहरूलाई झुण्ड्याउन प्रयोग गर्नेवाला छु भन्ने थाहा हुँदाहुँदै पनि तिमीले यस्तो दुस्साहस किन गर्यौ?’’

सचिवले भने, ‘‘सरकार, पूरै शहरको सुरक्षाको प्रश्न थियो। यदि राति खम्बाहरू हटाइएन भने आज पूरै शहर नष्ट हुनेवाला थियो!”

राजाले सोधे, ‘‘तिमीलाई यो कुरा कसरी थाहा भयो? कसले भनेको थियो तिमीलाई ? ”

सचिवले भने, ‘‘विशेषज्ञले सुझाव दिएका थिए कि शहर जोगाउन चाहन्छौं भने बिहान हुनु अघि नै खम्बाहरू उखाल्नुपर्छ।”

राजाले सोधे, ‘‘यो विशेषज्ञ को हो? भरपर्दो मान्छे त हो? ”

सचिवले भने, ‘‘एकदमै भरपर्दो मान्छे हो सरकार। घरकै मान्छे हो। मेरो साला हो। म उहाँलाई हजूरको सामुन्ने पेश गर्छु।”

विशेषज्ञले निवेदन गरे, ‘‘सरकार, म विशेषज्ञ हुँ र म भूमि तथा वातावरणको हलचलबारे विशेष अध्ययन गर्छु। मैले परीक्षण गरेर पत्ता लगाएको छु कि जमिनमुनि भयानक विद्युतीय प्रवाह घुमिरहेको छ। मलाई यो पनि थाहा भयो कि आज त्यो बिजुली हाम्रो शहरमुनि भएर जान्छ। तपाईंहरूलाई महसुस भएको छैन होला, तर म जान्दछु कि अहिले हामीमुनि एक भयानक बिजुली प्रवाहित भइरहेको छ।

 ‘‘यदि बिजुलीका खम्बाहरू जमिनमा गाडिइरहेका हुन्थे भने, त्यो बिजुली खम्बाहरू हुँदै माथि आउँथ्यो र हाम्रो पावरहाउसको बिजुलीसँग ठोक्किन्थ्यो।
त्यसपछि भयंकर विस्फोट हुन्थ्यो। हजारौँ बिजुली एकैचोटि शहरमा खस्नेथियो। त्यसपछि न कुनै जीवित प्राणी बाँकी रहन्थ्यो, न कुनै भवन ठडिएको अवस्थामा रहन्थ्यो।

मानिसहरू धेरैबेर अचम्भित बनेर उभिइरहे। उनीहरूले नाफाखोरहरूलाई पूरै बिर्सिए। उनीहरू त्यस संकटको कल्पनाले स्तब्ध भए, जसको कल्पना उनीहरूलाई गराइएको थियो।

‘‘मैले तुरुन्तै सचिव साहबलाई यो कुरा बताएँ र उहाँले सही समयमा उचित कदम चालेर पूरै शहर जोगाउनु भयो।"”

मानिसहरू धेरैबेर अचम्भित बनेर उभिइरहे। उनीहरूले नाफाखोरहरूलाई पूरै बिर्सिए। उनीहरू त्यस संकटको कल्पनाले स्तब्ध भए, जसको कल्पना उनीहरूलाई गराइएको थियो।

जीवन जोगिएको अनुभूतिले उनीहरू दबिएका थिए । उनीहरु चुपचाप घरतर्फ फर्किए।

त्यसै हप्तामा बैंकमा निम्न नामहरूमा निम्नानुसारको रकम जम्मा भए—

सचिवकी पत्नीको नाममा— २ लाख रुपैयाँ; श्रीमती बिजुली इन्जिनियर— १ लाख; श्रीमती इन्जिनियर— १ लाख; श्रीमती विशेषज्ञ— २५ हजार; श्रीमती ओभरसियर— ५ हजार।

त्यसै हप्तामा ‘‘नाफाखोर संघ" को खातामा निम्न रकम ‘‘धर्मार्थ" शीर्षकमा दाखिला गरियो—
कुष्ठरोगीहरूको सहायताको लागि दान— २ लाख रुपैयाँ; विधवाश्रमलाई— १ लाख; क्षयरोग अस्पताललाई— १ लाख; पागलखानालाई— २५ हजार; अनाथालयलाई— ५ हजार।