सरगमाथाभन्दा माथिको उचाइमा उड्ने मौरी !
शीर्षक देख्दा पत्याउन गाह्रो भयो होला तर यो कुरा सत्य हो । मौरीको एक प्रजाति अल्पाइन बम्बलबीहरू (bumblebees) ले सगरमाथाभन्दा माथि उड्न सक्छ र उनीहरुले उडेरै सगरमाथालाई पार गर्न पनि सक्छ ।
शोधकर्ताहरू माइकल डिलन र रोबर्ट डड्लीले चीनको सिचुआन प्रान्तमा पाइने तथा सामान्यतया १०,००० फिटभन्दा माथि बसोबास गर्ने उक्त प्रजातिहरुको बारेमा अध्ययन गर्ने क्रममा उक्त कुरा पत्ता लागेको हो ।
उनीहरुले त्यस प्रजातिको मौरीमाथि प्रयोगशालामा अध्ययन गरेका थिए । प्रयोग गरेका थिए। सगरमाथाको उचाइको अवस्था नक्कल गर्नका लागि उनीहरुले दबाव कक्ष (pressure chamber) निर्माण गरेका थिए । त्यस अध्ययनको क्रममा उनीहरुले केही अल्पाइन बम्बलबी मौरीहरूले २९,५२७ फिट बराबरको उचाइमा पनि उड्न सक्ने पाएका थिए । संसारकै सबैभन्दा अग्लो हिमालभन्दा माथिको उचाइमा हावा पातलो हुन्छ र अक्सिजनको स्तर पनि कम हुन्छ । त्यस्तो प्रतिकूल अवस्थामा पनि बम्बलबीले त्यस उचाइमा उड्न सक्नु असाधारण कुरा हो ।
यी मौरीहरूले कसरी त्यस्तो प्रतिकूल उचाइमा पनि उड्न सक्यो भन्ने कुरा भन्ने बुझ्न अनुसन्धानकर्ताहरुले उच्च गतिको क्यामेरा प्रयोग गरेर उनीहरूको पखेटा चलाउने गतिलाई विश्लेषण गरे। त्यसक्रममा अनौठो के देखियो भने, मौरीहरूले पखेटा छिटो छिटो हैन, बरु गहिरो चापमा चलाए । त्यसले गर्दा प्रत्येक पटक पखेटा चलाउँदा धेरै हावालाई समेट्न मद्दत पुर्यायो र उड्ने क्षमतालाई बढायो।
अनुसन्धानकर्ताहरुको विश्लेषणमा यस किसिमको अनुकूलन (adaptation) उनीहरूको प्राकृतिक वातावरणमा सहायक भएको देखिन्छ, जसले शिकारीबाट छिटो भाग्न र भारी पराग वा अमृत बोक्न सजिलो बनाउँछ।
तर, एउटा रहस्य अझै बाँकी छ: यी धेरै मात्रामा ऊर्जा खर्च गर्ने ती मौरीहरूले यति कम अक्सिजनमा आफ्नो द्रुत चयापचय (rapid metabolism) कसरी कायम राख्छन्?
त्यसका बारेमा भने थप अध्ययनहरुले मात्रै पत्ता लाग्न सक्छ । उक्त अध्ययनमा संलग्न डिलन र डड्लीले यी असाधारण उड्ने क्षमताका भित्री शारीरिक रहस्यहरू पत्ता लगाउन थप अध्ययन गर्ने योजना बनाएका छन्।
प्रतिक्रिया