संसार परिक्रमा गर्ने पहिलो समुद्री यात्रा, जसले पृथ्वी गोलो छ भन्ने प्रमाणित भयो !
पृथ्वीको रुप कसरी पत्ता लाग्यो ?– ९
एउटा अरब भूगोलविद्को चाँदीको नक्सा
सिसिली न्यानो भूमध्यसागर क्षेत्रमा रहेको ठूलो टापु हो। त्यस टापुको पालेर्मो शहरमा एक जना अरब भूगोलविद् र विद्वान् बस्ने गर्थे। उनको नाम अबू अब्दुल्लाह मोहम्मद इब्न-इद्रिसी थियो र उनी धनी मानिसका छोरा थिए। उनले धेरै वर्ष अध्ययन गरे र धेरै ठाउँ घुमे। उनी अत्यन्त ज्ञानी व्यक्तिका रूपमा प्रसिद्ध भए ।
सिसिलीका राजा रोजर दोस्रोको दरवार पनि पालेर्मोमा शहरमा थियो । राजा रोजर उत्तर-पश्चिमी युरोपको नर्म्यान्डीबाट आएका थिए, तर उनका बुबाले उनलाई सिसिलीको न्यानो हावापानीमा ल्याएका थिए। राजा रोजरलाई उत्तरी देशहरूको बारेमा राम्रो ज्ञान थियो र उनी यसमा गर्व पनि गर्थे। साथै, उनलाई भूगोल मन पर्थ्यो। (प्राय यस्तो हुन्छ पनि, हामी जुन कुरामा कुशल छौं, त्यही कुरा हामीलाई सबैभन्दा बढी मनपर्छ !)
राजाले ती विद्वान् भूगोलविद्को बारेमा सुने। मानिसहरू भन्थे, दक्षिणी भूमिहरूको ज्ञान उनी जत्ति कसैलाई थिएन। त्यसैले रोजरले आफ्ना दरवारियाहरुमार्फत् इब्न-इद्रिसीलाई दरबारमा निम्त्याए र उनीहरूलाई सँगै नक्सा बनाउन प्रस्ताव गरे। राजा रोजरलाई उत्तरी र इब्न-इद्रिसीलाई दक्षिणी भूमिहरूको ज्ञान थियो। यसरी उनीहरूले मिलेर मानिसले बसोबास गरेका संसारको सबैभन्दा ठूलो, सही र विस्तृत नक्सा बनाउन सक्थे।
एउटा पुरानो भनाइ छ: तपाईं र मसँग एक/एक वटा स्याउ छ र हामीले साटासाट गर्यौं भने, हामीसँग फेरि पनि एक/एक वटा स्याउ हुनेछ। तर यदि तपाईं र मसँग एक/एक वटा विचार छ र साटासाट गर्यौं भने, हामीसँग दुई/दुई वटा विचार हुनेछ।
विचार र ज्ञान अद्भुत चीजहरू हुन्। ती परीकथाको "नखर्चिने सिक्का" जस्ता हुन्छन्, जुन पटक-पटक प्रयोग गर्न सकिन्छ र पनि त्यो कहिल्यै सकिँदैन।
एउटा पुरानो भनाइ छ: तपाईं र मसँग एक/एक वटा स्याउ छ र हामीले साटासाट गर्यौं भने, हामीसँग फेरि पनि एक/एक वटा स्याउ हुनेछ। तर यदि तपाईं र मसँग एक/एक वटा विचार छ र साटासाट गर्यौं भने, हामीसँग दुई/दुई वटा विचार हुनेछ।
इब्न-इद्रिसीले राजासँग काम गर्न सहमति जनाए। किनभने त्यसपछि उनीहरू दुबैसँग दोब्बर ज्ञान हुनेवाला थियो।
त्यसपछि विशाल नक्साका लागि कुन सामग्री प्रयोग गर्ने भन्नेबारे राजाले परामर्श गरे ! पक्कै पनि कागज उपयुक्त थिए । अनि, त्यो लामो समयसम्म टिक्दैन पनि। अरब विद्वानले के भने भन्ने कुरा हामीलाई थाहा छैन। तर, हामीलाई थाहा छ कि राजाले आफ्नो खजानाको सबै चाँदी पगाल्न र चाँदीका कामदारहरूले बनाउन सक्ने सबैभन्दा ठूलो गोलाकार प्लेट बनाउने आदेश दिए। (याद गर्नुहोस्, अरब भूगोलविद्हरूले संसारलाई समतल र गोलाकार मान्थे)। अनि, त्यो अद्भुत नक्सा त्यसमा सधैंका लागि अंकित गरियोस्!
राजाको वचन नै कानुन हुन्थ्यो। चाँदीका कामदारहरू काममा जुटे। जब प्लेट तयार भयो, त्यसलाई भूगोलविद्को अध्ययन कक्षमा पुर्याउन चार जना खटिनु पर्यो । अबू अब्दुल्लाह मोहम्मद इद्रिसीले त्यसपछि आफूलाई र राजा रोजरलाई थाहा भएका भूमिहरूका आकारहरू अमूल्य चाँदीमा कोर्न, खोप्न, टकसाल गर्न र छाप्न पन्ध्र वर्ष आफ्नो समय बिताए ।
हामीले यसको बारेमा केही पनि थाहा पाउने थिएनौं, यदि इब्न-इद्रिसीले साधारण कागजमा प्रतिलिपि बनाएका थिएनन् भने। ती प्रतिलिपिहरूले मानिसहरूलाई भरपर्दो रूपमा सेवा गरे र अहिलेको समयसम्म टिकेका छन्। अब तपाईं के ठान्नुहुन्छ, चाँदी टिकाउ भयो कि साधारण कागज?
राजा रोजरको मृत्यु नक्सा पूरा हुनु अघि नै भयो। तर भूगोलविद्ले आफ्नो काम जारी राखे। नक्सा उनीहरूले आशा गरेजस्तै उत्कृष्ट बन्यो—सबै देशहरू, पहाडहरू, समुद्र र नदीहरू, सबै मरुभूमिहरू स्पष्ट रूपमा देखिन्थे। र नक्साको लागि उत्कृष्ट वर्णनसहितको कुँजी पनि लेखिएको थियो।
तर, दु:खद कुरा, राजा र भूगोलविद्ले एउटै गल्ती गरेका थिए। चाँदी त्यति टिकाउ सामग्री थिएन। जब राजाका उत्तराधिकारीहरूलाई पैसाको आवश्यकता पर्यो, चाँदीको नक्सा वेपत्ता पारिए । हामीले यसको बारेमा केही पनि थाहा पाउने थिएनौं, यदि इब्न-इद्रिसीले साधारण कागजमा प्रतिलिपि बनाएका थिएनन् भने। ती प्रतिलिपिहरूले मानिसहरूलाई भरपर्दो रूपमा सेवा गरे र अहिलेको समयसम्म टिकेका छन्। अब तपाईं के ठान्नुहुन्छ, चाँदी टिकाउ भयो कि साधारण कागज?
अरब भूगोलविद्को नक्सामा बाह्रौं शताब्दीमा संसारबारे थाहा भएका सबै कुरा समावेश गरिएको थियो। तर, त्यस समयमा ज्ञान सीमित थियो, त्यसैले त्यसमा धेरै कुरा कल्पित पनि समावेश गरिएका थिए। जब मानिसहरूलाई कुनै कुरा थाहा हुँदैन, तिनीहरूले प्रायः आफ्नो सोचाइअनुसार त्यसलाई भरिदिन्छन्।
इब्न-इद्रिसी र राजा रोजरको नक्सामा धेरै यस्ता कुरा समावेश गरिएका थिए, जुन कहिल्यै अस्तित्वमा थिएनन्। तर, हामी अहिले आठ शताब्दीपछि ती गल्तीहरू देख्न सक्छौं, त्यो समयमा भने कसैले पनि ती कुराबारे प्रश्न उठाउएका थिएनन् ।
घरमै बस्नेहरूका लागि नक्सा
कहीँ कतै नगइ बस्ने मानिसहरूसँग सीमित प्रश्नहरू हुन्छन्। या त उनीहरूले सारा संसार आफू बस्ने टोल जस्तै हो भनेर ठान्छन्, या त कुनै पनि कथा, चाहे त्यो कति अनौठो नै किन नहोस्, पत्याउँछन्।
यस नक्सालाई हेर्नुहोस्। यो नक्सा भिक्षुहरूले घरमै बस्नेहरूका लागि बनाएका थिए—तिनीहरूका लागि जो यात्रा गर्न चाहँदैनथे, बरु खान, पिउन र ढाँट्नेहरू र गफाडीहरूको असम्भव कथा सुन्न रुचाउँथे।
त्यसमा एक खुट्टे मानिसको कथा थियो। तर उनी अपांग होइन। भारतको कुनै टाढाको भागमा बस्ने, एक खुट्टे जातिको कथा, जुन एक यात्रीले भिक्षुहरूलाई सुनाएका थिए।
भिक्षुहरूले घरमै बस्नेहरूका लागि अनेक प्रकारका कथाहरू संकलन गरे र तिनका लागि नक्सा तयार पारे। यस्तो नक्सा कि सबैभन्दा मूर्ख र साहसी मानिसले पनि यात्रा सुरु गर्नुअघि दुईपटक सोच्ने थिए।
त्यसमा एक खुट्टे मानिसको कथा थियो। तर उनी अपांग होइन। भारतको कुनै टाढाको भागमा बस्ने, एक खुट्टे जातिको कथा, जुन एक यात्रीले भिक्षुहरूलाई सुनाएका थिए। ती मानिसहरू निकै छिटो दूरी पार गर्न सक्थे। र जब पानी पर्थ्यो, उनीहरूले आफ्नो खुट्टा माथि उठाएर छाताको रूपमा प्रयोग गर्थे।
यी अनौठा कथावालाहरूका अनुसार भारत कुकुरको टाउको भएका मानिसहरू, घोडाको खुट्टा भएका मानिसहरू, र मुखै नभएको एउटा दयनीय जातिको समेत बासस्थान थियो । यी अन्तिम जातिका मानिसहरू गंगाको किनारमा बस्थे र गन्धको भरमा बाँच्ने गर्थे । जब तिनीहरूले यात्रा सुरु गर्थे, तिनीहरूले आफ्ना कपडाभित्र एउटा स्याउ लुकाउँथे, जसले गर्दा स्याउको गन्ध टिकिरहन्थ्यो।
यस हास्यास्पद नक्सामा विभिन्न प्रकारका डरलाग्दा प्राणीहरू, राक्षसहरू, बामपुड्केहरू, दैत्यहरू र परीकथाहरू र किंवदन्तीका ड्रागनहरू थिए। त्यसैले घरमा सुरक्षित बसेका मानिसहरूले यी डरलाग्दा राक्षसहरूको बारेमा कुरा गर्न सक्थे, जसले विदेशी भूमिहरूमा यात्रीहरूको प्रतीक्षा गरिरहेका थिए।
भिक्षुहरूका अनुसार, अफ्रिकामा एउटा यस्तो जाति थियो जसका मानिसहरूको टाउको नै थिएन, तर तिनीहरूको आँखा, नाक र कान छातीमा हुन्थ्यो। अनि नक्सामा यस्ता दैत्यहरू थिए, जसका कान यति ठूला थिए कि तिनीहरूले तिनलाई सिरकजस्तो ओढ्न सक्थे। त्यस्तै, ठूलो ओठ भएको जातिले आफ्नो तल्लो ओठलाई घामछेक्ने वस्तुको रूपमा प्रयोग गर्न सक्थ्यो।
यस हास्यास्पद नक्सामा विभिन्न प्रकारका डरलाग्दा प्राणीहरू, राक्षसहरू, बामपुड्केहरू, दैत्यहरू र परीकथाहरू र किंवदन्तीका ड्रागनहरू थिए। त्यसैले घरमा सुरक्षित बसेका मानिसहरूले यी डरलाग्दा राक्षसहरूको बारेमा कुरा गर्न सक्थे, जसले विदेशी भूमिहरूमा यात्रीहरूको प्रतीक्षा गरिरहेका थिए।
मध्य युगमा पनि, केही साक्षर मानिसहरूले कहिलेकाहीं दार्शनिकहरूको पुस्तकहरूको अनुवाद पढ्थे जसले प्राकृतिक घटनाहरू कसरी परमेश्वरको हस्तक्षेप बिना नै घट्न सक्छ भनेर बताएका हुन्थे। समय बित्दै जाँदा, मानिसहरूले थप जानकारी संकलन गरे। र प्रायः तथ्यहरूले ती पवित्र लेखनहरूमा उल्लेखित पृथ्वीको समतल हुने भनाइलाई चुनौती दिइरहेका थिए।
त्यसपछि त्यो घटना आयो जसले अन्ततः पृथ्वी गोलो भएको प्रमाणित गर्यो।
१५१९ को सेप्टेम्बर २० मा, पाँचवटा स्पेनी जहाजहरू ग्वादलकिविर नदीको मुहानबाट प्रस्थान गरी एटलान्टिक समुन्द्र पार गर्दै क्यानरी टापु र ब्राजिलतर्फ गइरहेका थिए। तिनीहरूको ध्वजावाहक जहाज 'ट्रिनिडाड' मा अभियानका कमाण्डर फर्डिन्यान्ड म्यागेलान सवार थिए। उनले स्पेनका राजा सामु प्रतिज्ञा गरेका थिए कि उनले पश्चिमतर्फको यात्रा गरेर सुदुरपूर्वका मसलाका टापुहरूमा पुग्नेछन्।
तीन वर्षपछि, १५२२ को सेप्टेम्बर ६ मा, अभियानको केवल एकमात्र बाँकी जहाज, 'विक्टोरिया', हेल्म्सम्यान जुआन सेबास्टियन डे एल्कानोको कमाण्डमा ग्वादलकिविर नदीमा फर्कियो। यो नै संसारलाई परिक्रमा गर्ने पहिलो समुद्री यात्रा थियो । यसले अन्ततः प्रमाणित गर्यो कि पृथ्वी गोलो छ।
यस श्रृङ्खलाका लेखहरु
भाग १ |
|
भाग २ |
|
भाग ३ |
जब चीन नै सम्पूर्ण पृथ्वी हो भन्ने भाष्य स्थापित गर्न खोजियो ! |
भाग ४ |
|
भाग ५ |
|
भाग ६ |
|
भाग ७ |
|
भाग ८ |
प्रतिक्रिया