चीन, भारत र ब्रिक्स: पुटिनको एसियासँगको मित्रता र पश्चिमलाई चुनौती

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो वार्षिक पत्रकार सम्मेलन गरेका छन्। हरेक वर्षको अन्त्यतिर प्रत्यक्ष प्रसारण गरिने यो सम्मेलनमा पुटिनले रुसको आन्तरिक र अन्तर्राष्ट्रिय मामिलाका बारेमा आफ्नो विचार व्यक्त गर्ने गर्दछन्। साढे तीन घण्टा सम्म चलेको सम्मेलनमा पुटिनले केही महत्वपूर्ण विचारहरू व्यक्त गरेका छन्।

अर्थतन्त्र

अर्थतन्त्रको बारेमा बोल्दै पुटिनले भने, यस वर्ष रुसको अर्थतन्त्र ४% ले बढ्ने सम्भावना छ। रुसमा मुद्रास्फीति ९% भए पनि आर्थिक स्थिति स्थिर नै रहेको छ। पुटिनका अनुसार अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूका अनुसार क्रय शक्ति समता (PPP) मा रुस संसारमा चौथो स्थानमा रहेको छ। चीन, अमेरिका र भारत मात्र हामीभन्दा अगाडि रहेका छन्, जबकि रुस जर्मनी र जापानभन्दा अगाडि छ।

सिरिया

सिरियामा बसर अल-असदको सत्ता ढल्नुबारे बोल्दै पुटिनले भने, यो रुसको हार नभएको उनले जनाए। यसमा सिरियाली सेनामा लड्न सक्ने इच्छाशक्तिको अभाव रहेको उनको ठम्याइ थियो। सिरियाको एलेप्पो सहरलाई करिब ३०,००० सिरियाली सेनाले रक्षा गरिरहेकोमा करिब ३५० जना विद्रोहीले आक्रमण गर्दा सरकारी सेना र सरकार समर्थक इरानी मिलिसियाहरू भागेको उनले बताए। पुटिनका अनुसार रुसले सिरियाबाट ४,००० इरानी लडाकुहरूलाई उद्धार गरेर राजधानी तेहरान पुर्‍याएको थियो। सिरियास्थित रुसका सैनिक अखडाहरूको भविष्यबारे बोल्दै पुटिनले भने, "हामीले त्यहाँ नियन्त्रण गरिने समूहसँग सम्बन्ध कायम गरेका छौँ। त्यस्तै, त्यो क्षेत्रमा रहेका सबै पक्षसँग हामी संवादमा छौँ। उनीहरू सिरियामा हाम्रो सैनिक अखडाहरू कायम रहोस् भन्ने पक्षमा छन्।"

ट्रम्पबारे

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबारे बोल्दै पुटिनले भने, "बिगत चार वर्ष यता उनीसँग कुराकानी भएको छैन। म कुनै पनि समय ट्रंपसँग वार्ताका लागि तयार छु।"

युक्रेन युद्धबारे

पुटिनका अनुसार युक्रेनसँगको युद्धमा नाटकीय रूपमा बदलाव आएको छ। पूरै अग्रमोर्चामा हलचल भइरहेको छ। "हामीले विशेष सैन्य अभियान सुरु गर्दा राखिएका लक्ष्यहरू प्राप्त गर्ने दिशामा हामी अगाडि बढिरहेका छौँ। युक्रेनसँग शान्ति वार्ताबारे बोल्दै उनले भने, "हामी संवाद र सम्झौताका लागि तयार छौँ। अर्को पक्ष यसको लागि तयार छैन।"

ओरेशनिक हाइपरसोनिक मिसाइलबारे

ओरेशनिक हाइपरसोनिक मिसाइलबारे बोल्दै पुटिनले पश्चिमलाई चुनौती दिँदै भने, "उनीहरूले आफ्ना एयर डिफेन्स र मिसाइल डिफेन्सहरू त्यहाँ केन्द्रित गरून्। हामी त्यहाँ ओरेशनिक मिसाइलले आक्रमण गर्नेछौँ। के हुने रहेछ, हामी यसको लागि तयार छौँ। के उनीहरू तयार छन्?"

चीन र भारतबारे

पुटिनका अनुसार एसियामा रुसका धेरै मित्रहरू छन्, जसमा चीन र भारत सामेल छन्। चीनबारे बोल्दै उनले थप भने, "चीनसँगको सम्बन्धको तह र गुणस्तर हाम्रो पूरा इतिहासमा कहिल्यै नरहेको विन्दुमा पुगेको छ।"

ब्रिक्सबारे

पुटिनका अनुसार, "ब्रिक्समा हामी कसैका विरुद्ध काम गरिरहेका छैनौँ। बरु आफ्नो र संगठनका सदस्यहरूको हितमा काम गरिरहेका छौँ। यो संस्था तीव्र गतिमा विस्तार भइरहेको छ। धेरै देशहरूले यसमा सहभागी हुने इच्छा व्यक्त गरेका छन्।"

इरान विरुद्धको युद्ध:  डुबिरहेको वर्चश्वशाली शक्तिको कथा

इरान विरुद्धको युद्ध:  डुबिरहेको वर्चश्वशाली शक्तिको कथा

पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव

पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव

अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक विकल्प

अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक व…

क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजनाहरू सार्वजनिक

क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजना…

अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वारा हस्ताक्षर

अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वा…

मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध

मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध

कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?

कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?

सि जिनपिङको उत्तर कोरियाली युद्ध स्मारक भ्रमणले जगायो ‘अनन्त ऐतिहासिक स्मृति’

सि जिनपिङको उत्तर कोरियाली युद्ध स्मारक भ्रमणले जगायो ‘अनन्त ऐतिहासिक स्मृति’