इजरायल-हिजबुल्लाह युद्धविराम: दुई महिने सहमति र चुनौतीहरू

इजरायलले बेरुतमा हवाइ हमला गरी गरेको विध्वंशको दृश्य

इजरायल र लेबनानी समूह हिजबुल्लाहबीच अमेरिका र फ्रान्सको मध्यस्थतामा भएको युद्धविराम सुरु भएको छ। एक वर्षदेखि छिटपुट रूपमा र दुई महिनादेखि पूर्ण रूपमा हिजबुल्लाह र इजरायलबीच युद्ध चलेको थियो। यस युद्धमा इजरायलको बमबारीले ठूलो संख्यामा लेबनानी जनता जनधनको क्षतिमा परेका छन्। त्यस्तै, हिजबुल्लाहको रकेट आक्रमणका कारण इजरायलमा पनि करिब ५० हजार मानिस विस्थापित भएका थिए। हिजबुल्लाह नेताहरूले पनि यो सम्झौतामा प्रारम्भिक समर्थन जनाएका छन्।

हिजबुल्लाह र इजरायलबीच भएको सहमति अनुसार ६० दिनको लागि युद्धविराम लागू हुनेछ। यसअन्तर्गत इजरायली सेना लेबनानबाट फिर्ता हुनेछन्। त्यस्तै, हिजबुल्लाहले पनि आफ्ना लडाकुहरूलाई दक्षिणी लेबनानमा इजरायली सीमाबाट पछाडि हटाउनेछ। तर, इजरायलले अझै पनि यो कुरामा जोड दिएको छ कि यदि हिजबुल्लाहले सम्झौताको उल्लङ्घन गरेमा उसलाई आक्रमण गर्ने अधिकार हुनेछ। लेबनानले भने यस प्रावधानको कडा विरोध गरेको छ।

यस युद्धविराम सम्झौताअनुसार लेबनानको लितानी नदीको दक्षिणपट्टि ५००० लेबनानी सेना तैनाथ हुनेछन्। साथै, त्यहाँ संयुक्त राष्ट्रका शान्ति सैनिकहरूको पनि तैनाथी हुनेछ। अमेरिकाको नेतृत्वमा एक अन्तर्राष्ट्रिय निगरानी समूहले दुवै पक्षले सम्झौताको सर्तहरूको इमानदारीपूर्वक पालना गरिरहेका छन् कि छैनन् भन्ने कुरामा निगरानी गर्नेछ।

यो युद्धविराम सम्झौताप्रति टिप्पणी गर्दै हिजबुल्लाहले भनेको छ कि यो सम्झौतामा उसको समर्थन इजरायलले पुनः आक्रमण नगर्ने आश्वासनमा निर्भर हुनेछ।

Image: https://apnews.com

इरान विरुद्धको युद्ध:  डुबिरहेको वर्चश्वशाली शक्तिको कथा

इरान विरुद्धको युद्ध:  डुबिरहेको वर्चश्वशाली शक्तिको कथा

पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव

पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव

अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक विकल्प

अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक व…

क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजनाहरू सार्वजनिक

क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजना…

अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वारा हस्ताक्षर

अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वा…

मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध

मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध

कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?

कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?

सि जिनपिङको उत्तर कोरियाली युद्ध स्मारक भ्रमणले जगायो ‘अनन्त ऐतिहासिक स्मृति’

सि जिनपिङको उत्तर कोरियाली युद्ध स्मारक भ्रमणले जगायो ‘अनन्त ऐतिहासिक स्मृति’