विकलांग श्रद्धाको युग
भरखर भरखरै एक जना मानिसले मेरो खुट्टा ढोगेर गयो। म तीव्र गतिमा श्रद्धेय बन्दैछु, जस्तै विवाहपछि कुनै चतुर महिला फुर्तीसाथ पतिव्रता हुन् थाल्छिन् । जहिले तहिले कसैले मेरो खुट्टामा ढोग्छ, यस्तो हर्कत अघिल्ला केही महिनादेखि भैरहेको छ । पहिले यस्तो हुँदैनथ्यो। हो, एक पटक भएको थियो, तर त्यो कुरा त्यत्तिकै समाप्त भयो।
धेरै वर्षअघि एउटा साहित्यिक समारोहमा मेरै उमेरका एक जना सज्जनले सबैको अगाडि मेरो खुट्टा ढोगे । सामान्यतया खुट्टा ढोग्नु अश्लील व्यवहार जस्तो एक्लो अवस्थामा नै गरिन्छ । तर ती सज्जनले सार्वजनिक रूपमा नै यो गरे। त्यसपछि मैले छेउछाउ उभिएका मानिसहरूलाई गर्वका साथ हेरेँ— 'हे साङ्ग्लाहरु हो, ल हेर, म श्रद्धेय भएँ। तिमीहरु कलम घोटिबस।...' तर त्यतिखेरै ती श्रद्धालुले मेरो सारा अहंकार चकनाचुर पारिदियो। उनले भने, “आफ्नो त नियम नै यस्तो छ, गाई, ब्राह्मण र कन्याको खुट्टा ढोग्नैपर्छ।” अर्थात् उनले मलाई ठूला लेखक मानिरहेका थिएनन्, ब्राह्मण ठानेका थिए।
त्यतिखेरै ती श्रद्धालुले मेरो सारा अहंकार चकनाचुर पारिदियो। उनले भने, “आफ्नो त नियम नै यस्तो छ, गाई, ब्राह्मण र कन्याको खुट्टा ढोग्नैपर्छ।” अर्थात् उनले मलाई ठूला लेखक मानिरहेका थिएनन्, ब्राह्मण ठानेका थिए।
श्रद्धेय बन्ने मेरो इच्छा त्यही क्षण मरेको थियो। त्यसपछि मैले श्रद्धेयहरूको दुर्दशा पनि देखें। मेरा एक साथी पीएचडीका लागि अनुसन्धान गर्दै थिए। डक्टरेट अध्ययन र ज्ञानले होइन, प्राध्यापकहरूको कृपाले पाइने कुरा हो। प्राध्यापकहरूको कृपाले यति धेरै 'डाक्टर' भएका छन् कि बच्चाहरूले खेल्दा ढुङ्गा फ्याँके भने पनि कुनै न कुनै डाक्टरलाई लागिहाल्छ।
एक पटक चौबाटोमा ढुङ्गा हानाहान भयो। पाँचजना घाइते भएर अस्पताल भर्ना भए, र ती पाँचैजना हिन्दीका 'डाक्टर' थिए। अस्पतालमा नर्सहरूले आफ्ना डाक्टरहरूलाई बोलाउँदा— 'डाक्टर साहब,' भनेर बोलाउँथिन्। तर बोलिहाल्थे यी हिन्दीका डाक्टर।
डक्टरेट अध्ययन र ज्ञानले होइन, प्राध्यापकहरूको कृपाले पाइने कुरा हो। प्राध्यापकहरूको कृपाले यति धेरै 'डाक्टर' भएका छन् कि बच्चाहरूले खेल्दा ढुङ्गा फ्याँके भने पनि कुनै न कुनै डाक्टरलाई लागिहाल्छ।
मैले आफैँ ढोग्ने बहानामा केही मानिसहरूको खुट्टा तानेको छु। धोइदिने बहानामा लङ्गौटी चोरेको छु। श्रद्धेय बन्नुको भयावहता मैले राम्ररी बुझिसकेको थिएँ। नत्र म समर्थ हुँ। मैले आफूलाई कहिलेको श्रद्धेय बनाइसक्थेँ।
मेरो आफ्नै शहरमा कलेजका एकजना प्राध्यापक थिए। उनले आफ्नो नामपट्टिमा आफैँले 'प्राध्यापक' लेख्न लगाएका थिए। त्यही बेला मैले बुझेको थिएँ— यो भद्दापन भित्र नै महानताको संकेत लुकेको छ। ती प्राध्यापक पछि मुम्बई गए र त्यहाँ आफूलाई 'भगवान रजनीश' बनाए। आजकल उनी भद्दापनबाट सुरु गरेर मान्यताप्राप्त भगवान् भएका छन्। मैले पनि आफ्नो नामपट्टिमा नामको अगाडि ‘पण्डित’ लेखाएको हुन्थे भने उहिल्यै ‘पण्डितजी’ कहलाइसक्थें ।
म सोच्छु, मानिसहरूले अहिले मेरो खुट्टा किन ढोग्न थालेका होलान्? यो श्रद्धा एक्कासि कसरी जन्मियो? बितेका केही महिनामा मैले त्यस्तो खास के गरें र ? न त केही विशेष लेखेको छु, न कुनै साधना गरेको छु। समाजको लागि कुनै कल्याणकारी काम पनि गरेको छैन। न दाह्री पालेको छु, न गेरुआ वस्त्र धारण गरेको छु। प्रौढता पनि आएको छैन। तर मानिसहरू भन्छन्, "यिनी त वयोवृद्ध हुन्," र खुट्टा ढोग्छन्।
आजकल उनी भद्दापनबाट सुरु गरेर मान्यताप्राप्त भगवान् भएका छन्। मैले पनि आफ्नो नामपट्टिमा नामको अगाडि ‘पण्डित’ लेखाएको हुन्थे भने उहिल्यै ‘पण्डितजी’ कहलाइसक्थें ।
यदि कोही कमिना छन् भने, उनीहरूको कमिनापनको उमेर पनि ६०-७० वर्षको भइसक्छ। मानिसहरू वयोवृद्ध कमिनापनको पनि खुट्टा ढोग्छन्। मेरो कमिनापन अझै श्रद्धाको लायक भएको छैन।
यो वर्षभरि मेरो एउटै तपस्या छ— खुट्टा भाँचिएर अस्पतालमा ढलेको छु। हड्डी जोडिए पनि दुखाइका कारण खुट्टा फुर्तीका साथ तन्काउन सक्दिनँ। मानिसहरूले मेरो यो असहायताको अनुचित फाइदा उठाएर छिटोछिटो मेरो खुट्टा ढोग्छन्।
अनि म आरामका लागि प्रायः फलैचामा पल्टिएको हुन्छु। फलैचा यस्तो पवित्र आसन हो, जहाँ सुतेका दुष्टात्माका पनि खुट्टा ढोग्न मन लाग्छ। के मेरो भाँचिएको खुट्टाबाट दुखाइसँगै श्रद्धा पनि जन्मिएको हो? यदि हो भने यो विकलांग श्रद्धा हो।
मानिसहरू सोच्दा होलान्, "यसको खुट्टा भाँचिएको छ। यो असमर्थ भइसकेको छ। दयनीय छ। जाऔँ, यसलाई श्रद्धा दिऔँ।"
मलाई थाहा छ, देशमा अहिले जुन वातावरण छ, त्यसमा श्रद्धाको खुट्टा भाँचिएको छ। यही कारणले मलाई पनि यो विकलांग श्रद्धा दिइँदैछ। मानिसहरू सोच्दा होलान्, "यसको खुट्टा भाँचिएको छ। यो असमर्थ भइसकेको छ। दयनीय छ। जाऔँ, यसलाई श्रद्धा दिऔँ।"
हो, बिरामी अवस्थाबाट कहिलेकाहीँ श्रद्धा निस्किन्छ। म एउटा साथीको साथमा साहित्य र समाजका एकजना सेवकलाई भेट्न गएको थिएँ। जब ती सेवक उठे, मेरो साथीले उनका खुट्टा ढोग्यो। बाहिर निस्केपछि मैले साथीलाई सोधेँ, “यार, तिमी किन उनको खुट्टा ढोग्न थाल्यौ?” साथीले भन्यो, “तिमीलाई थाहा छैन, उनलाई डायबिटीज भएको छ।” अब यदि डायबिटीजले श्रद्धा पैदा गर्न सक्छ भने भाँचिएको खुट्टाले पनि गर्न सक्छ। यसमा केही अनौठो छैन।
मानिसहरूले बिरामी अवस्थाको फाइदा नउठाएको कहाँ देखिन्छ र? मेरा एकजना साथी बिरामी परेका थिए। जसै कुनै स्त्री उनलाई भेट्न आउँथिन्, उनी टाउको समातेर कराउन थाल्थे। स्त्रीले सोध्थिन्, “के टाउको दुखेको छ?”
उनी भन्थे, “हो, टाउको फुट्न लागेको जस्तो छ।” त्यसपछि स्त्रीले सहजै उनको टाउको मालिस गर्न थाल्थिन्।
तर उनकी श्रीमतीले यो चाल बुझिन्। उनले भनिन्, “किन र स्वामी, जब कुनै स्त्री तिमीलाई भेट्न आउँछिन्, त्यही बेला मात्र तिम्रो टाउको किन दुख्न थाल्छ?”
साथीले यथोचित उत्तर दिए, “तिमीप्रति मेरो यति धेरै निष्ठा छ कि परस्त्रीलाई देख्दा मेरो टाउको दुख्न थाल्छ। जान प्रीत-रस यति नै हो। (जान प्रीत-रस इतनेहु माहीं।)”
श्रद्धा ग्रहण गर्न पनि एउटा विधि हुन्छ। म अझै सहजै श्रद्धा ग्रहण गर्न सक्दिनँ। अनौठो अनुभव हुन्छ। अहिले म 'पार्ट टाइम' श्रद्धेय मात्र हुँ।
दोस्रो मानिस दुविधामा थियो। उसले निर्णय गर्न सकिरहेको थिएन, मेरो खुट्टा ढोगुँ कि नढोगुँ । भिखारीले जस्तो मैले उसलाई हेरिरहेको थिएँ ।
हिजो दुईजना मानिस आए। कुरा गरिसकेर उठ्दै गर्दा तिनीहरूमध्ये एकजनाले मेरो खुट्टा ढोग्न हात अगाडि बढायो। हामी दुबै सिकारु थियौँ। न उसलाई खुट्टा ढोग्न आउँथ्यो, न मलाई खुट्टा ढोगाउन। जसरी भए पनि उसले मेरो खुट्टा ढोग्यो।
तर दोस्रो मानिस दुविधामा थियो। उसले निर्णय गर्न सकिरहेको थिएन, मेरो खुट्टा ढोगुँ कि नढोगुँ । भिखारीले जस्तो मैले उसलाई हेरिरहेको थिएँ ।
ऊ अलिकति झुक्यो। मेरो आशा जाग्यो । तर ऊ फेरि सीधा भयो।म निराश भएँ । उसले फेरि हिम्मत गरेर झुक्न खोज्यो।मेरो खुट्टा फड्फडाउन सुरु भयो। फेरि ऊ असफल भयो।अन्ततः उसले नमस्ते गरेर मात्र विदा लियो।
बाहिर गएर उसले आफ्ना साथीलाई भन्यो होला, “तिमी पनि यार, कस्ता तुच्छहरूका खुट्टा ढोग्न थाल्छौ।”तर साथीले उत्तर दिएको होला, “काम निकाल्न उल्लुसँग यसैगरी गर्नुपर्छ।”
म दिनभर ग्लानीमा डुबिरहेँ। म हीनता बाट पीडित भइरहे।
उसले मलाई श्रद्धाको लायक ठानेन।
तर यो ग्लानी साँझमा मेटियो, जब एकजना कविले मेरो खुट्टा ढोगे। त्यस समयमा एक जना मित्र पनि सँगै थिए।
खुट्टा ढोगेपछि कविले मेरो मित्रलाई भने, “मैले साहित्यमा जे सिकेको छु, त्यो परसाईजीबाटै हो ।”
पछि लाग्नेहरूले त पतिव्रतालाई पनि चरित्रहीन बनाइदिन्छन्। मेरा यी श्रद्धालुहरू मलाई पक्का श्रद्धेय बनाउन कस्सिएका छन्।
तर मलाई थाहा छ, त्यो कविलाई सम्मेलनहरूमा हुटिङ गरिन्छ। मेरो शिक्षाको परिणाम यही हो? मैले लाजले आफूलाई जुत्ता हान्नुपर्थ्यो।तर म खुशी थिएँ।
उसले मेरो खुट्टा ढोगेको थियो।
अझै कच्चै छु।पछि लाग्नेहरूले त पतिव्रतालाई पनि चरित्रहीन बनाइदिन्छन्। मेरा यी श्रद्धालुहरू मलाई पक्का श्रद्धेय बनाउन कस्सिएका छन्। मैले पक्का सिद्ध-श्रद्धेयहरू देखेको छु। सिद्धहरू मकरध्वज जस्ता हुन्छन्। उनीहरूको बनावट नै फरक हुन्छ।उनको अनुहार, आँखा यस्ता हुन्छन्, जसले स्वाभाविक रूपमा मान्छेलाई आकर्षित गर्छ। खुट्टा यस्ता कि मानिसले आफैं झुक्न मन लागोस्। उनीहरूको सम्पूर्ण व्यक्तित्वमै 'श्रद्धेय' लेखिएको हुन्छ। मलाई यस्ता मानिसहरू ठूला मुर्खजस्ता लाग्छन्। तर तिनीहरू पक्का श्रद्धेय हुन्छन्।
यस्तै एकजना सिद्ध-श्रद्धेयका घर म साथीको साथ लागेर गएको थिएँ।
साथीले उनका खुट्टा ढोगे। ती सिद्धले तीव्र ठण्डीमा मा पनि श्रद्धालुहरूको सुविधाका लागि आफ्ना खुट्टा ओढ्ने बाहिर राखेका थिए।
मैले उनका खुट्टा ढोगिनँ। नमस्ते गरेर मात्र बसेँ।
त्यसपछि चमत्कार भयो। हुन त उनलाई आफूलाई श्रद्धाको योग्य नठानिएकोमा हीनताको अनुभव हुनुपर्थ्यो। तर उल्टो भयो।
श्रद्धेय बन्ने यो हल्का इच्छासंगै मेरो डर अझै कायम छ। श्रद्धेय बन्नुको अर्थ हो— 'नन पर्सन' अर्थात् 'अव्यक्ति' बन्नु।
उनले मलाई हेरे। र मलाई नै हीनताको अनुभव हुन थाल्यो—
"हरे, म यति अधम छु कि आफैंलाई उनको पवित्र खुट्टालाई छुन लायक पनि ठानिनँ।" म सोच्छु, यस्तो बाध्य तुल्याउने प्रभाव म जस्तो हल्काफुल्का श्रद्धेयमा कहिले आउने होला।
श्रद्धेय बन्ने यो हल्का इच्छासंगै मेरो डर अझै कायम छ। श्रद्धेय बन्नुको अर्थ हो— 'नन पर्सन' अर्थात् 'अव्यक्ति' बन्नु। श्रद्धेय त्यो हुन्छ, जसले सबै कुरा हुन दिन्छ। कुनै चिजको विरोध गर्दैन।जबकि व्यक्तिको, चरित्रको चिनारी यो हो कि उसले के कुराको विरोध गर्छ।
मलाई यस्तो लाग्छ, मान्छेहरूले मसँग भन्छन्—"अब तिमी कुनामा बस। तिमी दयनीय छौ। तिम्रो लागि सबै कुरा आफैं हुँदै जानेछ।तिमी कुनै कारण बन्नु पर्दैन।यहाँसम्म कि झिँगा पनि हामी आफैं धपाउने छौँ।"
अहिले देशमा श्रद्धाको कुनै युग छ र ? अहिले जस्तो वातावरण छ, त्यसमा कसैलाई पनि श्रद्धा राख्न संकोच लाग्नेछ ।श्रद्धा अहिले पुराना अखबारझैं रद्दीमा बेचिंदैछ।
र, अहिले देशमा श्रद्धाको कुनै युग छ र ? अहिले जस्तो वातावरण छ, त्यसमा कसैलाई पनि श्रद्धा राख्न संकोच लाग्नेछ ।श्रद्धा अहिले पुराना अखबारझैं रद्दीमा बेचिंदैछ। विश्वासको फसललाई तुषारोले सखाप पारेको छ।
इतिहासमा सायद कुनै जातिलाई यसरी श्रद्धा र विश्वासबाट हीन बनाइएको थिएन होला।
जुन नेतृत्वमा श्रद्धा थियो, त्यसलाई नाङ्गो बनाइँदै छ।जुन नयाँ नेतृत्व आएको छ, त्यो उन्मादमा आफ्नो कपडा आफैं फुकाल्दै छ।केही नेता त कट्टुमा मात्रै छन् । कानूनमाथिको विश्वास हरायो।अदालतमाथिको विश्वास खोसियो । बुद्धिजीवीहरुको नश्ल माथि नै शंका गरिदैछ ।डाक्टरहरूलाई बिरामी उत्पन्न गराउनेवाला साबित गरिँदैछ । कहीँ कुनै श्रद्धा छैन। कुनै विश्वास छैन।
म आफ्ना श्रद्धालुहरूलाई भन्न चाहन्छु—"यो खुट्टा ढोग्ने मौसम होइन,यो लात हान्नु पर्ने मौसम हो।एक लात हानेर क्रान्तिकारी बन!"
परसाईको चर्चित व्यंग्य कृति ‘विकलांग श्रद्धा का दौर’ बाट साभार अनुदित ।
Image source: https://i.ytimg.com
प्रतिक्रिया