गाजाका युद्ध अपराध: अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा नेतन्याहु र ग्यालन्टविरुद्ध पक्राउ आदेश

अन्तर्राष्ट्रिय फौजदारी अदालत (ICC) ले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र पूर्व रक्षामन्त्री याओव ग्यालन्ट विरुद्ध गाजामाथि इजरायलको आक्रमणका क्रममा भएका मानवताविरोधी अपराध र युद्ध अपराधका लागि पक्राउ आदेश जारी गरेको छ।

अन्तर्राष्ट्रिय अदालतको वक्तव्यमा इजरायली नेताहरूले "गाजाका नागरिकहरूलाई उनीहरूको जीविका चलाउन अपरिहार्य वस्तुहरू—जस्तै खाद्य, पानी, औषधि, इन्धन र बिजुली—जानाजानी र सोचविचारपूर्वक वञ्चित गरेको" आरोप लगाइएको छ।

हमासका सैन्य कमाण्डर मोहम्मद देइफविरुद्ध पनि पक्राउ आदेश जारी गरिएको छ, यद्यपि इजरायली सेनाले देइफलाई जुलाईको हवाई आक्रमणमा मारेको दाबी गरेको छ। त्यस्तै इस्माइल हानियाह र यह्या सिनवारविरुद्धका पक्राउ आदेशहरू इजरायलले ती दुई नेताको हत्या गरेपछि हटाइएका थियो।

इजरायल र अमेरिका दुवै अन्तर्राष्ट्रिय फौजदारीअदालत (आईसीसी)का सदस्य होइनन्। अझ इजरायलले त् अदालतको क्षेत्राधिकारलाई मान्न समेत अस्वीकार गरेको छ। यस्तै इजरायलले गाजामा युद्ध अपराध गरेको आरोप समेत अस्वीकार गर्दछ।

अन्तर्राष्ट्रिय अदालतको यो निर्णय प्रति टिप्पणी गर्दै इजरायलका पूर्वप्रधानमन्त्री नफ्ताली बेनेटले नेतान्याहु र गालान्तका लागि जारी पक्राउ पुर्जीलाई आईसीसीका लागि "लज्जाको चिन्ह" भनेका छन्।

Image: https://ynet-pic1.yit.co.il

इरान विरुद्धको युद्ध:  डुबिरहेको वर्चश्वशाली शक्तिको कथा

इरान विरुद्धको युद्ध:  डुबिरहेको वर्चश्वशाली शक्तिको कथा

पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव

पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव

अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक विकल्प

अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक व…

क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजनाहरू सार्वजनिक

क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजना…

अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वारा हस्ताक्षर

अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वा…

मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध

मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध

कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?

कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?

सि जिनपिङको उत्तर कोरियाली युद्ध स्मारक भ्रमणले जगायो ‘अनन्त ऐतिहासिक स्मृति’

सि जिनपिङको उत्तर कोरियाली युद्ध स्मारक भ्रमणले जगायो ‘अनन्त ऐतिहासिक स्मृति’