इजरायली नरसंहारविरुद्ध विरोध प्रदर्शन हुने

इजरायलले मच्चाइरहेको नरसंहारको ताण्डव विरुद्ध नेपालमा  आगामी कात्तिक २५ गते राजधानीमा सर्वपक्षीय विरोध प्रदर्शनको आयोजना गरिने भएको छ ।

सोही तयारीको सिलसिलामा प्रगतिशील रुपान्तरण आन्दोलनको संयोजनमा मिति २०८१ कार्तिक १३ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीको सिद्धिचरण हलमा इजरायलको बर्बर नरसंहार विरुद्ध सर्वपक्षीय विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेकपा (मसाल), राष्ट्रिय जनमोर्चा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा ( बहुमत ), नेपाल समाजवादी पार्टी (नयँशक्ति), जनता समाजवादी पार्टी,नेपाल, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय क्रन्तिकारी मोर्चा नेपाल, बृहत नागरिक आन्दोलन, सामाजिक दायित्वका लागि चिकित्सकहरू, पिपुल्स हेल्थ मुभमेण्ट,नेपाल विभिन्न ट्रेड युनियन संगठन तथा महासंघ, नेपाल फर प्यालेस्टाइन पिपुल, प्यालेस्टाइन सोलिडारिटी नेपाल, मानव अधिकारवादी संगठन र व्यक्तित्वहरु बौद्धिक व्यक्तित्वहरू, मिडिया प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रमले इजरायलको बर्बर नरसंहार विरुद्ध संघर्षका निमित्त सम्पूर्ण सहभागी पार्टी, नागरिक समाज, संघ संस्थाहरु र विभिन्न व्यक्तित्वहरुको प्रतिनिधित्व रहने गरेर एउटा संयन्त्रको गठन गर्ने निर्णय समेत गरेको थियो ।

सम्बन्धित समाचार

गाजा र लेवनानमा इजरायली बर्बरता ‘युद्ध अपराध’को तहमा: नेपालका प्रगतिशीलहरु विरोधमा उत्रिए !

इजरायली अत्याचारविरुद्धको साझा पहल

बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची: प्रविधिको व्यापक प्रयोगमा जोड

बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची: प्रविधिको व्यापक प्रयोगमा जोड

नेपालमा वामपन्थी आन्दोलनको भविष्यबारे अन्तरक्रिया: फासीवादको खतराप्रति वक्ताहरूको चिन्ता

नेपालमा वामपन्थी आन्दोलनको भविष्यबारे अन्तरक्रिया: फासीवादको खतराप्रति वक्ताहरू…

बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: शीतल निवासमा शपथ ग्रहण

बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: शीतल निवासमा शपथ ग्रहण

किम जोङ-उन उत्तर कोरियाको सर्वोच्च नेतामा पुनः निर्वाचित

किम जोङ-उन उत्तर कोरियाको सर्वोच्च नेतामा पुनः निर्वाचित

इरान–अमेरिका तनाव र युद्धको स्थिति: वार्ता भइरहेको ट्रम्पको दावीको इरानद्वारा खण्डन

इरान–अमेरिका तनाव र युद्धको स्थिति: वार्ता भइरहेको ट्रम्पको दावीको इरानद्वारा …

दार्शनिक जुर्गेन हेबरमासको निधन: संवाद र तर्कको एउटा युग अन्त्य

दार्शनिक जुर्गेन हेबरमासको निधन: संवाद र तर्कको एउटा युग अन्त्य

नेकपा (एमाले) मा गम्भीर धक्का: संरचनात्मक शल्यक्रिया र ‘विशेष महाधिवेशन’को प्रस्ताव

नेकपा (एमाले) मा गम्भीर धक्का: संरचनात्मक शल्यक्रिया र ‘विशेष महाधिवेशन’को प्र…

प्रख्यात मार्क्सवादी इतिहासकार डा. के.एन. पनिक्करको निधन

प्रख्यात मार्क्सवादी इतिहासकार डा. के.एन. पनिक्करको निधन