विद्युत महसूस विवाद: ‘उद्योगीलाई छुट दिने वा दबाब दिने प्रयास अनुचित’ !
लोडसेडिङको बेला विशेष सुविधासहित विजुली उपभोग गरेका बिजुलीको रकम तिर्नेबारेको विवाद सघन बन्दै गइरहेको छ । प्राधिकरण व्यवस्थापन, विशेष गरी कुलमान घिसिङ जसरी पनि रकम तिराउने कुरामा दृढ देखिएका छन् । त्यसका लागि उनले बिजुलीको रकम नतिर्ने उद्योगहरुको लाइन काट्न थालिसकेका छन् ।अर्कोतिर सरकार भने उद्योगीहरुको लाइन त्यसरी काट्दा अर्थतन्त्र र रोजगारीमा असर पुग्ने भन्दै त्यसका विरुद्धमा देखिएका छन् ।
यो विवाद बढ्दै जाँदा सत्तापक्षबाट कुलमान घिसिङलाई नै हटाउने खालको अभिव्यक्तिहरु पनि आउन थालेका छन् । यो स्थितिमा पूर्व उर्जा एवं अर्थमन्त्री समेत रहिसकेका माओवादी नेता वर्षमान पुनले पनि कुलमान घिसिङको पक्षमा आफूलाई उभ्याएका छन् ।
कात्तिक १२ गते सोमबार उनले फेसबुकमा एक लमो स्टाटस लेख्दे उनले भनेका छन्– ‘पूर्वऊर्जामन्त्री/अर्थमन्त्री, प्रमुख प्रतिपक्षी दलको जिम्मेवार सदस्य र जनप्रतिनिधिका हैसियतले जनचासोको यति गम्भीर र अहम् सवालमा मौन बस्नु उचित नहुने ठानेर आफ्ना धारणा सार्वजनिक गरेको छु ।’
नेता पुनले सर्वसाधारणलाई १८ घण्टा लोडसेडिङमा राख्दा पनि उद्योगीहरूले २४ घण्टा विद्युत् उपयोग गरेर महसुल नतिरेको भन्दै आपत्ति जनाएका छन्। पूर्व ऊर्जा तथा अर्थमन्त्री समेत रहेका पुनले सोमबार सामाजिक सञ्जालमा धारणा सार्वजनिक गर्दै ‘डेडिकेटेड र ट्रंक लाइन सेवाका लागि तोकिएको महसुल नतिर्ने उद्योगीमाथि विद्युत चोरीको अभियोगमा कारबाही हुनसक्ने’ चेतावनी समेत दिएका छन्।
पुनले उद्योगीहरूलाई तोकिएको महसुल समयमै तिर्न र किस्ताबन्दीको सुविधा लिएर पनि महसुल चुक्ता गर्न आग्रह गरेका छन्। सर्वसाधारणले लामो समय लोडसेडिङ खेप्दा उद्योगहरूले ३१५ मेगावाटसम्मको विद्युत् उपभोग गरेको यथार्थलाई उद्योगी र सरकारमा रहेका व्यक्तिहरूले नबिर्सिनुपर्ने उनले स्मरण गराएका छन्।
उनले अधिकांश उद्योगीहरू अदालत गए पनि विभिन्न अदालतहरूले प्राधिकरणको नियमअनुसार महसुल तिर्न आदेश दिएको र यसलाई बेवास्ता गर्नु गलत भएको बताएका छन्। अदालतले समेत महसुल तिर्न आदेश दिइसकेकाले अब उद्योगीलाई छुट दिने वा दबाब दिने प्रयास अनुचित रहेको पुनको भनाइ छ।
उनले निजी क्षेत्रले नेपालको जलविद्युत् क्षेत्रमा ठूलो लगानी गरेको र यसमा सर्वसाधारणको सेयर पनि संलग्न भएकाले केही उद्योगीको अटेरीका कारण यो लगानी जोखिममा नपार्न आग्रह गरे।
पुनको पोष्ट यस्तो छ:
प्रतिक्रिया