अन्तर्राष्ट्रिय घटना सन्दर्भमा हामी कहाँ छौं र कहाँ हुनेछौं?
महापण्डित राहुल सांकृत्यायन अनुसार युद्वमा असभ्यहरुले विजय हासिल गर्ने गर्दछन्। किनभने, जोड जबरजस्ति जो गर्नुपर्ने हुन्छ, सभ्य मानिसले सक्दैन। असभ्य र कपट मानिसबाट नै त्यस्तो जबरजस्ति सम्भव हुन्छ। त्यसैले विगत माओवादी जनयुद्वमा जेनेभा सन्धि पालनाको कुरा सशक्त रुपमा उठाइएको थियो कि युद्व सभ्यतापूर्वकको होस्। अन्यथा अन्तर्राष्ट्रिय अदालतको सजायको भागिदार बन्नु पर्नेछ! तर, के तत्कालीन शासकहरुले जेनेभा सन्धि पालना गरे, गराए होलान? पछाडि फर्केर हेर्दा प्रश्नै प्रश्नका चिन्ह देखिन्छन। तत्सम्बन्धमा तथ्यसंगत अध्ययनलाई जारी राख्नु पर्दछ।
दक्षिण एसियाली समाज, जहाँ महाभारत कथाको प्रभाव छ, कथाका नायक कृष्ण भन्छन, युद्व र प्रेममा सबै कुरा जायज ठहर्छ। त्यसैको पछिल्लो संस्करण हिन्दी किस्सा सुन्ने गरिन्छ, जो जीता वो सिकन्दर! के त्यस्तो विचार त घोर अराजक भएन र? कृष्ण र सिकन्दरवालाले जवाफ दिनु पर्नेछ। महाभारतको कुरालाई पौराणिक कथा मान्न सकिएला, यध्यपि त्यसले विध्यमान समाज वा समाजका निश्चित व्यक्तिलाई प्रभावित गरिरहेको हुन्छ। तदनुकुल असभ्यताको जंगलीराजलाई प्रश्रय मिल्छ। परन्तु, सिकन्दरवाला त आजका मानिस होलान। के आजको मानिसले जेनेभा सन्धि पालनाको सोंच विचार गर्नु पर्दैन? अवश्य पर्छ। त्यसर्थ दक्षिण एसियाली समाज, जसमा नेपाल पनि पर्दछ, सामर्थ्यले भ्याएसम्म युद्व चरित्रवारे सभ्य दृष्टिकोण विकासतर्फ उठ्नै पर्दछ। अन्यथा तिनीहरु साँस्कृतिक परम्पराकै रुपमा जेनेभा सन्धि उल्लङ्घनको अपराधमा दण्ड-सजायको भागिदार स्वत: बन्दछन्।
युद्व विपक्ष वा शत्रु पक्षलाई आफ्नो विचार स्वीकार गराउन लड्ने गरिन्छ। युद्व दुई प्रकारका हुने गर्दछन्: न्यायपूर्ण र अन्यायपूर्ण। उत्पीडितजनको चेतमा सभ्य मानिसहरु न्यायपूर्ण युद्व लड्छन र त्यसको पक्षमा तरफदारी कमसेकम् गर्दछन्। न्यायपूर्ण र अन्यायपूर्ण युद्व भनेर कसरी छुट्याउने? उपाय सजिलै छ: देशहरु रहेसम्म देश, जनता, वर्ग र समुदायको हितमा लडिने युद्व न्यायपूर्ण हो भने त्यस विपरीतका युद्वहरु अन्यापूर्ण हुन्। प्रख्यात रुसी साहित्यकार लियो तोलस्तोयले सय बर्ष अगावै प्रशिद्व उपन्यास लेखेका थिए, जसको शीर्षक हो- युद्व र शान्ति। जुन उपन्यासको कथामा अंग्रेजीलगायत विभिन्न भाषामा चलचित्र पनि बनेका छन्। युद्व र राजनीतिको सन्दर्भमा माओ त्सेतुङ्ले भनेका छन्, युद्व रक्तपातपूर्ण राजनीति हो भने राजनीति बिना रक्तपातको युद्व। अथवा युद्वहरु खासगरी राज्यसत्ताका निम्ति हुने गरेका छन्, जुन अर्थराजनीतिक विषयमा केन्द्रित थिए र छन्।
युद्व दुई प्रकारका हुने गर्दछन्: न्यायपूर्ण र अन्यायपूर्ण। उत्पीडितजनको चेतमा सभ्य मानिसहरु न्यायपूर्ण युद्व लड्छन र त्यसको पक्षमा तरफदारी कमसेकम् गर्दछन्। न्यायपूर्ण र अन्यायपूर्ण युद्व भनेर कसरी छुट्याउने?
हाम्रो प्रत्यक्ष अनुभवमा युद्वका मूलत: दुई परिणाम हुने गर्दछन्। त्यसमा सकारात्मकतर्फ- युद्वले बाँचेका मानिसहरुको अन्तरचेतना जागृत गर्दछ र उनीहरु अग्रगति हासिल गर्न योग्य बन्दछन्। त्यसैले, एक अर्थमा युद्वलाई सामाजिक क्रान्तिको इन्जिन पनि भन्ने गरिन्छ। नकारात्मकतर्फ- युद्वले प्रतिभाको हत्या गर्दछ, घाइते र अपाङग तुल्याउँछ। जसले, समाजलाई अपूरणीय क्ष्येति गर्दछ। परन्तु, भौतिकवादी द्वन्दवादको नियमले भन्छ: रात नभए दिन हुँदैन, मृत्यु नभए जीवन हुँदैन इत्यादि। साथसाथै, प्राचीन चिनियाँ कवि लिङ्ति मिङ्ले कतै भनेका छन्- देश र जनताको सेवा गर्दा गर्दै मर्ने मानिसको मृत्युको मूल्य पहाड जस्तै ओजिलो हुन्छ, शोषक सामन्तको सेवा गर्दा गर्दै मर्ने मानिसको मृत्युको मूल्य कुखुराको प्वाँख जस्तै हलुङ्गो हुन्छ! ती कविले भनेको "शोषक सामन्त" को स्थानमा अहिले नेपालमा दलाल तथा एकलजातीय पुँजीवादीहरु छन्, भनेर स्वत: बुझ्न सकिन्छ।
उपरोक्त पृष्ठभूमिमा वर्तमान अन्तर्राष्ट्रिय घटना सन्दर्भमा यहाँ आफ्ना विचारहरु प्रकाश पार्न यो आलेख लेखिएको छ। खासगरी, २०८१ कात्तिक ६ गते पहिचानवादी मोर्चा, संघीय समितिको अनलाईन प्रशिक्षण जो गरिएको थियो, त्यहाँ मजदुर नेता श्री मोलम लामाले अन्तर्राष्ट्रिय घटनाक्रममा हाम्रो दृष्टिकोण, भूमिका तथा राजनीतिक फेरबदलको परिस्थितिमा हामी जनजाति आदिवासी, महिला, मधेसी, खस र श्रमिक, दलित, विस्थापितवर्ग कहाँ हुनेछौं? भनेर जुन प्रश्न उठान गरेका थिए, त्यसैको सेरोफेरोमा प्रस्तुत आलेख केन्द्रित छ।
दुई विश्वयुद्व र तेस्रो विश्वयुद्वको चर्चा
कार्ल मार्क्सको विश्लेषणमा पुँजी लुटको प्रतिस्पर्धाका कारण राज्यहरुवीच युद्व हुने गर्दछ। त्यसर्थमा भन्न सकिन्छ, सामन्तीकालमा मुख्यत: भूमि लुट्नका निम्ति युद्व हुने गर्दथे भने पछिल्लो पुँजीवादी कालमा बहुमूल्य साधनस्रोत, खनिज, सामरिक स्थान, सस्तो श्रम र बजार तथा अन्तरिक्षस्थित विभिन्न पिण्डहरुमा निहित पदार्थ लुट्न युद्वहरु थोपरिएका छन्। सामन्तवाद विरुद्व प्रगतिशील बनेर देखा परेको पुँजीवादले यूरोपेली चरणमा क्रान्तिकारी योगदान गर्यो। सोभियत नेता स्टालिनले सैद्वान्तिकरण गरेको भएता पनि साझा भूगोल, साझा भाषा, साझा आर्थिक जीवनप्रणाली र एकल मनोवैज्ञानिक संरचनाको आधारमा, यूरोपमा राष्ट्र-राज्यको स्थापना प्रगतिशील पुँजीवादले नै गरेको थियो। जसलाई, बेलायतीहरुले औध्योगिकरणमा जोड दिलाए भने फ्रान्सेलीहरुले सामाजिक न्यायतर्फ। त्यसैलाई सुत्रवद्व गरेर भनियो- समानता, स्वतन्त्रता र बन्धुभावको प्रवन्ध गर!
एउटा चर्चित नेपाली गीत, जसले भन्छ- रङ्गमञ्च उठेपछि आयौ! हो, नेपालमा पुँजीवाद त आयो, तर त्यसको प्रगतिशील सारतत्वको रङ्गमञ्च उठेछि मात्र आयो। त्यसैले नेपाली समाजको विध्यमान अन्तर्विरोध पुँजीवादी विचारले मात्र हल गर्न नसक्ने भयो।
तर, कालान्तरमा पुँजीवादले आफ्नो प्रगतिशील चरित्र त्याग्यो र त्यो प्रतिक्रियावादी बन्न पुग्यो। यूरोप बाहेक अन्यत्र महादेशमा आइपुग्दा पुँजीवाद वस्तुत: प्रतिक्रियावादी चरित्रमा पतन भइसकेको थियो। त्यसैले एक ऐतिहसिक काल यूरोपेली समाजमा सेवा पुर्याएको पुँजीवाद एसिया र नेपालमा विशुद्व नारामा सीमित बन्यो। एउटा चर्चित नेपाली गीत, जसले भन्छ- रङ्गमञ्च उठेपछि आयौ! हो, नेपालमा पुँजीवाद त आयो, तर त्यसको प्रगतिशील सारतत्वको रङ्गमञ्च उठेछि मात्र आयो। त्यसैले नेपाली समाजको विध्यमान अन्तर्विरोध पुँजीवादी विचारले मात्र हल गर्न नसक्ने भयो।
पुँजीवादको पतन साम्राज्यवादमा भयो। सुरुमा त्यसले आफ्नो देशको मजदुरको शोषण गर्दथ्यो भने अब त्यसले अन्तरदेशको श्रमिक तथा श्रमिकका देशहरुमाथि औपनिवेशिक शोषण गर्न थाल्यो। शोषणको मात्रा ती देशहरुमाथि सैनिक कब्जा जमाउनेसम्म पुग्यो, जुन प्रवृत्ति जारी छ। यसरी सन १९१४-१९१९ मा प्रथम विश्वयुद्व हुन पुग्यो। जुन, अन्तर-साम्राज्यवादी युद्व अर्थात पुँजीवादी-पुँजीवादी राज्यहरुवीचको युद्व थियो । त्यसबाट नाफा कुम्ल्याएर अहङ्कार प्रदर्शनमा लागेका मुलुकहरु र स्रोत गुमाएर कुण्ठित बन्न पुगेका मुलुकहरुवीच मतभेदको विष्फोटन सन १९३९-१९४५ को दोस्रो विश्वयुद्व थियो।
अमेरिकी-नेटोको एकलध्रूवीय हुलहुज्जतका विरुद्व बहुध्रूवीय विश्वव्यवस्थाको पक्षमा विभिन्न शक्ति राज्यहरु तीव्रतापूर्वक ध्रूवीकरणतर्फ बढेका छन्।
दोस्रो विश्वयुद्व, सन १९४५ मा अमेरिकाले जापानमाथि अणु बम प्रहार गर्यो। लगत्तै सन १९४७ देखि सोभियत रुसले पनि परमाणु बम निर्माण गर्यो। तब अमेरिकाले पुन: अणु बम प्रहार गर्ने स्थिति रोकियो। किनभने, अमेरिकाले बम प्रहार गर्दा रुसले पनि तुरुन्त प्रहार गर्थ्यो र रुसले प्रहार गर्दा अमेरिकाले गर्थ्यो। तसर्थ यी दुई परमाणु शक्ति सम्पन्न मुलुकवीच रणनीतिक सन्तुलनको स्थितिलाई शीतयुद्व भनियो। जसै, सन १९९१ मा आएर सोभियत संघ विघटन भयो, नामधारी समाजवादी मुलुकहरुमा नवउदार पुँजीवाद हाबी बन्यो। सोभियत संघको विघटनसंगै स्वतन्त्र बनेका विभिन्न गणराज्यहरुलाई अमेरिकाले जबरजस्त नेटो सैनिक गुटमा हुल्न थाल्यो। अन्तत: युक्रेनलाई पनि नेटो गुटमा हुलेर रुसलाई ध्वस्त पार्ने अमेरिकी प्रपञ्चमा युक्रेनी राष्ट्रपति जेलेन्स्की फसेपछि रुसी राष्ट्रपति पुटिन आफ्नो सार्वभौमिकता प्रतिरक्षा खातिर युद्व लड्न बाध्य बने। यसरी सन २०२२ देखि युक्रेनी शासकको राष्ट्रिय आत्मसमर्पणवादी गद्दारीका कारण रुसले विशेष सैनिक कार्वाही सञ्चालन गरिरहेको छ, जसलाई रुस-युक्रेन युद्व भनिन्छ, जुन वस्तुत: अमेरिकी-नेटो र रुसवीचको युद्व हो।
अमेरिकी-नेटोको एकलध्रूवीय हुलहुज्जतका विरुद्व बहुध्रूवीय विश्वव्यवस्थाको पक्षमा विभिन्न शक्ति राज्यहरु तीव्रतापूर्वक ध्रूवीकरणतर्फ बढेका छन्। ब्रीक्स समुहमा ब्राजिल, रुस, भारत, चीन र अफ्रिका त छँदै थिए, रुस-युक्रेन युद्व तथा अमेरिका-इज्राईलद्वारा प्यालेस्टाईन मुद्दामा मुस्लिममाथि सैनिक हमला बढेपछि टर्की समेत ब्रीक्समा सामेल भइरहेको छ। अमेरिकी हैकम विरुद्व उत्तरकोरिया, ईरान, भियतनाम, भेनेजुयला, क्युवाले रुसलाई प्रत्यक्ष समर्थन गरिसकेका छन्। रुस-चीनवीच असीमित मित्रताको घोषणा भइसकेको छ भने खासगरी बंगलादेश घटनायता भारतले पनि अमेरिकी गतिविधिप्रति उच्च सतर्कता बढाए झैं देखिन्छ। पुटिनको कुटनीतिक जोडमा चीन-भारतमैत्री कदमको चर्चा शिखरमा छ।
आर्थिक महाशक्तिमा उत्तर छिमेकी चीन त विश्वव्यापी बनेकै छ, साथसाथै दक्षिण छिमेकी भारत पनि त्यस रफ्तारकै निकट दौडिरहे छ। फेब्रुवरी २०२२ मा अमेरिकी दवावको राष्ट्रसंघीय मतदानमा चीन-भारत तथष्ट रहे। तर, नेपालका लम्पसारवादी शासकहरु रुस विरुद्व निर्लज्ज मतदानमा गए। त्यस बखत प्रचण्ड माओवादीको समर्थनमा कांग्रेसका देउबा प्रधानमन्त्री थिए भने प्रतिपक्षी दल एमाले मौन समर्थनमा रह्यो। प्रसंगवश, एमालेको सरकारले संसदमा पुर्याएको एमसीसी सम्झौता पारित गर्न कांग्रेस कित्तामा प्रचण्डवादीहरु पनि लपेटिएका थिए।
विगतका दुई विश्वयुद्वमा सार्वभौम राजनीतिक हैसियतमा नेपाल सहभागी रहेन। यहाँका जातवादी शासकहरुले बेचेका गोर्खा सैनिकहरुले चाहिँ साम्राज्यवादी बेलायतको सिपाही बनेर त्यहाँ भाग लिएका थिए।
उपरोक्त पृष्ठभूमिमा तेस्रो विश्वयुद्वको तीव्र चर्चा र आशङ्काहरु छन्। जुन, परमाणु युद्वमा आधारित रहने र त्यसले मानवीयता मात्र होइन, आम वनस्पति र प्राणी जगतकै अस्तित्व समाप्त पार्छ, भनिन्छ। त्यस स्थितिको सामना र सम्यक व्यवस्थापनका निमित्त देशभक्त नेपालीले के गर्ने भन्ने प्रश्न महत्वपूर्ण छ।
सर्वप्रथम दुई विश्वयुद्वमा नेपालीको भूमिका के थियो, त्यसतर्फ हेरौं:
पहिलो, विगतका दुई विश्वयुद्वमा सार्वभौम राजनीतिक हैसियतमा नेपाल सहभागी रहेन। यहाँका जातवादी शासकहरुले बेचेका गोर्खा सैनिकहरुले चाहिँ साम्राज्यवादी बेलायतको सिपाही बनेर त्यहाँ भाग लिएका थिए। राजनीतिक भूमिकाको अभावमा नेपाल र नेपालीले किञ्चित लाभ प्राप्त गर्न सकेनन्। त्यसैले हामीले भन्दै आएका हौं, आशन्न तेस्रो विश्वयुद्वमा चाहिँ नेपालीले आफ्नो देशभक्तिपूर्ण सामर्थ्यमा उत्पीडितजनको न्याय र मुक्तिको झण्डा उठाउनै पर्छ। त्यसो गर्न सकिएन भने नेपाली जनता फेरि एक युग पछाडि धकेलिने निश्चित छ।
दोस्रो, के हामीहरु लेनिन बन्ने इच्छाशक्ति राख्दछौं? तयार छौं अथवा इच्छाशक्ति राख्दछौं भने तेस्रो विश्वयुद्वमा नेपालको स्थान कम्तिमा दुई छिमेकी संगसंगै अघि बढ्न सकौंला, तयार छैनौं भने विषेषत: जनजाति आदिवासी, दलित, महिला र श्रमिकवर्ग विगत दुई विश्वयुद्वमा जसरी ठगिए, त्यो भन्दा बढि नै खरावीहरु होलान।
लेनिनको सन्दर्भ के भने उनको विश्लेषणमा साम्राज्यवादी-साम्राज्यवादी शक्तिहरु युद्व गर्छन्, थाक्छन् र मरणाशन्न हुन्छन्, ठिक त्यो बेला जनक्रान्तिको गोल हान्नु पर्छ! आफ्ना अब्बल सहयोद्वाहरुसाथ लेनिनले त्यसै गरे। कसरी गरे, भन्ने प्रश्नमा लेनिनले कठोर वैचारिक संघर्ष मार्फत जनसमुदायमाझ आफ्नो दस्तालाई मजबुत पारिरहेका थिए, मजदुरका साथसाथै किसान, विद्रोही सैनिक तथा समग्र उत्पीडित जातिलाई विस्वासमा लिइरहेका थिए। यत्तिसम्म कि पुरानो जार सेनाका जर्णेल सोलोखोपको कमाण्डमा १४ जना जर्णेलसहित एक लाख जार सेना लेनिनको बोल्सेभिक दस्तामा अन्तत: मिल्न आएका थिए।
लेनिनले कठोर वैचारिक संघर्ष मार्फत जनसमुदायमाझ आफ्नो दस्तालाई मजबुत पारिरहेका थिए, मजदुरका साथसाथै किसान, विद्रोही सैनिक तथा समग्र उत्पीडित जातिलाई विस्वासमा लिइरहेका थिए।
निश्कर्ष, विध्यमान अन्तर्राष्ट्रिय घटनाक्रममा हामी कहाँ छौं? शासकहरुको चर्चा गरिसकियो, तिनीहरु पश्चिमा साम्राज्यवाद सामु लम्पसार परेका छन्। कांग्रेस, एमाले, प्रचण्डवादीलगायत एमसीसी-एसपीपी स्वीकार गर्ने दलहरु खुलेआम अमेरिकी दलालीमा छन्। संविधानसभाले खारेज गरिसकेको ज्ञानेन्द्र शाहलाई पुनर्स्थापना गर्ने भन्दै अमेरिकी मानसपुत्र नातीलाई शासक बनाउने प्रपञ्चमा अमेरिका लागिपरेको छ। त्यसर्थ दलाल पुँजीवादी दलहरु तथा राजावादीहरु दुवै देशद्रोही दलाल हुन्।
परन्तु, ती दलाल कित्ताभित्र ठूलो संख्यामा देशभक्त एवं कतिपय पहिचानसहित समाजवादी सोंचका मानिस छन्। उनीहरुमा निहित भ्रम-जाल तोडेर उनीहरुलाई क्रान्तिकारी आन्दोलनको सारथि बनाउने अथक जमर्कोलाई जोड दिनु पर्दछ।
त्यसतर्फ प्रयासका निमित्त हामीले पहिचानसहित समाजवादका लागि संविधान पुनर्लेखन र संविधान पुनर्लेखनका लागि तेस्रो जनआन्दोलन तयारी भन्दै आएका छौं। मुख्यत: नेपाल पढ्ने सिद्वान्तमा विकसित समाजवादी कार्यदिशामा देशभक्त जनसेनाको बहश उठान गरिरहेका छौं। यसरी देशभक्त क्रान्तिकारीहरुको कित्ता सुदृढ गर्नेतर्फ समाजवादी लोकतान्त्रिक चेतनाको भगिरथ अग्रसरता चलिरहेको छ। तब प्रत्येक वर्ग, लिङग, जातजातिका नागरिकले अब आफैलाई तीखो प्रश्न सोध्नुपर्छ कि विध्यमान अन्तर्राष्ट्रिय घटनाक्रममा म चाहिँ कहाँ छु? आफ्नो कित्ता आफै निर्धारण गर्न सक्षम बन्नु पर्दछ कि पश्चिमा दलालहरुको कित्तामै रहेर देशद्रोही अपराध गर्ने या देशभक्तहरुको कित्तामा उभिएर सगर्व नेपाली बन्ने?
स्थान-समय बुझ्न सक्ने र इच्छाशक्तिसहित पहलकद्मी लिनेहरुले भन्नैपर्छ, हामीहरु जनक्रान्ति निर्माणको उचित ठाउँमा छौं। अरुको कुरा भनिरहनु परेन।
दुई छिमेकी प्राथमिकताको विदेश नीतिमा जोड
२०७२ को संविधानमा स्वतन्त्र परराष्ट्र नीतिको व्यवस्था जुन छ, नेपालको इतिहासमा लेख्य संविधानिक उपलब्धी हो यो। त्यसयता मात्र संवैधानिक हैसियतमा नेपाल राज्य स्वतन्त्र भएको हो।
यस तथ्यमा उभिएर भन्नैपर्छ, त्यस अघिका शासकहरुले फुर्ती लगाउने ठाउँ पाउँदैनन्। यध्यपि, त्यसयताका शासकहरु संविधानको उक्त प्रावधान अनुकुल व्यवहार किमार्थ गरिरहेका छैनन्। त्यसको परिणाम यहाँ बाह्य र आन्तरिक राष्ट्रियताका संकट जीवित छन् तथा महङगी र भ्रष्टाचार अझ खुलेआम बढाइएका छन्। जसको मोचन बहुसाँस्कृतिक समाजवादी लोकतन्त्रको कार्यदिशाद्वारा मात्र गर्न सकिन्छ।
पृथ्वीनारायण शाहको दुई छिमेकीप्रतिको दृष्टिकोण "तरुलनीति" मा आधारित थियो, जुन उनको विदेशनीति थियो। त्यसले एकातिर राणा जंगवहादुर जस्ता अंग्रेज दलालहरु जन्माउन पुग्यो भने अर्कातिर कानूनी रुपमा सदा स्वाधीन मुलुक रहँदै आएता पनि नेपाली समाजमा शताब्दीयौं भयको मानसिकता छाइरह्यो कि कुनै पनि समय छिमेकीबाट तरुल जस्तै कुल्चिइनु पर्नेछ! त्यस मानसिकतामा हुर्केकाहरु गीतमा सार्वभौमिकता त खुब गाउँथे, परन्तु निर्धक्क भएर चाहिँ होइन।
गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री प्रचण्डले संविधानसभाकालमा "त्रीदेशीय रणनीतिक साझेदारी" को छिमेकनीति बोलेका थिए। तर, विशाल छिमेकी चीन र भारतका निमित्त त्यो नेपालको अहङ्कार प्रदर्शन निश्चय नै अनुभूति भयो होला। सार्वभौमिकताको सवालमा प्रत्येक मुलुकहरु समान हैसियतका हुने भए पनि आफुप्रतिको अहंकार प्रदर्शन जुनसुकै छिमेकीलाई पाच्य हुँदैन। त्यसैले साझेदारीको प्रस्ताव अपरिपक्वता प्रदर्शनबाट कतै अड्कियो।
दुई छिमेकी प्राथमिकताको अन्तरनिर्भर राष्ट्रिय अर्थतन्त्रमा जोड गरौं! यसको अर्थ दुई छिमेकी प्राथमिकताको विदेशनीतिमा जोड हो। यसले नेपालीको अहंकार अभिव्यक्त गर्दैन।
यी यावत घटनाहरुको अनुभवबाट हामीले भन्दै आएका छौं, दुई छिमेकी प्राथमिकताको अन्तरनिर्भर राष्ट्रिय अर्थतन्त्रमा जोड गरौं! यसको अर्थ दुई छिमेकी प्राथमिकताको विदेशनीतिमा जोड हो। यसले नेपालीको अहंकार अभिव्यक्त गर्दैन। किनकि, प्रचण्डको प्रस्तावले छिमेकीलाई बलजफ्ति घिसारेर साझेदारीमा ल्याउने अहङ्कारयुक्त थियो भने हामीहरुको प्रस्ताव नितान्त फरक धारबाट प्रस्तुत छ। "दुई छिमेकी प्राथमिकता" को अर्थ उत्तर र दक्षिण छिमेकीप्रति नेपालीको आफ्नो राष्ट्रिय प्राथमिकता हो। यस्तो नीति-निर्णयले एकसाथ निम्न परिस्थिति उपलब्ध गराउने हुन्छ:
पहिलो, तरुलनीतिबाट नेपालीलाई मुक्त गर्दै देशको सार्वभौम राष्ट्रिय स्वाभिमान सुदृढीकरणतर्फ नयाँ आयाम विकास गर्नेछ। यसो भन्दा पृथ्वीनारायणवादीले झोंक चलाउन जरुरी छैन। किनभने, अग्रजहरुले गरेका कामको समिक्षाको कार्यभार प्रत्येक पुस्ताको काँधमा सर्दछ र प्रत्येक पुस्ताले आफ्नो अवस्थितिलाई अध्यावधिक गर्न पाउने हक राख्दछन्,
दोस्रो, नेपालले तपाईं छिमेकीप्रति हामी आफ्नो मुख्य प्राथमिकताको नीति अख्तियार गर्दछौं, भन्दा दुई छिमेकीले अन्यथा मान्न मिल्दैन। किनभने, यो छिमेकप्रतिको सम्मानसाथ नेपालको आफ्नो सार्वभौम राष्ट्रिय नीति हुनेछ र
तेस्रो, दुई छिमेकी प्राथमिकता नीति प्रस्ताव वस्तुत: नेपाली विदेशनीतिको प्रस्ताव हो। यस सम्बन्धमा विद्वानहरुले भन्ने गरेका छन् कि नेपालको जुन अवस्थिति छ, यस आधारमा नेपालको विदेशनीति भनेकै उत्तरतर्फ चीननीति र दक्षिणतर्फ भारतनीति हो।
दुई छिमेकी बाहेकका मुलुकसंग पनि नेपालको विदेशनीति अवश्य रहने छ, तर दोस्रो प्राथमिकतामा र कुटनीतिक सम्बन्धमा।
जहाँसम्म भारतीय शासकवर्गको अतिक्रमणका समस्याहरु छन्, त्यो खासगरी नेपालतर्फबाट यहाँका शासकवर्गको दलाल चरित्रले उत्पन्न गरेको कृतिम समस्या हो। परन्तु, बहुध्रूवीय नयाँ विश्वव्यवस्थामा भारत वा चीन दुवैले छिमेकप्रति पारस्परिक सम्मानको व्यवहार गर्नै पर्ने हुन्छ। जसका निमित्त नेपाली नेतृत्वले दह्रोगरी आफ्नो राष्ट्रिय खुट्टामा उभिने हुनु पर्दछ।
उपरोक्त विदेशनीतिले निम्न प्रभाकारी काम गर्दछ:
पहिलो, संविधानमा अभिव्यक्त नेपालको स्वतन्त्र विदेशनीति बल्ल ठोस, मूर्त र स्पष्टतामा प्रकट हुनेछ। जसबाट वस्तुवादी व्यवहार प्रारम्भ गरिने छ र
दोस्रो, दुई छिमेकी प्राथमिकनीति निर्धारणबाट नेपालको उत्पादन तथा विकास निर्माण, उध्योगव्यापार, रोजगारी व्यवस्थापन, विज्ञान-प्रविधि तथा स्थायी बजारको व्यापकता सुनिश्चित गरिन्छ। यसबाट मात्र सीमानामा पीडित नेपालीलाई राहत दिलाउन सकिन्छ।
जहाँसम्म भारतीय शासकवर्गको अतिक्रमणका समस्याहरु छन्, त्यो खासगरी नेपालतर्फबाट यहाँका शासकवर्गको दलाल चरित्रले उत्पन्न गरेको कृतिम समस्या हो। परन्तु, बहुध्रूवीय नयाँ विश्वव्यवस्थामा भारत वा चीन दुवैले छिमेकप्रति पारस्परिक सम्मानको व्यवहार गर्नै पर्ने हुन्छ। जसका निमित्त नेपाली नेतृत्वले दह्रोगरी आफ्नो राष्ट्रिय खुट्टामा उभिने हुनु पर्दछ। तत्कालमा अमेरिकालगायत पश्चिमाहरु सैनिक जहाजमा परमाणु बमको भारी कोचेर नेपाललाई युद्व अखडामा बदल्ने धृष्टता गरिरहँदा जिम्मेवार नेपालीले छिमेकी साट्न मिल्दैन, भन्ने कहावतलाई विशेष रुपमा लिनु पर्दछ।
अन्त्यमा, अन्तर्राष्ट्रिय सम्बन्धवारे अध्ययनमा के भनिन्छ भने विदेशनीति भनेको वस्तुत: देशनीतिको विस्तार हो। अत: समाजवादी लोकतन्त्रको कार्यदिशामा श्रमिक, दलित तथा विस्थापितवर्ग, लिङग, जातजाति, क्षेत्र एवं देशभक्तहरुवीचको दीर्घकालीन राजनीतिक मोर्चा निर्माणमा घनिभूत पहल लिइनु पर्छ। जसले, आन्तरिक राजनीतिमा शान्तिपूर्ण सडक आन्दोलन र निर्वाचन उपयोग-प्रतिस्पर्धा गर्दै बाह्य सैनिक हस्तक्षेप भइहालेको स्थितिमा त्यस विरुद्व देशभक्तिपूर्ण जनविद्रोहको तयारी आजैदेखि गरियोस्। जुन, तेस्रो जनआन्दोलनको तयारी हो। अत: श्रमिकवर्गीय राजनीतिक जागरण र प्रदेश पुन:नामाङ्कनसहित पहिचानका समानान्तर स्वायत्त सरकारहरु, महङगी र भ्रष्टाचार विरुद्व निर्णायक संघर्ष उठान एवं पश्चिमा साम्राज्यवाद मुक्त नेपालको दृढ संकल्पबाट नयाँ परिस्थितिमा हामीले आफ्नो राजकीय स्थान सुनिश्चित गर्न अवश्य सक्ने छौ। अंग्रेजी भनाइ छ– Everything is depend on own work and thought.
प्रतिक्रिया