नरसंहारविरुद्ध विशेष अन्तर्क्रिया कार्यक्रम हुने

इजरायलले प्यालेष्टाइनी भूमि तथा लेवनानमा मच्चाइरहेको नरसंहारविरुद्ध विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना हुने भएको छ ।
प्रगतिशील रुपान्तरण आन्दोलन नेपालको संयोजनमा हुन लागेको सो कार्यक्रममा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेकपा (मसाल), राष्ट्रिय जनमोर्चा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा (बहुमत ), नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) , राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपाल, बृहत नागरिक आन्दोलन, सामाजिक दायित्वका लागि चिकित्सकहरू, पिपुल्स हेल्थ मुभमेण्ट, नेपाल, नेपाल फर प्यालेस्टाइन पिपुल, प्यालेस्टाइन सोलिडारिटी नेपाल, मानव अधिकारवादी संगठन र व्यक्तित्वहरू, बौद्धिक व्यक्तित्वहरू तथा मिडिया प्रतिनिधिहरुको सहभागिता रहनेछ ।
उक्त कार्यक्रम आउँदो कात्तिक १३ गते मंगलबार दिउँसो १ बजे काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानको सिद्धिचरण हलमा हुँदैछ ।

वरिष्ठ नक्सलवादी नेताले गरे आत्मसमर्पण

राजनीतिक दललाई अविलम्ब नेतृत्व हस्तान्तरण गर्न नागरिक आह्वान

इजरायल र हमास गाजामा पहिलो चरणको युद्धविराम योजनामा सहमत

राष्ट्रपतिलाई बुद्धिजीवीहरुको चारबुँदे सुझाव

इण्डोनेशियामा जेन जीले हाँकेको विद्रोह

एआइको प्रयोग गर्दै धुलिखेल नगरपालिकाको डिजिटल छलाङ

राजधानीमा एमसीसीबारेको बहस

प्रतिक्रिया