लिबरेशन थियोलोजीका प्रतिपादकको निधन

लिबरेशन थियोलोजीका प्रतिपादकको रूपमा मानिने पेरूका पादरी गुस्ताभो गुटिएरेजको अक्टोबर २२ मा निधन भयो। उनी ९६ वर्षका थिए।

लिबरेशन थियोलोजी सन् १९६० को दशकमा ल्याटिन अमेरिकामा सुरु भएको गरिबपक्षधर र प्रगतिशील इसाई आन्दोलन थियो। यो आन्दोलन त्यो समयमा ल्याटिन अमेरिकाभर व्याप्त गरिबी र सामाजिक असमानताको विरुद्ध सुरु भएको थियो। गुटिएरेजको सन् १९७१ मा प्रकाशित पुस्तक "ए थियोलोजी अफ लिबरेशन" यस आन्दोलनको आधारभूत पुस्तक थियो।

गुस्ताभो गुटिएरेजको जन्म १९२८ मा पेरूमा भएको थियो, र उनले सुरुमा चिकित्सा विज्ञान अध्ययन गरे, त्यसपछि दर्शनशास्त्र, मनोविज्ञान, र धर्मशास्त्रमा ध्यान केन्द्रित गरे। उनी १९५९ मा पादरी बने। उनले दशकौँसम्म पेरूको राजधानी लिमा स्थित कैथोलिक विश्वविद्यालयमा अध्यापन गरे, जहाँ उनले आफ्नो देश र ल्याटिन अमेरिकाभरिका मानिसहरूले सामना गरिरहेका गरिबी, शोषण र अत्याचार जस्ता सामाजिक चुनौतीहरूमा ध्यान केन्द्रित गरे। गुस्ताभो गुटिएरेज भन्ने गर्थे, "इतिहासको भविष्य गरिब र शोषितहरूको हातमा छ।"

 

लिबरेशन थियोलोजीले ल्याटिन अमेरिकाको वामपन्थी आन्दोलनलाई समेत प्रभावित गरेको थियो। निकारागुवाको सान्डिनिस्टा र कोलम्बियाका वामपन्थी गुरिल्ला समूहमा लिबरेशन थियोलोजी समर्थक पादरीहरू संलग्न भएका थिए। लिबरेशन थियोलोजीलाई भ्याटिकनस्थित रोमन क्याथोलिकले रुचाएको थिएन। यसलाई मार्क्सवादी विचारको रूपमा हेर्ने गरिन्थ्यो। यो विचारधारालाई दबाउन भ्याटिकनले प्रशस्त प्रयास गरेको थियो। तर निकै समयपछि भ्याटिकन पनि लिबरेशन थियोलोजीले उठाएका विषयहरू र मुद्दाहरूको पक्षमा उभिन बाध्य भयो। र सन् २०१४ मा विचारधाराका प्रवर्तक गुस्ताभो गुटिएरेजलाई रोममा भव्य स्वागत गरेकाे थियाे ।

Image: https://www.ncronline.org/

 

सम्बन्धित सामग्री

मुक्तिको धर्मशास्त्र: लिबरेशन थियोलोजी

वामपन्थी चरित्र बोक्ने ल्याटिन अमेरिकाको सामाजिक आन्दोलन

बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची: प्रविधिको व्यापक प्रयोगमा जोड

बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची: प्रविधिको व्यापक प्रयोगमा जोड

नेपालमा वामपन्थी आन्दोलनको भविष्यबारे अन्तरक्रिया: फासीवादको खतराप्रति वक्ताहरूको चिन्ता

नेपालमा वामपन्थी आन्दोलनको भविष्यबारे अन्तरक्रिया: फासीवादको खतराप्रति वक्ताहरू…

बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: शीतल निवासमा शपथ ग्रहण

बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: शीतल निवासमा शपथ ग्रहण

किम जोङ-उन उत्तर कोरियाको सर्वोच्च नेतामा पुनः निर्वाचित

किम जोङ-उन उत्तर कोरियाको सर्वोच्च नेतामा पुनः निर्वाचित

इरान–अमेरिका तनाव र युद्धको स्थिति: वार्ता भइरहेको ट्रम्पको दावीको इरानद्वारा खण्डन

इरान–अमेरिका तनाव र युद्धको स्थिति: वार्ता भइरहेको ट्रम्पको दावीको इरानद्वारा …

दार्शनिक जुर्गेन हेबरमासको निधन: संवाद र तर्कको एउटा युग अन्त्य

दार्शनिक जुर्गेन हेबरमासको निधन: संवाद र तर्कको एउटा युग अन्त्य

नेकपा (एमाले) मा गम्भीर धक्का: संरचनात्मक शल्यक्रिया र ‘विशेष महाधिवेशन’को प्रस्ताव

नेकपा (एमाले) मा गम्भीर धक्का: संरचनात्मक शल्यक्रिया र ‘विशेष महाधिवेशन’को प्र…

प्रख्यात मार्क्सवादी इतिहासकार डा. के.एन. पनिक्करको निधन

प्रख्यात मार्क्सवादी इतिहासकार डा. के.एन. पनिक्करको निधन