ब्रिक्स शिखर सम्मेलनको कजान घोषणा-पत्र

रुसको कजानमा  बुधबार सम्पन्न ब्रिक्स शिखर सम्मेलनले कजान घोषणा-पत्रलाई पारित गरेको छ। यो घोषणा-पत्रलाई ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिका लगायतका ब्रिक्स राष्ट्रहरूको सामूहिक दृष्टिकोण र उद्देश्यलाई प्रतिबिम्बित गर्ने दस्तावेजको रूपमा लिइएको छ। कजान घोषणा-पत्रबारे टिप्पणी गर्दै राष्ट्रपति भ्लादिमिर पुटिनले भनेका छन्- यो घोषणा-पत्रलाई सबै सदस्य राष्ट्रहरूले अनुमोदन गरेका छन् र यसलाई विश्वव्यापी बहुध्रुवीयताको महत्त्वपूर्ण अभिव्यक्तिको रूपमा संयुक्त राष्ट्र संघमा वितरण गरिनेछ।

कजान घोषणा-पत्रका महत्त्वपूर्ण बुँदाहरू :

▪️ ब्रिक्स राष्ट्रहरूले युक्रेनको द्वन्द्वलाई "वार्ता र कूटनीतिका माध्यमबाट" समाधान गर्नुपर्ने आवश्यकता रहेको घोषणा गरे। उनीहरूले शान्तिपूर्ण समाधानका लागि मध्यस्थताको प्रस्तावहरूलाई "स्वागत" गरे (जसमा स्पष्ट रूपमा चिनियाँ-ब्राजिलीयन शान्ति पहललाई सन्दर्भको रूपमा लिइएको छ)।

▪️ मध्य पूर्वलाई आणविक हतियार-मुक्त क्षेत्र घोषणा गर्ने र आणविक अप्रसार प्रणालीलाई सुदृढ बनाउन आह्वान गरे;

▪️ इरानी आणविक सम्झौतामा सबै पक्षहरूले पुन: सहभागिता जनाउनुपर्ने आवश्यकता बलियो रूपमा उठाए;

▪️ ब्रेटन वुड्स संस्थाहरूको सुधारका लागि विकासशील देशहरूको विश्व अर्थतन्त्रमा योगदान विस्तार गर्ने प्रस्ताव राखे;

▪️ ब्रिक्सले समूहका देशहरूबीच बहुआयामिक लजिस्टिक प्रणाली सुनिश्चित गर्न एकल यातायात प्लेटफर्म निर्माण गर्ने अध्ययन गर्नेछ;

▪️ मध्य पूर्वको चर्कदो अवस्था प्रति चिन्ता व्यक्त गर्दै, इजरायली आक्रमणको आलोचना गरे, जसमा इरानी दूतावासमा भएको आक्रमण र लेबननमा भएको बमबारी समावेश छ;

▪️ नयाँ विकास बैंकको पूर्वाधार प्रयोग गरी नयाँ लगानी प्लेटफर्मको निर्माणलाई स्वागत गरे;

▪️ सिरियाको सार्वभौमसत्ताको बिना शर्त सम्मान र यसको भूभागीय अखण्डताको संरक्षणको पक्षमा समर्थन गरे;

▪️ रूसको अन्न विनिमय सिर्जना गर्ने पहललाई समर्थन गरे, जसले भविष्यमा अन्य कृषि क्षेत्रहरूलाई पनि समेट्नेछ;

▪️ १९६७ का सीमाभित्र प्यालेस्टाइन राज्यलाई संयुक्त राष्ट्रसंघमा प्रवेश गराउने प्रस्तावको समर्थन गरे;

▪️ नयाँ विकास बैंकलाई उदाउँदै गरेका देशहरूको लागि एक बहुपक्षीय विकास बैंकमा परिणत गर्ने सहमति जनाए।

इरान विरुद्धको युद्ध:  डुबिरहेको वर्चश्वशाली शक्तिको कथा

इरान विरुद्धको युद्ध:  डुबिरहेको वर्चश्वशाली शक्तिको कथा

पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव

पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव

अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक विकल्प

अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक व…

क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजनाहरू सार्वजनिक

क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजना…

अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वारा हस्ताक्षर

अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वा…

मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध

मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध

कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?

कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?

सि जिनपिङको उत्तर कोरियाली युद्ध स्मारक भ्रमणले जगायो ‘अनन्त ऐतिहासिक स्मृति’

सि जिनपिङको उत्तर कोरियाली युद्ध स्मारक भ्रमणले जगायो ‘अनन्त ऐतिहासिक स्मृति’