दुई बाख्रा र साँघुरो पुल

बुद्धि र सहकार्यको महत्त्व

एकपटकको कुरा हो, नदीको माथि एक साँघुरो काठको पुल थियो। पुल एकदम साँघुरो भएकाले एक पटकमा एक जनाले मात्र तर्न सक्थ्यो।

एक दिनको कुरा हो, पुलको विपरीत किनाराबाट दुई बाख्राहरू आउँदै थिए। उनीहरूको जम्काभेट पुलकै बीचमा भयो ।

पुल यति साँघुरो थियो कि दुवै बाख्रा एकै पटक तर्न सम्भव थिएन। उनीहरू मध्ये कुनै एकले फर्किनु पर्थ्यो, तर दुवैजनामध्ये कोही पनि पछाडि फर्कन तयार थिएन । दुवैजना अडिग भएर आफ्नो बाटो अड्किरहेका थिए।

निक्कैबेर दुवै टसमस नभइकन पुलको बीचमै उभिइरहे । दुबैजनाले सोचेका थिए– "म किन फर्कने? म किन अघि बढ्न नदिने?" केही क्षणको लागि उनीहरू अड्किए, स्थिति तनावपूर्ण हुन थाल्यो।

तर, झगडा नगरी उनीहरूले बुद्धिमानी अपनाए। एक बाख्राले भन्यो, "हामी यसरी झगडा गरेर बस्ने हो वा अगाडि बढ्ने हो भने दुवै जना तल नदीमा खस्न सक्छौं। त्यसैले तिमी तल बस, म माथि हुँदै जान्छु। त्यसपछि तिमी उठेर आफ्नो बाटो लाग्नु। यसरी हामी दुबै जनाले आफ्नो गन्तव्यमा पुग्न सक्छौं।"

दोस्रो बाख्रोले त्यस बाख्राको कुरा मानेर तल झुक्यो। पहिलो बाख्रोले उसलाई टेकेर पुल पार गर्‍यो । त्यसपछि दोस्रो बाख्रो पनि उठेर आफ्नो गन्तव्यमा सफलतापूर्वक पुग्यो। यसरी, उनीहरूले सहकार्य गरेर झगडा नगरी सुरक्षित रूपमा पुल पार गरे।