पश्चिम आफ्नो अस्तित्वको अन्त्यको संघारमा छ
शायद पछिल्लो ५०० वर्षको इतिहासमा या अझ अगाडि पहिलो पटक, यतिबेला विकासको स्रोत पश्चिमको साटो पूर्व बनेको छ
रुसोफाइल आन्दोलन, बहुध्रुवीय विश्वका लागि मञ्च, र सारिगाटा इन्स्टिच्युटको तर्फबाट यहाँ सबैलाई अभिवादन गर्न पाउँदा मलाई ठूलो खुशी लागेको छ। भ्लादिभोस्टक आर्थिक मञ्चमा तपाईंलाई स्वागत गर्न पाउँदा हामी खुसी छौं। हामी यस सत्रमा दक्षिणपूर्वी एशिया र प्रशान्त क्षेत्रको बहुध्रुवीय विश्वमा स्थानबारे छलफल गर्नेछौं। हाम्रो सत्र संक्षिप्त हुनेछ, तर हामी दार्शनिक विषयहरूलाई गहिराइमा सम्बोधन गर्नेछौं।
छलफल सुरु गर्नु अघि, म एक किसिमको प्रस्तावना दिनेछु। म केही मुद्दाहरू उल्लेख गर्नेछु जसबारे म छलफल गर्न चाहन्छु। बहुध्रुवीय विश्वमा दक्षिणपूर्वी एशिया र प्रशान्त क्षेत्रको स्थान एक आधारभूत मुद्दा हो र यो प्राचीन दार्शनिकहरूको संगम हो। रुस र अर्थोडक्स सभ्यताले यो कहिल्यै बिर्सदैन कि रुस एक प्रशान्त राष्ट्र हो। हामी यहाँ राज्य, देश, राष्ट्र, र सभ्यताका रूपमा उपस्थित छौं।
यहाँ हामीसँग भारत छ, दक्षिणपूर्वी एशियामा महान भारतीय सभ्यता। यसले हामीलाई आफ्नो परिमाण, संस्कृति, अनन्तता, आर्थिक मात्र नभई समाजिक र यसको महान आध्यात्मिक परम्पराको बारेमा सम्झाउँछ। हामीसँग चीन पनि छ, र अहिले सुदूर पूर्वको सभ्यता। इस्लामी सभ्यतालाई विशाल देशहरू इन्डोनेसिया, बंगलादेश र मलेसियाद्वारा प्रतिनिधित्व गरिएको छ। यी देशहरू इस्लामी संसारको हिस्सा हुन् जो दक्षिणपूर्वी एशियासँग जैविक रूपमा सम्बन्धित छ । हामीले बौद्ध सभ्यताबारे पनि कुरा गर्नुपर्छ। यो भारतीय सभ्यताबाट फरक छ, र यसलाई मंगोलियाले प्रतिनिधित्व गर्छ, जहाँबाट हाम्रा राष्ट्रपतिले भर्खरै भ्रमण गरेर फर्केका छन्। साथै, यहाँ जापान पनि छ, र यो महत्त्वपूर्ण छ कि यो चुनौतीपूर्ण समयमा हामीसँग जापानका प्रतिनिधिहरू छन्। जापानी बौद्धिकहरूले यस सभ्यताको संवादलाई समर्थन गर्छन् । र पश्चिमी आधिपत्यको प्रभाव उनीहरूका सहयोगीहरूमा समेत पूर्ण रुपमा कायम छैन।
हामी अहिले बहुध्रुवीय विश्वको निर्माणमा लागेका छौं। यी सभ्यताहरू दक्षिणपूर्वी क्षेत्रमा हजारौं वर्षदेखि शान्तिपूर्ण रूपमा अस्तित्वमा छन्, उनीहरूले आफ्नो संवाद र सम्बन्धहरू विकास गरेका छन्। यो धेरै महत्त्वपूर्ण छ कि हाम्रो यूरेशियाली देशको उदाहरणबाट, यी भूभागहरूको एकीकरणबाट सुरु गर्दै, हामीले भविष्यको संसार निर्माण गर्नुपर्छ, जहाँ कसैको आधिपत्य नहोस। यो संसार समानता, न्याय, र आपसी सम्मानमा आधारित हुनुपर्छ, हन्टिङ्टनको विपरीत। विभिन्न सभ्यताहरूको अस्तित्वले सैनिक संघर्षतर्फ लादैन। मानवता जति विविध हुन्छ, त्यति नै धेरै सभ्यताहरू हुन्छन्, र तिनीहरूले आफ्नो राजनीतिक दृष्टिकोण निर्धारण गर्छन्, आफ्नो आध्यात्मिक परम्पराहरू र मूल्यहरूको आदानप्रदान गर्छन्।
अहिले संसारमा परम्परातिर, मूलतिर, पहिचानतिर, र परम्परागत मूल्य-मान्यता तिर फर्कने ठूलो मोड आएको छ। यो सम्पूर्ण मानव जातिका लागि सत्य हो, र हाम्रा प्रमुख साझेदारहरूसँग, बहुध्रुवीय विश्वका अन्य केन्द्रहरूसँग, बौद्ध विश्व, चीन, भारत, इस्लामी विश्व, अफ्रिकी विश्व, र ल्याटिन अमेरिकासँग यस प्रक्रियामा संलग्न छौं। शायद पछिल्लो ५०० वर्षको इतिहासमा या अझ अगाडी पहिलो पटक, यतिबेला विकासको स्रोत पश्चिमको साटो पूर्व बनेको छ। पश्चिम आफ्नो नास्तिकतामा डुबिरहेको छ र तिनीहरू एउटा निर्णायक सीमामा पुग्दैछन्। पश्चिम आफ्नो अस्तित्वको अन्त्यको संघारमा छ। उनीहरूले आफ्ना जरा उखेलिरहेका छन्। र हामी आफ्ना जरा र मानवताको भूमिकालाई प्राप्त गरिरहेका छौं। हन्टिङ्टन भन्छन् यहाँ पश्चिम र बाँकी अरु छन्। । पश्चिमलाई सम्पूर्ण मानवताको अग्रदस्ताका रूपमा मानिन्थ्यो, र बाँकीलाई पछ्याउने नियति थियो। अब यो उल्टो भएको छ। नेतृत्वमा पूर्वी विश्व छ। ठूलो मानवता भनेको बाँकी, अर्थात् हामी आफैं हौं। दक्षिणपूर्वी एशियामा हामी यस अक्षतर्फको मोडलाई देखिरहेका छौं। कम्पासको सुई पूर्वतर्फ, भ्लादिभोस्टक र प्रशान्त महासागरतर्फ इशारा गर्दैछ। यो सुईले हाम्रा प्राचीन महान सभ्यताहरूको पुनरागमनलाई देखाउँछ, र यसै प्रक्रियाबाट नयाँ विश्वको नयाँ परिदृश्यको सिर्जना हुँदैछ।
(४ सेप्टेम्बर २०२४ मा रुसको भ्लाडिभोस्टकमा सम्पन्न इस्टर्न एसिया फोरमको बहुध्रुवीय विश्वमा दक्षिणपूर्वी एसिया कार्यक्रममा दिएको भाषणको अनुवाद)
प्रतिक्रिया