मंगोलियामा पुटिनको भव्य स्वागत

मंगोलियालाई ब्रिक्स सम्मेलनमा सहभागी हुन निमन्त्रणा

रूसका राष्ट्रपति भ्लादिमिर पुटिन अहिले मंगोलियाको भ्रमणमा छन्। उनलाई मंगोलियामा भव्य स्वागत गरिएको छ। मंगोल साम्राज्यका संस्थापक चंगेज खानका निजी रक्षकहरूजस्तै राता र निला चम्किला वर्दी लगाएका मंगोलियाली सेनाहरूले राजधानी उलानबटारको मुख्य चोकमा आयोजित भव्य समारोहमा राष्ट्रपति पुटिनलाई गार्ड अफ अनर दिएका थिए। त्यसपछि उनले मंगोलियाली राष्ट्रपति उखना खुरेलसुखसँगै चंगेज खानको मूर्तिमा झुकेर श्रद्धाञ्जली अर्पण गरेका थिए। त्यसपछि दुबै जना बीच द्विपक्षीय वार्ता गभर्मेन्ट प्यालेसमा भएको थियो।

राष्ट्रपति पुटिनले ५ वर्षपछि मंगोलियाको भ्रमण गरेका हुन्। यो भ्रमणको मुख्य उद्देश्य १९३९ मा मंगोलियामा जापानी सेनामाथि सोभियत सेनाले प्राप्त गरेको विजयको ८५औं वर्षगाँठको समारोहमा सहभागी हुनु हो। त्यसबेला चीनको मंचुरिया कब्जा गरेर बसेका जापानी सेना र सोभियत सेनाबीच मंगोलियाको सीमामा रहेको खालखिन गोलमा ठूलो लडाइँ भएको थियो, जसमा हजारौं सैनिकहरू मारिएका थिए।

राष्ट्रपति पुटिनले मंगोलिया भ्रमणको क्रममा जारी गरेको प्रेस विज्ञप्तिमा मंगोलियाका राष्ट्रपति उखना खुरेलसुखलाई ब्रिक्स सम्मेलनमा सहभागी हुन निमन्त्रणा दिएका छन्। त्यस्तै, उनले रूस मंगोलियाको प्रमुख व्यापारिक साझेदार भएको जनाउँदै दुई देशबीचको व्यापार डलर र युरोबाहेक अन्य मुद्रामा भएको जनाएका छन्। त्यसैगरी, रूसले मंगोलियाले महान देशभक्तिपूर्ण युद्धमा गरेको सहयोगको प्रशंसा गर्दै मंगोलियाका राष्ट्रपतिलाई दोस्रो विश्वयुद्धको विजयको ८०औं वर्षगाँठमा सहभागी हुन आमन्त्रण गरेका छन्, जसमा मंगोलिया टोलीले पनि भाग लिन सक्नेछ। साथै, रूसले मंगोलियाली विद्यार्थीहरूको लागि छात्रवृत्ति बढाएर ६२० पुर्‍याउनेछ।

मंगोलियाले युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय अपराध न्यायालय (आईसीसी) ले राष्ट्रपति पुटिनविरुद्ध जारी गरेको गिरफ्तारी वारेन्टका बाबजुद पनि यस्तो भव्य स्वागत गरेको हो। युक्रेनले यस भ्रमणअघि राष्ट्रपति पुटिनलाई गिरफ्तार गरेर आईसीसीलाई सुपुर्दगी गर्न आह्वान गरेको थियो। तर गत हप्ता राष्ट्रपति पुटिनका प्रवक्ताले क्रेमलिन अन्तर्राष्ट्रिय अपराध न्यायालयको वारेन्टबाट चिन्तित नरहेको कुरा जनाएका थिए। युक्रेनले राष्ट्रपति पुटिनलाई स्वागत गरेकोमा मंगोलिया सरकारलाई भर्त्सना गरेको छ।

स्मरण रहोस्, रुससँग करिब ३४८५ किलोमिटर सीमा जोडिएको मंगोलिया पेट्रोलियम पदार्थका लागि ९५ प्रतिशत रुसमाथि निर्भर छ ।  त्यसबाहेक, कार, सामान ढुवानी गर्ने गाडी, फलाम, स्टील तथा अन्य औद्योगिक सामानहरु पनि मंगोलियाले रुसबाट आयात गर्ने गर्छ ।

Image: https://cdn1.img.sputnikglobe.com

इरान विरुद्धको युद्ध:  डुबिरहेको वर्चश्वशाली शक्तिको कथा

इरान विरुद्धको युद्ध:  डुबिरहेको वर्चश्वशाली शक्तिको कथा

पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव

पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव

अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक विकल्प

अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक व…

क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजनाहरू सार्वजनिक

क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजना…

अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वारा हस्ताक्षर

अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वा…

मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध

मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध

कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?

कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?

सि जिनपिङको उत्तर कोरियाली युद्ध स्मारक भ्रमणले जगायो ‘अनन्त ऐतिहासिक स्मृति’

सि जिनपिङको उत्तर कोरियाली युद्ध स्मारक भ्रमणले जगायो ‘अनन्त ऐतिहासिक स्मृति’