हसिनाको आरोप अमेरिकामाथि !

अभूतपूर्व जनआन्दोलनका कारण अप्रत्यासित रुपमा सत्ताच्यूत बनेकी तथा यतिखेर भारतमा शरण लिइरहेकी बांग्लादेशकी पूर्व प्रधानमंत्री शेख हसीनाले आफूलाई सत्ताबाट हटाउन अमेरिकाको भूमिका रहेको संकेत गरेकी छिन् । उनले अमेरिकालाई सेन्ट मार्टिन टापु सुम्पेर समग्र बङ्गालको खाडीमा उसके प्रभुत्व स्थापित गर्न नदिएवापत आफू सत्ताबाट हट्न परेको बताउँदै बगलादेशी नागरिकहरुलाई कट्टरपन्थीहरुको बहकाउमा नपर्न चेतावनी दिएकी छिन् ।

आफ्ना निकटस्थहरुलाई पठाएको एक सन्देशमा हसिनाले ‘उनीहरुले विद्यार्थीहरुको लाशको चाङमाथि टेकेर सत्तामा आउन चाहेको तर आफूले त्यो नचाहेर राजीनामा दिएको उल्लेख गर्दै आफूले अमेरिकालाई सेन्ट मार्टिन टापुको सार्वभौमसत्ता सुम्पेको भए आफू सत्तामा रहिरहने’ उल्लेख गरेकी छिन् ।

आफूले मुलुकभित्र बसेकी भए अरु थुप्रैको ज्यान जाने तथा थप भौतिक क्षति हुने अवस्था अउने हसिनाको दावी थियो । आफूले निर्वासनमा जाने कठीन निर्णय लिएको बताउँदै हसिनाले भनेकी छिन्, तपाईंहरुले चुनेका कारण म नेता बनेंऽ तपाईहरु मेरो शक्ति हुनुहुन्थ्यो ।’

थुप्रै नेताहरुको हत्या भएको, कार्यकर्ताहरुलाई उत्पीडन गरिएको तथा तिनका घरहरु जलाइएको खबरले आफ्नो मन रोएको उल्लेख गर्दै हसिनाले भनेकी छिन्– अल्लाहको कृपाले म चाँडै फर्कनेछु । अवामी लिग पटक पटक उठेको छ । म सधैं बङ्गलादेशको भविष्यको लागि प्रार्थना गर्छु ।’

उनले आन्दोलनकारीहरुलाई भनेकी छिन्, मैले तपाईंहरुलाई कहिल्यै रजाकार भनेकी छुइनँ । मलाई बदनाम गर्न मेरा भनाइहरु बङ्ग्याइए । म तपाईंहरुलाई पूरै भिडियो हेर्न अनुरोध गर्छु ।’

पछिल्लो आन्दोलन चर्किनुअघि पनि हसिनाले गत अप्रिलमा सदनमा अमेरिकाले आफूलाई सत्ताच्यूत गर्ने रणनीति बनाइरहेको जनाएकी थिइन् ।

हसिनाको अवामी लिगका वरिष्ठ नेताहरु पनि अमेरिकालाई नै दोष दिने गरेका छन् । गत मे महिनामा बङ्गलादेश भ्रमणमा अएको एक वरिष्ठ अमेरिकी कुटनीतिज्ञ अहिलेको स्थितिका लागि जिम्मेवार रहेको उनीहरु बताउँछन् । गत जुलाईमा बङ्गलादेशमा आफ्नो कार्यकाल पूरा गरेका अमेरिकी राजदूत पिटर हसले पनि बङ्गलादेशको नेशनल पार्टीलाई खुलेआम समर्थन जनाएका थिए ।

समाचार स्रोत: द इकोनोमिक टाइम्स

image: https://th-i.thgim.com

इरान विरुद्धको युद्ध:  डुबिरहेको वर्चश्वशाली शक्तिको कथा

इरान विरुद्धको युद्ध:  डुबिरहेको वर्चश्वशाली शक्तिको कथा

पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव

पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव

अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक विकल्प

अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक व…

क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजनाहरू सार्वजनिक

क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजना…

अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वारा हस्ताक्षर

अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वा…

मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध

मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध

कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?

कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?

सि जिनपिङको उत्तर कोरियाली युद्ध स्मारक भ्रमणले जगायो ‘अनन्त ऐतिहासिक स्मृति’

सि जिनपिङको उत्तर कोरियाली युद्ध स्मारक भ्रमणले जगायो ‘अनन्त ऐतिहासिक स्मृति’