प्रशंसा र आलोचना
कसैले सडकको किनारमा एउटा इनार खनायो ।
गर्मी ठाउँ थियो, सडकमा आउने जाने यात्रीहरु प्यास लाग्दा इनारबाट पानी निकाल्थे, पिउँथे । इनार खनाउनेको प्रशंसा गर्थे र भन्थे– “क्या गजबको ठाउँमा कुवा खनाएछ ! आहा !!”
केही समयपछि अँध्यारो रातमा त्यसै बाटो हिँड्दा झुक्किएर एकजना यात्री त्यो इनारमा परेछ र मरेछ ।
त्यसपछि मानिसहरु त्यो इनारखनाउने मान्छेको आलोचना गर्न थाले र एक मुख भएर भन्न थाले– “कस्तो बेठीक ठाउँमा इनार खनाएको हगि ? यस्तो ठाउँमा इनार खनाउनै नहुने !”
प्रस्तुति: शारदारमण नेपाल
प्रतिक्रिया