भेडा र व्वाँसो

एक पटक एउटा बनमा पशुहरु यो निधोमा पुगे– उनीहरु सभ्यताको त्यो स्तरमा पुगेका छन्, जहाँ उनीहरुले एउटा राम्रो शासन व्यवस्था अपनाउनुपर्छ ।

र, एकमतले यो तय भयो कि बनप्रदेशमा प्रजातन्त्रको स्थापना होस् ।

चाँडै नै एउटा समिति बन्यो, चाँडै एउटा विधान बन्यो र चाँडै नै एउटा पञ्चायतको निर्माणको घोषणा भयो, जसमा बनका सबै पशुहरुद्वारा निर्वाचित प्रतिनिधि होस् र तिनले बनप्रदेशका लागि कानूनहरु बनाओस् र शासन गरोस् ।

पशु–समाजमा यस ‘क्रान्तिकारी’ परिवर्तनले खुसीको लहर पैदा भयो– सुख, समृद्धि र सुरक्षाको स्वर्णयुग अब आयो र त्यो आयो ।

जुन बन प्रदेशमा हाम्रो कहानीले कदम राखेको छ, त्यसमा भेडाहरु धेरै थिए–अत्यन्तै राम्रो मनका, इमान्दार, कोमल, विनयी, दयालु निर्दोष पशुहरु, जसले घाँस नै पनि छानेर मात्रै खाने गर्छ ।

उनीहरुले कुनै पनि पशुले कसैलाई नमारोस् भन्ने कानून बनायो भने हामीले के खाने ? के हामीले पनि घाँस खान सिक्नुपर्ने हो ?

भेडाहरुले सोचे कि अब हाम्रो डर भाग्नेछ । हामीले आफ्ना प्रतिनिधिबाट कानून बनाउन लगाउने छौं– कुनै जीवधारीले कसैलाई नसताओस्, नमारोस् । सबै बाँचोस् र बाँच्न दिओस् । शान्ति, स्नेह, बन्धुत्व र सहयोगमा समाज आधारित होस् ।

र, यता व्वाँसोहरुले सोचे कि अब हाम्रा लागि संकटकाल आयो । भेडाहरुको संख्या बढी छ र पञ्चायतमा उनीहरुकै बहुमत हुनेछ । उनीहरुले कुनै पनि पशुले कसैलाई नमारोस् भन्ने कानून बनायो भने हामीले के खाने ? के हामीले पनि घाँस खान सिक्नुपर्ने हो ?

जसै जसै चुनाव नजिक आयो, भेडाहरुको उल्लास बढ्थ्यो ।

जसै जसै चुनाव नजिक  आउँदै जान्थ्यो, व्वाँसोहरुको मन शिथिल हुँदै जान्थ्यो ।

एक दिन बुढो स्यालले व्वाँसोलाई भन्यो, ‘‘मालिक, आजभोलि तपाईं धेरै उदास रहनुहुन्छ ।’’

हरेक व्वाँसोको आसपास २–४ वटा स्याल हुन्छ नै । जब व्वाँसोले आफ्नो शिकार खान्छ, यी स्यालहरु हड्डीमा लागेका मासुहरु कोट्याएर खान्छ र हड्डी चुसिरहन्छ । यिनीहरु व्वाँसोका छेउछाउ पुच्छर हल्लाएर हिँड्छ, उसको सेवा गर्छ र मौका–बेमौका ‘ह्याउ ह्याउ’ गरी कराएर व्वाँसोको जयजयकार गर्ने गर्छ ।

बुढो स्यालले अन्यन्तै गम्भीरताले सोध्यो– ‘‘महाराज, तपाई्र चन्द्रमाजस्तो मुखमा चिन्ताको बादल किन छाएको छ ?’’ त्यो स्याल कविता बनाउन पनि जान्दथ्यो होला या शायद अरुको भनाइलाई आफ्नो बनाएर भन्ने गर्थ्यो ।

हरेक व्वाँसोको आसपास २–४ वटा स्याल हुन्छ नै । जब व्वाँसोले आफ्नो शिकार खान्छ, यी स्यालहरु हड्डीमा लागेका मासुहरु कोट्याएर खान्छ र हड्डी चुसिरहन्छ ।

खैर, व्वाँसोले भन्यो, ‘‘के तिमीलाई थाहा छैन बन प्रदेशमा नयाँ सरकार बन्नेवाला छ ? हाम्रो शासन त अब नचल्ने भयो ।’’

स्यालले दाँत ङिच्याएर भन्यो, ‘‘हामीले त के जान्नु र महाराज । हाम्रा लागि त तपाईं नै सबैकुरा हो । हामी त अरु कुनै सरकार जान्दैनौं । तपाईंले दिनुभएको खान्छौं, तपाईंकै गुनगान गाउँछौं ।’’

व्वाँसोले भन्यो, ‘‘तर अब यस्तो समय आउँदैछ कि सुकेको हड्डी पनि चपाउने पाउने छैनौं ’’

स्याललाई सबै थाहा थियो तर उनलाई थाहा पाएर पनि थाहा नपाएको नाटक गर्न आउँथ्यो । त्यो गर्न आउँदैनथियो भने स्याल सिंह बन्दैनथियो नि !

अन्तत व्वाँसोले बन प्रदेशको पञ्चायतको चुनावको कुरा बुढो स्याललाई बुझाए र अत्यन्तै भारी मनले भने, ‘‘चुनाव अब नजिक आइरहेको छ । अब यहाँबाट भाग्नुबाहेक अरु कुनै उपाय छैन । तर जानु पनि कहाँ जानु ? ’’

स्यालले भन्यो, ‘‘मालिक सरकसमा भर्ती हुनोस् ।’’

व्वाँसोले भन्यो, ‘‘अरे त्यहाँ पनि सिंह र भालुलाई पो लिन्छ त । हामी त यति बदनाम छौं कि हामीलाई त्यहाँ कसैले पनि सोध्दैन । ’’

‘‘चुनाव अब नजिक आइरहेको छ । अब यहाँबाट भाग्नुबाहेक अरु कुनै उपाय छैन । तर जानु पनि कहाँ जानु ? ’’

‘‘त्यसो भने,’’ बुढो स्यालले धेरै सोचेर भन्यो, ‘‘चिडियाखानामा जानोस् त ।’’

व्वाँसोले भन्यो, ‘‘अरे त्यहाँ पनि ठाउँ छैन । सुनेको छु त्यहाँ त मानिसलाई पनि राख्न थालियो रे ।’’

बुढो स्याल अब ध्यानमग्न भयो । उसले एउटा आँखा बन्द गर्यो तलको ओठलाई दाँतले दबायो र एकोहोरो आकाशतिर हेर्नलाग्यो मानौं उनी विश्वात्मासँग कनेक्सन जोडिरहेका छन् । फेरि बोल्यो, ‘‘ल अब सबै कुरा बुझें । मालिक, यदि पञ्चायतमा तपाईंको व्वाँसो जातिको बहुमत भयो भने ? ’’

व्वाँसोले रिसाएर भन्यो, ‘‘कहाँको नचाहने कुरा गर्छस् ? अरे हाम्रो जाति कूल १० प्रतिशत मात्रै छ र भेडा अनि अन्य साना पशुहरु ९० प्रतिशत। उनीहरुले हामीलाई किन छान्छ ? अरे कहीँ उनीहरुले आफ्नो जिन्दगी आफैं मृत्युको हातमा सुम्पन सक्छ ? तर यस्तो हुन्थ्यो भने त गज्जब हुन्थ्यो ।’’

बुढो स्यालले भन्यो, तपाईं खिन्न नहुनोस् सरकार । एक दिनको समय दिनोस् । भोलिसम्म कुनै योजना बनिहाल्छ । तर एउटा कुरा है । तपाईंले मैले भने जस्तो गर्नुपर्छ नि ।’’

संकटमा फँसेका व्वाँसोहरुले आखिरमा स्याललाई आफ्नो गुरु माने र उसको आज्ञापालनको कस्सम खाए ।

बुढो स्यालले भन्यो, यिनीहरु पनि स्याल नै हुन्  सरकार ! रङ्याइएका स्याल हुन् । तपाईंको सेवा गर्नेछन् । तपाईंको चुनाव प्रचार गर्नेछन् ।’’

अर्को दिन बुढो स्यालले आफूसँग तीन वटा स्याललाई लिएर आएँ । तिनीहरुमध्ये एउटालाई पहेलो, अर्कोलाई निलो र तेस्रोलाई हरियो रङ दलिदिएका दिए ।

व्वाँसोले त्यो देखेर सोध्यो, अरे यिनीहरु को हुन् ? ’’

बुढो स्यालले भन्यो, यिनीहरु पनि स्याल नै हुन्  सरकार ! रङ्याइएका स्याल हुन् । तपाईंको सेवा गर्नेछन् । तपाईंको चुनाव प्रचार गर्नेछन् ।’’

व्वाँसोले शंका प्रकट गरे, तर यिनीहरुको कुरा कसले मान्ला ? त्यसै पनि स्याल छलकपटको लागि बदनाम छ ।’’

स्यालले व्वाँसोको हात चुमेर भन्यो, तपाईं अत्यन्तै सोझो हुनुहुन्छ सरकार । अरे मालिक, सुनेको छु रुपरंग बदलिँदा मानिस नै पनि बदलिन्छ । फेरि यिनीहरु त स्याल हुन् ।’’

र त्यसपछि बुढो स्यालले व्वाँसोको पनि रुप बदलिदियो । निधारमा ठूलो टिका लगाइदियो, गलामा कंठीमाला लगाइदियो र मुखमा घाँस ठोसिदियो । त्यसपछि भन्यो, अब तपाईं पूरै सन्त बन्नुभयो । अब भेडाहरुको सभामा जानेछौं । तर तीनवटा कुराको ख्याल राख्नुहोला– आफ्नो हिंस्रक आँखालाई माथि नउठाउनुहोला, सधैं जमीनतिरै हेर्नुहोला । र, केही नबोल्नुहोला, अन्यथा सबै पोल खुल्नेछ । र, त्यहाँ धेरै भेडाहरु आउनेछन्, सुन्दर–सुन्दर, मुलायम–मुलायम । तर कसैलाई पनि मारेर नखानुहोला ।’’

व्वाँसोले सोध्यो, तर यी रङ्ग्याएका स्यालहरुले के गर्छ ? यिनीहरुको के काम ?’’

बुढो स्यालले भन्यो, ‘‘यिनीहरु अति कामलाग्दा छन् । तपाईंका सबै प्रचार त यिनीहरुले नै गर्नेछन् । यिनीहरुकै बलमा तपाईं चुनाव लड्नुहुनेछ । यो पहेलोवाला धेरै विद्वान छ, विचारक छ , कवि पनि हो, लेखक पनि । यो निलो स्याल नेता र पत्रकार हो । र, त्यो हरियो धर्मगुरु । ल अब जाऔं ।’’

‘‘पख ।’’ व्वाँसोले बुढो स्याललाई रोक्यो, कवि, लेखक, नेता, विचारक– यिनीहरु त धेरै राम्रा हुन्छन् भनेर सुनेको छु । र, यी तिनैजना... ’’

बीचैमा कुरा काटेर स्याल बोल्यो, यी तिनै जना वास्तविक होइनन्, रङ्याइएका मात्रै हुन महाराज । अब जाऔं, ढिलो नगर्नोस् ।’’

र उनीहरु त्यहाँबाट हिँडे । सबैभन्दा अगाडि बुढो स्याल थियो, उसको पछाडि रङ्ग्याएका स्यालहरुको बीचमा व्वाँसो हिँडिरहेको थियो– निधारमा टिका, घाँटीमा कंठीमाला, मुखमा घाँसको मूठा । विस्तारै हिँडिरहेका थिए, गम्भीरतापूर्वक, टाउको झुकाएका विनयको मूर्ति बनेर !

उता एउटा स्थानमा हज्जारौं भेडाहरु जम्मा भएका थिए, ती सन्तको दर्शनका लागि, जसको चर्चा बुढो स्यालले फैलाएका थिए ।

चारवटै स्यालहरुले व्वाँसोको जयजयकार गर्दै भेडाहरुको हुल नजिक आए ।

उनले आफ्नो जीवन जीवमात्रको सेवाका लागि अर्पित गरेका छन् । अब उनी कसैको मन दुखाउँदैनन्, कसैको रौंसम्म पनि छुँदैनन् । भेडाहरुसँग उनलाई विशेष प्रेम छ । यस जातिले जुन कष्ट सहेका छन्, त्यो याद गरेर अहिले पनि सन्त व्वाँसोको आँखामा आँसु आउने गर्छ ।

बुढो स्यालले एक पटक ठूलो स्वरमा सन्त व्वाँसोको जयजयकार गर्यो । भेडाहरुमाझ पहिल्यै घुसेका स्यालहरुले पनि जयजयकार गरे ।

भेडाहरुले त्यो देखेर भन्यो, ‘‘अरे, भागौं । यो त व्वाँसो हो ।’’

तुरुन्तै बुढो स्यालले उनीहरुलाई रोकेर भन्यो, ‘‘भाइबहिनीहरु, अब नडराउनोस् । व्वाँसो राजा सन्त भएका छन् । उनले हिँसा च्वाट्टै छाडिदिएका छन् । उनको ‘हृदय परिवर्तन’ भएको छ । उनी गत सात दिनदेखि घाँस मात्रै खाइरहेका छन् । रातदिन भगवानको भजन र परोपकारमा लागिरहेका छन् । उनले आफ्नो जीवन जीवमात्रको सेवाका लागि अर्पित गरेका छन् । अब उनी कसैको मन दुखाउँदैनन्, कसैको रौंसम्म पनि छुँदैनन् । भेडाहरुसँग उनलाई विशेष प्रेम छ । यस जातिले जुन कष्ट सहेका छन्, त्यो याद गरेर अहिले पनि सन्त व्वाँसोको आँखामा आँसु आउने गर्छ । उनले आफ्ना व्वाँसो जातिले तपाईंहरुमाथि जुन अत्याचार गरेका छन्, तिनीहरुको कारण व्वाँसो सन्तको शिर लज्जाले झुकेको झुक्यै छ । तर अब उनी शेष जीवन तपाईंहरुको सेवामा लगाएर सबै पापहरुको प्रायश्चित गर्नेछन् । आज बिहानैको त कुरा हो, एउटा मायालाग्दो भेडाको बच्चाको खुट्टामा काँडा भिज्यो, यी व्वाँसो सन्तले त्यसलाई दाँतले निकाले, दाँतले ! तर जब ती बेचारा पीडाले मरे, व्वाँसो सन्तले सम्मानपूर्वक उनको अन्त्येष्टि क्रिया गरे ! उनको घर नजिक हड्डीहरुको जुन थुप्रो लागेको छ, त्यसलाई दान गर्ने घोषणा उनले आज नै बिहानै गरेका छन् । अब त उनले सर्वस्व त्यागिसकेका छन् । अब तपाईंहरु उनीसँग नडराउनोस् । उनलाई आफ्नै भाइ सम्झनुहोस् । सबै मिलेर भनौं– सन्त व्वाँसोजीको जय ! ’’

व्वाँसो अझै पनि त्यसरी नै गर्धन झुकाएर विनयको मूर्ति बनेर बसेको थिए । बीचमा यदाकदा सामुन्ने नै जम्मा भएका भेडाहरुलाई हेर्थे र आफ्नो थुक निल्थे ।

पहेलो स्याललाई त ह्वाउ ह्वाउ गर्नुबाहेक अरु केही आउँदैनथ्यो । ह्वाउ ह्वाउ गरेर करायो । अरु स्यालहरु पनि ह्वाउ ह्वाउ गर्न थाल्यो ।

बुढो स्यालले फेरि भन्यो, ‘‘भाइबहिनीहरु, म व्वाँसो सन्तलाई आफ्नै मुखले तपाईंहरुलाई प्रेम र दयाको सन्देश दिन प्रार्थना गरिरहें । तर प्रेमवश उनको हृदय भरिएको छ, उनी गदगद भएका छन् र भावातिरेकताका कारण उनको गला अवरुद्ध भएको छ । उनी बोल्न सक्दैनन् । अब तपाईंहरु यी तीनवटा रंगीन प्राणीहरुलाई हेर्नोस् । तपाईंहरुले यिनलाई चिन्न सक्नुभएन । चिन्नु पनि कसरी ? यिनीहरु यो लोकको प्राणी त होइन । यिनीहरु त स्वर्गका देवता हुन् जो हामीलाई सदुपदेश दिनका लागि पृथ्वीमा अवतरित भएका छन् । यो पहेलो रंगको विचारको हो, कवि हो, लेखक हो । नीलो नेता हो र स्वर्गको पत्रकार हो । अर हरियो रंगवाला चाहिँ धर्मगुरु । अब कविराजले तपाईंहरुलाई स्वर्ग–संगीत सुनाउनेछन् । हो कविजी...”

पहेलो स्याललाई त ह्वाउ ह्वाउ गर्नुबाहेक अरु केही आउँदैनथ्यो । ह्वाउ ह्वाउ गरेर करायो । अरु स्यालहरु पनि ह्वाउ ह्वाउ गर्न थाल्यो । बुढो स्यालले आँखाको इशाराले बाँकी स्यालहरुलाई रोके र चतुराईले कुरालाई यो भनेर सम्हाले, ‘‘भाइ कविजी त कोरसमा गीत गाउँछन् । तर केही बुझ्नुभयो तपाईंहरुले ? कसरी बुझ्नु हुन्छ ? अरे, कविको कुरा सबैले बुझ्न थाले भने त उनी कहाँका कवि भए त ? उनको कविताबाट शाश्वतको स्वर निस्किररहेको छ । उनी  भनिरहेका छन् कि जस्तो स्वर्गमा परमात्मा, त्यसै पृथ्वीमा व्वाँसो । हे व्वाँसो जी, हे महान् ! तपाईं सर्वत्र व्याप्त हुनुहुन्छ, सर्वशक्तिमान हुनुहुन्छ । प्रातःकाल सन्ध्या तपाईंको निधारमा तिलक लगाइदिन्छ, साँझको किरण तपाईंको मुखलाई चुम्छ, हावा तपाई्रंलाई आँखामा पंखा हम्कन्छ, र रात्रीमा तपाईंकै ज्योति लक्ष लक्ष खण्ड बनेर आकाशमा तारा बनेर चम्किन्छ । हे विराट ! तपाईंको चरणमा यस क्षुद्रको प्रणाम छ ।’’

‘‘भाइ कविजी त कोरसमा गीत गाउँछन् । तर केही बुझ्नुभयो तपाईंहरुले ? कसरी बुझ्नु हुन्छ ? अरे, कविको कुरा सबैले बुझ्न थाले भने त उनी कहाँका कवि भए त ? उनको कविताबाट शाश्वतको स्वर निस्किररहेको छ । उनी  भनिरहेका छन् कि जस्तो स्वर्गमा परमात्मा, त्यसै पृथ्वीमा व्वाँसो ।’’

फेरि नीलो रंगको स्यालले भन्यो, “निर्बलहरुको रक्षा बलवानले नै गर्न सक्छ । भेडाहरु कोमल छन्, निर्बल छन्, आफ्नो रक्षा गर्न सक्दैन । व्वाँसो बलवान छ, यसकारण उसको हातमा आफ्ना हितहरुलाई छाडेर निश्चिन्त बन्नुहोस् । उनी पनि तपाईंहरुको भाइ हुन् । तपाईंहरु एउटै जातिको हुनुहुन्छ । तपाईंहरु भेडा, उनी व्वाँसो ।कति कम अन्तर छ ! र विचरा व्वाँसोलाई व्यर्थ नै बदनाम गरिएको छ कि उसले भेडाहरु खान्छ भनेर । खान चाहिँ अरुले नै खान्छ र हड्डी उसको ढोकामा फ्याँकेर जान्छ । व्यर्थमा उनको बदनामी हुन्छ । तपाईंहरु त पञ्चायतमा बोल्न पनि सक्नु हुन्न । व्वाँसो बलवान छ । यदि तपाईंहरुमाथि कुनै अन्याय भयो भने डटेर लड्ने छन् । यसकारण आफ्नो हित रक्षाका लागि व्वाँसोलाई चुनेर पञ्चायतमा पठाउनुहोस् । भन्नुहोस् – सन्त व्वाँसोको जय !”

फेरि हरियो रङका धर्मगुरुले उपदेश दिए, “जसले यहाँ त्याग गर्नेछ, त्यो अर्को लोकमा पाउनेछ । जसले यहाँ दुख भोग्ने छ, उसले त्यहाँ सुख पाउनेछ । जसले यहाँ राजा बनाउनेछ, ऊ त्यहाँ राजा बन्नेछ । जसले यहाँ भोट दिन्छ, उसले त्यहाँ ‘भोट’ पाउनेछ । यसकारण सबै मिलेर व्वाँसोलाई भोट दिनु । उनी दानी छन्, परोपकारी छन्, सन्त हुन् । म उनलाई प्रणाम गर्छु ।”

“जसले यहाँ त्याग गर्नेछ, त्यो अर्को लोकमा पाउनेछ । जसले यहाँ दुख भोग्ने छ, उसले त्यहाँ सुख पाउनेछ । जसले यहाँ राजा बनाउनेछ, ऊ त्यहाँ राजा बन्नेछ । जसले यहाँ भोट दिन्छ, उसले त्यहाँ ‘भोट’ पाउनेछ । यसकारण सबै मिलेर व्वाँसोलाई भोट दिनु ।’’

यो एउटा व्वाँसोको कथा होइन, यो सबै व्वाँसाहरुको कथा हो । सबै ठाउँमा यस प्रकार प्रचार भयो र भेडाहरुलाई विश्वास भयो कि व्वाँसाहरुभन्दा ठूलो उनीहरुका हितचिन्तक र हितरक्षक अरु कोही छैन ।

र, अब पञ्चायतको चुनाव हुँदा भेडाहरुले आफ्नो हित रक्षाका लागि व्वाँसाहरुलाई चुने ।

र, पञ्चायतमा भेडाहरुको हित रक्षाका लागि व्वाँसाहरु प्रतिनिधि बनेर गए ।

र, पञ्चायतमा व्वाँसाहरुले भेडाहरुको भलाइको लागि पहिलो कानून यो बनाए–

हरेक व्वाँसोलाई बिहानको नास्ताको लागि भेडाको एउटा कलिलो बच्चा दिइयोस्, दिउँसाको भोजनमा एउटा पूरै भेडा र बेलुका स्वास्थ्यको ख्याल गरेर कम खानु पर्छ, त्यसकारण आधा भेडा दिइयोस् ।”

हरिशंकर परसाईको कथा सङ्ग्रह ‘तब की बात और थी’ बाट अनुदित ।