लोकतन्त्र, कृतज्ञता र बालेन
मनसि वचसि काये पुण्यपीयूषपूर्णा
त्रिभुवन मुपकार श्रेणिभिः प्रीणयन्त:
परगुण परमाणू न्पर्वतीकृत्य नित्यम्
निज हृदि विकसन्त: सन्ति सन्तः कियन्त: ?
मन वचन तथा शरीरमा पुण्य पवित्र अमृत भाव भरिएका, आफ्ना उपकारका क्रियाकलापहरुबाट जतिसक्यो धेरै मानिसहरुलाई लाभान्वित राख्न प्रयत्न गर्ने, र अरुको परमाणु जति गुणलाई पनि पर्बत बराबर मानेर आफ्ना हृदयमा विकसित गर्ने सज्जन यस दुनियाँमा कति होलान् ?
मध्यकालीन संस्कृत महाकविको यो प्रश्न नेपालको राजनीतिमा आज झन् जीवन्त बनेको देख्दा हृदय भएका जसकसैलाई पनि अचम्म लाग्न सक्छ । शयौँ वर्षअघिको झन्डै अन्धकार युगमा पनि बौद्धिकहरुमा जनसेवा र कृतज्ञता भावको यत्रो हुट्हुटी थियो । यत्रो प्रबोध थियो । प्रबुद्धहरुमा मानव सभ्यताको विकासमा समर्पित सोच यतिसम्म दूरगामी महत्वको हुँदोरहेछ । अवस्था हेर्दा लाग्छ, हामी त अझै मध्ययुगीन कालमै छौँ ।
नेपालमा सामन्तहरुको शासन सकिएर लोकतन्त्र शुरु भयो भनिएको पनि ७० वर्ष नाघ्यो । यस बीच बहुदलीय, निर्दलीय, पुनर्वहुदलीय र गणतान्त्रिक समेत चारवटा राजनीतिक व्यवस्था प्रयोगमा आएका देखिए । यति हुँदा पनि जनतान्त्रिक आदर्श र चरित्रका राजनीतिक व्यवस्थाको आस्वादन लिन जनताले अद्यापि पाएका छैनन् । देश र जनतालाई माया गर्ने, जनतान्त्रिक चरित्रका आदर्श राजनेता र कर्मचारीहरु देख्न बेहोर्न पाएका छैनन् जनताले । शासन प्रशासनका हरेक क्षेत्रमा व्याप्त भ्रष्टचारकै कारण मुलुको आर्थिक, सामाजिक राजनीतिक र सांस्कृतिक अवस्था समेत दिनप्रतिदिन अत्यास लाग्दो हुँदै गएको छ ।
नेपालमा सामन्तहरुको शासन सकिएर लोकतन्त्र शुरु भयो भनिएको पनि ७० वर्ष नाघ्यो । यस बीच बहुदलीय, निर्दलीय, पुनर्वहुदलीय र गणतान्त्रिक समेत चारवटा राजनीतिक व्यवस्था प्रयोगमा आएका देखिए । यति हुँदा पनि जनतान्त्रिक आदर्श र चरित्रका राजनीतिक व्यवस्थाको आस्वादन लिन जनताले अद्यापि पाएका छैनन् ।
यसबीच काठमाडौका मेयर बालन अपवाद देखिएका छन् । उनी अहिलेसम्म भ्रष्ट आचरणमा मुछिएका छैनन् । महानगर कस्तो बनाउने भन्ने उन्नत दृष्टिकोण छ उनीसित । बालन मेयर निर्वाचित भएपछि कामपाले काँचुली फेर्न शुरु गरेको छ । धेरै राम्रा काम भएका छन् । लोकतान्त्रिक गणतन्त्र नेपालमा अत्यन्त दुर्लभ देखिएको झण्डै एक्लो अभ्रष्ट नेतृत्व बालेनले योजनावद्ध रुपमा महानगर सुन्दर बनाउन खोज्दा रिसाएर मुर्मुरिएका अनुहार देख्दा र झुल्सिएका बोली वचन सुन्दा हामी अझै मध्यकालभन्दा पनि अगाडिको अन्धकार युगमै छौँ कि जस्तो भ्रम पनि लाग्छ । प्रधानमन्त्री,मन्त्री, तिनका कार्यकर्ता कतिपय वडाअध्यक्ष र सुकुम्वासी टोल हाँकिबस्ने केही हुकुम्बासी समेतका विषाक्त अनुहारहरु मेयर बालेनका बिरुद्ध मुर्मुरिएर जाइलागेका देखिन्छन् । हालै काठमाडौको नयाँ सडकमा पटक पटक देखिएको निर्माण विरुद्धको विध्वंशकारी आक्रमणका दृश्यहरु पश्चगामी सामन्ती सोच समझको झर्झराउँदो दृष्टान्त नै हुन् भन्न सकिन्छ । यी यस्ता श्रव्यदृश्यहरु सचेत जनतान्त्रिक आँखाका लागि कम घीन लाग्दा छैनन् ।
झण्डै एक्लो अभ्रष्ट नेतृत्व बालेनले योजनावद्ध रुपमा महानगर सुन्दर बनाउन खोज्दा रिसाएर मुर्मुरिएका अनुहार देख्दा र झुल्सिएका बोली वचन सुन्दा हामी अझै मध्यकालभन्दा पनि अगाडिको अन्धकार युगमै छौँ कि जस्तो भ्रम पनि लाग्छ ।
कुरो यहाँ कृतज्ञताकै छ । सँगै कृतघ्नताको पनि कुरा छ । “कृतम् जानाति इति कृतज्ञ । कृतज्ञस्य भावः कर्म वा कृतज्ञता ।” अरुले गरेको काम देख्नु बुझ्नु र त्यसको महत्वबोध गर्नु नै कृतज्ञता हो । आध्यात्मिक दृष्टिले कृतज्ञता एक किसिमको भाव सम्वेदना हो भने सामाजिक दृष्टिले कृतज्ञता गुणग्राहिताको उद्बोधन हो । स्नेह, सहयोग र सहकार्यका दृष्टिले जनतान्त्रिक राजनीतिक संस्कृतिको त प्राण नै हो कृतज्ञता । कृतज्ञता नभएकाहरु कृतघ्न हुन सक्छन् । कृतघ्नता भयङ्कर सामन्ती संस्कृतिको उपज हो । हामीले इतिहासमा पढेका छौँ, सुनेका छौँ विगतमा सामन्त महासामन्तहरु आफ्ना कलात्मक जादू महलहरु बनाइसकिएपछि सर्वप्रथम त्यो महल त्यति राम्रो बनाउने दक्ष कलाकारहरुका हात काटिदिन्थे । यो हो कतघ्नताको जगजाहेर दृष्टान्त । अविवेकीहरु जसरी कृतघ्न हुन सक्छन् विवेकीहरु त्यसरी कृतघ्न हुन सक्दैनन् । सम्वेदनशीलताले नै दिँदैन । विद्वान्हरु, असल सोचविचारका धनीहरु, शिष्टसभ्यहरु स्वभावतः कृतज्ञ हुन्छन् । गरेका कामको जस दिन मनकारी हुन्छन् । वैज्ञानिक अनुसन्धानकै क्षेत्रमा हेरौं हरेक अघिल्लो खुट्किलोलाई पछिल्लो खुट्किलो टेक्नेले पर्याप्त जस दिँदै, हार्दिक कृतज्ञता व्यक्त गरेर विधिपूर्वक टेकेको हुन्छ र अगाडिको खुकिलो बनाउँदै उक्लँदै अघि बढेको हुन्छ ।
अविवेकीहरु जसरी कृतघ्न हुन सक्छन् विवेकीहरु त्यसरी कृतघ्न हुन सक्दैनन् । सम्वेदनशीलताले नै दिँदैन ।
जहाँ कृतज्ञता छैन त्यहाँ लोकतन्त्र छैन । कृतज्ञता नहुनु राम्रा र लोकोपयोगी कामको सम्यक् मूल्याङ्कन नहुनु हो । जनताका रगत् पसिनाको अवमूल्यन हुनु हो । शासन प्रशासनमा जनताप्रति आदर सम्मान र शासकीय दायित्वबोधको विकास हुनु हो । जनतान्त्रिक संस्कृतिको विकास नहुनु हो । सत्तासीनहरुका चिन्तन र व्यवहारमा सामन्ती संस्कृति कायम रहनु हो । कलात्मक कामको सम्यक् मूल्यन, प्रशंसा र पुरष्कार सामन्ती शासन व्यवस्थाको चरित्र नै होइन । सामन्त महासामन्त्हरुसँग जनतालाई आदर सम्मान दिन सक्ने र जनताका मेहनतको प्रशंसा गर्न सक्ने मनोमस्तिष्क नै हुँदैन । सामन्त महासामन्तका यसै विवेकहीन र नृशंश उत्पीडनको पृष्ठभूमिमा लोकतन्त्रका लागि व्यग्र बनेको थियो नेपाली जनजीवन ।
जनताको पटक पटकको संघर्ष र वलिदानबाट नेपालमा लोकतन्त्र त आयो जनताको लोकतन्त्र आएन । जनताप्रति कृतज्ञतासहितको लोकतन्त्र आएन । पुरातन सामन्तहरु पन्छिएर नवसामन्तहरुको राइँदाइँतन्त्र आयो । सत्तामा तिनै सामन्तहरुको रजाइँ कायम रह्यो । जनताको काम भनेको चुनावमा भोट खसालेर समाजका भ्रष्ट सामन्त नवसामन्त साहुहरुलाई सत्तामा उक्लने भर्याङ् तैयार गरिदिनु मात्र भइदियो । सत्तामा उकालेर भ्रष्टहरुलाई भ्रष्टाचारका लागि थप अवसर जुटाइदिनु मात्र भइदियो ।
जनताप्रति कृतज्ञतासहितको लोकतन्त्र आएन । पुरातन सामन्तहरु पन्छिएर नवसामन्तहरुको राइँदाइँतन्त्र आयो । सत्तामा तिनै सामन्तहरुको रजाइँ कायम रह्यो । जनताको काम भनेको चुनावमा भोट खसालेर समाजका भ्रष्ट सामन्त नवसामन्त साहुहरुलाई सत्तामा उक्लने भर्याङ् तैयार गरिदिनु मात्र भइदियो ।
अव एक छिन कृतज्ञताका कुरा गरौँ । जहाँसम्म इतिहास र सांस्कृतिक पृष्ठभूमिको कुरा छ हाम्रो जनतान्त्रिक कृतज्ञतामूलक संस्कृतिकोे जरो वाल्मीकिको रामायण महाकाव्यसम्म पुग्छ । रामको व्यक्तित्व निरुपण गर्दा वाल्मीकिले कृतज्ञताको कुरा उठाएकाछन् । “धर्मज्ञश्च कृतज्ञश्च सत्यवाक्यो दृढव्रतः अर्थात् मानव धर्मका ज्ञाता, अरुका कामको मूल्यन र सम्मान गर्न सक्ने, बोलीका पक्का अनि निष्ठाका पक्का थिए राम ।” वाल्मीकिले रामको चरित्रमा विशेष जोड दिएका छन् । जस्तै “चारित्रेण च को युक्तः सर्वभूतेषु को हितः विद्वान् कः कः समर्थश्च कश्चैकः प्रियिदर्शनः । आन्मवान् को जितक्रोधो द्युतिमान् कोनशूयकः ?” अर्थात् सच्चरित्रले विभूषित, सवै जीवजगत्को हित भलो गर्न खट्ने, विद्वान्, सशक्त, जनप्रिय, स्वाभिमानी, रिसराग जित्न सक्ने, उज्ज्वल प्रभावशाली, जथाभावी विनाप्रमाण कसैको आलोचना नगर्ने, यस्ता गुणहरु कसमा छ ? त्यस आदर्श पात्रमाथि महाकाव्य बनाउन चाहँदा नारदसँग प्रश्नमय बनेका थिए वाल्मीकि । राममा यी चरित्र पाएर नै तमाम विवरण जुटाएर रामायण महाकाव्य लेखेका थिए आदिकवि वाल्मीकिले । राममा रहेका चरित्रगत यिनै विशेषताका कारण युगौँसम्म जनजीवनमा रामराज्यको अवधारणा बनेको थियो । रामराज्यको अवधारणा पुरानो युगमा विकसित एक किसिमको जनतान्त्रिक आदर्श परिकल्पनाकै अवधारणा थियो । यद्यपि त्यसले समाजमा मूर्त रुप लिएको एतिहास भने कहिल्यै बन्न पाएन ।
हामीसँग रामायण छ । महाभारत छ । धेरै नीति र दर्शनशास्त्रहरु छन् । विश्वइतिहासका पाठहरु छन् हामीसँग । हामीले कति देशका उत्थान पतन देखे सुनेका छौँ । आफ्नै देशको इतिहासले दिएका अजङ्गका पाठहरु छन् । आफ्नै मुलुकमा पनि जनजागृतिका झण्डै त्रियासी वर्ष वितिसकेका छन् । यसबीच नेपाली जनताले धेरै संघर्ष गरेका छन्, ज्यान वलिदान दिएका छन् । शहादतका ठेली नै बनिसकेका छन् । यति हुँदा पनि हामीले जनस्तरमा चेतनाको आगो बाल्न र विकृति विसङ्गतिलाई डढाउन सकेका छैनौ । बरु विकृति विसङ्गतिले नै हामीलाई चिन्ताको आगोमा पिरोलिरहेको छ । बालन र नयाँसडकको संघर्ष पनि यसैको एउटा दृष्टान्त हो ।
नेपाली जनताले धेरै संघर्ष गरेका छन्, ज्यान वलिदान दिएका छन् । शहादतका ठेली नै बनिसकेका छन् । यति हुँदा पनि हामीले जनस्तरमा चेतनाको आगो बाल्न र विकृति विसङ्गतिलाई डढाउन सकेका छैनौ ।
हाम्रा राजनेताहरु नीतिवान्, निष्ठावान्, आदर्श र देशभक्त हुन नसक्नुकै कारण तिनका कार्यकर्ता पनि असल बन्न सकेनन् । कार्यकर्ताहरुमा कुनै पनि व्यक्ति र तिनका असल कामको उचित मूल्यांकन गर्ने सोच समझको विकास भएन । मुलुकले अपेक्षित प्रगतिको बाटो समात्न सकेन । स्पस्टै छ सत्तासीनहरु जनताप्रति कृतज्ञ बन्न सकेनन् । जनताप्रतिको दायित्बबोध गर्न सकेनन् । उत्तरोत्तर झन् झन् स्वार्थी कृतघ्न र भ्रष्ट हुँदै गए । आपूm भ्रष्ट भएपछि अरु कुनै अभ्रष्ट व्यक्तित्व देख्न सहन सक्ने धैर्य पनि गुमाउँदै गए । काठमाडौका मेयर बालेनले काठमाडौलाई सफा स्वस्थ र अनुशासित शहर बनाउन पहल गर्दा मुलुकका ठुला राजनीतिक दल, दलबाट सत्तामा पुगेका नेता मन्त्री प्रधानमन्त्री र तिनका कार्यकर्ताहरुबाट भएका आक्रामक व्यवहार देख्दा यो सवै पतनशील चरित्र बाकेकाहरुको डाह ईष्र्या र असहिष्णुताकै उग्र रुप हो भन्न वाध्य भइन्छ ।
भनिन्छ, बुढाहरु तन्देरी मन पराउँदैनन् । मूर्खहरु विद्वान् मन पराउँदैनन् । अहिले नेपालमा यस्तै अर्को वाक्य थपिएको छ । भ्रष्टहरु बालेन मन पराउँदैनन् ।
अँध्यारो सोचविचार र व्यवहार भएकाहरु उज्यालो मन पराउँदैनन् । चोरहरु चन्द्रमा मन पराउँदैनन् । यो भनाइ पुरानै हो । यसलाई सामान्यनीतिकारले “चौराणाम् चन्द्रमा रिपु:” भनेका छन् । अर्थात् चोरहरुका लागि चन्द्रमा नम्बर एक शत्रु हो । चोरहरु चन्द्रमालाई साँच्चिकै शत्रु ठान्छन् । चन्द्रमा चम्केको उज्यालो रातमा चोरहरुलाई कसैको घर फोर्न र चोर्न सजिलो पर्दैन । कसै न कसैले देख्नसक्छ । प्रहरीको फन्दामा पार्न सकिन्छ । चोरहरुका लागि त औँसीको अन्धकार रात नै आनन्दमय रात हो । अझ लोडसेडिङ्सहितको औँसीको अन्धमुष्ठि रात आदर्श र अनुकूल रात हो चोहरुका लागि ।
घुस्याहाहरु इमानदार मन पराउँदैनन् । अराष्ट्रियहरु देशभक्त मन पराउँदैनन् । झगडालुहरु शान्ति मन पराउँदैनन् । यथास्थितिवादीहरु क्रान्ति मन पराउँदैनन् । विस्तारवादीहरु भूमिभक्त र स्वाभिमानी छिमेकी मन पराउँदैनन् । निशाचरहरु दिन, दिवाकर मन पराउँदैनन् । शान्तिकामीहरु युद्ध मन पराउँदैनन् । साम्राज्यवादीहरु बुद्ध मन पराउँदैनन् । यसरी यहाँ को के मन पराउँदैनन् लिस्ट लामो हुन सक्छ ।
बालेनका सवै कुरा ठीक छन् भन्नु पनि मनासिप नहोला । बालेनका पनि सीमा छन् । लाग्छ वर्गीय दृष्टिले उनी एक हुक्का हुन् । चिलिमको मर्म उनलाई थाहा छैन ।
कुरा यहाँ आजका भ्रष्ट सत्तासीन राजनीतिकहरु र बालेनबीचको हो । बालेनले अहिलेसम्म भ्रष्टाचारको बाटो समातेका छैनन् । यसै भएर आज नेपालमा मन्त्री, प्रधानमन्त्री र हाकिमहरुवाई मात्र होइन परम्परागत वडा अध्यक्ष र मेयरहरुलाई पनि बालेनहरु मन पर्दैनन् । उडेका काग र गल्ली गल्ली दगुरेका कुक्कुरहरुलाई पनि बालेन मन पर्दैन । अझ यी शहरका झिङ्गाहरुलाई त मनै पर्दैन बालेन । बालेनले शहरलाई सफा राख्न खोज्छन् । सफा शहरमा झिङ्गाले स्थान पाउँदैन ।
अन्तमा
बालेनका सवै कुरा ठीक छन् भन्नु पनि मनासिप नहोला । बालेनका पनि सीमा छन् । लाग्छ वर्गीय दृष्टिले उनी एक हुक्का हुन् । चिलिमको मर्म उनलाई थाहा छैन । उनले गल्ली र सडकका पसलेहरुलाई धपाउँदा जो सशक्त छन् । युवा छन् । ती धपिएर विदेश पुगेका छन् । यसबाट मुलुक रित्तो बनाउन लागिपरेका केन्द्रीय सत्तासीनहरुलाई नै प्रकारान्तरले मद्दत पुगेको छ ।) सडकजीवी जो वृद्ध वृद्धा छन् अशक्त छन् ती पथरा परेका छन् । कति मरेका पनि हुन सक्छन् । हाम्रै गल्लीमा एक जना ६० नाघेकी सुकुम्वासी महिला छिन् । डेरामा बस्छिन्, । चार पाँच दिन अघिसम्म यसै गल्लीको एक छेउमा साइकिल गाडामा पानीपुरी चाट पसल चलाउँथिन् । उनको एक टुहुरा छोरा छन् । ती बुढी आमाले ती छोरा र आफूसमेत दुई जनाको हातमुख जोड्न र प्राण धान्न सकेकी थिइन् । पूर्वसूचना विना कतैबाट एक्कासि टप्केका बालनका सेनाले तिनको पसल गाडा थुतेर लगेछ । त्यसपछि ती वृद्ध र अवला महिलाको बिचल्ली शुरु भएको छ । जहाँ पसलगाडा उभ्याइने गथ्र्यो गल्लीको त्यही किनारमा बसेर रोदनमयी शैलीमा टोलाइरहेकी देखिन्छिन् । नगर स्वस्थ सुन्दर बनाउने क्रममा महानगरले कुनै पनि सडकगल्लीमा मामुली पसल गरिरहेको व्यापारीमाथि कार्बाही गर्दा हचुवा पाराले होइन एक एकको जीवनस्थिति सामर्थ्य र सम्भावनाको यथातथ्य मूल्याङ्कन गरेर विकल्पहीनलाई कामचलाउ विकल्प दिएर मात्र त्यहाँबाट विस्थापित गर्नु न्यायिक हुनसक्छ । अन्यथा कसैमाथि भयङ्कर अन्याय पनि हुन सक्छ । जति असल नेतृत्वबाट भएको भए पनि अन्यायको त प्रशंसा गर्न सकिँदैन नि । हैन र ?
प्रतिक्रिया