ओरालो लाग्दो अमेरिकी साम्राज्य र बढ्दो शीतयुद्धको खतरा

नेटोको जन्म कसरी भएको थियो ? नेटोका पछिल्ला गतिविधिले किन र कस्तो खतरा पैदा गराएको छ ?

रुस–युक्रेन युद्धमा रुसविरुद्ध छद्मयुद्ध गरिरहेको अमेरिका र नेटोको बढ्दो गतिविधि र प्रत्यक्ष संलग्नताले विश्व फेरि शीतयुद्धकालीन अवस्थातिर फर्कने र नयाँ खालको युद्ध विश्वमा चर्किने खतरा बढेको छ ।

उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) स्थापनाको ७५ वर्ष पुगेको अवसरमा भरखरै अमेरिकामा सम्पन्न सम्मेलनले गरेको निर्णयले पनि त्यो दिशातिर संसारलाई डोर्याउने सम्भावनालाई जन्म दिएको छ ।

यतिखेर अमेरिकी साम्राज्यको अस्ताचलतिरको यात्रा शुरु भएको छ । सोभियत संघको पतनपछि कायम उसको एकधु्रवीय महाशक्तिको हैसियतलाई चुनौती दिँदै विश्व महाशक्तिको रुपमा सोभियत रुसले पुनः आफूलाई स्थापित गर्दै लगेको छ भने चीन, भारत, इरान, उत्तर कोरिया लगायतका मुलुकहरुले पनि आफूलाई महाशक्तिको रुपमा उभ्याउन थालेको छ । त्यसमाथि थप, अमेरिकी साम्राज्यवादको दादागिरी र हैकमलाई चुनौती दिँदै ब्रिक्स, साघाई कोआपरेशन जस्ता वैश्विक संस्थाहरुको उदय भएको छ ।

यी सबैको जम्मा जोड के हो भने, अमेरिकी नेतृत्व रहेको साम्राज्यवादी मुलुकहरुको एकछत्र राजको अस्ताचलतिरको यात्रा शुरु भएको छ । यो भनेको, नयाँ खालको युद्ध, द्वन्द्वहरु ससारले भोग्नुपर्ने खतरनाक स्थितिको जन्म हुनु पनि हो ।

यस पृष्ठभूमिमा आउनुहोस्, शीतयुद्ध कालमा सोभियत कम्युनिष्टको वेगवान गतिलाई रोक्न अमेरिका तथा युरोपेली मुलुकहरुको तत्परतामा नेटो गठनको इतिहास खोतलखातल गरौं र त्यसका पछिल्ला युद्ध–पिपासु गतिविधिहरुलाई नियालौं ।

यसरी भएको थियो नेटोको गठन

उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) को गठन दोश्रो बिश्वयुद्धको समाप्तिलगत्तै अर्थात्ीतयुद्धको सुरुवाती र्षमा भएको थियो। ४ अप्रिल १९४९ मा अमेरिकाको राजधानी वाशिंगटनमा यो संगठनको स्थापना भएको थियो। त्यसबेला युरोपमा सोभियत संघको प्रभुत्व र साम्यवादको बिस्तारलाई रोक्नको लागि नेटोको स्थापना गरिएको थियो। दोस्रो विश्वयुद्धमा नाजी हिटलरको फासीवादी युद्धउन्मादलाई परास्त गरेपछि पूर्वी युरोपमा सोभियत संघले कम्युनिस्ट सत्ताहरु स्थापना गरिरहको थियो। यसको विस्तार पश्चिमी देशहरुमा नहोस भनेर र युरोपेली देशहरुलाई अमेरिकाको नेतृत्वमा साझा सैन्य संगठनमा गोलबद्ध गर्नको लागि नेटोको गठन गरिएको थियो। नेटोको सुरुवातमा जम्मा १२ सदस्य राष्ट्रहरु थिए। तिनमा अमेरिका, बेलायत, फ्रान्स, इटाली, नेदरल्याण्ड, नर्वे, पोर्चुगल, क्यानाडा, बेल्जियम, डेनमार्क, लक्जेम्बर्ग र आइसल्याण्ड थिए।

सोभियतसंघले पनि नेटोको सदस्य बन्न चाहेको थियो

नेटो र सोभियत संघको सम्बन्धबारे एउटा रोचक तथ्य पनि रहेको छ। स्टालिनको मृत्यु भएको एक र्षपछि १९५४ मा सोभियत संघले आफ्नो देशलाई पनि नेटोको सदस्य बनाइयोस भनेर प्रस्ताव राखेको थियो। जसको जवाफमा पश्चिमी देशहरुले यो प्रस्ताव छलफल गर्न समेत अयोग्य रहेको भनेर खारेज गरेका थिए।

स्टालिनको मृत्यु भएको एक र्षपछि १९५४ मा सोभियत संघले आफ्नो देशलाई पनि नेटोको सदस्य बनाइयोस भनेर प्रस्ताव राखेको थियो। जसको जवाफमा पश्चिमी देशहरुले यो प्रस्ताव छलफल गर्न समेत अयोग्य रहेको भनेर खारेज गरेका थिए।

यो घटनाको एक र्षपछि १९५५ मा सोभियत संघले पूर्वी युरोपका कम्युनिस्ट देशलाई समावेश गरेर वार्सा सैन्य संगठन निर्माण गर्र्‍यो। यो संगठनमा सुरुमा ८ देश सहभागी थिए। जसमा सोभियत संघ, पोल्याण्ड, पूर्वी जर्मनी, रोमानिया, बुल्गारिया, चेकोस्लाभाकिया, हंगेरी र अल्बानिया रहेका थिए। अल्बानियाले १९६८ मा यो संगठन परित्याग गरेको थियो।

वार्साको विघटन

सोभियत नेता मिखाइल गोर्बाचोभले आफ्नो देशमा खुलापन र सुधारका कार्यक्रमहरु सुरु गरेपछि त्यसको प्रभाव सबै पूर्वी यूरोपेली देशहरुमा पर्न थाल्यो। जसको फलस्वरूप १९८९-९० मा पूर्वी यूरोपमा कम्युनिस्ट सत्ताहरू एकपछि अर्को गर्दै ढले। वार्सा सैनिक संगठन गठन भएको ३६ र्ष पछि २५ जनवरी १९९१ मा यसलाई औपचारिक रुपमा बिघटन गरियो। वार्सा सैन्य गठबन्धन बिघटन भएको एक वर्ष पनि नबित्दै सोभियत संघको पनि पतन भयो। २५ डिसेम्बर १९९१ मा सोभियत संघलाई पनि औपचारिक रुपमा बिघटन गरियो। यसको ठाउमा १५ वटा स्वतन्त्र देशहरुको जन्म भयो।

पूर्वी जर्मनीमा करिव ४ लाख सोभियत सेनाहरु थिए। जर्मनी एकीकरणको लागि सोभियत संघले आफ्ना सेनाहरु जर्मनी बाट हटाउनु पर्थियो। अमेरिका र पश्चिमी देशका नेताहरुले सोभियत नेता गोर्बाचोभ र अन्य उच्चपदस्थ पदाधिकारीहरुलाई जर्मनीलाई नाटोमा संलग्न हुन सहयोग गर्न आग्रह गरेका थिए।

१९९० मा पूर्वी जर्मनीको कम्युनिस्ट सत्ता ढले पछि जर्मनी एकीकरण गर्ने प्रक्रिया सुरु भएको थियो। अमेरिकाले एकिकृत जर्मनीलाई नेटोको सदस्यको रुपमा कायम राख्न चाहन्थियो। त्यो एकीकरण प्रक्रियामा एउटा बाधा थियो। पूर्वी जर्मनीमा करिव ४ लाख सोभियत सेनाहरु थिए। जर्मनी एकीकरणको लागि सोभियत संघले आफ्ना सेनाहरु जर्मनी बाट हटाउनु पर्थियो। अमेरिका र पश्चिमी देशका नेताहरुले सोभियत नेता गोर्बाचोभ र अन्य उच्चपदस्थ पदाधिकारीहरुलाई जर्मनीलाई नाटोमा संलग्न हुन सहयोग गर्न आग्रह गरेका थिए। जर्मनीको मामिलामा सहयोग गरे नेटोलाई पुर्वी जर्मनीको एल्वे नदी भन्दा पूर्व एक इञ्च पनि बिस्तार नगर्ने वाचा अमेरिकाले गोर्बाचोभ सामु गरेको थियो । यसै वाचामा विश्वास गर्दै गोर्बाचोभले जर्मनीलाई नेटोमा सामेल हुन अनुमति दिए।

रोकिएन नेटोको विस्तार

 सोभियत संग र वार्सा गठबन्धन बिघटन भएपछि युरोपमा अमेरिका र पश्चिमी यूरोपलाई कुनै खतरा थिएन। नेटो संगठनलाई कायम राख्नुको कुनै औचित्य पनि थिएन। त्यसै बेला यसलाई बिघटन गर्दा पनि हुन्थियो। तर अमेरिकाले नेटोलाई बिघटन गर्नुको साटो अझ बिस्तार गर्ने नीति लियो। 

१९९१ मा सोभियत संघ बिघटन भएपछि अमेरिकाले आफैले गरेको वाचा लत्याउदै पुर्वी युरोपमा नाटोको बिस्तार गर्न थाल्यो। १९९९ मा चेक गणतन्त्र, हंगेरी र पोल्याण्डलाई नेटोमा समावेश गरियो।

२००१ मा नेटोमा पूर्वी युरोपेली देशहरुको पहिलो जत्थालाई समावेश गरेपछि अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुशले अमेरिका र सोभियत संघ बीच १९७२ मा हस्ताक्षर भएको एंटी ब्यालेस्टिक मिसाइल सम्झौता बाट अमेरिकालाई एकतर्फी रुपबाट अलग गरे।

त्यस्तै  २००४ मा बुल्गरिया, इस्टोनिया, लाटभिया, लिथवानिया, रोमानिया, स्लोभाकिया र स्लोभेनियालाई समावेश गरियो। २००९ मा अल्बानिया र क्रोएसिया अनि २०१७ मा मोन्टेनेग्रो र २०२० मा म्यासेडोनियालाई नेटोमा सामेल गरियो। २००१ मा नेटोमा पूर्वी युरोपेली देशहरुको पहिलो जत्थालाई समावेश गरेपछि अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुशले अमेरिका र सोभियत संघ बीच १९७२ मा हस्ताक्षर भएको एंटी ब्यालेस्टिक मिसाइल सम्झौता बाट अमेरिकालाई एकतर्फी रुपबाट अलग गरे। त्यस्तै अमेरिकाले रुसको सिमाना नजिक पोल्याण्ड र रोमानियामा मिसाइल प्रतिरोधी प्रणाली र आणविक हतियार तैनाथ गर्न थाल्यो।

रुसलाई थप चिढाउने कदम

नेटोको बिस्तारको क्रममा २००८ मा रोमानियाको राजधानी बुखारेस्टमा सम्मेलन महत्वपुर्ण रहेको थियो। बुखारेस्ट सम्मेलनको क्रममा जर्जिया र युक्रेनलाई समेत नेटोको सदस्य बन्ने बाटो खोल्यो। रुसको लागि यो कदम लक्ष्मण रेखा सरह थियो। किनकि रुसले युक्रेन र जर्जिया नेटोको सदस्य बन्नुलाई आफ्नो अस्तित्वमै चुनौतिको रुपमा लिएको थियो। युक्रेन संग रुसको १२०० माईल लामो सिमाना जोडिएको छ। अझ त्यसमाथि यो क्षेत्र रुसको राजधानी मस्को बाट जम्मा ४०० माईल मात्र टाढा रहेको छ। ऐतिहासिक रुपमा पनि रुसको बिरोध जायज छ। किनकि रुस माथि पश्चिम युरोपबाट नेपोलियन बोनापार्ट पश्चात ३ पटक आक्रमण भएको छ। दोश्रो बिश्वयुद्धको क्रममा हिटलरको जर्मनीले गरेको आक्रमणमा सोभियत संघका करिब ३ करोड मानिसहरुको मृत्यु भएको थियो।

रुसले युक्रेन र जर्जिया नेटोको सदस्य बन्नुलाई आफ्नो अस्तित्वमै चुनौतिको रुपमा लिएको थियो। युक्रेन संग रुसको १२०० माईल लामो सिमाना जोडिएको छ। अझ त्यसमाथि यो क्षेत्र रुसको राजधानी मस्को बाट जम्मा ४०० माईल मात्र टाढा रहेको छ।

रुस नेटोमा युक्रेन र जर्जियामा सामेल गर्ने निर्णय बाट कति क्रुद्ध थियो भन्ने कुराको जानकारी त्यस बेला रुसमा कार्यरत अमेरिकी राजदूत विलियम जे बर्न्सले दिएका छन्। जो यतिबेला सिआइएका निर्देशक छन्। उनले त्यसबेला मस्को बाट अमेरिकी सरकारलाई पठाएको केवलको शीर्षक नै Nyet Means Nyet (हुदैनको मतलव हुदैन) राखेका थिए। रुसी भाषामा न्येटको अर्थ हुन्छ हुदैन। उनले सो केवलमा लेखेका छन्- रुसले युक्रेन र जर्जियामा नेटोको प्रवेशलाई कुनै पनि हालतमा पार गर्न नहुने रेखा मानेको छ। बर्न्स अगाडी लेख्छन- रुसले नेटोको बिस्तारलाई न केवल रुसको घेराबन्दी र सो क्षेत्रमा उसको प्रभावलाई कमजोर पार्ने प्रयासको रुपमा बुझेको छ बरु उसले यसबाट निम्तिने अकल्पनीय र अनियन्त्रित परिणाम जसले रुसको सुरक्षालाई गम्भीर रुपमा प्रभावित पार्ने आशंका पनि गरेको छ।

नेटोको विस्तारले ल्याउने संकटबारे अमेरिकी कुटनीतिज्ञहरुकै चेतावनी

अमेरिकाका केहि खातिप्राप्त राजनीतिज्ञ तथा कूटनीतिज्ञहरुले नेटो गठबन्धनको पूर्वी युरोप तर्फको बिस्तारको अमेरिकी रणनीतिले पछि गएर ठुलो संकट ल्याउन सकने संभवाना तर्फ सचेत गराएका थिए। त्यस मध्ये एक थिए जर्ज केनन। उनी स्टालिनको समयमा रूसका लागि अमेरिकी कूटनीतिज्ञ र राजदुत थिए। जर्ज केननलाई सोभियत संघलाई रोकथाम गर्ने नीतिको प्रतिपादक मानिन्छ। जर्ज केननले सोभियत संघमा कार्यरत रहदा करिब आठ हजार शब्दको टेलिग्राम पठाएका थिए। यो टेलिग्राम लंग टेलिग्राम (Long Telegram ) को नामले प्रख्यात छ। जुन सोभियत संघ विरुद्धको अमेरिकी नीतिको आधार बन्यो।  जर्ज केननले पुर्वी यूरोप तर्फ नाटोको बिस्तारबारे भनेका थिए- मलाई लाग्छ यो नयाँ शीत युद्धको सुरुवात हो। रसियनहरुले क्रमिकरुपमा अनपेक्षित तवरले प्रतिक्रिया जनाउने छन् र यसले उनीहरुको नीतिलाई प्रभावित पार्ने छ। यो दुखद निर्णय हो।

जर्ज केननले पुर्वी यूरोप तर्फ नाटोको बिस्तारबारे भनेका थिए- मलाई लाग्छ यो नयाँ शीत युद्धको सुरुवात हो। रसियनहरुले क्रमिकरुपमा अनपेक्षित तवरले प्रतिक्रिया जनाउने छन् र यसले उनीहरुको नीतिलाई प्रभावित पार्ने छ। यो दुखद निर्णय हो।

अझ १९९७ मा लेखेको एउटा लेखमा जर्ज केननले नाटोको बिस्तार शीत युद्ध पछिको अमेरिकी विदेश नीतिको सबैभन्दा ठुलो भूल साबित हुनेवाला छ भनेका थिए। नभन्दै केननको त्यो भनाइ यतिबेला भविष्यवाणी जस्तै सत्य सावित भएको छ।

जर्जियामाथिको आक्रमण

२००८ मा युक्रेन र जर्जियालाई नेटोमा समावेश गर्न सकिन्छ भनेर बुखारेस्टमा घोषणा गरेको करिब ४ महिना पछि रुसले जर्जिया माथि आक्रमण गर्र्‍यो। यो युद्ध ५ दिने युद्धको नामले चर्चित छ। जर्जियामा रुसी कारवाहीको बारेमा अमेरिकी सेनाका कर्नल डग्लस म्याकग्रेगरले भनेका छन्- जर्जियामा रुसको हस्तक्षेपको मूल उदेश्य अमेरिकालाई संकेत दिनु थियो कि उनीहरुले आफ्नो सिमानामा नेटोका सदस्यहरुलाई सहन गर्ने छैनन्।

युक्रेन संकटको शुरुवात

अहिलेको युक्रेनको संकटको वास्तविक सुरुवात चाँहि २०१४ मा भएको थियो। २०१४ मा युक्रेनका राष्ट्रपति भिक्टर यानुकोभिचले यूरोपियन युनियनसँग आर्थिक रुपमा जोडिने सम्झौता गर्न अस्वीकार गरे। उनी युरोपियन युनियन भन्दा रुससँग नजिकको सम्बन्ध राख्न चाहन्थे। त्यसपछि भिक्टर यानुकोभिच विरुद्ध अमेरिका र यूरोपेली देशहरुको उक्साहटमा यूरो मैदान बिद्रोह सुरु भयो।

१९९१ पछाडि अमेरिकाले युक्रेनको प्रजातन्त्र समर्थक आन्दोलनमा ५ बिलियन डलर खर्च गरेको थियो। यसैको प्रतिफल स्वरुप यो सरकार बिरोधी आन्दोलन सुरु भएको थियो।  जसलाई दबाउने क्रममा थुप्रै मानिसहरुको मृत्यु भएको थियो। भिक्टर यानुकोभिचले देश छोडेर भाग्नु पर्‍यो।

२०१४ मा युक्रेनका राष्ट्रपति भिक्टर यानुकोभिचले यूरोपियन युनियनसँग आर्थिक रुपमा जोडिने सम्झौता गर्न अस्वीकार गरे। उनी युरोपियन युनियन भन्दा रुससँग नजिकको सम्बन्ध राख्न चाहन्थे। त्यसपछि भिक्टर यानुकोभिच विरुद्ध अमेरिका र यूरोपेली देशहरुको उक्साहटमा यूरो मैदान बिद्रोह सुरु भयो।

यो घटनाको लगत्तै रुसी भाषीहरुको बाहुल्यता रहेको युक्रेनको पुर्वी क्षेत्रमा बिद्रोह सुरु भयो। त्यहाँ रुस समर्थक डोनेट्स्क र लुह्यान्सक नामक पृथकतावादी राज्यको गठन भयो। साथै रुसले क्रिमियामा कब्जा जमायो। क्रिमियाको  सेवस्टोपोलमा रहेको नौसैनिक अखडा रुसकोलाई सबैभन्दा महत्त्वपूर्ण ठाउँ हो । यो नौसैनिक अखडा ऊ कुनै पनि हालतमा गुमाउन चाहदैन थियो। 

नेटो विस्तार रोक्ने रुसको माग

२०२२ मा रुसले युक्रेन माथि आक्रमण गर्नु भन्दा आगाडी पनि एक पटक २०२१ को डिसेम्बर महिनामा अमेरिका र नाटो गठबन्धन सामु सुरक्षा सम्बन्धी केहि मागहरु राखेको थियो। यी मागहरु नेटोको बिस्तार सम्बन्धि थिए। यी मागहरुमा युक्रेन लगायतका अन्य पूर्व सोभियत संघका सदस्य देशहरुलाई नाटोको सदस्य दिनु नहुने, पुर्वी यूरोपका देशहरुमा हतियार र सैन्य तैनाथीलाई घटाउनु पर्ने वा फिर्ता लैजानु पर्ने। अमेरिका र नाटोले यी मागहरु विशेषगरि युक्रेनको नाटोमा समावेश हुन प्रतिबन्ध लगाउने कुरा मान्न अस्विकार गरे। रुसले २४ फरवरी २०२२ मा युक्रेन माथि आक्रमण सुरु गर्र्‍यो।

यसरी भाँडियो रुस–युक्रेन शान्तिवार्ता

युद्ध सुरु भएको एक महिना पछि रुस र युक्रेन बीच टर्कीको मध्यस्थतामा बार्ता सुरु भएको थियो। यो वार्ताको क्रममा रुस र युक्रेन शान्ति सम्झौताको निक्कै नजिक पुगिसकेका थिए। जस अनुसार युक्रेनले नेटोको सदस्यता नलिने र तटस्थ रास्ट्र बन्ने उसको सुरक्षाको ग्यारेन्टी अन्तर्राष्ट्रिय समुदायले गर्नु पर्ने थियो।

बोरिस जोनसन फर्केको तीन दिन पछि पुटिनले युक्रेनसंगको वार्ता असफल भएको बताए। उता जोनसनले जेलेंसकीलाई १३० मिलियनको सैन्य सहायता र ५०० मिलियन डलर बराबरको आर्थिक सहायताको घोषणा गरे।

तर त्यसैबेला बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेन भ्रमण गरे। जोनसनले दुई वटा संदेशहरु लिएर आएका थिए।  पहिलो थियो पुटिन युद्ध अपराधी हुन्, उसलाई दबाब दिनु पर्छ बार्ता गर्नु हुदैन। र युक्रेन पुटिनसंग सुरक्षा ग्यारेन्टीबारे हस्ताक्षर गर्दैछ भने हामी नेटो शक्तिले गर्दैनौ।

बोरिस जोनसन फर्केको तीन दिन पछि पुटिनले युक्रेनसंगको वार्ता असफल भएको बताए। उता जोनसनले जेलेंसकीलाई १३० मिलियनको सैन्य सहायता र ५०० मिलियन डलर बराबरको आर्थिक सहायताको घोषणा गरे। त्यस्तै अमरिकी राष्ट्रपति बाइडेनले युक्रेनलाई ८०० मिलियन डलर बराबरको सैन्य सहायता घोषणा गरे।

रुस विरुद्ध लड्न अमेरिका र युरोपेली देशहरुले निरन्तर आर्थिक र सैनिक सहायता दिइरहेका छन्। युक्रेनको सैन्य शक्ति अमेरिका र युरोपेली देशहरुले प्रदान गर्ने गोला बारुद, ट्यांक, मिसाइयल, रकेटहरुमा निर्भर छ। तर नेटो गठबन्धनले उपलब्ध गराउने हातहतियार पनि रुस विरुद्ध लडन अपर्याप्त भैरहेको छ। युक्रेनले निरन्तर रुसी सेना संग पराजित हुन थालेको छ। यसको प्रभाव नेटोका सदस्यहरुमा देखिन थालको छ। अब नेटोका सदस्य देशहरु युक्रेनलाई रुसको मुख्य भुमि भित्र पनि आफ्ना घातक हतियारहरु प्रयोग गर्न अनुमती दिन थालेका छन्।

त्यस्तै आफ्ना सैनिकहरुलाई रुस बिरुद्ध लडन युक्रेनको जमिनमा उतार्ने धम्कि समेत दिन थालेका छन्। यसले नेटो सैन्य गठबन्धनको मनस्थिति रुस संग द्वन्द समाधन गर्ने भन्दा पनि अझ चर्काउने रहेको देखिन्छ। केही महिना अगाडी अमेरिकी रक्षा मन्त्री लोयड अस्टिन र फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोनले यस्तै मनसाय व्यक्त गरेका थिए।

नेटो सम्मेलन र बढ्दो शीतयुद्धको खतरा

भरखरै अमेरिकाको राजधानी वाशिङटन डिसीमा सम्पन्न नाटो राष्ट्रहरुको ७५ औं सम्मेलनमा अमेरिकाले जर्मनीमा लामो दूरीको क्षेप्यास्त्र तैनाथ गर्ने निर्णय गरेपछि विश्व फेरि शीतयुद्धकालको जस्तो प्रत्यक्ष मुठभेडको अवस्थातिर फर्कने खतरा पैदा भएको छ ।

उक्त सम्मेलनले र युक्रेनलाई सदस्यता दिने कुराबाट पछि नहट्ने जनायो तर उसलाई कहिले सदस्यता दिने भन्नेबारे कुनै समयसीमा भने तोकेन। रुसविरुद्धको युद्धमा युक्रेनलाई अटुट समर्थन दिने जनाउँदै सम्मेलनले आगामी वर्ष ४० अरब डलर सैन्य मद्दत दिने वाचा पनि गर्यो ।

सम्मेलनमा अमेरिकाले नाटो राष्ट्रहरुको सुरक्षाको लागि युरोपमा टमहक, जमीनबाट हावामा प्रहार गर्ने एसएम–६ मिसाइल, हाइपरसोनिक हतियार लगायत अन्य लामो दूरीका क्षेप्यास्त्रहरु २०२६ सालबाट तैनाथ गर्ने निर्णय गरेपछि  रुसले राष्ट्रिय सुरक्षामाथिको खतरा’ घोषित गरेको छ । उसले पनि त्यसको उस्तै ‘सैन्य जवाफ’ दिने तथा रुसले नाटोलाई रोक्ने चेतावनी दिएको छ । त्यसै गरी टर्कीका राष्ट्रपति एर्डोगनले नाटो–रुसबीच द्वन्द्व चर्कन सक्ने चेतावनी दिएको छ । स्थिति यही गतिमा अघि बढे कुनै पनि बेला रुस–नाटोबीच प्रत्यक्ष भीडन्तको अवस्था आउन सक्ने विश्लेषकहरुले बताएका छन् ।

 नाटो सम्मेलनका मुख्य एजेण्डाहरु नै युक्रेनलाई सदस्यता प्रदान गर्ने, चीनको खतरा तथा उनीहरुको चीरकालीन प्रतिद्वन्दी रुस रहेको थियो । सम्मेलनमा युक्रेन युद्धमा चीनले रुसलाई सैन्य मद्दत गरिरहेको तथा चीनको सहयोगमा रुसले हतियार उत्पादन गरिरहेको आरोप पनि लगाइएको थियो । त्यस दौरानमा उनीहरुले रुसविरुद्ध भडास पोख्न पनि कुनै कसर बाँकी राखेनन् । रुसलाई हदैसम्म चिढ्याउने गरी अमेरिकाले जर्मनीमा लामो दूरीको क्षेप्यास्त्र तैना गर्ने घोषणा नै गर्यो । जर्मनीको चान्सलर ओल्फ स्कोल्जले त्यसलाई ‘अत्यन्तै राम्रो निर्णय’ भनेर स्वागत गर्यो । उनले यो निर्णय यसअघि नाटोले लिँदै आएका निर्णयहरु अनुकूल नै आएको पनि बताए । युद्धलाई रोक्न तथा शान्ति र सुरक्षाको लागि सही बेलामा चालिएको सही कदम भन्न पनि उनले भ्याए ।

तर नाटो एवं अमेरिकाको यो कदमलाई रुसले आफूहरुविरुद्धको प्रत्यक्ष कदम भनेर घोषित गरेको छ । रुसका सहायक विदेश मन्त्री सर्गेई रायबकोभले यो बारे आफूहरुलाई थाहा रहेको र त्यसअनुरुप लामो समयदेखि तयारी गर्दै आएको पनि बताए । अमेरिकी नेतृत्वमा नाटोको आक्रामक रवैया नबदलिएको र त्यसबाट आफूहरु आत्तिनु पर्ने अवस्था नरहेको पनि उनले बताए । अमेरिका–नाटोका यी कदमहरुबारे आफूहरु चुप नलाग्ने बताउँदै रायबकोभले आफूहरुले समुचित जवाफ दिने पनि बताएका छन् ।

अमेरिका नाटोको पछिल्ला गतिविधिहरुलाई लिएर क्रेमलिनले कडा शब्दमा भनेको छ–शीतयुद्धकालीन प्रत्यक्ष मुठभेडका सबै अवस्थाहरु फेरि फर्कँदै गइरहेको छ ।’

शीतयुद्धको अवस्था कस्तो थियो ?

विश्व नाटो र वार्सा प्याक्टमा विभाजित भएर शीतयुद्ध चरम शिखरमा पुगेको बेला रुसले आफ्नो धूरीको रक्षाको लागि सन् १९७० मा ब्लाष्टिक मिसाइलहरु तैनाथ गर्यो । उता नाटोले पनि पश्चिम जर्मनीमा त्यसै गरी मिसाइलहरु तैनाथ गरेको थियो । त्यसबेला जर्मनी जनताले आफूहरु निशानामा पर्ने भनेर मिसाइल तैनाथीको विरोध गरेका थिए । पछि १९८७ मा आएर अमेरिका र रुसबीच एउटा सम्झौता भयो, जसमा दुवै पक्षले आगामी केही वर्षमा युरोपबाट सबै मिसाइलहरु हटाउने सहमति गरियो । त्यसअनुसारका कदमहरु चालिए पनि ।

तर पछि २०१९ मा आएर ट्रम्पको शासनकालमा अमेरिकाले रुसले उक्त सन्धिलाई पालना नगरेको आरोप लगाउँदै आफूहरु त्यसबाट हटेको बतायो । त्यहीबेलादेखि नै विश्व, अझ खासगरी, युरोप शीतयुद्धकालीन अवस्थामा फर्कने चरणमा पुगेको बताइदै आइएको थियो । रुसले पनि सोही खालको आरोप अमेरिकामाथि लगाउँदै आएको थियो । अहिले आएर अमेरिकाले चालेको कदमले त्यसै कुरालाई पुष्टि गरेको छ ।

केही समयअघि मात्रै पनि अमेरिकाले रुसले छोटो दूरीको आणविक क्षमताका हतियारहरुको पुनउत्पादन थालेको आशंका सार्वजनिक गरेको थियो । चुहावट भएको गोप्य सैन्य दस्तावेजमा पनि रुसले युक्रेनविरुद्धको लडाइँ जित्ने र त्यसपछि युरोपमा आक्रमण गर्ने आशंका जताइएको थियो ।

जे होस्, विश्वका महाशक्तिहरु विगतमा गरिएका सन्धि सम्झौतहरुबाट पछि हट्दै जानु, रुसको ढोकासम्मै नाटोका विस्तार गर्ने ढिप्पीमा अमेरिका लगायत युरोपेली मुलुकहरुको ढिप्पी जारी रहनु, युक्रेन युद्धमा अमेरिका–युरोपको छद्म संलग्नता, रुसी भूमिभित्र प्रहार गर्ने गरी अमेरिका–युरोपले युक्रेनलाई हतियार–अत्याधुनिक सैन्य विमानहरु उपलब्ध गराउनु र त्यसका लागि मञ्जुरी दिनुले मुलुक शीतयुद्धकालीन युद्धावस्थातिर फर्कन लागेको डरलाग्दो संकेत मिल्छ ।

चीनको प्रतिवाद

नेटो सम्मेलनमा चीनविरुद्ध दिइएको अभिव्यक्तिले चीनलाई क्रुद्ध बनाएको छ । उसले नेटोलाई चेतावनी दिँदै रुस–चीन सम्बन्धमा टकरावको स्थिति पैदा नगर्न चेतावनी दिएको छ ।  उसले चीनलाई खतराको रुपमा बढाइचढाइ गरेर पेश नगर्न पनि भनेको छ । चीनले नेटोले अस्थिरता पैदा गर्नुको साटो वैश्विक शान्तिका लागि काम गर्नु पर्ने सल्लाह पनि दिएको छ ।

Image source: https://res.heraldm.com