वर्तमान भू-राजनीतिक रणनीति र क्षेत्रीय शान्ति एवं स्थायित्वतामा त्यसको प्रभाव
भू-राजनीतिक रणनीति शून्यमा पैदा हुँदैन । यसको जरो समकालिन भू-राजनीतिक अवस्थासँग जोडिएको हुन्छ । यसको अर्थ के हो भने वर्तमान भू-राजनीतिक रणनीति विगत दुई दशकदेखि विश्वमा विकसित हुँदैआइरहेको मुख्य घटनाक्रमहरूले निर्धारित गरेको छ ।
सोभियत खेमा र वार्सा प्याक्टको विघटनपछि संयुक्त राज्य अमेरिका एकल विश्वमहाशक्तिको रूपमा देखापर्यो र बहुध्रुवीय अवस्थाको अन्त्य भयो । एकल विश्व महाशक्तिको रूपमा संयुक्त राज्य अमेरिकाको उदय पूँजीवादको असमान विकासको नियमका कारणले मात्रै भएको थिएन । यो अर्को कारणको पनि परिणाम थियो : दोस्रो विश्वयुद्धपछि संयुक्त राज्य अमेरिकाले बेलायत, फ्रान्स, जर्मनी, जापान र इटाली जस्ता अन्य पूँजीवादी देशहरूलाई पनि आफ्नो प्रभावक्षेत्र अन्तर्गत ल्यायो । यी देशहरू संयुक्त राज्य अमेरिकाका आज्ञाकारी पिछलग्गुका रूपमा देखापरे र उनीहरूले आफूलाई अमेरिकी प्रभावबाट अलग हुने कुरा कहिल्यै सोचेनन् । यस सन्दर्भमा सोभियत खेमाको अवसानपछि अमेरिकाले नेतृत्व गरेको खेमाभित्रबाट नयाँ वैश्विक प्रतिस्पर्धी देखापर्न सम्भव थिएन ।
सन् १९९० को दशकपछि, अमेरिकाले आफ्नो साम्राज्यवादी महत्त्वाकांक्षाहरूलाई विस्तार र सुदृढ गर्ने कोशिश गर्यो । तर उसले ती महत्त्वाकांक्षाहरूलाई हासिल गर्नका लागि नयाँ सम्भावनाका द्वारहरू भने खोल्न सकेन । वैश्विक अवस्थामा नाटकीय परिवर्तन आयो । निर्णायकरूपमा, रूस र चीनहरू अप्ठ्यारा परिस्थितिहरूबाट माथि उठे । वास्तवमै, दुई दशकभित्रै उनीहरू अमेरिकाको एकल महाशक्तिको हैसियतविरुद्ध वैश्विक प्रतिस्पर्धीका रूपमा देखापरे । यसरी नयाँ उदाएका वैश्विक शक्तिहरूले अमेरिकाको प्रभुत्ववादी भूमिकालाई निष्प्रभावी बनाउँदै विश्वलाई बहुध्रुवीय अवस्थातिर धकेले ।
रूस र चीनको विश्वशक्तिको रूपमा भएको उदयले दर्जनौँ राष्ट्रहरू र थुप्रै क्षेत्रहरूमा अमेरिकाको प्रभावको आधारशिलालाई हल्लाइदिएको छ ।
वास्तवमै, अमेरिकी साम्राज्यवादी शक्ति अझै पनि अरू वैश्विक शक्तिहरूको तुलनामा धेरै शक्तिशाली छ । तर पनि यो वैश्विक एवं क्षेत्रीय मामिलाहरूमा सम्पूर्णरूपमा निर्णय गर्न सक्ने हैसियतमा छैन । साम्राज्यवादी वैश्विक व्यवस्था, जुन पहिल्यै नै विभाजित भइसकेको छ, लाई अमेरिका एक्लैले धान्ने आशा पनि गर्न सक्दैन ।
विगत दुई दशकको वैश्विक अवस्थाको गतिशीलतामा अमेरिकाले सामना गरिरहेको सबैभन्दा ठूलो चुनौती भनेको विश्वशक्तिको रूपमा रूस र चीनको उदय नै हो । यो कालखण्डमा अमेरिकाको वैश्विक एकाधिकारको आधारशीलालाई स्तब्ध तुल्याउँदै रूस र चीनले आफ्नै अर्थतन्त्र, राजनीति र सुरक्षा प्रणालीलाई समानान्तर रूपमा विकसित गरे ।
रूस र चीनको विश्वशक्तिको रूपमा भएको उदयले दर्जनौँ राष्ट्रहरू र थुप्रै क्षेत्रहरूमा अमेरिकाको प्रभावको आधारशिलालाई हल्लाइदिएको छ । ती राष्ट्र र क्षेत्रहरूले अमेरिकी प्राधिकारलाई मान्न छाडेका छन् र ती क्षेत्रहरूमा अमेरिकाले पहिलेकै रूपमा आफ्नो प्राधिकारलाई कायम राख्न असफल भएको छ ।
रूस र चीन मात्र विश्व महाशक्तिको रूपमा उदाएका होइनन्, अमेरिकाको वैश्विक एकाधिकारसँग स्वार्थ बाझिने केही क्षेत्रीय खेमाहरूको पनि उदय भएको छ । तीमध्ये ब्रिक्स एउटा प्रमुख हो ।
त्यसैगरी, अमेरिकाको एकल महाशक्तिको हैसियतको आधारशीलाको रूपमा रहेका थुप्रै नवउपनिवेश एवं शोषित राष्ट्रहरूमा घरेलु पूँजीवादको उदय र त्यसको तीव्र रूपमा विकास भएको छ ।
रूस र चीन मात्र विश्व महाशक्तिको रूपमा उदाएका होइनन्, अमेरिकाको वैश्विक एकाधिकारसँग स्वार्थ बाझिने केही क्षेत्रीय खेमाहरूको पनि उदय भएको छ । तीमध्ये ब्रिक्स एउटा प्रमुख हो । यो खेमा अन्तर्राष्ट्रिय रूपमा नै अमेरिकाको वैश्विक एकाधिकारविरोधी खेमाको रूपमा स्थापित छ ।
विश्वको प्राथमिक विनिमय मुद्राको रूपमा अमेरिकी डलरको एकाधिकार विस्तारै खस्कँदै गइरहेको छ ।
पछिल्ला दुई दशकहरूमा विकसित यी घटनाक्रहरूको जवाफमा अमेरिकी साम्राज्यवादीहरूले बढ्दो ऊर्जा, जुनुन र शत्रुताले चिन्हित गरिएका आफ्ना प्रयत्नहरूलाई घनिभूत बनाएर लगेका छन् । यद्यपि, उनीहरू अमेरिकी साम्राज्यवादको दबावलाई तीव्रताका साथ विरोध गरिरहेका रूस, चीन, उत्तर कोरिया, इरान र भारत जस्ता वैश्विक तथा क्षेत्रीय शक्तिहरूको उदयलाई रोक्न असमर्थ भएका छन् ।
बस्तु, पूँजी र सेवा बजारहरूको लागि चल्ने यस सङ्घर्षले नयाँ र पुराना वैश्विक शक्तिहरू बीचको अन्तर्विरोधहरूलाई तीव्र पारिदिएको छ ।
विश्व बजारको अघिल्लो वितरण त्यस युगको पूँजी र तागतको अनुपातमा तय गरिएको थियो । यद्यपि, त्यो तागत पनि निरपेक्ष छैन बरु आर्थिक, राजनीतिक र सैनिक क्षमताहरूको विकासमा निर्भर छ । ती क्षमताहरूको विकासस्तरको आधारमा अमेरिकाले त्यतिबेला वैश्विक बजारको एउटा ठूलो हिस्सामा कब्जा गरेको थियो ।
अहिले त्यो परिस्थितिमा नाटकीय परिवर्तन आएको छ : रूस, चीन, भारत र उत्तर कोरिया वैश्विक आर्थिक, राजनीति र सैन्य शक्तिको रूपमा उदाएका छन् । परिणामत: उनीहरूले विश्व बजारको पुरानो वितरणलाई स्वीकार गर्दैनन् र वर्तमान शक्ति सन्तुलनको आधारमा नयाँ वितरण प्रणालीको माग गर्दछन् । बस्तु, पूँजी र सेवा बजारहरूको लागि चल्ने यस सङ्घर्षले नयाँ र पुराना वैश्विक शक्तिहरू बीचको अन्तर्विरोधहरूलाई तीव्र पारिदिएको छ ।
अमेरिकाको वर्तमान वैश्विक रणनीतिको सार उदाउँदो वैश्विक शक्तिहरूलाई कमजोर गर्ने मात्रै हैन, बरु वैश्विक दासता लाद्ने पनि हो ।
उपरोक्त स्थितिले वर्तमानमा दुई वैश्विक रणनीतिहरूलाई आकार दिएको छ : पहिलो, अमोरिकाको आक्रामक साम्राज्यवादी रणनीति, जसको उद्देश्य खालि वैश्विक प्रतिस्पर्धीहरूको उदयलाई रोक्नु हो । दोस्रो, रूस र चीनको रणनीति, जसको उद्देश्य अमेरिकाको यो रणनीतिलाई विफल गर्ने र वैश्विक एवं क्षेत्रीय मामिलाहरूमा अमेरिकाको प्रभाव काफी कम हुने एउटा बहुध्रुवीय विश्व व्यवस्थालाई बढावा दिने रहेको छ ।
अमेरिकाको वर्तमान वैश्विक रणनीतिको सार उदाउँदो वैश्विक शक्तिहरूलाई कमजोर गर्ने मात्रै हैन, बरु वैश्विक दासता लाद्ने पनि हो । यसकारण यस रणनीतिको प्रतिरोध गर्ने सवाल नयाँ वैश्विक शक्तिहरूको मात्र हैन, संसारभरिकै सबै लोकतान्त्रिक राष्ट्रहरू र शक्तिहरूको लागि पनि चासोको विषय हो ।
एक चीन नीतिको विरुद्धमा ताइवानलाई समर्थन गर्ने, तिब्बतमा हस्तक्षेप गर्ने, दक्षिण र पूर्वी चिनियाँ समुद्रहहरूको विवादमा आफू समेल हुने, पश्चिम एशियाको सङ्कटलाई बढावा दिने, र युक्रेनमा युद्धलाई हावा दिने उसको उत्तेजक गतिविधिले यी क्षेत्रहरूलाई ‘तातो तावा’मा बदलिदिएको छ ।
आफ्नो वर्तमान वैश्विक तथा क्षेत्रीय रणनीतिहरूअन्तर्गत अमेरिकाले प्यालेष्टिनी जनताहरूको नरसंहारका लागि फासिस्ट इजरायली सरकारलाई व्यापक मात्रामा सहयोग प्रदान गरिरहेको छ । उसले रूसविरुद्ध लड्नका लागि युक्रेनी सरकारलाई अत्याधुनिक हातहतियार तथा गोलाबारुदहरूको आपूर्ति गरिरहेको छ । मुख्यभूमि चीनसँग ताइवानको सङ्घर्षमा उसले त्यसको स्व–घोषित सरकारलाई समर्थन गरिरहेको छ । त्यसले हिन्द-प्रशान्त रणनीतिअन्तर्गत चीनलाई घेर्नका लागि त्रिपक्षीय एवं चौपक्षीय सैन्य गठबन्धनहरू निर्माण गरिरहेको छ र आफ्ना गठबन्धनहरूको माध्यमबाट दक्षिण र पूर्वी चिनियाँ सागरहरूमा विवाद सिर्जना गरिरहेको छ । अमेरिकाद्वारा अपनाइएका यी रणनीतिहरूको सार रूस र चीनलाई घेर्ने तथा तिनलाई कमजोर तुल्याउने रहेको छ ।
एक चीन नीतिको विरुद्धमा ताइवानलाई समर्थन गर्ने, तिब्बतमा हस्तक्षेप गर्ने, दक्षिण र पूर्वी चिनियाँ समुद्रहहरूको विवादमा आफू समेल हुने, पश्चिम एशियाको सङ्कटलाई बढावा दिने, र युक्रेनमा युद्धलाई हावा दिने उसको उत्तेजक गतिविधिले यी क्षेत्रहरूलाई ‘तातो तावा’मा बदलिदिएको छ । अमेरिकाले आफ्ना विस्तारवादी साम्राज्यवादी नीतिहरूलाई त्यागेन भने यी क्षेत्र युद्ध क्षेत्रहरूमा परिणत हुन सक्छ ।
अहिले रूस, चीन, भारत, इरान र उत्तर कोरियाविरुद्ध अमेरिकाले चलाइरहेको नकारात्मक हौवा युद्धका लागि अमेरिकाको राजनीतिक तयारी हो । युक्रेन, ताइवान, तिब्बत तथा प्यालेष्टाइनका मुद्दाहरूमा ध्यान भट्काएर अमेरिकी साम्राज्यवाद एउटा विनाशकारी सङ्घर्षको जग हाल्दैछ । यी प्रचारवाजीहरू वास्तवमा उनीहरूको युद्ध–योजनाकै हिस्सा हो । युद्धका लागि अमेरिकाले अपनाएको रणनीतिले थाहा हुन्छ कि एक मात्र महाशक्तिको स्थितिबाट उसको पतन एउटा सङ्कटपूर्ण चरणमा प्रवेश गरिसकेको छ, जहाँबाट आफ्नो पछिल्लो अवस्थामा फर्किन उसलाई कठिन हुन सक्छ ।
युक्रेन, ताइवान, तिब्बत तथा प्यालेष्टाइनका मुद्दाहरूमा ध्यान भट्काएर अमेरिकी साम्राज्यवाद एउटा विनाशकारी सङ्घर्षको जग हाल्दैछ ।
विश्वभरिका उत्पीडित वर्ग तथा राष्ट्रहरूसँगको बढ्दो अन्तर्विरोधहरू, अमेरिकी समाजभित्रै बढ्दो तनावहरू, अन्य पूँजीवादी देशहरू र उदीयमान वैश्विक शक्तिहरूसँग बढ्दो सङ्घर्षहरू र तीव्रताका साथ घट्दै गइरहेको वैश्विक नेतृत्वको स्थितिबीच अमेरिकाले वर्तमान वैश्विक तथा क्षेत्रीय रणनीतिहरू अवलम्वन गरेको छ ।
हामीले अमेरिकाको आक्रामक साम्राज्यवादी वैश्विक रणनीतिको विरोध गर्नेहरूसँग एकजुट हुने कुरालाई प्राथमिकता दिनुपर्छ । यस्तो गर्नका लागि हामीले दुश्मनहरू नबढाएर मित्रहरू बढाउने उद्देश्य राख्नुपर्छ ।
वर्तमान वैश्विक तथा क्षेत्रीय स्थितिमा हामीले एउटा अत्यन्तै जटील सङ्घर्ष र थुप्रै कठिनाइहरूको सामना गरिरहेका छौँ । अमेरिकाको आक्रामक साम्राज्यवादी रणनीतिले वैश्विक तथा क्षेत्रीय स्तरहरूमा अभूतपूर्व जटीलता र चुनौतीहरूलाई जन्माइदिएको छ । यो स्थितिले सम्भावित खतराहरूलाई धेरै हदसम्म चेतावनी दिन्छ, किनभने अमेरिकाले एउटा बहुध्रुवीय विश्वको उदयलाई रोक्न र आफ्नो वैश्विक आधिपत्यलाई कायम राखिराख्नका लागि साम, दाम, दण्ड र भेदहरूका विभिन्न रणनीतिहरू अपनाउँछ ।
यस्तो अवस्थामा हाम्रो नीति विश्वलाई सम्भावित तेस्रो विश्वयुद्धतिर धकेलिरहेको अमेरिकी नेतृत्वको आक्रामक साम्राज्यवादी रणनीतिलाई विफल पार्नेतिर केन्द्रीत हुनुपर्छ । वैश्विक एवं क्षेत्रीय शान्ति तथा स्थिरताका लागि अमेरिकी साम्राज्यवादले मुख्य खतरा पैदा गरेको छ । यसकारण हाम्रो लक्ष्य वर्तमान वैश्विक सङ्कटको मूल कारणहरूलाई सम्बोधित गर्ने हुनुपर्छ । आफ्नो प्रयासहरूलाई विभिन्न दिशाहरूतिर छर्नुको साटो हामी अमेरिकी साम्राज्यवादको आधिपत्यको विरोध गर्ने असन्तुष्ट शक्तिहरूसँग एकजुट हुनुपर्छ । मुख्य खतरालाई प्रभावकारी ढङ्गले सामना गर्नको लागि यी ताकतहरूसित उचित रूपमा तालमेल कायम गर्नु महत्त्वपूर्ण कुरा हो । हामीले अमेरिकाको आक्रामक साम्राज्यवादी वैश्विक रणनीतिको विरोध गर्नेहरूसँग एकजुट हुने कुरालाई प्राथमिकता दिनुपर्छ । यस्तो गर्नका लागि हामीले दुश्मनहरू नबढाएर मित्रहरू बढाउने उद्देश्य राख्नुपर्छ । विद्यमान वैश्विक तथा क्षेत्रीय चुनौतीहरूलाई समाधान गर्नका लागि आफ्ना प्रयासहरूलाई एउटा एकीकृत दिशामा केन्द्रित गर्नु नै मौलिक मार्क्सवादी–लेनिनवादी दृष्टिकोण हो ।
आजको विश्वमा, क्रान्तिकारी आन्दोलनको कुनै उच्च उभार छैन, जसले प्रमुख वैश्विक मामिलाहरूलाई महत्त्वपूर्णरूपले प्रभावित गर्न सकोस् ! न त कुनै सही विचारधारा र राजनीतिलाई बोक्ने वास्तविक साम्राज्यवादविरोधी आन्दोलन नै चलिरहेको छ । यस स्थितिमा मुख्य खतरासँग लड्नका लागि प्रतिबद्ध सबै शक्तिहरूका साथ एकजुट हुनुपर्छ ।
उत्पादक शक्तिहरूको अन्तर्निहित प्रगति र पूँजीवादको असमान विकासका कारण कुनै पनि एकल विश्व शक्तिले अनिश्चित कालसम्म आफ्नो प्रभुत्व कायम राखिरहन सक्दैन । वैश्विक गतिशिलताको एउटा अकाट्य नियमको रूपमा, यसले अन्ततः अन्य नयाँ शक्तिहरूका लागि बाटो छाडिदिनुपर्छ ।
रूस, चीन, भारत, इरान र उत्तर कोरिया यस्ता शक्तिशाली अवयवहरू हुन्, जसले अमेरिकाको वर्तमान युद्ध–उन्मुख रणनीतिलाई परास्त गर्न सहयोग गर्न सक्छन् । उनीहरूमा कम्तिमा एकमात्र महाशक्ति प्रभुत्वको युगलाई समाप्त गर्ने र विश्वलाई बहुध्रुवीयतातिर लैजानका लागि योगदान गर्न सक्ने क्षमता छ ।
के अमेरिकाको वर्तमान एकल महाशक्तिको स्थितिलाई अन्त्य गर्न सम्भव छ ? निश्चय पनि यो सम्भव छ । ऐतिहासिक तथ्यहरूको व्यापक अध्ययनबाट यो स्पष्ट हुन्छ कि एक मात्र महाशक्तिको स्थितिलाई कायम राखिराख्न सम्भव छैन । उत्पादक शक्तिहरूको अन्तर्निहित प्रगति र पूँजीवादको असमान विकासका कारण कुनै पनि एकल विश्व शक्तिले अनिश्चित कालसम्म आफ्नो प्रभुत्व कायम राखिरहन सक्दैन । वैश्विक गतिशिलताको एउटा अकाट्य नियमको रूपमा, यसले अन्ततः अन्य नयाँ शक्तिहरूका लागि बाटो छाडिदिनुपर्छ । यो अमेरिकाको वर्तमान एकल महाशक्तिको सन्दर्भमा पनि लागू हुन्छ ।
नयाँ वैश्विक शक्तिहरू इमान्दारिताका साथ अगाडि आउँछन् र वर्तमान वैश्विक चुनौतीहरूलाई हल गर्नका लागि प्रतिबद्ध हुन्छन् भने अमेरिकाको वर्तमान एकल महाशक्तिको स्थितिलाई समाप्त गरेर विश्वलाई युद्ध तथा अस्थिरताको खतराहरूबाट बचाउन सम्भव छ । यो उद्देश्य प्राप्त गर्नको लागि –
पहिलो, रूस, चीन र भारत जस्ता नयाँ वैश्विक शक्तिहरूले महाशक्तिवादलाई त्याग्नुपर्छ र आधिपत्यको चाहनाबाट बच्नुपर्छ । यसको साटो उनीहरू विश्वभरिका उत्पीडित वर्ग तथा राष्ट्रहरूका साथ उभिनका लागि प्रतिबद्ध हुनुपर्छ ।
दोस्रो, यी नयाँ वैश्विक शक्तिहरूले संयुक्त राष्ट्रसङ्घको चार्टर र शान्तिपूर्ण सहअस्तित्व (पञ्चशील)को पाँच सिद्धान्तहरूलाई आफ्नो विदेश नीतिका आधारको रूपमा इमान्दारितापूर्वक अपनाउनुपर्छ ।
तेस्रो, नयाँ वैश्विक शक्तिहरूले उत्पीडित वर्ग तथा राष्ट्रहरूको वर्तमान अमेरिकी रणनीतिको वैश्विक आधिपत्यका विरुद्धको सङ्घर्षको महत्त्वपूर्ण भूमिकालाई मान्यता दिनुपर्छ ।
नयाँ वैश्विक शक्तिहरूलाई कमजोर तुल्याउने र आफ्नो वैश्विक प्रभावलाई विस्तार गर्न चाहने अमेरिकी साम्राज्यवादीहरूको प्रतिक्रियावादी वैश्विक तथा क्षेत्रीय रणनीतिका विरुद्ध हाम्रो दर्शन निरन्तर सङ्घर्षको हुनुपर्छ ।
निश्चयै पनि, अमेरिकी साम्राज्यवादीहरूले सजिलै आफ्नो हार स्वीकार्ने छैनन् । उनीहरूले बारम्बार समस्याहरू खडा गर्नेछन् । तर, हाम्रा साझा प्रयासहरूले त्यसमाथि विजय पाउनेछ ।
नयाँ वैश्विक शक्तिहरूलाई कमजोर तुल्याउने र आफ्नो वैश्विक प्रभावलाई विस्तार गर्न चाहने अमेरिकी साम्राज्यवादीहरूको प्रतिक्रियावादी वैश्विक तथा क्षेत्रीय रणनीतिका विरुद्ध हाम्रो दर्शन निरन्तर सङ्घर्षको हुनुपर्छ । हामीले अमेरिकी साम्राज्यवादीहरूको वैश्विक आधिपत्यको रणनीतिलाई परास्त गर्ने प्रयास गर्नुपर्छ । यो सङ्घर्ष विश्व साम्राज्यवाद र सबै किसिमका प्रतिक्रियावादका विरुद्ध व्यापक लडाइँको एउटा हिस्सा हुनुपर्छ ।
यद्यपि, अमेरिकी साम्राज्यवादीहरूको वर्तमान रणनीतिको ज्वारभाटा माथि उठिरहेको छ । हामीले त्यसका विरुद्ध जाने सिद्धान्तको पालना गरेर त्यसको उभारलाई मुकाबिला गर्न सक्छौँ । आफ्नो लक्ष्य प्राप्त गर्नका लागि, हामी दृढ निश्चियी, त्याग गर्नका लागि तयार र हर किसिमका कठिनाईहरूलाई पार गर्नको लागि दृढ सङ्कल्पित हुनुपर्छ । निरन्तर प्रयासको माध्यमबाट मात्रै हामी विश्वलाई एउटा नयाँ र विनाशकारी युद्धतिर धकेलिरहेको वर्तमान अमेरिकी साम्राज्यवादीहरूको वैश्विक रणनीतिलाई परास्त गर्न सक्छौँ । अमेरिकी साम्राज्यवादीहरू तिनका सहयोगीहरूका युद्ध योजनाहरूका विरुद्ध एउटा व्यापक सङ्घर्ष शुरु गर्नका लागि हामीमा साहस हुनुपर्छ । हामीले यो भ्रम पाल्नुहुँदैन कि युद्धको वर्तमान वैश्विक रणनीतिलाई अमेरिकाको एकल महाशक्तिको स्थितिलाई चुनौती नदिईकनै पराष्त गर्न सकिनेछ ।
अमेरिकी साम्राज्यवादीहरूको वर्तमान वैश्विक रणनीतिका सन्दर्भमा हाम्रो सर्वोच्च प्राथमिकता शान्ति, स्थायीत्वको रक्षा र युद्धलाई रोक्ने हुनुपर्छ । यी उद्देश्यहरू प्राप्त गर्नका लागि –
सबैभन्दा पहिले, हामीले आम जनतालाई त्यसका विरुद्ध परिचालन गर्नुपर्छ ।
दोस्रा, रूस, चीन, भारत, उत्तर कोरिया, टर्की, ब्राजिल, इरान जस्ता शक्तिराष्ट्रहरूले त्यसका विरुद्ध संयुक्त प्रयास गर्नुपर्छ ।
शान्ति तथा स्थिरताका लागि खतरा र युद्धको मूल कारण साम्राज्यवाद हो । जबसम्म साम्राज्यवाद विद्यमान रहन्छ, हाम्रा सफलताहरूका साथसाथ, यी चुनौतीहरूको स्थायीरूपमा समाधान हुन सक्दैन ।
अमेरिकी साम्राज्यवादीहरूको वर्तमान वैश्विक तथा क्षेत्रीय रणनीतिको मुकाबिला गर्नुको सार शान्ति कायम गर्न र क्षेत्रिय एवं वैश्विक स्तरमा युद्धलाई रोक्ने हुनुपर्छ । यो उद्देश्यलाई प्राप्त गर्नु अत्यधिक लाभकारी हुनेछ ।
यद्यपि, सामान्यरूपमा यसले मात्रै शान्तिको प्रत्याभूति र देशहरूका बीच युद्धलाई रोक्न सक्दैन । यस्ता सफलताहरूले मात्रै वर्तमान सङ्कटका जड कारणहरूलाई समाप्त गर्दैनन् ।
शान्ति तथा स्थिरताका लागि खतरा र युद्धको मूल कारण साम्राज्यवाद हो । जबसम्म साम्राज्यवाद विद्यमान रहन्छ, हाम्रा सफलताहरूका साथसाथ, यी चुनौतीहरूको स्थायीरूपमा समाधान हुन सक्दैन । युद्धलाई रोक्नका लागि र क्षेत्रीय तथा वैश्विक शान्ति तथा स्थिरतालाई स्थायीरूपले कायम राखिराख्नका लागि साम्राज्यवादलाई वैश्विकरूपले समाप्त गर्नु अपरिहार्य छ । जबसम्म साम्राज्यवाद कायम रहनेछ र आफ्नो प्रभाव बनाइराख्नेछ, शान्ति र स्थिरताका लागि खतरा बनिरहनेछ, साथसाथै, युद्धको अवश्यम्भाविता बारम्बार देखापर्ने तथा कायम रहनेछ ।
अमेरिकी साम्राज्यवादीहरूको लक्ष्य चीनलाई कमजोर पार्ने र विघटन गर्ने हो । यो उद्देश्य प्राप्त गर्नका लागि अमेरिकाले हिन्द-प्रशान्त रणनीति तयार गर्यो र त्यसलाई लागू गर्यो । यस रणनीतिको माध्यमबाट अमेरिकाले यस क्षेत्रमा आफ्ना पुराना तथा नयाँ गठबन्धनहरूलाई पुनर्गठित गरिरहेको छ । अमेरिकी साम्राज्यवादीहरूले यस उद्देश्यलाई प्राप्त गर्नका लागि नेपालको महत्त्व राम्ररी बुझेका छन् ।
अमेरिकी साम्राज्यवादीहरूको मौजूदा वैश्विक तथा क्षेत्रीय रणनीतिले दक्षिण एशिया क्षेत्रमा पुराना तथा नयाँ वैश्विक शक्तिहरूका बीच प्रतिद्वन्द्वितालाई पनि जन्म दिएको छ । यस रणनीतिले नेपालको स्वतन्त्रता, सम्प्रभुता, क्षेत्रीय अखण्डता र आर्थिक विकासलाई मात्र नकारात्मक रूपमा प्रभावित तुल्याएको छैन, बरु नेपालको शान्ति र राजनीतिक स्थिरतालाई पनि अभूतपूर्व रूपमा प्रभावित गरेको छ ।
अब नेपाल दुई शक्तिशाली देशहरू चीन र भारतबीच फसेको स्थितिबाट तीन वैश्विक शक्तिहरू अमेरिका, चीन र भारतबीच फसेको स्थितिमा रूपान्तरित भएको छ । नेपालमा यो परिवर्तन सन् १९४९ को चीनको नयाँ जनवादी क्रान्ति र त्यसपछिको समाजवादी निर्माणपछि तीव्र भयो ।
चीनको उदयको कारण बितेका दुई दशकमा नेपालमा अमेरिकी भागिदारी धेरै बढेको छ । ऐतिहासिक तथ्यहरूको व्यापक अध्ययनले देखाउँछ कि नेपालमा अमेरिकाको प्राथमिक चिन्ता/चासो चीनको वरिपरि घुम्छ ।
भौगोलिकरूपमा नेपाल एक रणनीतिक बिन्दूमा अवस्थित छ । चीन र भारतका लागि नेपालको रणनीतिक महत्त्व सबैले बुझ्न सक्छन् । तर अमेरिकाको हकमा यस्तो भन्न सकिन्न । अमेरिकी साम्राज्यवादीहरूको लक्ष्य चीनलाई कमजोर पार्ने र विघटन गर्ने हो । यो उद्देश्य प्राप्त गर्नका लागि अमेरिकाले हिन्द-प्रशान्त रणनीति तयार गर्यो र त्यसलाई लागू गर्यो । यस रणनीतिको माध्यमबाट अमेरिकाले यस क्षेत्रमा आफ्ना पुराना तथा नयाँ गठबन्धनहरूलाई पुनर्गठित गरिरहेको छ । अमेरिकी साम्राज्यवादीहरूले यस उद्देश्यलाई प्राप्त गर्नका लागि नेपालको महत्त्व राम्ररी बुझेका छन् । तिनीहरूले नेपाल र चीनबीचको चौध सय किलोमिटर लामो सीमा र अत्यधिक अस्थिर राजनीतिक स्थितिहरूका कारण चीनविरोधी गतिविधिहरूलाई बढावा दिनका लागि नेपाललाई उर्बर भूमिको रूपमा हेरेका छन् ।
यदि अमेरिका नेपालमा आफूलाई स्थापित गर्न सफल हुन्छ भने यसले चीनका लागि मात्र नभइ भारत, जो अमेरिकाको हिन्द-प्रशान्त रणनीतिको एक महत्त्वपूर्ण स्तम्भका रूपमा रहेको छ, को लागि पनि समस्या पैदा गर्नेछ । भारतको राजनीतिक नेतृत्वलाई अमेरिकाको चीनविरोधी रणनीतिले गुमराहमा पारिदिएको छ । वास्तवमा यो रणनीतिले चीनलाई मात्र हैन, स्वयं भारतलाई पनि निशाना बनाउँछ । भारतको राजनीतिक नेतृत्वले शायद अहिलेसम्म यो महसूस गरेको छैन, समय उनीहरूको हातबाट चिप्लन सक्छ । यस क्षेत्रमा आधिपत्य जमाउने अमेरिकाको कुख्यात योजनालाई खारेज गर्नु नेपाल, चीन र भारतको हितमा हुनेछ ।
यो निश्चित छ कि अमेरिका नेपालको भूमिको उपयोग गरेर चीनलाई खासै नोक्सान पुर्याउन सक्दैन । तर त्यस्तो स्थिति उत्पन्न भयो भने नेपाललाई भने बहन नै गर्न नसकिने ठूलो क्षति पुग्नेछ जसबारे अहिले नै कल्पना गर्न सकिँदैन ।
अमेरिका नेपालमा आफूलाई स्थापित गर्न सफल हुन्छ भने यसले चीनका लागि मात्र नभइ भारत, जो अमेरिकाको हिन्द-प्रशान्त रणनीतिको एक महत्त्वपूर्ण स्तम्भका रूपमा रहेको छ, को लागि पनि समस्या पैदा गर्नेछ ।
लामो समयदेखि कायम चीन–भारतबीचको सीमा विवाद तथा चीनलाई उछिन्ने महत्त्वाकांक्षाका कारण, भारत हिन्द-प्रशान्त रणनीति लागू गर्नका लागि अमेरिकाका साथ सक्रिय रूपमा जोडिएको छ । अमेरिका र भारतबीचको गठबन्धन र चीनको स्वतन्त्रता, सम्प्रभुता र क्षेत्रीय अखण्डताका बारेको वैध चिन्ताले नेपालमा सम्भावितरूपले विनाशकारी स्थिति पैदा गर्न सक्छ ।
संयुक्त राष्ट्रसङ्घको चार्टर र शान्तिपूर्ण सहअस्तित्व (पञ्चशील) को पाँच सिद्धान्तहरूमाथि आधारित चीनको विदेश नीतिलाई दृष्टिगत गर्दा नेपालले सामना गरिरहेका वर्तमान चुनौतीहरूका सम्बन्धमा चीनका साथ रचनात्मक समाधान खोज्ने आशा गर्न सक्छ ।
अन्त्यमा, म केही मुद्दाहरूमा आफ्नो दृढ विचारलाई साझेदारी गर्न चाहन्छु :
- नेपाल अन्य देशहरूसितको सम्बन्धमा चीनको अहस्तक्षेपकारी नीतिको अत्यधिक सराहना गर्दछ ।
- नेपाल एक चीन नीतिको समर्थन गर्छ । तिब्बत र ताइवान चीनका अभिन्न अङ्गहरू हुन् । यसकारण तिब्बत र ताइवानको तथाकथित स्वतन्त्रतालाई बढावा दिने प्रत्यक्ष या गुप्त कुनै पनि गतिविधिहरूको नेपाल कडा विरोध गर्दछ ।
- नेपाल चीनको स्वतन्त्रता, सम्प्रभुता र क्षेत्रीय अखण्डतालाई कमजोर तुल्याउने कुनै पनि गतिविधिको विरोध गर्दछ ।
- नेपाल चीनको आन्तरिक मामिलाहरूमा हस्तक्षेप गर्ने कुनै पनि गतिविधिहरूको विरोध गर्दछ ।
- नेपाल आफ्नो भूमिको उपयोग कुनै पनि देश या समूहका विरुद्ध हुन नदिने कुराप्रति प्रतिबद्ध छ ।
- नेपाल भारतीय, अमेरिकी र चिनियाँ जनताप्रति स्नेह राख्छ ।
- नेपाल चीन, भारत र अमेरिकाको स्वतन्त्रता र सम्प्रभुताको समान रूपले सम्मान गर्दछ ।
जुन २१, २०२४
(क्षेत्रीय अन्तर्राष्ट्रिय सहयोग र विकास सम्बन्धमा सिचुआन विज्ञान र इन्जिनियरिङ विश्वविद्यालयको प्रायोजनमा र क्षेत्रीय अन्तर्राष्ट्रिय सहयोग र विकास अनुसन्धान केन्द्रको आयोजनामा २०२४ जुन २७ देखि २९ सम्म सिचुआनको जिगोंगमा आयोजित सेमिनारमा नेपालका तर्फबाट प्रस्तुत गरिएको कार्यपत्र । अङ्ग्रेजी भाषामा लेखिएको उक्त कार्यपत्र तलको पिडिएफमा पढ्न वा डाउनलोड गर्न सकिनेछ ।)
प्रतिक्रिया