‘संस्कार, संस्कृतिका कथा र फोहरमा डुबेको वर्तमान !’
संस्कारको परम्परागत शब्दार्थ माझ्नु, मयल हटाउनु, सफा र चमकदार बनाउनु हो । अमिल्दो र अनावश्यक हटाएर चिरिच्याट्ट बनाउनु हो । मान्छेको मात्र होइन घर, गोठ, बोट, बगैँचा, पाल्तू पशु पन्छी र सरसामानको पनि संस्कार हुन्छ । । घर परिवारमा, छरछिमेकमा, समुदाय समाजमा र विद्यालय महाविद्यालयहरुमा दिइने शिक्षण प्रशिक्षण संस्कारकै विविध स्तर र रुपहरु हुन् ।
संस्कार गर्भदेखि नै सुरु हुन्छ भन्ने मान्यता पनि समाजमा छ । कतिपय धर्मसंस्कृतिमा गर्भाधानदेखि मृत्युपर्यन्तका विधि कर्मकाण्डहरुलाई संस्कार नै भन्ने गरेको पाइन्छ ।
हामी सांस्कृतिक सोच समझले खारिएका व्यक्तित्वलाई सुसंस्कृत भन्छौँ । यस क्षेत्रका विशिष्ट विद्वानहरुको निर्क्यौल अनुसार संस्कृति त मानिसको दोस्रो प्रकृति नै हो ।
संस्कारबाट संस्कृति बन्छ । संस्कृतिले संस्कारको मात्र अर्थ बोक्दैन । कुनै पनि समाजको औपचारिक, अनौपचारिक चाल चलन, रीतिस्थिति, जात्रा पर्व, खानपान, परिधान, नाच गीत, हाँसो ठट्टा, पारिवारिकता विवाह, नाता सम्बन्ध, जन्मदेखि मृत्युपर्यन्तका तमाम विधि व्यवहार, चाडबाड, क्रियाकर्म, पाठ पूजा, बोली वचन, सोच समझ र परम्परागत उद्योग व्यवसाय लगायत यावत् कुरा संस्कृति शब्दले समेट्छ । यो संस्कृति शब्दले पाएको पारिभाषिक अर्थावली समेत हो । हामी सांस्कृतिक सोच समझले खारिएका व्यक्तित्वलाई सुसंस्कृत भन्छौँ । यस क्षेत्रका विशिष्ट विद्वान्हरुको निर्क्यौल अनुसार संस्कृति त मानिसको दोस्रो प्रकृति नै हो ।
संसारमा जात, जाति र समुदाय अनेक छन् । संस्कृति पनि अनेक छन् । हरेक जात जाति र समुदायका संस्कृति फरक फरक छन् । नाच गीत सङ्गीत, वाद्यवादन, जात्रा मेला सबै फरक फरक छन् । जीवन जिउने पद्दति, शैली फरक छन् । विधि निषेध फरक फरक छन् । कर्तव्य र अधिकार नै पनि फरक फरक छन् । धार्मिक कर्मकाण्ड पद्दतिहरु फरक फरक छन् । चाल चलन, रीतिथिति, खानपान, परिधान, नाता सम्बन्ध र तिनका मूल्य मान्यता सबै फरक फरक छन् । खाद्य अखाद्यका सूची फरक फरक छन् । समुदायहरुबीच एउटाको दृष्टिमा आपराधिक कृत्य अर्काको परम्परागत संस्कृति र एउटाको संस्कृति अर्काका दृष्टिमा भयङ्कर अपराध मानिने स्थिति पनि भेटिन सक्छन् । अनेकौँ संस्कृतिका समुदायहरुको बसोबास रहिआएको देश तथा समाजमा संस्कृति संस्कृतिका बीच समन्वय रहिआएको हुन सक्छ, संघर्ष चलिआएको पनि हुन सक्छ । भाषा, भूषा त संस्कृतिको स्थूल पहिचान हो नै । अझ गहिराइमा पुगेर अध्ययन गर्दा समग्र संस्कृति नै जात जाति र समुदायको पहिचान रहिआएको पाइन्छ ।
हरेक संस्कृतिमा कतिपय महान् चलनहरु छन् । कतिपय अधोगामी र नीच किसिमका चलन पनि छन् । राम्रोको सम्बर्धन संरक्षण गर्नु र नराम्रोको पहिचान गरेर हटाउनु चेतनाको दायित्व हो ।
सवैले आफ्नो संस्कृतिलाई महान् ठान्छन्, भन्छन् । आफ्नो संस्कृतिको बखान गरेर अरुको संस्कृतिको बदख्वाइँ गर्नेहरु पनि समाजमा भेटिन्छन् । बदख्वाइँ गर्नेहरु आफूलाई महान् विद्वान् पनि ठान्छन् । हामी आज जे छौँ हाम्रो संस्कृतिकै प्रतिफल छौँ, हाम्रो संस्कृति महान् थियो र छ भने हामी विकास र प्रगतिमा पनि महान् हुनसक्नुपर्थ्यो, हुन सकेका छैनौँ, किन ? भन्ने कोणबाट सोच्ने विद्वानहरु प्राय: पाइँदैनन् । हरेक संस्कृतिमा कतिपय महान् चलनहरु छन् । कतिपय अधोगामी र नीच किसिमका चलन पनि छन् । राम्रोको सम्बर्धन संरक्षण गर्नु र नराम्रोको पहिचान गरेर हटाउनु चेतनाको दायित्व हो ।
संस्कृतिमा नेपालीपन र नेपाली मनको जगेर्नाका लागि सार्थक प्रयत्न गरिरहेका व्यक्तित्वहरु भने कतै कोही भेटिँदैनन् । सांस्कृतिक क्रान्तिकै आवश्यकताको त अझै कुरै उठेको छैन ।
संस्कृति सहज, सरल र कम खर्चिलो हुन सक्छ । जटिल र बोझिलो पनि हुन सक्छ । समयक्रममा संस्कृतिमा विकृतिहरु गाँसिन पनि सक्छन् । वैदेशिक सम्बन्ध, सम्पर्क, अप्रत्याशित कमाइ, भ्रष्टाचार, तस्करी आदि इत्यादि कारणबाट मुलुक, समाज र समुदायहरुका परम्परागत संस्कृतिमा अजङ्गका विकृतिहरु गाँसिन आइपुगेका श्रव्य दृश्यहरु हामी आज भोज, भतेर, व्रतबन्ध, विवाह आदि समारोहहरुमा देख्न बेहोर्न पाइरहेका छौँ । नेपालको मौलिक संस्कृतिलाई माया गर्नेहरु यसमा चित्त दुखाइरहेका भेटिन्छन् । संस्कृतिमा नेपालीपन र नेपाली मनको जगेर्नाका लागि सार्थक प्रयत्न गरिरहेका व्यक्तित्वहरु भने कतै कोही भेटिँदैनन् । सांस्कृतिक क्रान्तिकै आवश्यकताको त अझै कुरै उठेको छैन ।
मानिसहरु विशेष जान्ने सुन्ने हुँदैआएपछि संस्कृति शब्दका अगाडि विशेष विशेषणहरु भने लाग्न थालेका छन् । जस्तै हिमाली संस्कृति, पहाडी संस्कृति, मैदानी संस्कृति, जातीय संस्कृति, अन्तर्जातीय संस्कृति, ग्रामीण संस्कृति, शहरिया संस्कृति, प्रचीन संस्कृति, अर्वाचीन संस्कृति, निवर्तमान संस्कृति, उदीयमान संस्कृति, पिछडा संस्कृति, विकसित संस्कृति, सामन्ती संस्कृति, पूँजीवादी संस्कृति, मिश्रित संस्कृति, प्रजातान्त्रिक÷लोकतान्त्रिक संस्कृति, धार्मिक संस्कृति, राजनीतिक संस्कृति, कृषि संस्कृति, औद्योगिक संस्कृति, व्यापारिक संस्कृति, लोक संस्कृति, म्रीयमाण संस्कृति, मृत संस्कृति, जीवन्त संस्कृति, अधोगामी संस्कृति, उध्र्वगामी संस्कृति, रुढिवादी संस्कृति, प्रगतिशील संस्कृति, वैज्ञानिक संस्कृति आदि ।
यसै त भौगोलिक अवस्थाका आधारमा पनि कति संस्कृतिहरु बनेका चलेका छन् । तिब्बतका बासिन्दाहरुको परम्परागत पोसाक, जुत्ता, टोपी, खान पान, जीवनपद्दति, नेपालका तराइका बासिन्दाहरुसँग मात्र होइन पहाडकै बासिन्दाहरुसँग पनि मिल्दैन । नेपालकै मनाङ् मुस्ताङ लगायत हिमाली जिल्लाका माथिल्ला भेगमा बसोबास गर्नेहरुको वेषभूषा र खानपान तिब्बतेलीहरुसँग मिल्छ । तराइका बासिन्दाहरुको संस्कृति पारिका इण्डियनहरुसँग मिल्छ । यसलाई रोटी बेटी पनि भनिन्छ । यो भूअवस्थाले सिर्जना गरेको अवस्थाविशेषको उत्पादन हो । यो एउटा लघुतम दृष्टान्त हो ।
यथार्थमा नेपाल हिन्दू देश होइन । यो त बोन सनातनी बौद्ध सनातनी एवम् हिन्दु सनातनीहरुको सझा धर्म संस्कृतिको देश हो । यहाँ हिन्दू बौद्ध र बोनधर्मीहरुको समान हैसियत छ ।
धर्मका आधारमा पनि विभिन्न विधि व्यवहारका संस्कृतिहरु बनेका पाइन्छन् । नेपालमा बोन, बौद्ध र हिन्दुधर्मका आधारमा बनेका धार्मिक विधि व्यवहार र संस्कृतिहरु देख्न पाइन्छन् । यिनीहरुबीच सामन्जस्य र समन्वय परम्पराले मेलमिलापको नमुना संस्कृति बनेको छ । नेपालमा एक धर्मको सहिनसक्नुका व्यवहारहरु अर्का धर्मवालाहरुले सहिबस्नु पर्ने सहिष्णुताको सवाल कहिल्यै बनेन । सामन्जस्य र समन्वयको परम्परा प्रभावी रहिआयो । यसैले नेपालमा धार्मिक सहिष्णुता छ भन्नु स्वाभाविक भनाइ होइन । निश्चित धर्म संस्कृतिमाथि जथाभावी आलोचना र गालीगलौच नेपालको रैथाने धर्म संस्कृतिको परम्परा होइन ।
यथार्थमा नेपाल हिन्दू देश होइन । यो त बोन सनातनी बौद्ध सनातनी एवम् हिन्दु सनातनीहरुको साझा धर्म संस्कृतिको देश हो । यहाँ हिन्दू बौद्ध र बोनधर्मीहरुको समान हैसियत छ । नेपाल धर्म संस्कृतिका क्षेत्रमा इण्डियासँग नजिक छ भन्नु पनि सर्वथा गलत हो । नेपालको दक्षिणी भागको धर्म संस्कृति इण्डियासँग मिल्छ भने उत्तरी भागको धर्म संस्कृति चीनसँग मिल्छ । संस्कृतिमा नेपालको आफ्नै मौलिकता पनि कम छैन । जस्तै दशैँ तिहार नेपालमा आफ्नै मौलिकतामा विकसित संस्कृतिहरु हुन् ।
अहिले आएर हाम्रो मुलुकमा रैथाने संस्कृतिमा क्षयीकरण शुरु भएको छ । विदेशीहरुको धर्मान्तरण आक्रमण तीव्र छ । खानपान वेषभूषा र विचार व्यवहारमा पश्चिमाहरुको प्रभाव व्यापक भएको छ ।
अहिले आएर हाम्रो मुलुकमा रैथाने संस्कृतिमा क्षयीकरण शुरु भएको छ । विदेशीहरुको धर्मान्तरण आक्रमण तीव्र छ । खानपान वेषभूषा र विचार व्यवहारमा पश्चिमाहरुको प्रभाव व्यापक भएको छ । नेपालको शिक्षापद्दतिमाथिको पश्चिमा आधिपत्यमुखी प्रभावले रैथाने ज्ञान र सिपको भयङ्कर अपमान एवम् उपेक्षा भएको छ । हजारौँ वर्षदेखि विकसित र सुरक्षित रैथाने जनजीवनका कृषि, स्वास्थ्य उपचार र स्थानीय जरीबुटी सम्बन्धी ज्ञान र सिपले संरक्षण र सम्बर्धनको अवसर पाएका छैनन् । पश्चिमा वहुराष्टिय कम्पनीहरुबाट परिचालित औषधि र उपचारव्यापारको आक्रामक चपेटामा परेर रैथाने नेपालीहरुको आफ्नो स्वास्थ्य आफ्नै हातमा राख्ने परम्परागत संस्कृतिको लोप भइसकेको अवस्था छ ।
हजारौँ वर्षदेखि विकसित र सुरक्षित रैथाने जनजीवनका कृषि, स्वास्थ्य उपचार र स्थानीय जरीबुटी सम्बन्धी ज्ञान र सिपले संरक्षण र सम्बर्धनको अवसर पाएका छैनन् ।
हरेक क्षेत्रमा सांस्कृतिक विघटन देखिन थालेको छ । वीभत्स फोहरका थुप्रामा पुरिन थालेको अवस्था देखिएको छ परम्परागत संस्कृतिको । संस्कृतिमा फोहर छ भने माझेर फाल्ने कि संस्कृतिलाई नै फोहरमा डुबाइदिने ? प्रश्न जसले पनि गर्न सक्छ । उत्तर कसले दिने ?
भनिन्छ, संस्कृतिमा उभिएर हुर्केको विकास मात्र दिगो हुन्छ । संस्कृति त विकासको पूर्वाधार बनिनुपर्ने हो । नेपालको राजनीतिमा व्याप्त भुइँफुट्टा चरित्रका कारण नेपाल र नेपालीका हितमा प्रतिबद्ध भएर सोच विचार र व्यवहार बनाउनेतर्फ हुनुपर्ने प्रयत्नहरुको संस्कृति अझै आरम्भ भएको छैन । यसैले नेपालको भाग्य भविष्य विदेशीका हातमा खेलौना बन्न पुगेको दारुण अवस्था नै आजको वर्तमान बनेको छ ।
प्रतिक्रिया