ढुङ्गाको आँसु
ताजिक कहानी
प्रस्तुत कहानी ‘नीलो पहाडको काख’मा कहानी संग्रहबाट लिइएको हो । यस संग्रहमा ताजिक लेखकहरुको कहानीहरु संग्रहित छन् ।
०००
बाटोको किनारामा एउटा ढुङ्गा थियो । टाढाबाट हेर्दा त्यो कालो रंगको देखिन्थ्यो तर वास्तवमा त्यसको रंग रातो–खराने थियो । ढुङ्गामा ठाउँ ठाउँमा टेढोमेडो धर्का, प्वालहरु र उठेका भागहरु थियो तर कहीँ पनि त्यो टुटेको या चर्केको थिएन ।
त्यसको उचाइ एउटा चारतल्ले घर बराबर थियो । मानिसहरुले त्यसलाई ‘ठूलो ढुङ्गा’ भनेर नामाकरण गरेका थिए ।
त्यो ‘ठूलो ढुङ्गा’ गाउँबाट निक्कै टाढा थियो । थाकेका यात्रीहरु त्यसको छायाँमा विश्राम गर्ने गर्थे । गर्मीमा त्यसले मानिसहरुलाई छायाँ प्रदान गर्थ्यो भने जाडोमा उनीहरुलाई वर्षा, वरफ र चीसो हावाबाट बचाउने गर्थ्यो ।
एक पटक एउटा काग उक्त ढुङ्गामा आएर बस्यो । त्यसले आफ्नो चुच्चोमा एउटा ओखर जस्तो चीज च्यापेकोको थियो । चारैतिर नजर घुमाएर कागले आफ्नो भोज्य पदार्थलाई पञ्जामा कसेर पक्र्यो र त्यसलाई ठुँग्न लाग्यो । दानाको कडा बोक्रा फुट्यो र कागले त्यसबाट निक्लेको बीउलाई हतारहतार खान थाल्यो । तर एउटा बीउ ढुङ्गाको साँघुरो चेपमा खस्यो । कागले आफ्नो तीखो नजरले त्यो बीउलाई हेर्यो तर लाख कोशिश गर्दा पनि उसले त्यसलाई त्यस चेपबाट निकाल्न सकेन । काग नयाँ भोज्यपदार्थको खोजीमा उड्यो ।
हावाको झोकाहरुले त्यो ‘ठूलो ढुङ्गा’ को फेदमा उडाएर ल्याएका बीउहरु सड्न र नष्ट हुन थाल्यो तर कागले खसाएको त्यो बीउको दाना भने उम्रियो । मौसममा केही तातोपन बढेपछि त्यसबाट एउटा पातलो अंकुर फुट्यो ।
यो शरद ऋतुको कुरा थियो । शरदपछि जाडोको मौसम आयो । वर्षा भयो र बर्फ पनि पर्यो । हावाको झोकाहरुले त्यो ‘ठूलो ढुङ्गा’ को फेदमा उडाएर ल्याएका बीउहरु सड्न र नष्ट हुन थाल्यो तर कागले खसाएको त्यो बीउको दाना भने उम्रियो । मौसममा केही तातोपन बढेपछि त्यसबाट एउटा पातलो अंकुर फुट्यो । शुरु शुरुमा त्यो अंकुर मर्नै लागेको र कमजोर जस्तै थियो । हावाका झोक्काहरुले त्यसलाई सताउथ्यो, घामले आफ्नो पोल्ने किरणहरुले हैरान पार्थ्यो । दिउँसो त्यो विरुवा आफ्नो सम्पूर्ण शक्ति गुमाइसकेका मानिस जस्तो सुस्त र लापरवाह हुन्थ्यो तर बेलुका हुनेबित्तिकै त्यसमा फेरि ज्यान आउँथ्यो, त्यो एउटा सियो जस्तै ठाडो भएर तन्किन्थ्यो ।
आखिरमा त्यो अंकुरबाट कमलो, भुँवादार पत्तीहरु भएको नयाँ नयाँ शाखाहरु पलायो । पहाडतिर ‘कोहिस्तानकी बेहुली’ भनेर चिनिने आर्चाको रुखले त्यो ‘ठूलो ढुङ्गा’मा जरा गाडेको मानिसहरुले देखे । केही वर्षमा नै त्यो ठूलो रुख बन्यो र त्यसको जरा त्यस ‘ठूलो ढुङ्गा’को भित्रसम्मै गहिरोसँग धँसियो ।
“ए आर्चा,” एकदिन त्यो ‘ठूलो ढुङ्गा’ले रुखसँग भन्न लाग्यो, “तिमी यहाँ के गर्दैछौ ? किन तिम्रा जरा मभित्र साँपले जस्तै कुण्डली मारेर घँसिदै गइरहेको छ ?”
“अरु केही उपाय नै छैन,” रुखले उत्तर दियो, “मलाई पनि भोजन पानीको आवश्यकता पर्छ । म बाँच्न चाहन्छु ।”
“पृथ्वी निक्कै चौडा छ,” ‘ठूलो ढुङ्गा’ बडबडायो । “के पूरै धरतीमा तिमीलाई अरु कुनै ठाउँ नै फेला परेन ? मभित्र नै उम्रिनु जरुरी थियो ?”
“ओहो ! अब तिमी मसँग बहस गर्न थाल्यौ ?” ‘ठूलो ढुङ्गा’ रिसले चूर हुँदै आर्चाको जरालाई मिचेर कस्न थाल्यो तर रुखले पनि सामना गर्ने मन बनायो । उसले आफ्ना जराहरुका लागि ढुङ्गाको भित्र नयाँ बाटाहरु खोज्यो ।
“यो मेरो दोष हैन, भाइ । कागले मेरो बीउ यहाँ हालेर गयो । उसैसँग गएर सोध न यो कुरा ।”
“ओहो ! अब तिमी मसँग बहस गर्न थाल्यौ ?” ‘ठूलो ढुङ्गा’ रिसले चूर हुँदै आर्चाको जरालाई मिचेर कस्न थाल्यो तर रुखले पनि सामना गर्ने मन बनायो । उसले आफ्ना जराहरुका लागि ढुङ्गाको भित्र नयाँ बाटाहरु खोज्यो । आर्चाको बाँच्ने इच्छा साँच्चै नै जबरजस्त थियो ।
आखिरमा ‘ठूलो ढुङ्गा’ले हार स्वीकार्यो ।
“ठीकै छ,” उसले आर्चालाई भन्यो, “तिमी पनि बस ।”
छेउछाउमा त्योभन्दा सुन्दर अरु कुनै रुख थिएन । कुनै यात्री यस्तो थिएन, जो त्यसलाई देखेर आल्हादित नभएको होस् । नीलो आकाशको मुनि यसको शाखाको हरियाली जगमागाउन लाग्थ्यो । टाढाबाट त्यो ‘ठूलो ढुङ्गा’लाई हेर्दा यस्तो लाग्थ्यो मानौं त्यो कालो संगमरमरको कुनै चौतारा हो ।
ढुङ्गाको टुप्पोमा चढेर हेर्दा जसै उसको दृष्टि आर्चाको जीवन–संघर्षमा पर्यो, उसको आँखा तृप्त भयो । ‘ठूलो ढुङ्गा’ पनि संघर्षरत थियो । आफनो तीखो किनाराहरुलाई आर्चाको जरामा ठडाएर मानौ उनी त्यसलाई काट्न चाहन्थे । क्षणभरका लागि इन्जिनियरलाई यस्तो लाग्यो, मानौ, ती आर्चा र ढुङ्गा नभएर दुई पहलमानहरु हुन् ।
धेरै वर्षहरु बिते । एक दिन यस्तो आयो जब साँघुरो बाटोलाई फराकिलो बनाउने निर्णय लिइयो । भावी राजमार्गबाट अगाडि बढ्दै गरेको इन्जिनियर त्यो ‘ठूलो ढुङ्गा’को नजिक आएर रोकिए । बाटो सोझो र चौडा हुनुपर्ने थियो तर यस ‘ठूलो ढुङ्गा’लाई के गर्ने ? त्यसलाई एकतिर हटाइदिने ? त्यो भन्दा सजिलो त विस्फोटकले उडाइदिनु नै थियो ।
धेरैबेरसम्म इन्जिनियरले त्यो ‘ठूलो ढुङ्गा’लाई ध्यानपूर्वक निरीक्षण गरे । उसले दुई पटक त्यसको फन्को पनि लगाए । ढुङ्गाको टुप्पोमा चढेर हेर्दा जसै उसको दृष्टि आर्चाको जीवन–संघर्षमा पर्यो, उसको आँखा तृप्त भयो । ‘ठूलो ढुङ्गा’ पनि संघर्षरत थियो । आफनो तीखो किनाराहरुलाई आर्चाको जरामा ठडाएर मानौ उनी त्यसलाई काट्न चाहन्थे । क्षणभरका लागि इन्जिनियरलाई यस्तो लाग्यो, मानौ, ती आर्चा र ढुङ्गा नभएर दुई पहलमानहरु हुन् जो आफ्ना शरीरलाई एकअर्कासँग भिडाएर धकेलाधकेल गरिरहेका छन् ।
इन्जिनियरलाई आर्चाप्रति दया जाग्यो । उनले आदेश दिए– सडक चारमिटर तलबाट निकालियोस् ।
तर एकजना सुपरभाइजरले यो भनेर आपत्ति प्रकट गरे कि त्यो ढुङ्गा हेर्दा चिहान जस्तो देखिन्छ, अत त्यसलाई विस्फोट गरेर ध्वस्त पारिदिनुपर्छ ।
इन्जिनियरलाई आर्चाप्रति दया जाग्यो । उनले आदेश दिए– सडक चारमिटर तलबाट निकालियोस् ।
“हैन, हैन, कुनै पनि चिहानसँग यसको स्वरुप मिल्दैन । तपाईं हेर्नुस् त, ढुङ्गामा यो आर्चा कति सुन्दर लागिरहेको छ ।”
इन्जिनियरको यस विचारलाई अरु थुप्रै मानिसहरुले पनि समर्थन गरे । अन्ततः इन्जिनियरले जस्तो भने, त्यस्तै गरियो । ‘ठूलो ढुङ्गा’ र आर्चालाई आफ्नो स्थानमा सुरक्षित रहन दिइयो ।
दुई वर्षभित्र राजमार्गको निर्माण पनि पूरा भयो, मानिसहरुले भरिभराउ बसहरु र ठूला ठूला ट्रकहरु त्यस सडक भएर आउन–जान लागे, तिनका विन्डस्क्रिनहरुमा हेर्दा यस्तो लाग्थ्यो, मानौं आर्चा हावामा झुन्डिएको छ । बसहरु ‘ठूलो ढुङ्गा’को नजिक आएर रोकिन्थे । यात्रीगणहरु विश्रामका लागि बाहिर निस्कन्थे र प्राकृतिक दृश्यको अवलोकन गर्थे ।
‘ठूलो ढुङ्गा’को टुप्पोमा शितल थियो । मानिसहरु मन्त्रमुग्ध भावले आर्चालाई हेर्थे । अधवैंशे उमेरका मानिसहरु त त्यसलाई देखेर विशेष रुपले उल्लासित हुन्थे ।
“जीवनको लागि यस्तो संघर्ष गर्नुपर्छ ।”
मानिसहरु आउने–जाने क्रम जारी रह्यो । ‘ठूलो ढुङ्गा’को नजिक दिनहुँ भीड बढ्दै गइरह्यो । यात्रीहरुको लागि त्यो एउटा मनमोहक विश्रामस्थल बन्यो ।
आधा बाटो पार गरिसक्दा पनि अध्यक्षले कुनै कमी फेला पार्न सकेनन् । यो कुरा उनलाई पहिल्यै थाहा हुन्थ्यो भने शायद उनी आयोगको अध्यक्ष बन्नका लागि कुनै हालतमा तयार हुने थिएनन् ।
तर त्यो बाटो अझैसम्म राजकीय आयोगद्वारा प्रमाणित गरिएको थिएन । आयोगको गठन नै धेरै महिनापछि भयो । आयोगमा अध्यक्षसहित चार व्यक्तिहरु सम्मिलित थिए । एक दिन उनीहरु सबैजना त्यस बाटोलाई प्रमाणित गर्न हिँडे । अध्यक्षले आफ्नो तीखो दृष्टि बाटोको दुवैतिर गाडेका थिए । उसको प्रयत्न काममा कुनै खोट देखियोस् भन्ने नै थियो ।
तर आधा बाटो पार गरिसक्दा पनि अध्यक्षले कुनै कमी फेला पार्न सकेनन् । यो कुरा उनलाई पहिल्यै थाहा हुन्थ्यो भने शायद उनी आयोगको अध्यक्ष बन्नका लागि कुनै हालतमा तयार हुने थिएनन् । यति लामो बाटोमा के सबै कुरा यति दुरुस्त छन् ? बाटो निर्माण गर्नेहरुबाट कुनै गल्ती नै भएको छैन? यस्तो हुनै सक्दैन । कसले यस कुरामा विश्वास गर्छ ? सबैजनाले त अध्यक्षले सावधानीपूर्वक निरीक्षण नै गरेनन् भन्ने छन् ।
यसैबीच उनको दृष्टि आर्चा र ‘ठूलो ढुङ्गा’ मा पर्यो ।
“गाडी रोक,” उसले चालकलाई अह्राए ।
अध्यक्षका पछिपछि आयोगका अन्य सदस्यहरु पनि गाडीबाट ओर्लिए । उनको मनमा अहिलेसम्म कुनै शंका पैदा भएको थिएन । कम्मर सोझो गर्ने अवसर मिलेकैमा उसलाई राम्रो लागेको थियो । अध्यक्ष ‘ठूलो ढुङ्गा’को नजिक गए र टाउको ठठ्याएर धेरै बेर आर्चालाई हेरिरहे । त्यसपछि उनले भने, “देख्नु भयो त, इन्जिनियर अति प्रतिभाशाली छन् भनेर तारिफ गरिन्छ र यता चाहिँ यति ठूलो गल्ती !”
“हो, हो,” उनका एक जना सहयोगीले समर्थन जनाए ।
“साँचो कुरा भन्दै हुनुहुन्छ,” अर्कोले पनि समर्थन गरे ।
तर तेस्रो सदस्य उनीसँग सहमत हुन सकेनन् ।
“कस्तो गल्ती अध्यक्ष महोदय ?”
तर अध्यक्षले उनको प्रश्नलाई नसुनेको जस्तो गरिदिए । मानौं स्वयंलाई विश्वास दिलाउनको लागि उनलाई समर्थन गर्ने सहयोगीहरु साँच्चै नै उनीसँग सहमत छन् । उसले नै उनीहरुलाई प्रश्न गरे, “त्यसो भने बताउनुहोस्, इन्जिनियरले के गल्ती गरेका छन् ?”
आयोगका सदस्यहरुर्ले कुनै जवाफ नै सोच्न सकेनन् ।
अध्यक्ष दुःखी भएर चिढिएको स्वरमा भने, “बाटो विशेषज्ञहरु पनि कति राम्रा पाएको छु मैले !”
आयोगका सदस्यहरुको अनुहारमा अपराधग्रस्त मुस्कान देखापर्यो । अध्यक्षले चालकलाई बोलाए र उनलाई नजिकको कुनै गाउँबाट एउटा आरा ल्याउन अह्राए ।
लगभग बीस मिनेटपछि चालक आरा लिएर फर्के । अध्यक्षले आर्चातिर संकेत गरेर भने, “यसलाई काट !”
“हो, हो, काट्नै पर्छ,” दुईजना सदस्यहरु समवेत स्वरमा बोले ।
“तपाईंले बुझ्नु भएन,” अध्यक्षले हाँस्दै भन्न थाले । “आज बाधक बनेको छैन, तर कुनै दिन ठूलो भएर यसका हाँगाविगाहरुले यातायातमा बाधा पुर्याउनेछ ।
“तर किन ?” तेस्रो सदस्यले प्रतिवाद गरे । “यो आर्चाले बाटोमा कुनै बाधा पारेको छैन त ।”
“तपाईंले बुझ्नु भएन,” अध्यक्षले हाँस्दै भन्न थाले । “आज बाधक बनेको छैन, तर कुनै दिन ठूलो भएर यसका हाँगाविगाहरुले यातायातमा बाधा पुर्याउनेछ । यस्तो लाग्छ, इन्जिनियरमा दूरदर्शिता छैन, त्यसैले उनीबाट गल्ती भयो । अब त बुझ्नुभयो ?”
“हो, हो,” पहिलो सदस्य बोले ।
“अध्यक्ष महोदय ठीक भन्दै हुनुहुन्छ,” अर्कोले समर्थन गरे ।
तर तेस्रोले अप्रसन्नतापूर्वक टाउको हल्लाए । तर अध्यक्षले उनको आपत्तितिर कुनै ध्यान दिएनन् । ती दुवैतिर फर्केर उसले आर्चालाई काट्ने आदेश दिए ।
उनीहरुमध्ये एकले आरा पक्रे र ‘ठूलो ढुङ्गा’तिर अघि बढे तर नजिक पुगेपछि केही सोचमा डुबे ।
“अध्यक्ष महोदय, यसलाई छोडिदिऔं,” उनी गुनगुनाए ।“अहिले त कसैलाई दुःख दिइरहेको छैन नि !”
“अरे एउटा रुखमाथि दया जागेको छ ?”अध्यक्ष भड्किए । उसले तत्क्षण आर्चाको नजिक पुगेर उनको हातबाट आरा लिए । आरीवाला देखेर रुख काँप्यो, गुनासोको स्वरमा उनका पत्ताहरु हल्लिए, मानौं उनीसँग दयाको प्रार्थना गरिरहेका छन् । तर अध्यक्षमाथि उनको प्रार्थनाको कुनै असर परेन। उल्टै उनलाई आफूमाथि गर्व भइरहेको थियो कि उसले निर्माण इन्जिनियरको एउटा ठूलो गल्ती पत्ता लगाएका छन् । अब उनी साथसाथै आफ्नो रिपोर्टमा आयोगका सदस्यहरुको अयोग्यताको गुनासो पनि थपिदिनेछन्, भन्नेछन् कि आर्चालाई पनि उनले स्वयं आफ्नै हातले काट्नुपर्यो ।
अध्यक्षलाई आफूमाथि गर्व भइरहेको थियो कि उसले निर्माण इन्जिनियरको एउटा ठूलो गल्ती पत्ता लगाएका छन् ।
आरी रुखसँग ठोक्कियो । पसिनाले निथ्रुक्क भएका अध्यक्षले आर्चाको सबैभन्दा मोटो र लामो हाँगालाई बीचसम्म काटे, हाँगा तुरुन्तै भाँच्चियो र आफूसँगै ‘ठूलो ढुङ्गा’को एउटा ठूलो टुक्रालाई चोइट्याउँदै ढल्यो ।
अचानक सबैको दृष्टि त्यो स्थानमा गएर पर्यो, जहाँबाट ढुङ्गाको टुक्रा टुटेको थियो । त्यहाँ एउटा कालो धब्बा प्रकट भएको थियो, जुन तीब्रताका साथै फैलिँदै गइरहेको थियो । केही बेरपछि त्यहाँ पनि पानीका थोपाहरु देखापर्न लागे ।
तर के त्यो पानी नै थियो ? आँसु त थिएन ? सम्भव छ, आँसु नै हो । सम्भव छ, आर्चाप्रति करुणाको भावना जागेका कारण ‘ठूलो ढुङ्गा’ रोएका हुन्...
पानीको एक थोपा निस्केर ढुङ्गामा बग्न लाग्यो, त्यसपछि अर्को थोपा बगेर निस्क्यो, र फेरि तेस्रो...
तर के त्यो पानी नै थियो ? आँसु त थिएन ? सम्भव छ, आँसु नै हो । सम्भव छ, आर्चाप्रति करुणाको भावना जागेका कारण ‘ठूलो ढुङ्गा’ रोएका हुन्, सम्भव छ, ढुङ्गा हृदय भएका मानिसको व्यवहारबाट चकित र क्षुब्ध भएका कारण उनी रोइरहेकी छिन्...
त्यसदिनदेखि त्यो ‘ठूलो ढुङ्गा’लाई रुने ढुङ्गा भनिन थालियो ।
अनुवाद: हर्कबहादुर प्रधान
प्रतिक्रिया