आदिवासीको ऐतिहासिक थातथलोमा भइरहेको साँस्कृतिक संहार कसरी रोक्ने हो?
एक समाजशास्त्रीको नजरमा नवीन सुब्बाको ‘गाउँ आएको बाटो’
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Krishna-bhattachan-sir_kNfBStYu0f_fhhav0azqokd3go9hjn3s9rlbdhm3fdzumwulmr0badp8qzod24uzk0tpqyg_uLtH0gKtqm_pndeim8qyi4qqtzomt69nhmu3v2rbja5ebkliquuma8oavh7dm2t9okoj619.jpg)
नेपाली चलचित्रमा गेम चेञ्जर निर्देशक नवीन सुब्बाजीको टिमको नवीन चलचित्र ‘गाउँ आएको बाटो’ (‘A Road to a Village’) को ग्राण्ड प्रिमियर सपरिवार हेर्ने अवसर पाएँ, पदमजी र सृजनाजीलाई नोगेन ।
यो चलचित्र पाका र नयाँ पुस्ता, आदिवासी र गैर आदिवासी अधिकारवाला, कर्तव्यवाहक, बौद्धिक, अध्येता, विद्यार्थी, अधिकारकर्मी, समुदाय सबैले हेर्नैपर्ने र मनन गर्नुपर्ने सामुदायिक चलचित्र रहेछ ।
‘गाउँ आएको बाटो’ हेर्दा मानवशास्त्री क्लीफर्ड गर्टजको लेख ‘डिप प्ले: नोट्स अन द बालानीज ककफाईट’को याद आयो । गर्टजका अनुसार ईण्डोनेशियाको बालीमा प्रथाजनित कुखुरा लडाउने (ककफाई) खेल सतहमा हेर्दा धेरैले खेल्न र हेर्न मनपराउने मनोरञ्जनात्मक र नियमित बाजी खेलिने खेल हो, तर गहिरिएर हेर्दा यो खेलमा बालीका आदिवासी समाज र उपनिवेशवादी राज्य, सरकारको संरचना र व्यवहार, र दुवै बिचको सम्बन्ध उजागर हुन्छ । कक फाईटमा डबल टेक्स्ट (दुई वटा पाठ) भए जस्तै गाउँ आएको बाटोमा डबल टेक्स्ट छ । एउटा टेक्स्ट ककफाईटमा जस्तै चलचित्रमा देखिन्छ, अर्को टेक्स्ट छोपिएकोले खोलेर पढ्नु पर्ने हुन्छ ।
फिल्मले आदिवासीको थातथलोमा बाटो आएपछि एउटा आदिवासी परिवारले भोग्न बाध्य कथा र व्यथा, सपना र विपना, आशा र निराशा, संघर्षको कथाको माध्यमबाट सबै आदिवासीको कथा भन्छ ।
‘गाउँ’ शहरी जीवनको सन्दर्भमा ‘गाउँ’ हो तर आदिवासीको लागि परापूर्वकालदेखिको ऐतिहासिक थातथलो हो । फिल्मले आदिवासीको थातथलोमा बाटो आएपछि एउटा आदिवासी परिवारले भोग्न बाध्य कथा र व्यथा, सपना र विपना, आशा र निराशा, संघर्षको कथाको माध्यम सबै आदिवासीको कथा भन्छ । बाटो आउँछ, र बाटोसँग गाडी, ट्याक्टर, बाहिरको मानिस, माल सामान, पैसा, मूल्य मान्यता, सँस्कृति, सेवा सुविधा, बानी व्यहोरा आदि पनि एकमुष्ट आउँछ ।
यो भनेको प्रकृतिको दोहन गर्ने र आदिवासीलाई पनि व्यक्तिवादी तथा अनावश्यक आवश्यकताको उपभोक्तावादी बनाउने बजार अर्थात् पुँजीवाद मात्र नभएर संगसंगै उपनिवेशिकरण, नश्लीय सर्वोच्चता, भूमण्डलीकरण, हिन्दूकरण, क्रिश्चियनकरण, सैन्यकरण पनि संगसंगै आउने हो। यो भनेको एक ढिक्का रहँदै आएको आदिवासी समुदाय र सामुहिक जीवन पद्दति वर्ग, लिंग र तहगत उँचनिचमा खण्डीकरण हुने हो । आदिवासीको सामुहिकता सिद्ध्याएर व्यक्तिवादितालाई, भूमिको सामुहिक संरक्षकत्वलाई मासेर लालपुर्जामा लाने र त्यो पनि चाहेको बेला राज्यले खोस्ने हो ।
भौतिक वा दृश्य वा मूर्त ‘बाटो’ आउनुअघि अनेक अभौतिक वा अदृश्य वा अमूर्त ‘बाटो’ ‘गाउँ’ अर्थात खम्बु (राई) लगायतका आदिवासीहरूको थातथलोमा आइसकेको थियो र चलचित्रमा देखाइएको खम्बु (राई) माइला ( दया हाङ राई), माइली (पशुपति राई) र बिन्र्दे (प्रशन राई)को परिवारमा पुरूषले जानेको सीप बाँसबाट चित्रा बनाउने र महिलाले जानेको सीप रक्सी पार्ने परम्परागत कामबाट हातमुख जोर्नपर्ने अवस्था यसअघिको अनेक ‘बाटो’ अनेक रूपमा आएको परिणाम हो ।
यस्तो ‘बाटो’ कहिले युद्ध, कहिले सन्धि, कहिले मुलुकी ऐन, कहिले संविधान तथा ऐन, कहिले राष्ट्रिय वन, कहिले राष्ट्रिय निकुञ्ज, कहिले संरक्षण क्षेत्र, कहिले सामुदायिक वन, कहिले विद्यालय, कहिले चाडपर्व, कहिले राजमार्ग, कहिले पत्र पत्रिका, रेडियो र टिभी जस्ता आमसञ्चारको ‘बाटो’ आयो । यो ‘बाटो’ आदिवासीले सामुहिक निर्णयबाट बनाएको ‘बाटो’ होइन । यो ‘बाटो’ उपनिवेशवादी, नश्लवादी, बाहुनवादी राज्य तथा सरकारले आदिवासीहरूसंग स्वतन्त्र अग्रिम जानकारीसहितको मञ्जुरी लिएर बनाएको पनि होइन ।
सामाजिकीकरण गर्ने संस्कृत आदर्श भएको खस नेपालीभाषी विद्यालय, र ‘बाटो’ संग आएको ‘लाहुरे पसल’, टेलिभिजन, कोकाकोला, गगल्स, र्याप गीत आदिले बाँकी रहेको प्रथाजनित सामुहिक जीवनपद्दतिलाई समाप्त पार्न थाल्यो ।
यी सबै ‘बाटो’ हरूले आदिवासीलाई आफ्नै भूमिमा गरिब, शरणार्थी हैसियत बनायो, बनाइरहेको छ । सामाजिकीकरण गर्ने संस्कृत आदर्श भएको खस नेपालीभाषी विद्यालय, र ‘बाटो’ संग आएको ‘लाहुरे पसल’, टेलिभिजन, कोकाकोला, गगल्स, र्याप गीत आदिले बाँकी रहेको प्रथाजनित सामुहिक जीवनपद्दतिलाई समाप्त पार्न थाल्यो । जानेको सीप चित्रालाई प्लाष्टिकले विस्थापन र घरेलु रक्सीको अपराधीकरणले सरल आदिवासी जीवनलाई नारकीय बनाएको देखाइएको छ । दयाहाङजी, पशुपतिजी र प्रसनजीको अभिनय उत्कृष्ट, मौलिक प्रशंसनीय छ । वाँसको भिन्न आवाजदेखि मातृभाषिले खस नेपाली बोल्दासमेत मिहिन कुराहरूमा ध्यान दिएको प्रष्टै देखिन्छ ।
आदिवासीको सामुहिक जीवन पद्दतिमा व्यक्तिवादीभन्दा सामुहिकतावादी, र पाकाबाट नयाँ पिंढीमा ज्ञानको हस्तान्तरण हो । तर हाल नयाँ पुस्ताको उपभोक्तावादी सपना र चाहनाको पछि दगुर्न पर्ने अवस्था आयो । तर त्यो सपना र चाहनाको अकाल मृत्यु भएको देखाइएको छ ।
आदिवासी थातथलोको टालोमा आदिवासी सामुहिक जीवनपद्दति हिङको गन्ध छ, तर हिङ सकिएर गन्ध बाँकी भएको भन्दा पनि उपनिवेशवादी, नश्लवादी, बाहुनवादी राज्य,सरकारले लुटेर यस्तो गन्ध बाँकी रहेको हो । ‘गाउँ आएको बाटो’ले उठाएको समसामयिक शाश्वत प्रश्न हो– अहिलेको घडीमा आदिवासीको ऐतिहासिक थातथलोमा भइरहेको साँस्कृतिक संहार कसरी रोक्ने हो? यसको उत्तर लुटेको हिङ फिर्ता अर्थात आदिवासीको भूमि फिर्ता र आत्मनिर्णय हो, जुन हामी सवैले ढिलो चाँडो खोज्नैपर्ने हुन्छ ।
आदिवासीको सामुहिक जीवन पद्दतिमा व्यक्तिवादीभन्दा सामुहिकतावादी, र पाकाबाट नयाँ पिंढीमा ज्ञानको हस्तान्तरण हो । तर हाल नयाँ पुस्ताको उपभोक्तावादी सपना र चाहनाको पछि दगुर्न पर्ने अवस्था आयो ।
समग्रमा यो गाउँ आएको बाटोले नवीन सुब्बाजीले जस्तो आदिवासीको कथा शुद्ध कला मार्फत सामुदायिक चलचित्र निर्माण गर्न सके आदिवासीको जीवन, कथा, व्यथा, चुनौती र संघर्ष आदिको दस्तावेजीकरण हुने, र विश्वभरिका अधिकारवालालाई जागरुक, कर्तव्यपालकलाई सचेत, भुत्ते हुँदै गएको आदिवासीको आन्दोलनको दाँत तिखो बनाउन र धारिलो हुँदै भएको नश्लवादी, उपनिवेशवादी, बाहुनवादीको दाँत भुत्ते बनाउन पर्ने आवश्यकता बोध दुवैले गर्ने छन् ।
निर्देशक नवीन सुब्बा
अब नवीन सुब्बाजीको यस्तो विश्वस्तरीय गहन कार्यलाई अझ माथि, धेरै माथि उठाउन सवै आदिवासीको समुदाय, प्रथाजनित र गैर प्रथाजनित संघ संस्था र यस्का नेतृत्वपङ्ति र सदस्यहरू, लगानीकर्ताहरू र आदिवासीको मूल्य मान्यतामा आस्था तथा विश्वास भएकाहरू सबैले सक्दो सहयोग तथा योगदान गर्न अत्यावश्यक छ ।
समुदायको लगानीमा समुदायको सहयोगमा टिम तथा समुदायको सामुहिक सरसल्लाहबाट विश्वस्तरीय आदिवासीको अर्थपूर्ण कथा भएको चलचित्रको लागि समुदाय तथा सम्पूर्ण टिम र निर्देशक नवीन सुब्बाजीलाई हार्दिक बधाई तथा नेपालमा हुने सार्वजनिक प्रदर्शनमा पूर्ण सफलताको लागि शुभकामना । नोगेन । होर्छे ।
स्रोत: https:/www.facebook.com
![बर्बर हिटलरको अन्त्यकालको दारुण चित्रण गरिएको चलचित्र ‘डाउनफल’](https://snowberry.prixacdn.net/media/gallery_folder/Downfall_JfZeTVdcR5_xdg8vaf7gjlaqegm4leqwmpzz0aq6smidsr84kpv5pbsi4iu0ouczmhgeemm_uZCW8goJrA_dgn3oqqpjz1kzoxbqfhhzeptmzkikgsflg7mpasraoxwjbtmkxctyqchmfms.jpg)
बर्बर हिटलरको अन्त्यकालको दारुण चित्रण गरिएको चलचित्र ‘डाउनफल’
![नयाँ कहानी आन्दोलन र सिनेमा](https://snowberry.prixacdn.net/media/gallery_folder/Hindi-Cinema_8PRMHkhOdM_mfyuwae7slwmjoutnglzkenpyvtrvrn12wcc1fjc4o6yjo3y5orcowim7fg5_AYZgiibOsl_0j7unqztwtwtzilaf9a2taosofnrq1xbcpu8w2ntp05jt7cfzrmqtsxqfbcd.jpg)
नयाँ कहानी आन्दोलन र सिनेमा
![हिटलर र नाजीवादको उदय कसरी हुन्छ ?](https://snowberry.prixacdn.net/media/gallery_folder/The%2520wave%2520main_muIRriC0Tg_bxekecakwqcidzrecbupeyebpsrgqsafakstqfsj3ktgjhf5jg4cqbwwfwxb_nn4HYSAZSb_j8kfkiy7aps1wv6ht1ivimkco9wwgct8gyeiufd5n1knzodcz6tk5np0n8xo.jpg)
हिटलर र नाजीवादको उदय कसरी हुन्छ ?
![चार्लीच्याप्लिनः हसाउने कलाकारको रुवाउने कथा](https://snowberry.prixacdn.net/media/gallery_folder/Charlie%2520Chaplin%25206_zfuVvilOEC_hrgxayhhl2nzmz4ruhbml9amnsrlpduovriidmamnghbdgsvcin92aeztkds_UmqHdNyOm6_zvbeeoto4gio0yvrkbidkmdbvmobbfqziych7uwoplgdmnqbbaeekfsnhtcc.jpg)
चार्लीच्याप्लिनः हसाउने कलाकारको रुवाउने कथा
![सङ्गीत अन्वेषणमा गहकिलो पाइला](https://snowberry.prixacdn.net/media/gallery_folder/Sursudha-Main_ATcr8Swu4L_38yl1nmwdps19jomc1mlltjgqnkgaewxjywurtfakoyuudzsrxyagmy3vxbs_K09yRtcEc8_ncxnajtugwzrhasn4jxt6kghllrxfy1evibaw3j0hvcqsthfwd84q7mnexut.jpg)
सङ्गीत अन्वेषणमा गहकिलो पाइला
![छोरी ! गरिबीलाई बुझ, गरिबी र निर्धनताको कारण खोज !](https://snowberry.prixacdn.net/media/gallery_folder/Charlie-Chaplin-main_UYlsIOOh8K_mq9kanacn6iwwelmoop6jayfwaqd2xmykhz7vl2pcsetum3g9jnpnlty76gr_0F9DUzpn78_jibwr3my1jcljlb7rhvd3gfsrllwgvtx6ixft565st928sv2eaoskgxvav0g.jpg)
छोरी ! गरिबीलाई बुझ, गरिबी र निर्धनताको कारण खोज !
![नाइटिङ्गेल अफ दी हिमालयको बिछोडको पीडा नसकी खप्न...](https://snowberry.prixacdn.net/media/gallery_folder/Dilmaya-Khati_AG45i7MPNt_aymepe4wdkm3vvfss7vwq74cc44ajogx4netzcivqmdctovh2nhonk3lunn5_WnVhaFREHy_tsojtlbm2gipny67dxrnxutdx2mlps4dqlee2ugexdpqotrhqlqmhppxgxbh.jpg)
नाइटिङ्गेल अफ दी हिमालयको बिछोडको पीडा नसकी खप्न...
![गाईप्रति प्रेमको मार्मिक कहानी, जब गाई हराउँदा पात्रले आफैलाई आफ्नो गाई ठान्न थाल्छ !](https://snowberry.prixacdn.net/media/gallery_folder/The%2520cow_KylnLHSI5h_hg6swachgucizpb3tv0emqvbxqnsshrzydwfcqceojwqbp36zqlpmgn25vrw_MlXkV5EcKH_upyln4yyduim6au454o9g8bglq0q2jkbhsd7qwo9neijjakosh6ltsv9mjf9.webp)
प्रतिक्रिया