मेक्सिकोको पहिलो महिला राष्ट्रपति बनिन् वामपन्थी उम्मेदवार शीनबाम
मेक्सिकोमा हिजो भएको राष्ट्रपति निर्वाचनमा बामपन्थी उम्मेदवार क्लाउडिया शीनबाम निर्वाचित भएकी छिन्। मतदानपछि गरिएको एक्जिट पोलहरुले पनि क्लाउडिया शीनबामले ५६% मत प्राप्त गरेको जनाएका थिए। उनले आफ्नो सबै भन्दा नजिकको प्रतिद्वन्दी जोचिटल गैल्वेज रुइजलाई ठूलो मतान्तरले पछाडि पारेकी छिन्। क्लाउडिया शीनबाम मेक्सिकोको पहिलो महिला राष्ट्रपति बनेकी छिन्।
६१ वर्षीया क्लाउडिया शीनबाम पेशाले वैज्ञानिक हुन्। उनले उर्जा इञ्जिनियरिङ्गमा पिएचडीको उपाधि हासिल गरेकी छिन्। उनी मेक्सिकोको राजधानी मेक्सिको सिटीको पूर्व मेयर पनि थिइन्। उनको २०१८ देखि २०२३ सम्म मेक्सिको सिटीको नेतृत्व गरेकी थिइन्। यहुदी मूलकी शीनबाम इजरायलले प्यालेष्टाइनमाथि लादिरहेको मानवताविरोधी नीतिका विरोधी हुन् ।
क्लाउडिया शीनबाम वर्तमान राष्ट्रपति आंद्रेस मैनुअल लोपेज ओब्रेडोरको मोरेनो पार्टीको तर्फबाट यो निर्वाचनमा उम्मेदवार बनेकी थिइन्। उनले मैनुअल लोपेज ओब्रेडोरको नीतिहरुलाई नै अगाडि बढाउने बाचा गरेकी छिन्। मेक्सिकोका बर्तमान राष्ट्रपति मैनुअल लोपेज ओब्रेडोरलाई संसारकै सबैभन्दा लोकप्रिय नेतामध्येका एक मानिन्छ। मेक्सिकोका आम जनतामाझ उनको लोकप्रियता ८० % रहेको छ। मेक्सिकोको संविधान अनुसार कुनै पनि व्यक्तिले राष्ट्रपतिको पदमा एक कार्यकाल भन्दा बढी रहन पाउदैन। मेक्सिकोमा राष्ट्रपतिको कार्यकाल ६ वर्षको हुने गर्दछ ।
इरान विरुद्धको युद्ध: डुबिरहेको वर्चश्वशाली शक्तिको कथा
पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव
अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक व…
क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजना…
अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वा…
मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध
कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?
प्रतिक्रिया