उत्तर कोरिया र दक्षिण कोरिया बीच अनौठो बेलुनयुद्ध
यति बेला उत्तर कोरिया र दक्षिण कोरिया बीच बेलुनयुद्ध चरम सिमामा पुगेको छ। गत शनिवार राति र आइतवार बिहानमा मात्र उत्तर कोरियाबाट उडाइएका ६०० वटा बेलुनहरु दक्षिण कोरियाका विभिन्न ठाउँहरुमा भेटिएका थिए। दक्षिण कोरियाको सेनाले जनताहरुलाई त्यस्ता बेलुन र सामानहरु संग सतर्क रहन, नछुन् र देख्ने बित्तिकै सेना र प्रहरीलाई खबर गर्न सल्लाह दिएको छ।
यस पटक उत्तर कोरिया बाट दक्षिण कोरिया तर्फ उडाइएका बेलुनहरुमा सिगरेटका ठुटाहरु, कपडाका झुम्राहरु, रद्दी कागज र भाइनल (प्लास्टिक) हरु रहेका छन्। तर यसका कुनै खतरनाक समानहरु रहेका छैनन्।
केहि दिन अगाडि उत्तर कोरियाले दक्षिण कोरियामा पठाएका २६० वटा बेलुनहरुमा भने रद्दी ब्याट्री, सिगरेटका ठुटाहरु र मानव मलमुत्रहरु पठाएको थियो। दक्षिण कोरियाका सेना प्रमुखले यसलाई तल्लो दर्जाको र अमानवीय कदमको रुपमा भर्त्सना गरेका थिए। तर उत्तर कोरियाले भने यसलाई दक्षिण कोरियाले आफ्नो राज्य विरुद्ध पठाउने प्रचारवाजीको जवाफमा दिएको सच्चा उपहारको रुपमा व्याख्या गरेको छ।
उत्तर कोरियाले दक्षिण कोरियातर्फ बिनाकारण यसरी रद्धि समान बोकेका बेलुन पठाएको होइन। लामो समयदेखि दक्षिण कोरियाका केही संस्थाहरुले उत्तर कोरियातर्फ पनि बेलुनहरु पठाउँदै आइरहेका छन् । जसमा उत्तर कोरियाविरोधी सामाग्रीहरु राखिएका हुन्छन् । ती सामाग्रीहरुमा पैसा, चामल, दक्षिण कोरियाली टेलिभिजन सिरियलहरु भरिएका पेन ड्राइभहरु मूलत: रहने गर्छ। दक्षिण कोरियाली यो व्यवहारहरुले उत्तर कोरियाको सरकारलाई चिढाउने गर्दछ।
मे महिनामा उत्तर कोरियाका नेता किम जोङ्ग उन की बहिनी किम यो-जोङ्गले दक्षिण कोरियामा रद्दी बोराहरु झुण्डिाएका बेलुनहरू पठाइएको कुरा स्विकार गरेकी थिइन्। उनका अनुसार यो आफ्नो देशमा दक्षिण कोरियाको पर्चाबाजी अभियानको बदलामा गरिएको हो। उत्तरमा पर्चाबाजी गरेवापत दक्षिण कोरियाभरि रद्दिकागाज र फोहोरको थुप्रो छरिदिने धम्कीलाई चरितार्थ गर्न यो काम गरिएको हो।
इरान विरुद्धको युद्ध: डुबिरहेको वर्चश्वशाली शक्तिको कथा
पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव
अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक व…
क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजना…
अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वा…
मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध
कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?
प्रतिक्रिया