म र मेरो प्रणय

कुइरोको एक रिमझिमे बिहान मैले उसलाई देखेको थिएँ ।

उसमा सौन्दर्य निश्चय थियो तर त्यो अर्द्ध विकसित यौवन | सौन्दयमा अन्तरको अथाह मर्म बोलिरहेको भान हुन्थ्यो । आँखाका गहमा आँशुका थोप्ला जन्मेका थिएनन् र पनि उ अघिनै रोइसकेकी जस्ती थिई । मनका चोट र पीड़ा लुकाउँदा लुकाउँदै पनि उसका आँखामा; उसको | मुखाकृतिमा; अनि जीवनको प्रत्येक गतिविधिमा ती लुप्त वेदनाहरू कसरी कसरी मुखरित भइरहेकै थिए । जसले रोई रोई आँशुको मर्म बुझेको छ ।

जसले जगतको एकान्तजन्य शून्यतामा एक्लै एक्लै विक्षिप्त बनेर पीड़ाको अनुभव गरेको छ; त्यस्ताहरूलाई उ हाँसेर छल्न सक्तिन थिई । यसैले अर्थहीन उल्लासले जीवनको मार्मिकता लुकाउने उसका सम्पूर्ण प्रयत्न मेरो अघि विफल भएको थियो । मैले यसरी नै मेरो प्रथम दृष्टिमै उसको अन्तरसम्म चियाउँन पुगेको थिएँ – जब कुइरोको एक रिमझिमे बिहान मैले उसलाई देखेको थिएँ ।

जगतका रात-प्रातःको संगमलाई दिवस - निशिको वेणीलाई अनि उषा सौरभलाई मैले नियालेर हेरेको थिएँ । उल्लासित दिनका कर्कश क्षणहरूदेखि विरक्त भएर पश्चिम - पहाड़मा सूर्य-अस्तका मधुर चोट बोकेर हिँड्ने विक्षिप्त बादलका ताँतलाई अनिमेष दृष्टिले हेरेको थिएँ । अनि हेरेको थिएँ – दिगान्तको एक्लो सन्ध्या तारालाई अमावश्यको नीरव आँगनमा उभिएर धरतीमाथि टिमटिमाइरहने नक्षत्रहरू हेर्ने चाहा शैशवैदेखि बोकेर ल्याएको थिएँ । पूर्ण चन्द्रको त्यो सुदूर आकाशलाई यो भूतलको एकाकीमा बसेर हेर्दा हेर्दै जीवनको कुनै रात व्यतीत भएको थियो। बालुवाको रूखो बगरमा उभिएर धेरै पटक धीर मन्थर गतिले बग्ने नीलो नदीलाई निश्चल दृष्टिले हेरेको थिएँ। त्यो परतिरको हिमाल-पाखालाई हेर्न मेरा आँखा नित्य तन्मय रहन्थे। यसैले विश्व-प्रकृतिकै विशाल निधिहरूबाट अभिन्न त्यो कोमल मानव–प्रतिमूर्तिलाई नियाली नियाली हेर्ने कुनै प्रलोभन लिएर म यताउता नित्य भौंतारिरहन्थें ।

अर्थहीन उल्लासले जीवनको मार्मिकता लुकाउने उसका सम्पूर्ण प्रयत्न मेरो अघि विफल भएको थियो । मैले यसरी नै मेरो प्रथम दृष्टिमै उसको अन्तरसम्म चियाउँन पुगेको थिएँ – जब कुइरोको एक रिमझिमे बिहान मैले उसलाई देखेको थिएँ ।

त्यसपछि क्रमशः आषाढ़ र श्रावणका धमिलो कुइरोको पर्दाबाट;
शरद-वनमा फक्रेका फूलका झ्याङहरूबाट; शिशिरका शुष्क उपवनका पतझड़ बीच एक्लै उभिएर अनि फेरि चाँप-गुँरास फुलेका वन - वृक्ष मन्तिर छेलिएर उसको पीड़ापूर्ण सौन्दर्यलाई नियाली नियाली हेर्नलागे ।

त्यो नित्य नित्यको प्रलोभनमय हेराइमै वसन्त, वर्षा, शरद् र शिशिर वितेर गइसकेछन्। यसरीनै आकाशका तारासँग, साँझका बादलसँग, उषा-प्रभासँग, पहाड़-खोलासँग, वन पर्वतसँग उसको यौवन सौन्दर्यलाई म दाँजी-दाँजी हेर्नलागें । रातको नीरवता बीच मेरो क्लान्त सुसुप्तिमा पनि सपनाले उसलाई डाकेर ल्याउँदथे । मलाई उसको एउटै मुस्कानमा पनि आत्म-तुष्टिको अनुभव हुन्थ्यो । लौकिक जगत्को म पराधीन पक्षी यौवनको दान माग्नलाई हात पसार्न सक्तिनथें र यो व्यावहारिक संसारदेखि पर कहीँ पुगेर म भन्दथें–

“चञ्चल दृगमा खोजिरहेछु मृदुमय एक मुस्कान

तिमीकन कसले हात पसारयो मागी यौवन-दान ।

दारिद्रयको जाँतोमा पिसिइरहेको यो मन-प्राण मरूभूमिको बालुवा झैँ रूखो ता थिएन। दैवले धेरै थोक दिन विर्सिए तापनि मनको पीर पोख्नलाई कविताका बोलीसम्म मलाई दिएका थिए। हृदयमा अनन्त कल्पना; विपूल भावना अनि राशि राशि भावुकता लिएर मैले जीर्ण जीवन अभिश्राप सहनु परेको थियो; भोखको ज्वाला निभाउन परेको थियो। जीवनको कुनै अतृप्ति, अप्राप्ति, अभाव र अनुपस्थितिमा छटपटिएको अन्तर- वेदना पोख्नलाई मसित केवल कविताको क्रन्दन थियो ।

म भन्नसक्तिनँ, मेरो नित्य नित्यको एकोहोरो हेराइले उसको हृदयमा मप्रति कस्तो मोह, कस्तो सहानुभूति, दया, स्नेह र अरू कुन्नि के के उत्पन्न भएको थियो। तर यति भन्नसक्तछु मैले डुल्ने डाँड़ा तलतिरबाट साँझको अँध्यारो नखसुन्ज्याल उ पनि मलाई एकोहोरो हेर्दथी अनि म भन्दथें-

"हेर्ने निम्ति हेरिनदेऊ भाग्य तमासा मेरो

प्राणसितै यो खेलिरहेको दग्ध निराशा मेरो !"

जगत र जीवनका घात-प्रतिघातका विदीर्ण अनुभव सञ्चय गरेर; रोदन र विषादका आँशुहरू, बटुलेर मैले लेखेको प्रत्येक कविता उसैको अथाह प्रेरणाको दान बनोस् ।

म त सम्झन्थें – यसरी हेर्दा हेर्दै मेरा जीवनका दिनहरू सकिंदै जाउन् । उसलाई केवल एक अव्यक्त प्रणयको माध्यम बनाएर म कवितामा केही नूतन भावना अभिव्यक्त गर्नसकुँ। प्रणय केवल सृजनाको साधन बनोस्।

जगत र जीवनका घात-प्रतिघातका विदीर्ण अनुभव सञ्चय गरेर; रोदन र विषादका आँशुहरू, बटुलेर मैले लेखेको प्रत्येक कविता उसैको अथाह प्रेरणाको दान बनोस् । अनि समयको अज्ञात दुरीसम्म पुगेपछि कुनै एक सुकुमार हातले उसका बाटुला निधारमा सिन्दूर छरिदिएको त्यो एउटै जीवन-उत्सव हेर्ने अनि त्यसपछि पनि नियतिले मलाई बचाई राखे उसको स्मृतिको अनन्त पूजा गर्ने व्यग्र उत्कण्ठा लिएर समयको प्रतीक्षा गरिरहेको थिएँ म ।

तर कहिले - काहीँ समाजको सीमित बन्धनदेखि भागेर म कल्पनाको एउटा भव्य संसार पनि सृजना गर्दथें । यौवनको अपूर्ण आकांक्षा; प्रणयको कुनै अतृप्ति अनि मेरो अप्राप्त सपनाहरूलाई परिपूर्णता दिन मेरा इच्छित आशाहरू आतूर रहन्थे । म आफैमा सीमित रहेर अरूका लाञ्छना र उपहासलाई कुल्चिन चाहन्थें यसैले निस्तब्ध अमावश्यको एक साँझ पश्चिमका काला पहाड़तिर फर्केर मैले गुनगुनाएको थिएँ ।

“त्यो मुक्त पवनसँग खेलिरहने शान्त सुवासित जीवन

पत्थरले यो बाँधिरहेको भूतलको कटु बन्धन

खोजिरहेछु 'तिमी-म' जीउँने बेग्लै नव संसार

बन, वन-फूल म माटो बनूँला मागी मृदुमय प्यार !"

मानव कोलाहलदेखि दूर जंगलमा आफ्नै धूनमा गाई हिँड़ने पहाड़ी चराका गीतहरू पनि मलाई मन पर्दैनथ्यो र विरक्ति प्रकट गर्दै वनका अवोध पक्षीहरूलाई म बारम्बार विफल अनुरोध गर्दथें

तर पितृ-वात्सल्य खोजिरहेको कुनै तोते बोलीको - “बाबा !बाबा !" को बारम्बारको चित्कारले मलाई घच्घचाई दिन्थ्यो। म आफूलाई पत्नी- छोरोको, घर-गृहस्थको साँघुरो संसारमा पाउँथें । अनि, त्यसबेला
मलाई आफ्नै कविताको प्रत्येक पंक्तिले खिजाएको जस्तो लाग्दथ्यो । कुनै आवेशमा आएर म कविताहरू च्यातेर मिल्काइ दिन्थें तर मनको आवेश शान्त हुँदैनथ्यो र शुनशानमा गएर एक्लै रोइरहन्थे; रोइरहन्थे । मानव कोलाहलदेखि दूर जंगलमा आफ्नै धूनमा गाई हिँड़ने पहाड़ी चराका गीतहरू पनि मलाई मन पर्दैनथ्यो र विरक्ति प्रकट गर्दै वनका अवोध पक्षीहरूलाई म बारम्बार विफल अनुरोध गर्दथें –

"टाड़ैबाट हेरी मलाई चोट बिनाको मानिस ठानी

व्यर्थ न सम्झ अब जीवन मेरो विस्मृत स्वप्न-कहानी

नील गगनमा माथी माथी पंख फिजाई उड़ीकन जा

उपवनको हे व्याकुल पक्षी भो त्यो गीत न गा।

उसित जीवनै पर्यन्त मौन रहेर टाड़ैबाट उसका यौवन र जीवनका गतिविधिहरूलाई नियाली रहने मेरो सृदृढ़ आकांक्षा थियो । अव्यक्त परिचयपछि चिर अपरिचित रहने विशाल लक्ष्य थियो। अप्राप्तिमै तड़पने जीवनको एक अनौठो अभिलाषा थियो। तर वन्य पुष्पका अंकुर फुटेर फूल फक्रे झैं; गगनका श्रावण - मेघबाट एक्कासी पानी वर्षे झैं जीवनको एक अप्रत्यासित क्षणमा मैले पनि उसलाई सम्वोधन गरें । अनि हृदयमा दिवस दिवसदेखि जोगाइरहेको जम्मै मार्मिक सत्यहरू एक-एक गरी खोलिदिएँ । त्यस पछि मेरो २८ वर्षीय जीवनको अनौठो प्रणय उत्सव आरम्भ भयो । कहिले कहिलेदेखि रोइरहेको जिन्दगीमा म नौला गीतहरू गाउँन थाले-

"तिमी सिकाऊ हाँसोहरूले जगमा जीउने रीत

मुटुका झीणा रागसँगै म गाइरहुँला गीत।

अघि यौवनको प्रारम्भमा अप्राप्त मोह, स्नेह र ममता प्राप्य हुँदा मैले 'आत्म-व्यथा' कहन सकें 'जीवन गीत' गाउँन सकें अनि 'आँशु'-मा जीवन र जगतीका केही विदीर्ण सत्यहरू व्यक्त गर्नसकें । मलाई एक पटक संसार फेरि मुस्कुराएको जस्तो लाग्यो । अन्तरीक्षका ताराहरूमा मैले प्रीतिको उद्गार पाएँ । दीपमा आफूलाई विसर्जन गर्ने पतंगको प्रणयको मुक सत्यलाई बुझें । चन्द्र र चकोरको युग-युगान्तरको सम्बन्धमा एक पटक मुस्कुराएँ। धरतीतलका युगल प्रणयीको साक्षी बन्नलाई कविताका पंक्तिहरू लेखें-

"देख्छू प्रीति नयाँ सतृष्ण मनका आकाश तारा भनी

लेख्छू जीवनको विदीर्ण कविता साक्षी बनोस् यो भनी।

एक दिन उसले मलाई एउटा उपहार प्रदान गरी ।

त्यो थियो झुल्कँदो, घामको एउटा सुन्दर तस्वीर । उपहार पाउँदा मानिस खुशी हुन्छन् तर म भने ज्यादै अधीर, चिन्तित र खिन्न भएँ । मनमा अनगन्ति प्रश्न आए अनि गए तर त्यस प्रश्नको समाधान हुन सकेन। मन केही भन्न खोजिरहेको थियो । एक बिहान पूर्वमा उदारहेका सूर्यका धमिला किरणले मेरो मनको द्वार खोलिदिए । गह भरी आँशु लिएर मैले भनें-

"उपहारमा तिमीले

मलाई खुशी पार्न दिएकी

मेरो कमुलो भावुकतालाई व्यूँझाउन दिएकी

तिम्रा जीवनसँगै झुल्कने

नयाँ दिनको स्मरण गराइरहेछ मलाई

०००

जीवनका तिम्रा नित्य नयाँ दिनहरू आइरहेछन्

अहिले जोवनमा बिहानीको घाम झुल्केको मात्र छ

मैले मेरो जीवनको विरमाइलो मध्यान्हलाई

तिम्रो यौवनको प्रारम्भसित साटेर हुँदैन

तिम्रा झरिला उमंगमय कल्पनालाई

मैले यी आँशुमा डुबाएर पनि हुँदैन ।

यो कविता मेरो भावुक अन्तरको एक विवश क्रन्दन थियो; एकान्तको लाचार रोदन थियो तर विदाको प्रार्थना थिएन । यस कविताको मर्म–मर्मलाई बुझ्ने सामर्थ्य सम्भवतः उसमा थिएन । यसैले मेरो कविताका विषद पंक्तिहरूले उ मसँग उदास हुनु स्वभाविक थियो । यसपछि मलाई उसबाट केही पत्रहरू प्राप्त भए । पत्रमा अस्पष्ट रूपले लेखिएका कुराहरू मैले धेरै पछि मात्र बुझ्नसकें । उ मसँग अप्रत्यक्ष रूपले टाढिन थाली। तर मेरो उसप्रतिको स्नेहपूर्ण मनोभावनामा भने कुनै परिवर्तन आएन। मुटुको प्रत्येक स्पन्दनले समाती राखेको उसको मधुर र प्यारपूर्ण स्मृतिमा म मेरो जीवनको विषादी क्षणहरू बिताउँन थालें । शिशिरको बेला थियो । सर्वत्र चकमन्नता र उराठलाग्दोपन छाएका ती दिनहरूले मेरो हृदयमा एक संतप्त व्याकुलता ल्याइदिएका थिए । बोटानिकल गार्डनको चौकीमा बसेर व्याकुलता भावशून्य दृष्टिले पतझड़को नीरव दृश्य हेरेर म साँझ पर्खन्थें।

यस कविताको मर्म–मर्मलाई बुझ्ने सामर्थ्य सम्भवतः उसमा थिएन । यसैले मेरो कविताका विषद पंक्तिहरूले उ मसँग उदास हुनु स्वभाविक थियो । यसपछि मलाई उसबाट केही पत्रहरू प्राप्त भए । पत्रमा अस्पष्ट रूपले लेखिएका कुराहरू मैले धेरै पछि मात्र बुझ्नसकें ।

जीवनका अनेक दिन प्रायः एकै प्रकारले बित्थे । क्रमशः वन-उपवनमा वसन्तको मधुरिमा छायो । फूल फुल्नथाले तृणका हरिया आँगनै भरी झर्नथाले। चरा-चुरुंगीहरू बिर्सिएका गीतहरू सम्झी सम्झी गाउँन थाले । फक्रेका वासन्ती फूलहरूसँग मधुकर प्रीतिको ढोंग रच्दथ्ये अनि पुष्परेणु पान गरेर दुष्ट मधुकर फर्कदैनथे । म तिनीहरूलाई मनमन कोस्तथें। तिनको निर्दयता प्रति आफू जल्दथें। वसन्तको त्यस्तो सौरभपूर्ण दृश्य देखेर पनि हृदयमा अशेष अशान्ति, छटपटी र एक प्रकारको उद्विग्नता छाएको अनुभव गर्दथें । मन भन्दथ्यो–

“मैले जीवनको अथाह वनमा बाटो कहीं बिर्सिए

मैले यौवनको अपूर्ण सपना आई यहाँ सम्झिएँ

यस्मा तत्व मिलेर आज कसरी थोत्रो भयो जीवन

यस्मा सत्य बलेर आज कसरी रित्तै भयो यौवन

सोधें जीवनले फिरेन हँसिलो सौन्दर्य बोकीकन

मेरो जीवनमा वसन्त दिनले ल्याएन नौलोपन ! "

मान्छेकै विशाल संसारमा बाँच्ने यो जीवन आफूलाई एक्लो सम्झन्थ्यो ।

जीवनको चिर अप्राप्ति नै भूतलको यो निराश यात्रा सिद्धिएला भन्ने लौकिक भयले मलाई पक्रिरहेको छ। तिमी जति नगिच छौ मेरो लौकिक जीवनदेखि उत्तिनै टाड़ा छौ, हामी एक भएर पनि अनेक छौं वर भएर पनि पर अनि नगीच भएर पनि दूर ।

निष्ठुर समाजको ईर्ष्यालु आँखाबाट ओझलिएर हामी परस्परमा प्रेम गर्छौं; त्यो प्रेम असत्य छैन, सजिलो र हलुका छैन। गृहस्थ जीवनको अति कता कताको गह्रौं श्रृंखलाले बाँधिएको यो पीड़ित बन्धीलाई तिमीले तिम्रो उदार माया र स्नेह दिएर अहिले जुन महान त्याग गरेकी छौं तिम्रा तिनै त्यागपूर्ण अनुरागले मलाई बाँच्न सिकाइरहेछ ।

अगमसिंह गिरीद्वारा लिखित ‘आत्मकथा’बाट साभार ।