संसारकै सबैभन्दा अग्लो हिमश्रृङ्खला: हिमालय

हिमालय संसारकै सबैभन्दा अग्लो र एसियाको सबैभन्दा ठूलो हिमश्रृङ्खला हो । यो विभिन्न हिमालहरुको समूहबाट बनेको छ । यसको लम्बाई करिब २४०० किलोमिटर रहेको छ । यो हिमश्रृङ्खला उत्तरी पाकिस्तानदेखि लिएर, भारत, तिब्बत, नेपाल, अफगानिस्तान र भुटानसम्म फैलिएको छ । यस हिमश्रृङ्खलामा रहेका ३० भन्दा बढी हिमालहरु ७६२० मिटर वा सोभन्दा अग्लो रहेका छन् । यही हिमश्रृङ्खलामा संसारकै सबैभन्दा अग्लो हिमाल सगरमाथा पनि रहेको छ । सगरमाथाको उचाई ८,८४८.86 मिटर (पछिल्लो नाप) रहेको छ । यो हिमाल नेपाल र चीनको सिमानामा रहेको छ ।

संस्कृतमा हिमालयको अर्थ हिँउको घरहो । यो नाम सुहाँउदो पनि छ किनभने हिमालयमा ५,००० मिटरको उचाईदेखि वर्षभरि नै हिँउ पाइने गर्छ । त्यही भएर आज पनि पर्वतारोहीहरुलाई हिमालयका हिमालहरु चढ्न अरु ठाँउका हिमालहरुभन्दा निकै कठिन हुन्छ ।

हिमालय जैविक विविधताको खानी मात्रै हैन, यो गंगा, इन्दुस, ब्रम्हपुत्र र याङ्जे जस्ता नदीहरुको स्रोत पनि हो । हेक्का रहोस्, यी नदीहरु थुप्रै महत्वपूर्ण सभ्यताका उद्गम पनि मानिन्छ ।  हिमालयले दक्षिण एशियाली क्षेत्रमा धार्मिक एवं साँस्कृतिक अर्थमा विभिन्न सभ्यतामा महत्वपूर्ण स्थान राख्ने गर्छ । विशेषा गरेर हिन्दू, बौद्ध, जैनहरुले हिमालयलाई पवित्र मान्ने गर्छन् र थुप्रै तीर्थस्थलहरु हिमालय क्षेत्रमा पर्दछन् ।

हिमालयमा विभिन्न दुर्लभ जनवार र बनस्पतिहरु पाइन्छन् । उदाहरणको लागि कालो भालु हिमालयको फेदतिर पाइने गर्छ । करिब २५०० मिटरको उचाईमा लालीगुँरास र ओकको रुखहरु पाइन्छ । केही वर्षयता भने ती रुखहरुलाई काठ र कृषि क्षेत्र बनाउनका लागि काटिदैंछ । रुख पाइने ठाँउभन्दा माथि ससाना झार र बोटबिरुवाहरु पाइन्छ । यहाँ केही अन्य प्राणीहरु बसोबास गर्ने गर्छन् । जसमा हिँउ चितुवा पर्दछ । यसले जंगली बाख्रा र याक आदि खाने गर्छ । याक नेपाल र तिब्बतमा सामान ओर्सान र दुधको लागि पालिन्छ । कसैकसैले यसको मासु पनि खान्छन् ।

नेपालको अग्लो भागहरुमा शेर्पाहरु जहूँ र फापर आदिको खेती गर्छन् । धेरै शेर्पाहरु पर्यटक र पर्वतारोहीको लागि गाइडको काम पनि गर्छन् ।

दायित्वबोध/रोचक

यस स्तम्भअन्तर्गत जीवन र जगतका राेचक रमाइला जानकारीहरु प्रस्तुत गरिन्छ ।