चरासम्बन्धी केही अनौठा तथ्यहरु

सबैभन्दा ठूलो चरा

https://www.thesun.co.uk/

चराहरुमध्ये सबैभन्दा ठूलो चरा अस्ट्रिच चरा हो । अहिलेसम्मको रेकर्डमा यो चरा ९ फिटसम्म अग्लो र करिव १५६ के.जी.सम्म तौलको पनि भएको पाइएको छ । चराहरुमध्ये सबैभन्दा चाँडो दौड्न सक्ने चरा अस्ट्रिच नै हो । यो एक घण्टामा ४० माइलसम्म दौडन सक्छ । रोचक त के छ भने, यो चराको आँखा नै पनि यसको मस्तिष्कभन्दा ठूलो हुने गर्छ ।

पखेटा ठूलो भएको चरा

https://storage.googleapis.com/

वान्डरिङ एल्बाट्रोस नामक समुद्री पंक्षीको पंखाको फैलावट चराहरुमध्ये सबैभन्दा ठूलो हुन्छ । यो चराको पंखाको फैलावट ११ फिट ११ इन्चसम्म पाइएको रेकर्ड छ ।

लगातार उडिरहने चरा

https://www.yonature.com/

सुटी टर्न (Sooty Tern) नामक चरा लगातार ३ वर्षदेखि १० वर्षसम्म आकाशमा उडिरहन सक्छ । वयस्क भएपछि यो चरा प्रजननकार्यको लागि मात्र जमीनमा आउने गर्छ । जमीनमा नआउँदा यो चरा आकाशमा नै खाने, पिउने र सुत्ने काम समेत गर्ने गर्छ ।

सबैभन्दा सानो चरा

एउटा वयस्क वी हमिङवर्ड २.२४ इन्च मात्र लामो हुन्छ । त्यो पनि टुप्पोदेखि पुच्छरसम्म नाप्दा । क्यूबामा पाइने यो संसारकै सबैभन्दा सानो चरा तौलमा ०.०५६ औंस मात्रै हुन्छ ।

सबैभन्दा बढी बाँच्ने चरा

सबैभन्दा बढी बाँच्ने चराको कीर्तिमान कोकातु परिवारको एउटा चराले कायम गरेको छ । उक्त चरा लण्डनको चिडियाखानामा ८० वर्षसम्म बाँचेको थियो ।

विषालु चरा

https://cdn.download.ams.birds.cornell.edu

चरा पनि विषालु हुन्छ । कतिसम्म भने, त्यसको विषले मान्छे नै पनि मार्न सक्छ । हो, न्यू गिनीमा पाइने पिटोह्यूइ (Pitohui) नामक चराको छाला र प्वाँखमा अत्यन्तै घातक विष हुने गर्छ । अल्कालोइड समूहको उक्त विष अमेजनका जंगलमा पाइने घातक विषालु प्वाइजन एरो नामक भ्यागुतोमा पाइने विषसँग मिल्दोजुल्दो हुन्छ । अहिलेसम्म थाहा पाइएअनुसार, यो नै संसारमा पाइने एक मात्र विषालु चरा पनि हो ।

घडी जस्तो चक्कर लगाउने सक्ने चरा

https://theuniq.net/

घडी जस्तो चक्कर, त्यो पनि तीब्र गतिमा लगाउन सक्ने चराको पंक्तिमा पेरेग्रिन फाल्कनको नाम अग्रपंक्तिमा आउँछ । यो बाजले आफ्नो क्षेत्र सीमाबद्ध गर्नको लागि प्रभुत्वको प्रदर्शन गर्दा ४५ डिग्रीको कोणमा २१७ माइल प्रतिघण्टाको गतिसम्ममा डाइभ गरेको पाइएको छ ।

तीब्र गतिमा पंखा फड्फडाउन सक्ने चरा

सबैभन्दा तीब्र गतिमा पंखा फड्फडाउन सक्ने चरामा दक्षिण अमेरिकामा पाइने तथा हमिङबर्डको प्रजातिभित्र पर्ने सन जेम नामक चरा हो । यो चराले एक सेकेण्डमा ९० पटकसम्म पंखा फड्फडाउन सकेको रेकर्ड छ ।

सबैभन्दा उचाइमा उड्ने चरा

https://nationalzoo.si.edu/

सबैभन्दा अग्लो उचाइमा उड्ने चरामा रुप्पेल्स गिद्ध हो । एक पटक आइभोरी कोस्टमाथि ३७ हजार फिटको उचाइमा उडिरहेको एउटा व्यवसायिक उडानसँग समेत यो चरा ठोक्किन पुगेको थियो । उक्त दुर्घटनामा प्लेन सकुशल अवतरण गराइए पनि प्लेनसँग ठोक्किन पुगेको चरा चाहिँ बच्न सकेन । अझै पनि उक्त दुर्घटनाको प्रमाणको रुपमा त्यस गिद्धको प्वाँख सुरक्षित राखिएको छ ।

त्यस्तै नेभादामा २१ हजार फिटको उचाइमा उडिरहेको जेट विमानसँग माल्लार्ड चरा ठोक्किएको रेकर्ड छ । त्यसबेला जेट दुर्घटनाग्रस्त भई त्यसमा सवार सबै मारिएका थिए ।

दायित्वबोध/रोचक

यस स्तम्भअन्तर्गत जीवन र जगतका राेचक रमाइला जानकारीहरु प्रस्तुत गरिन्छ ।