मार्क्सलाई किन पढ्ने ?

मार्क्सको नाम आउने बित्तिकै आम मानिसहरुमा एउटा प्रश्न उठ्ने गर्छ– मार्क्सलाई पढेर के फाइदा हुन्छ ? के उनको विचारले २१ औ शताब्दीका समस्याहरुलाई समाधान गर्न सक्छ ?

हुनपनि हो एक जना १९ औ शताब्दीका दार्शनिक र चिन्तकका विचारहरु अहिले २१ औ शताब्दीमा पढ्नुको के अर्थ होला ?

मार्क्सको समय र अहिलेको समयमा बिज्ञान र प्रविधिको क्षेत्रमा आकाश-पातालको परिवर्तन भैसकेको छ। मार्क्स पहिलो दोश्रो औद्योगिक क्रान्तिको समयमा मानिस थिए। उनको समयमा रेल, टेलिग्राफ जस्ता प्रविधिहरु युगान्तकारी मानिन्थे भने अहिले हामी चौथो औद्योगिक क्रान्तिको संघारमा छौं, जहाँ एआई, फाइभ जी र न्यानो टेक्नोलोजीको प्रमुख भूमिका हुनेछ।

यति फरक हुँदाहुदै पनि १९ औ शताब्दीमा व्यक्ति कार्ल मार्क्सको सान्दर्भिकता अझै पनि पुरानो भएको छैन। उनको विचारले अझै पनि हाम्रो समयलाई मार्ग निर्देशन गर्न सक्छ।

आलोचकहरु भन्ने गर्छन्– मार्क्सवादको उत्पति औद्योगिक पूँजीवादी समाजको समस्याहरु संग जोडिएको थियो । अब संसार बदलिसकेको छ।  त्यसैले अब उत्तर पूँजीवादी औद्योगिक संसारमा मार्क्सवादको प्रासंगिकता समाप्त भएको छ भनेर उनको विचारको आलोचना गरिन्छ।

यो प्रश्नको जवाफ बेलायती लेखक टेरी ईगलटर्नले राम्रोसंग दिएका छन्। उनी भन्छन् - मार्क्सवादको प्रासंगिकता समाप्त हुन्थ्यो भने मार्क्सवादी जतिको खुसी अरू कोही पनि हुनेवाला छैनन्। किनकि मार्क्सवादको अस्तित्व तबसम्म रही रहनेछ जसम्म त्यसको विरोधी पूँजीवाद रहनेवाला छ। आज पूँजीवाद समाप्त हुनुको साटो झन् आक्रामक बनेर आएको छ। मार्क्सले पहिले नै अनुमान गरेका थिए कि पूँजीवाद अत्यन्त परिवर्तनशील छ। मार्क्सले नै यसको अलग अलग स्वरुपहरूको पहिचान गरेका थिए। जस्तै, व्यापारीकृषिप्रधान, औद्योगिक आदि। सन् ७० र ८० को दशकमा पूँजीवादले आफ्नो स्वरुप बदलेर परम्परागत औद्योगिक उत्पादनको साटो सेवा क्षेत्र, सूचना र प्रविधि र उपभोक्तावाद अगाडि आयो। योसंगै पूँजीवाद अत्यन्त आक्रमकताका साथ अगाडि बढेर आएको छ। त्यससंगै मार्क्सवादीहरुमा निराशावादिता बढेको छ। मार्क्सवादीहरुमा पूँजीवादको अन्त्य गर्न सक्ने हिम्मत हराउँदै गएको छ। मार्क्सवादको प्रसंगिकता समाप्त भएको तर्कको मूल चुरो यही हो।

उनको सानो तर प्रख्यात पुस्तक कम्युनिस्ट पार्टीको घोषणापत्रले हामी बाँचेको संसारको बारेमा ऐतिहासिक दृष्टि प्रदान गर्छ। यसले कसरी समाजहरु एउटा स्वरुपबाट अर्को स्वरुपमा परिवर्तन हुँदै आए भनेर देखाउछ। सामाजिक प्रणालीहरु आदिम साम्यवादी समाजदेखि सामन्तवाद हुँदै पूँजीवादसम्म कसरी विकास भयो भनेर यो पुस्तकले देखाउँछ।

अब एउटा प्रश्न फेरि उठ्छ मार्क्सलाई पढ्दा के फाइदा हुन्छ ? यसको जवाफ प्रख्यात अमेरिकी इतिहासकार हार्वर्ड जिनले दिएका छन्। हार्वर्ड जिन भन्छन्- मार्क्सका पूँजी लगायतका पुस्तकहरु पढ्न जोकोहीलाई पनि कठिन पर्न सक्छ। तर उनको सानो तर प्रख्यात पुस्तक कम्युनिस्ट पार्टीको घोषणापत्रले हामी बाँचेको संसारको बारेमा ऐतिहासिक दृष्टि प्रदान गर्छ। यसले कसरी समाजहरु एउटा स्वरुपबाट अर्को स्वरुपमा परिवर्तन हुँदै आए भनेर देखाउँछ। सामाजिक प्रणालीहरु आदिम साम्यवादी समाजदेखि सामन्तवाद हुँदै पूँजीवादसम्म कसरी विकास भयो भनेर यो पुस्तकले देखाउँछ। पूँजीवाद पनि यहाँ अनन्तकालदेखि अस्तित्वमा थिएन। यो अस्तित्वमा आएको केह सय र्ष मात्र भयो। पूँजीवाद जन्म हुनुको मुख्य कारण सामन्तवादले प्रविधिको बिकालाई आत्मसात गर्न नसक्दा नसक्नु थियो। वाणिज्यवादद्योिकीरण र र नयाँ प्रविधिलाई आत्मसा गर्न नसक्दा सामन्तवादको पतन भयो। जकि पूँजीवादी समाजले यी कुराहरुलाई आत्मसा गर्न सक्दा आफलाई झन् बलशाली बनाउँदै लग्यो।

पूँजीवादले विशाल उत्पादनको प्रतिफल स्वरुप प्राप्त परिणामलाई समतामुलक ढंगले वितरण गर्न सक्दैन। जसको फलस्वरूप समाजमा एउटा सानो वर्ग धन र बहुसंख्यक गरिब र्ग उत्पन्न हुन्छ।

मार्क्सले पूँजीवादको अर्को एउटा विशेषता उजागर गरेका छन्। पूँजीवादी समाजले अर्थतन्त्रलाई प्रभावकारी ढंगले बिकसित बनाउँछ र बस्तुहरुको उत्पादन ज्यामितीय रुपमा बिस्तार गर्छ। तर उसले यो विशाल उत्पादनको प्रतिफल स्वरुप प्राप्त परिणामलाई समतामुलक ढंगले वितरण गर्न सक्दैन। जसको फलस्वरूप समाजमा एउटा सानो वर्ग धन र बहुसंख्यक गरिब र्ग उत्पन्न हुन्छ।

मार्क्सले १९ औ शताब्दीमा पूँजीवादबारे गरेको बिश्लेषण अहिले झन् सह साबित भएको छ। अक्सफामले गत वर्ष जार गरेको रिपोर्ट अनुसार यति बेला विश्वका १% मानिसको हातमा बाँकी ९९% मानिसको भन्दा दोब्बर बढी सम्पति थुप्रिएको छ।

त्यस्तै मार्क्सको अर्को महत्त्वपूर्ण देन भनेको वर्गहरुको विश्लेषण हो। मार्क्सका अनुसार कुनै पनि राजनीतिक वा संस्कृतिक द्वन्दको सतहभन्दा मुनि गहिरिएर हेर्न हो भने त्यस भित्र वर्गसंघर्ष हुने गर्छ। कुनै पनि राजनीतिक घटना र परिस्थितिमा एउटा प्रश्न सोध्नु जरुरी हुन्छ कि यसले कसलाई फाइदा पुर्‍याइरहेको छ कुन बर्गलाई यसले फाइदा पुर्‍याउँयदि चुनामा कुनै पार्टीहरु उठेका छन् भने ती मध्ये कुनै एउटा पार्टी छान्नु पर्र्यो भने यो पार्टीले कुन वर्गको प्रतिनिधित्व गर्छ भनेर सोध्नु पर्ने हुन्छ। संसदमा कुनै करसम्बन्धी कानून पेश भयो भने त्यो कानूनले कुन र्गलाई फाइदा पुर्याउछ भनेर प्रश्न सोध्नु पर्ने हुन्छ।

मार्क्सको अर्को महत्त्वपूर्ण देन भनेको​​​​​​​ वर्गहरुको विश्लेषण हो। मार्क्सका अनुसार कुनै पनि राजनीतिक वा संस्कृतिक द्वन्दको सतहभन्दा मुनि गहिरिएर हेर्न हो भने त्यस भित्र वर्गसंघर्ष हुने गर्छ।

मार्क्सवाद बारे परिचय दिँदै लेनिनले १९१३ मा एउटा प्रख्यात लेख लेखेका थिए। लेनिनका अनुसार मार्क्सवादका तिन श्रोतहरु छन् -  जर्मन दर्शनशास्त्र, बेलायती राजनीतिक अर्थशास्त्र र फ्रेन्च काल्पनिक समाजवाद। यी तीन विचारका श्रोतले मार्क्सलाई अत्याधिक प्रभावित गरेका थिए। अमेरिकी जीव वैज्ञानिक रिचार्ड लेबिन्सका अनुसार अब यो युगमा मार्क्सवादलाई थप सम्बृद्ध गर्नको लागि अरु चार श्रोतहरु महत्वपुर्ण हुने वाला छन्। ती श्रोतहरु हुन् - पर्यावरण, नारीवाद, राष्ट्रिय संघर्ष, शान्तिवाद। मार्क्सवादलाई अबको युगमा जीवन्त बनाउने हो भने यी चार क्षेत्रमा आफूलाई मार्क्सवादी भन्नेहरुले अध्ययन, मनन र चिन्तन गर्न जरुरी छ।