अन्तर्राष्ट्रिय मजदूर दिवस (मई दिवस) सम्बन्धी संक्षित जानकारी बुँदागत रूपमा

संसारमा हरेक वर्ष मई १ मा मई दिवस अथवा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइन्छ। यो दिवसले सर्वसाधारण जनतालाई र श्रमिकहरूलाई नयाँ समाज निर्माणमा श्रमिकहरूको योगदान तथा ऐतिहासिक श्रम आन्दोलनको स्मरण गराउँदछ।

सबभन्दा पहिले सन् १८८९ मा समाजवादी समूह ट्रेड-यूनियनको एक अन्तर्राष्ट्रिय महासंघले शिकागोमा भएको 'हे मार्केट घटना' (१८८६) लाई स्मरण गरेर श्रमिकहरूको समर्थनमा १ मई दिवस मनाउन थालिएको हो।

१ मई १८८६ मा भएको शिकागोमा भएको हड्ताल आक्रामक थियो। शिकागो त्यसबेला जुझारू वामपन्थी मजदूर आन्दोलनको केन्द्र बनेको थियो। शिकागोमा ८ घण्टा कार्यदिवसको माग गरेर हड्ताल शुरू भयो। त्यसबेला मजदूर कठोर परिस्थितिमा काम गर्न बाध्य थिए। उनीहरू १५ देखि २० घण्टासम्म कम तलबमा काम गर्थे।

१ मईमा शिकागोमा मजदूरहरूको एक विशाल बाढी मडारियो र संगठित मजदूर आन्दोलनको आव्हानमा शहरका सम्पूर्ण कारखाना बन्द गरियो र यन्त्रहरूलाई ठप्प बनाइयो।

मजदूर आन्दोलनमा कहिल्यै पनि वर्गीय एकताको यति शानदार र प्रभावकारी प्रदर्शन भएको थिएन। यो आन्दोलनले मजदूर वर्गको लडाइँको इतिहासमा एक नयाँ अध्याय थपिदियो।

यो आन्दोलनको क्रममा शिकागो प्रशासन र कारखाना मालिक चुप बसेनन्। ४ मईमा शिकागोको हे मार्केट स्क्वायरमा जम्मा भएका मजदूरहरूमाथि गोली चलाउन शुरू गरियो, यसपछि पुलिस र मजदूरहरूको बीचमा हिंसात्मक झडप शुरू भए, जसमा ४ जना नागरिक र ७ जना पुलिस अधिकारीहरूको मृत्यु भयो भने सयौं मजदूरहरू घाइते भए। धेरैलाई गिरफ्तार गरियो। श्रमिक अधिकारको उल्लंघनको विरोध गरिरहेका र कामको घण्टा कम गर्ने र ज्याला बढाउने माग गरिरहेका धेरै मजदूरहरूलाई गिरफ्तार गरियो र आजीवन कारावास तथा मृत्युदण्डको सजाय दिइयो।

सन् १८८९ मा समाजवादी र श्रमिक पार्टीहरूद्वारा निर्माण गरिएको संस्था दोस्रो अन्तर्राष्ट्रियले १ मईलाई अन्तराष्ट्रिय श्रमिक दिवसको रूपमा मनाउने घोषणा गरेको थियो।

अमेरिकाले सन् १८९४ मा श्रमिक दिवसलाई एक अवकासको रूपमा मान्यता दियो, जहाँ यो हरेक वर्ष सेप्टेम्बरको पहिलो सोमबार बनाइन्छ। त्यसपछि तुरून्तै क्यानडाले पनि यो चलनलाई अपनायो।

सन् १९०४ मा एम्स्टर्डममा भएको अन्तर्राष्ट्रिय समाजवादी महाधिवेशनले सबै सामाजिक जनवादी संगठन र सबै देशका ट्रेड-यूनियनहरूलाई एक दिनमा कार्यको घण्टा ८ बनाउने चलनको कानूनी स्थापनाको लागि मई १ लाई उत्साहपूर्वक प्रदर्शन गर्ने आव्हान गर्यो।

सन् १९१६ मा वर्षौंको विरोध र संघर्षपछि अमेरिकाले ८ घण्टाको कार्य समयलाई आधिकारिक रूपमा घोषणा गर्यो।

मई दिवसको जन्म कामको घण्टा कम गर्ने आन्दोलनसँग निरन्तर रूपले जोडिएको छ। कामको घण्टा कम गर्ने र श्रमिकहरूलाई उनीहरूको आधारभूत अधिकार दिलाउने कुरासँग सम्बन्धित यो दिवसको मजदूरहरूको लागि एक विशेष राजनीतिक महत्त्व रहेको छ।

अमेरिकामा कारखाना व्यवस्था शुरू भएपछि यो संघर्ष पनि सामुन्ने देखा परेको थियो। तर अमेरिकामा बढी ज्यालाको माग, शुरूवाती हड्ताल र संघर्ष सर्वाधिक प्रचलनमा थियो। यद्यपि मजदूरहरूले आफ्ना मागहरूलाई सूचीबद्ध गरेपछि कामको घण्टा कम गर्ने प्रश्न र संगठित हुने अधिकारको प्रश्न केन्द्रमा रह्यो।

शोषण बढ्दै गएपछि मजदूरहरूलाई अमानवीय रूपमा लादिएको लामो कामको दिन अझ बोझिलो महुसुस हुनलाग्यो। यसको साथै कामको घण्टालाई कम गर्ने माग पनि अझ बलियो हुँदै गयो।

सन् १८०६ मा अमेरिकी सरकारले हड्ताल गर्ने केही नेताहरूको विरूद्ध मुद्दा चलाउँदा मजदूरहरूलाई करीब १९ देखि २० घण्टासम्म कार्य गराइन्थ्यो भन्ने कुरा सामुन्ने आएको थियो।

१९औं शताब्दीको दोस्रो र तेस्रो दशकमा कामको घण्टा कम गर्नको लागि धेरै हड्तालहरू भए। यस क्रममा कैयौं औद्योगिक केन्द्रहरूले एक दिनमा कामको घण्टा १० बनाउने माग पनि सुनिश्चित गरेका थिए।

के कुरा उल्लेखनीय छ भने अमेरिकामा सन् १८८४ मा 'कामको घण्टा ८ बनाऔं' आन्दोलनबाट नै मई दिवसको जन्म भएको हो।

मजदूर दिवसमा संसारका श्रमिक वर्गहरूले उत्सवको रूपमा मनाउँदछन्। यो दिनमा संसारका श्रमिक कार्यकर्ता एकजुट भएर आफ्नो एकताको प्रदर्शन गर्दछन् र समाजमा श्रमिक वर्गको लागि सकारात्मक सुधार ल्याउने उद्देश्यले प्रभावकारी ढंगले संघर्षलाई अगाडि बढाउँदछन्।

मई १  मनाउनुको उद्देश्य देश निर्माणमा श्रमिकहरूको योगदानलाई स्मरण गर्नु र सम्मान गर्नु हो। यो दिन श्रमिक आन्दोलनको स्मरण गरिन्छ र उनीहरूको कामको सह्राना गरिन्छ। यसको साथै मई दिवस मनाउनको अर्को उद्देश्य मजदूर अधिकारको रक्षा गर्नु र यसप्रति उनीहरूलाई जागरूक गर्नु पनि हो।

मई १ मा मजदूरहरूले कठिन परिस्थितिको सामना गरी कार्यदिवस, कम ज्याला र शोषणको विरूद्ध आवाज उठाएको कुराको स्मरण गरिन्छ।

मई दिवस समानता र न्यायको लागि लडाइँ लडेर शहीद भएका सम्पूर्ण मजदूरहरूलाई श्रद्धान्जली दिने अवसर पनि हो।

मई दिवसले संसारभरीका श्रमिकहरूलाई एकजुट हुन प्रेरित गर्दछ। यसले सामाजिक न्याय र समनताको लागि एकताको प्रतीकको रूपमा काम गर्दछ।

अन्तर्राष्ट्रिय मजदूर दिवस हरेक वर्ष विशेष थीमसँगै मनाइन्छ। यो थीम अन्तर्राष्ट्रिय श्रम संगठनले निधार्रण गर्दछ। यसको उद्देश्य संसारका मानिसहरूलाई महत्त्वपूर्ण श्रम मुद्दाको बारेमा शिक्षित गर्नु र श्रमिकको बीचमा एकतालाई बढावा दिनु हो। सन् २०२४ को मई दिवसको थिम 'सामाजिक न्याय र सबैको लागि सभ्य कार्य' हो।