संसारको सबैभन्दा ठूलो प्राणी ब्लु ह्वेल

संसारकै सबैभन्दा ठूलो प्राणी कुन होला ? यो प्रश्न सुन्दा कतिपयले  उत्तरमा हात्ती, गैंडा, जिराफ,  डायनासोर, गोही आदी भन्नु पनि सक्छन् । किनभने यी प्राणीहरु सामान्यत: हामीले देखेका र चर्चा सुनेका प्राणीहरु हुन् । तर संसारको सबैभन्दा ठूलो प्राणी डायनासोर, हात्ती नभएर समुद्रमा पाइने ब्लु ह्वेल हो ।

वयस्क ब्लु ह्वेललाई टाउकोदेखि पुच्छरसम्म नाप्ने हो भने त्यसको लम्बाई ७५ फिट (२३ मिटर) देखि १०० फिट (३०.५ मिटर) सम्म पुग्छ । जुन ८ देखि १० तलाको  घर जत्रो हुन्छ । यसको तौल भने करिब १५० टन (१३६ मेट्रिक टन) हुन्छ । यो करिब ११२ वटा ठूला जिराफहरुको तौल बाराबर हुन्छ । तर आजभोलि ब्लु ह्वेलको औसत लम्बाई करिब ७५ देखि ८० फिटको मात्र हुन्छ । ह्वेलको सिकार गर्नेहरुले १७६,७९२ के.जी. सम्मको ब्लु ह्वेलको सिकार गरेका छन् ।

पोथी व्लु ह्वेलको तौल भाले व्लु ह्वेलको तौलभन्दा धेरै हुन्छ । पोथी ब्लु ह्वेलको टाउको निकै ठूलो हुन्छ । त्यसको जिब्रोमा मात्र ५० जना मानिसहरु उभिन सक्छन् । त्यसको मुटु पनि एउटा सानो कार जत्रो हुन्छ । त्यसको मुटुबाट रगत बोक्ने आटर्रीमा त हामी सजिलै अँट्न सक्छौँ ।

ब्लु ह्वेलको बच्चा पनि अन्य प्राणीहरुको तुलनामा निकै ठूलो हुन्छ । जन्मँदै त्यसको बच्चाको लम्बाई २५ फिटको हुन्छ । त्यसको वजन पनि जमिनमा पाइने हात्तीको भन्दा धेरै हुन्छ । तिनीहरु बढ्ने प्रक्रिया पनि निकै चाँडो हुन्छ । जन्मेको ७ महिनासम्म, व्लु ह्वेलको बच्चाले प्रति दिन त्यसको आमाको करिब १०० ग्यालन (३७९ लिटर) दुध पिउने गर्छ । जसले गर्दा प्रत्येक २४ घण्टामा त्यसको वजन २०० पाउण्ड (९१ केजी) ले वृद्धि भइरहेको हुन्छ । ब्लु ह्वेलले आहाराको रुपमा क्रिल नामक समुद्री प्राणीलाई खान्छ । त्यसबाहेक माछा, अन्य सामुद्रिक प्राणीहरुलाई पनि यसले आफ्नो भोजन बनाउँछ । एउटा व्यसक व्लु व्ह्लेले प्रति दिन ४ टन सम्म खान सक्छ ।

धेरै मानिसहरु डायनासोरलाई अहिलेसम्मको सबैभन्दा ठूलो प्राणी हो भनी झुक्किने गर्छन् । तर डायनासोरको सबैभन्दा ठूलो प्रजाति, साउरोपोड अर्जेन्टिनोसोरस, को वजन करिब ८१,६४७ के.जी मात्र हुन्छ । यो भनेको जुन वयस्क ब्लु ह्वेलको वजनको आधा मात्र हो ।

एक पटक संसारमा दुई लाख ब्लु ह्वेलहरु रहेको विश्वास गरिन्थ्यो । तर अहिले करिब १०,००० वटा व्लु ह्वेलहरु मात्र यस संसारमा रहेका छन् ।

सन् १९६० देखि ब्लु ह्वेलको अत्याधिक रुपमा सिकार गर्न थालियो । त्यसै कारणले गर्दा तिनीहरुको संख्यामा धेरै कमी आएर यो लोपन्मुख जीवको सूचीमा परेको छ ।

प्रस्तुति: रामप्रसाद अधिकारी

 

 

दायित्वबोध/रोचक

यस स्तम्भअन्तर्गत जीवन र जगतका राेचक रमाइला जानकारीहरु प्रस्तुत गरिन्छ ।